Skip to main content

Epost Nepal

Breaking News 3

आगजनीग्रस्त सिंहदरबार निरीक्षण गर्दै भण्डारी, प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

आगजनीग्रस्त सिंहदरबार निरीक्षण गर्दै भण्डारी, प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

२१ मंसिर, काठमाडौं — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। जेनजी आन्दोलनका क्रममा सिंहदरबारभित्र भएका आगजनी घटनापछि क्षतिग्रस्त संरचनाको अवलोकन गर्न पुगेकी पूर्वराष्ट्रपति भण्डारीले सोही अवसरमा प्रधानमन्त्री कार्कीसँग भेट गरेकी हुन्। भदौ २३ र २४ गते चलेको जेनजी आन्दोलनमा प्रदर्शनकारीले सिंहदरबार परिसरभित्रका विभिन्न मन्त्रालय, सवारीसाधन तथा अन्य संरचनामा आगो लगाएका थिए। हाल ती क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण कार्य जारी छ। सोही आन्दोलनका क्रममा भण्डारीको निजी निवासमा पनि आगजनी भएको थियो। आन्दोलनपछि बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच यसअघि भेट नभएकाले यो भेटवार्ता पहिलो भएको बताइएको छ।
Read More
ग्यास विस्फोटबाट गोवाको नाइटक्लबमा भीषण आगलागी, २३ मृत

ग्यास विस्फोटबाट गोवाको नाइटक्लबमा भीषण आगलागी, २३ मृत

२१ मंसिर, काठमाडौं — भारतको गोवा राज्यको उत्तरी क्षेत्र अर्पोरा स्थित एक नाइटक्लबमा भएको भीषण आगलागीमा २३ जनाको ज्यान गएको छ। किचनमा काम गर्ने क्रममा सिलिन्डर विस्फोट भएपछि आगो फैलिएको भारतीय प्रहरीको भनाइ छ। समाचार एजेन्सी पीटीआई अनुसार, गोवाका डीजीपी आलोक कुमारले राति १२:०४ बजे सूचना पाएलगत्तै प्रहरी, दमकल र एम्बुलेन्स टोली घटनास्थलमा पुगेको बताए। उनका अनुसार सबै शव फेला पारिएको छ। आगलागी क्लबको भुइँतलामा रहेको किचन क्षेत्रबाट सुरु भएको थियो र त्यही क्रममा २३ जनाको मृत्य‌ु भएको पुष्टि गरिएको हो। स्थानीय बासिन्दा र कर्मचारीका अनुसार, घटना हुँदा क्लबमा कर्मचारीसँगै केही ग्राहक पनि उपस्थित थिए। मृत्यु हुनेमध्ये चारजना पर्यटकसमेत रहेकाछन्।…
Read More
भीडभाड र दुर्घटना नियन्त्रणका लागि जनकपुर–ढल्केबर सडकमा तीन आकासेपुल बन्ने

भीडभाड र दुर्घटना नियन्त्रणका लागि जनकपुर–ढल्केबर सडकमा तीन आकासेपुल बन्ने

१९ मंसिर, काठमाडौं − जनकपुरधाम प्रवेशद्वार मानिने जनकपुर–ढल्केबर सिक्स–लेन सडकखण्डका तीन स्थानमा आकासेपुल निर्माण कार्य जारी छ। पैदलयात्रीको भीड, सवारीको उच्च चाप, ट्राफिक व्यवस्थापनमा चुनौती र बढ्दो दुर्घटना जोखिमलाई कम गर्नका लागि यो परियोजना अघि बढाइएको सडक डिभिजन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार करिब १० करोड ५० लाख रुपैयाँ लागतमा सडकका अत्यधिक भीडभाडयुक्त र जोखिमपूर्ण तीन स्थान—लक्ष्मीनियाँ बजार, महिला विकास चोक (महेन्द्रनगर बजार) र सखुवा चोक—मा आकासेपुल निर्माण भइरहेका छन्। इन्जिनियर उज्जवल झाका अनुसार एक महिनादेखि तीनै ठाउँमा पिल्लरलगायत आधारभूत संरचना निर्माण भइरहेको छ र लक्ष्यअनुसार समयमै काम सकिने छ। झाका अनुसार लक्ष्मीनियाँ बजारको पुल तीन करोड ४२ लाख रुपैयाँमा,…
Read More
जेनजी आन्दोलनको मस्यौदा टुंग्याउन सरकार–समूहबीच मतभेद

जेनजी आन्दोलनको मस्यौदा टुंग्याउन सरकार–समूहबीच मतभेद

१८ मंसिर, काठमाडौं —  जेनजी प्रदर्शनका क्रममा ‘अपराधिक क्रियाकलाप’मा संलग्न व्यक्तिहरूका मुद्दा फिर्ता गर्नुपर्ने माग राखिएपछि सरकारका अधिकारी र जेनजी समूहबीच सोमबार तिक्तता पैदा भयो। प्रधानमन्त्री सुशीला कार्कीले मस्यौदा छिटो टुंग्याउन अधिकारीहरूलाई निर्देशन दिएपछि सुरु भएको वार्तामा आपराधिक मुद्दा र पक्राउ नगर्ने सम्बन्धी मागमा सहमति मिल्न नसकेको सरकारी पक्षले जनाएको छ। अधिकारीहरूका अनुसार कानुन विपरीत कसैलाई छुट दिन नसकिने अडानका कारण ‘नोकझोक’ भएको हो। सरकारी पक्षले संविधान, प्रचलित कानून र अन्तर्राष्ट्रिय मानकअनुसार मात्र सहमति गर्न सकिने बताउँदै केही मागहरूका लागि संविधानसमेत संशोधन गर्नुपर्ने स्थिति देखिएको जनाइएको छ। जेनजी समूहका प्रतिनिधिले भदौ २३–२४ का घटनाका केस फाइलप्रति बढी चिन्ता व्यक्त गर्दै…
Read More
काठमाडौंको धोबीखोलामा पुरुषको शव फेला

काठमाडौंको धोबीखोलामा पुरुषको शव फेला

१८ मंसिर, काठमाडौं — काठमाडौंको धोबीखोलामा एक पुरुषको शव फेला परेको छ। मदन भण्डारी कलेज नजिक भेटिएको उक्त शवको पहिचान ५० वर्षीय ललित गिरीका रूपमा खुलेको छ, जो काभ्रे मण्डनदेउपुर–१ का स्थायी बासिन्दा भई हाल शंखमुलमा बस्दै आएका थिए। गिरीको शव आज बिहान ६:५० बजे काठमाडौं महानगरपालिका–२९ अन्तर्गत रुद्रमति पुल मुनि फेला परेको हो। उनकी श्रीमतीले शवको सनाखत गरेकी छन्। शव नजिकै उनको साइकल पनि भेटिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार उनी साइकल चलाउँदै गर्दा पुलबाट खसेका हुनसक्ने ठहर प्रहरीले गरेको छ। टाउकोमा गम्भीर चोट भेटिएकाले ढुंगामा टाउको ठोक्किँदा मृत्यु भएको अनुमान गरिएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं…
Read More
सरकारको तर्फबाट शून्य उपस्थिति, प्रदेशसभा बैठक स्थगित

सरकारको तर्फबाट शून्य उपस्थिति, प्रदेशसभा बैठक स्थगित

१७ मंसिर, काठमाडौं−   विश्वासको मत लिने कार्यसूची रहेको बैठकमा सरकारका तर्फबाट कोही पनि उपस्थित नभएपछि उपसभामुख बबिता राउत ईसरले मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गर्न अनुमति दिएर बैठक स्थगित गरेकी छन्। जनकपुर, मुख्यमन्त्री सरोजकुमार यादवको अनुपस्थितिमै प्रदेशसभाको बैठक अगाडि बढाइएको छ । विश्वासको मत लिने कार्यसूची रहेको बैठकमा सरकारका तर्फबाट कोही पनि उपस्थित नभएपछि उपसभामुख बबिता राउत ईसरले मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गर्न अनुमति दिएर बैठक स्थगित गरेकी छन्। तर, मुख्यमन्त्री र सरकारको उपस्थिति नरहेकाले उपसभामुख राउतले बैठक आजै २ बजेसम्मका लागि स्थगित गरेकी छन् । यसअघि, विश्वासको मत लिन प्रदेशसभा सचिवालयले तोकेको समयमा…
Read More
सुनौली–दिल्ली रुटको बसमा भीषण आगलागी, सवारमध्ये धेरैजसो नेपाली यात्रु

सुनौली–दिल्ली रुटको बसमा भीषण आगलागी, सवारमध्ये धेरैजसो नेपाली यात्रु

१६ मंसिर, काठमाडौं — भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा एक बसमा भीषण आगलागी भएको छ, जसमा परेर कम्तीमा तीनजनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। ट्रकले बसलाई ठक्कर दिएपछि आगलागी सुरु भएको बताइएको छ। ठक्करपछिको धक्काले बस करीब १०० मिटर घिस्रिँदै हाइ–टेन्सन लाइनको खम्बामा ठोक्किएको थियो, जसपछि खम्बा भाँचिएर बसमाथि खसेको थियो। यूपी२२एटी ०२४५ नम्बरको उक्त बस भारत–नेपाल सीमा क्षेत्र सुनौलीबाट दिल्लीतर्फ जाँदै थियो। बसमा ४५ जना यात्रु सवार थिए, जसमा धेरैजसो नेपाली रहेको उल्लेख छ। घटनापछि बस चालक र सहचालकको अवस्थाबारे हालसम्म कुनै जानकारी नआएको बताइन्छ।
Read More
गाजा संकटः इसराइलको आक्रमणबाट मृत्यु हुने संख्या ७० हजार पुग्यो

गाजा संकटः इसराइलको आक्रमणबाट मृत्यु हुने संख्या ७० हजार पुग्यो

१५ मंसिर, काठमाडौं − गाजामा जारी इसराइली आक्रमणका कारण मृत्यु हुनेको संख्या ७० हजार नाघेको छ। गाजाको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार मृतकमध्ये संख्या ७० हजार १ सय पुगेको छ। रोयटर्सका अनुसार, इसराइलले गरेको हवाई हमलाबाट ध्वस्त बनेका संरचनाहरूको भग्नावशेषबाट पछिल्ला तीन दिनमै ३०० भन्दा बढी शव फेला परेका छन्। अझै पनि धेरै शव भग्नावशेषभित्र रहेको अनुमान गरिएको छ। युद्धविराम लागू भए पनि इसराइलले विभिन्न आरोपका आधारमा गाजामा आक्रमण जारी राखेको बताइएको छ। हमासले युद्धविराम सम्झौतामाथि उल्लंघन गरेको र नियन्त्रण रेखामा इसराइली सैनिकको हत्या गरिएको आरोप लगाउँदै इसराइलले हमासमाथि लक्षित आक्रमण गरिरहेको थियो। दुई वर्षदेखिको युद्धमा गाजामा भएका कुल मृत्युका…
Read More
स्पट फिक्सिङ र सट्टेबाजीमा संलग्न समूहमाथि प्रहरीको कडाइ, लगातार पक्राउ

स्पट फिक्सिङ र सट्टेबाजीमा संलग्न समूहमाथि प्रहरीको कडाइ, लगातार पक्राउ

१४ मंसिर, काठमाडौं − काठमाडौंमा चलिरहेको नेपाल प्रिमियर लिग (एनपीएल) ले दर्शकको उत्साह त बढाएको छ नै, त्यससँगै अनलाइन सट्टेबाजीमा संलग्न समूहहरूको सक्रियता पनि त्यत्तिकै देखिएको छ। एनपीएलमा सट्टेबाजी तथा खेलाडीलाई स्पट फिक्सिङको प्रस्ताव गरेको आरोपमा प्रहरीले हालसम्म १० जनालाई पक्राउ गरिसकेको छ। अनुसन्धानका क्रममा केही खेलाडीलाई स्पट फिक्सिङका लागि एक करोड रुपैयाँसम्मको प्रस्ताव गरिएको तथ्यसमेत खुलेको छ। पक्राउ परेकामध्ये ९ जना भारतीय नागरिक रहेको र उनीहरू यसै उद्देश्यले भारतबाट नेपाल आएका थिए भन्ने पनि स्पष्ट भएको छ। एनपीएलमा खेलाडीलाई प्रायोजन गर्ने बहानामा इन्स्टाग्राममार्फत सम्पर्क गरी अनुचित प्रभाव पार्न खोजेको आरोपमा मंसिर ३ गते प्रहरीले एक नेपाली र एक भारतीय…
Read More

जनअपेक्षाअनुसार काम गर्न अन्तरिम सरकार प्रतिबद्ध: प्रधानमन्त्री कार्की

३ असोज, काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले संविधान दिवसको अवसरमा आयोजित समारोहमा कुनै शासकीय आकांक्षा वा पदको लालसा लिएर आफू प्रधानमन्त्री नभएको स्पष्ट पारेकी छन्। टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले भनिन्, “देश संकटमा रहेको बेलामा परिवर्तनगामी युवा पुस्ताको अनुरोधअनुसार चुप लागेर बस्न नसकी संक्रमण व्यवस्थापन गर्दै नेपालको संविधानअनुसार ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचनमार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवार हस्तान्तरण गर्ने उद्देश्यले वर्तमान अन्तरिम सरकारको प्रधानमन्त्री भएको हुँ।” प्रधानमन्त्री कार्कीले नागरिकको अपेक्षाअनुसार काम गर्न सरकार प्रतिवद्ध रहेको पनि बताइन्। उनले थपिन्, “अन्तर्राष्ट्रिय स्तरमा देखिएको नागरिकमैत्री शासन प्रणाली, खुला सरकार र भर्चुअल शासनका विषयमा जानकार युवापुस्ताले उठाएका रोजगारीका अवसर, गुणस्तरीय जीवनस्तर, सरकारका कामकाजमा पारदर्शिता,…
Read More