Skip to main content

Epost Nepal

एमाले नेतृत्वमा ओलीको ह्याट्रिक

३ पुस, काठमाडौं —  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी अध्यक्षमा निर्वाचित भएका छन्। बुधबार सम्पन्न निर्वाचनबाट ओली तेस्रो कार्यकालका लागि पार्टी नेतृत्वमा पुगेका हुन्। यसअघि पनि उनी नवौं र दशौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए।

निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार अध्यक्षका उम्मेदवार ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गरेका छन्। उनका निकट प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत पाएका छन्। यद्यपि मतगणनाको औपचारिक घोषणा भने अझै हुन बाँकी छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *