Skip to main content

Epost Nepal

Breaking News 3

प्रतिनिधि सभा निर्वाचन: समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने समय नजिकिँदै

प्रतिनिधि सभा निर्वाचन: समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने समय नजिकिँदै

६ पुस, काठमाडौं — प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्दसूची बुझाउने समय आउन अब एक साता मात्र बाँकी छ। बन्दसूची बुझाउनुअघि समावेशी प्रतिनिधित्वको प्रतिशतमा सामान्य संशोधन गरिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीसम्बन्धी कार्यक्रम गत मंसिर २१ गतेदेखि सुरु भएको थियो। निर्वाचन तालिकाअनुसार समानुपातिक प्रणालीमा भाग लिन इच्छुक राजनीतिक दललाई मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिने समय दिइएको थियो, जसमा एक सय दलले निवेदन दर्ता गरेका छन्। समानुपातिकतर्फ निर्वाचनमा सहभागी हुने दलहरूले यही पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची पेस गर्नुपर्नेछ। बन्दसूची बुझाउँदा समावेशी कोटाअनुसार उम्मेदवार समेट्नुपर्ने व्यवस्था छ।…
Read More
एमाले नेतृत्वमा ओलीको ह्याट्रिक

एमाले नेतृत्वमा ओलीको ह्याट्रिक

३ पुस, काठमाडौं —  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी अध्यक्षमा निर्वाचित भएका छन्। बुधबार सम्पन्न निर्वाचनबाट ओली तेस्रो कार्यकालका लागि पार्टी नेतृत्वमा पुगेका हुन्। यसअघि पनि उनी नवौं र दशौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए। निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार अध्यक्षका उम्मेदवार ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गरेका छन्। उनका निकट प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत पाएका छन्। यद्यपि मतगणनाको औपचारिक घोषणा भने अझै हुन बाँकी छ।  
Read More
नेप्से १८ अंक उकालो, दिनभर हरियो रह्यो बजार

नेप्से १८ अंक उकालो, दिनभर हरियो रह्यो बजार

१ पुष, काठमाडौं — मंगलबार सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। नेप्से परिसूचक १८.३७ अंकले उकालो लाग्दै २६१९ विन्दुमा पुगेको छ, जुन सो दिनको उच्चतम स्तर पनि हो। कारोबार सुरु भएदेखि बन्द हुँदासम्म बजार कहिल्यै ओरालो लागेन। कुल १८७ कम्पनीको सेयर मूल्य बढ्दा ६१ कम्पनीको घट्यो भने ११ कम्पनीको मूल्य स्थिर रह्यो। कारोबार रकम भने अघिल्लो दिनको ३ अर्ब ४४ करोडबाट घटेर ३ अर्ब २९ करोड रुपैयाँमा सीमित भयो। व्यापार समूह बाहेक सबै सूचकहरू बढेका छन्। व्यापार समूह ०.०१ प्रतिशतले घट्दा बैंकिङ ०.३५, विकास बैंक १.५६, फाइनान्स ०.४१, होटल तथा पर्यटन १.४९, जलविद्युत् ०.७७, लगानी ०.६८, जीवन बीमा ०.६९, उत्पादन…
Read More
नेप्से ६.७४ अंकले बढेर २६०१ मा, कारोबार रकमभने घट्यो

नेप्से ६.७४ अंकले बढेर २६०१ मा, कारोबार रकमभने घट्यो

२९ मंसिर, काठमाडौं — सोमबार सेयर बजारको परिसूचक नेप्से ६.७४ अंकले बढेको छ। यससँगै नेप्से २६०१ अंकमा पुगेको छ। तर कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ४ अर्बको कारोबार भएकोमा आज ३ अर्ब ४४ करोडमा सीमित भएको हो। आज १५५ कम्पनीको सेयर मूल्य बढ्यो भने ९४ कम्पनीको घट्यो र १० कम्पनीको मूल्य स्थिर रह्यो। नेप्से वृद्धिमा बैंकिङ समूहले मुख्य भूमिका खेलेको छ। यद्यपि सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कममै सीमित रह्यो। बैंकिङ ०.७२, विकास बैंक ०.३३, फाइनान्स ०.९०, हाइड्रोपावर ०.०६, जीवन बीमा ०.३०, उत्पादन तथा प्रशोधन ०.५७, निर्जीवन बीमा ०.०७ र व्यापार समूह ०.२७ प्रतिशतले बढेका छन्। होटल…
Read More
पाल्पामा जिप दुर्घटना: ३ जनाको मृत्यु, ८ जना घाइते

पाल्पामा जिप दुर्घटना: ३ जनाको मृत्यु, ८ जना घाइते

मंसिर २६, काठमाडौं — पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा आठ जना घाइते भएका छन्। निस्दीको मित्यालीस्थित अरुणखोलाबाट रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप शुक्रबार दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार जिपमा सवार तीन जनाको मृत्यु भएको छ। मृतकहरूको पहिचान भने खुल्न बाँकी छ। दुर्घटनामा घाइते आठ जनालाई उद्धार गरी उपचारका लागि पूर्वी नवलपरासीस्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको चौधरीले जानकारी दिए। दुर्घटनाको कारण भने अझै पुष्टि भएको छैन।
Read More
भिजिट भिसा तस्करी प्रकरणमा सहसचिव भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

भिजिट भिसा तस्करी प्रकरणमा सहसचिव भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२५ मंसिर, काठमाडौं — भिजिट भिसा तस्करीमार्फत यात्रुबाट अवैध रूपमा रकम असुलेको आरोपमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले उनीहरूलाई प्रतिवादी बनाउँदै बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। यस प्रकरणमा सहसचिव भट्टराईलाई ७ जेठ २०८२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरिएको थियो। उनी पक्राउ पर्दा विमानस्थल अध्यागमन प्रमुखका रूपमा कार्यरत थिए। भिजिट भिसामा विदेश जाने नेपाली यात्रुबाट रकम असुलेको दाबीमा आयोगले लामो समयदेखि अनुसन्धान गरिरहेको थियो। आयोगले सहसचिव भट्टराईविरुद्ध करिब ७९ लाख रुपैयाँ बिगो दाबी गरेको छ भने शाखा अधिकृत अर्यालविरुद्ध ५ लाख…
Read More
जेनजी सम्झौतामाथि ओलीको टिप्पणी : ‘सरकार नै असंवैधानिक, सम्झौता अर्थहीन’

जेनजी सम्झौतामाथि ओलीको टिप्पणी : ‘सरकार नै असंवैधानिक, सम्झौता अर्थहीन’

२५ मंसिर, काठमाडौं — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले जेनजी प्रतिनिधिसँग बुधबार गरेको सम्झौता औचित्यहीन रहेको टिप्पणी गरेका छन्। बिहीबार काठमाडौंमा सञ्चारकर्मी तथा सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री स्वयं असंवैधानिक भएको दाबी गर्दै यस्तो ‘सम्झौतामा नाटक गरिएको’ आरोप लगाए। ओलीका अनुसार आफू सुरुदेखि नै सरकारलाई अस्वीकार गर्दै आएको हुँदा सरकारले के–कससँग सम्झौता ग¥यो भन्ने कुरा अर्थहीन छ। उनले भने, ‘उनीहरूको सबै गतिविधि अनधिकृत, अनुचित, असंवैधानिक, गैरकानुनी, पूर्वाग्रही र प्रतिशोधपूर्ण छन्। सरकारको व्यवहार यस्तो हुनुहुँदैन।’ अध्यक्ष ओलीले राष्ट्रपतिले सरकारलाई चुनावमाथि मात्र केन्द्रित हुने निर्देशन दिएको स्मरण गराउँदै, व्यक्तिगत रिस–इर्ष्याका आधारमा प्रतिष्ठान ध्वस्त पार्ने प्रयास भइरहेको आरोप लगाए। उनले…
Read More
नेपालले थप ६ नयाँ ८ हजारमाथिका शिखर सूचीबद्ध गर्यो, अब अन्तर्राष्ट्रिय स्वीकृतिको प्रतीक्षा

नेपालले थप ६ नयाँ ८ हजारमाथिका शिखर सूचीबद्ध गर्यो, अब अन्तर्राष्ट्रिय स्वीकृतिको प्रतीक्षा

२३ मंसिर, काठमाडौं — विश्वभर ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल छन्, जसमा आठ वटा नेपालमा पर्छन्। सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, चो–यु, धौलागिरि, मनास्लु र अन्नपुर्ण नेपालस्थित ८ हजारमाथिका हिमाल हुन्। बाँकी ६ हिमाल पाकिस्तान र चीनको तिब्बत क्षेत्रमा अवस्थित छन्— पाकिस्तानमा केटु, नंगा पर्वत, ग्यासहर्ब्रम–१, ब्राड–पिक, ग्यासहर्ब्रम–२ र तिब्बततर्फ सिसापाङ्मा। तर पछिल्ला वर्ष नेपालले परम्परागत आठवटाको सूचि थप विस्तार गर्दै ८ हजार मिटरमाथिका ६ नयाँ चुचुरो पहिचान गरी आधिकारिक सूचीमा राखेको छ। करिब १० महिनाअघि पर्यटन विभागले यी नयाँ शिखरहरूलाई पिक–प्रोफाइलमा समावेश गर्दै सरकारी मान्यता दिएको हो। यी ६ नयाँ शिखरलाई अन्तर्राष्ट्रिय मान्यता भने अझै प्राप्त भएको छैन।…
Read More
‘जेनजी आन्दोलनको आधारमा बनेको सरकार, भ्रष्टाचारविरुद्ध कडा कदम चालिन्छ’ ; प्रधानमन्त्री कार्की

‘जेनजी आन्दोलनको आधारमा बनेको सरकार, भ्रष्टाचारविरुद्ध कडा कदम चालिन्छ’ ; प्रधानमन्त्री कार्की

२३ मंसिर, काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले अहिलेको अन्तरिम सरकार केवल चुनाव व्यवस्थापन गर्ने सरकार मात्र नभएको स्पष्ट पारेकी छन्। भ्रष्टाचारविरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसमा सम्बोधन गर्दै उनले यो सरकार सुशासनको मागसहित चलेको ‘जेनजी’ आन्दोलनको आधारमा बनेको बताइन्। उनका अनुसार सरकारले नियमित कामसँगै सुशासनका मुद्दामा छिटो गतिमा अघि बढिरहेको छ। उनले भने अनुसार ‘जेनजी’ आन्दोलनका माग र अपेक्षाअनुसार परिणाम देखिन केही समय लागे पनि सरकार भ्रष्टाचारविरुद्ध आवश्यक पर्ने जुनसुकै कडा कदम चाल्न पछि नहट्नेछ। यसका लागि राज्यका संयन्त्रहरू सक्रिय भइसकेका छन्। प्रधानमन्त्री कार्कीका भनाइमा, सरकारले उठाइरहेका कदमले प्रभावित भइरहेका केही समूहले प्रत्यक्ष वा परोक्ष रूपमा धम्की दिने प्रयाससमेत गरेका छन्। प्रधानमन्त्री…
Read More
एनसेल डेटा सेन्टर निरीक्षण गर्दै मन्त्री खरेलले क्षतिको अवस्थाप्रति चासो व्यक्त

एनसेल डेटा सेन्टर निरीक्षण गर्दै मन्त्री खरेलले क्षतिको अवस्थाप्रति चासो व्यक्त

२२ मंसिर, काठमाडौं — सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले नख्खुस्थित एनसेल डेटा सेन्टर पुगेपछि आन्दोलनपछिको कम्पनीको सेवा निरन्तरता र क्षतिको अवस्थाबारे चासो व्यक्त गरेका छन्।भदौ २३ र २४ गतेका आन्दोलनमा लैनचौरस्थित एनसेल कर्पोरेट कार्यालयमा आगजनी र तोडफोड हुँदा कम्पनीले ६७ करोड रुपैयाँभन्दा बढी क्षति व्यहोर्नुपरेको थियो। कर्पोरेट कार्यालय क्षतिग्रस्त भएपछि त्यहाँका धेरै काम अहिले डेटा सेन्टरमार्फत सञ्चालन भइरहेका छन्। सोमबार स्थलगत अनुगमन गर्दा मन्त्री खरेलले एनसेलले बेहोरेको क्षतिप्रति दु:ख व्यक्त गरे। उनले नेपाल टेलिकमजस्तै निजी क्षेत्रका सेवा प्रदायकलाई पनि बराबरी प्राथमिकता दिइने बताउँदै कुनै प्रकारको विभेद नहुने आश्वासन दिए। "एनसेलको फेयर बिजनेसलाई समर्थन गर्छौँ, नागरिकको सम्मान हुने वातावरण बनाउनु…
Read More