१८ असार, काठमाडौं — संसद्मा इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण हुन सकेको छैन। इन्टरनेटमा समस्या आएपछि आजको बैठक युट्युबमार्फत प्रत्यक्ष देखाउन सम्भव नभएको हो। प्रतिनिधिसभाको बैठक चार दिनपछि बसेको हो। यसअघि बैठक असार १४ गते बसेको थियो भने त्यसअघि असार ५ गते बसेको थियो। आजको बैठकमा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र सभामुखले पढेर सुनाउने कार्यसूची रहेको छ। साथै, चार वटा अध्यादेश प्रतिस्थापन विधेयकलाई अघि बढाउने कार्यक्रम पनि तय गरिएको छ। कार्यसूचीअनुसार प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। त्यसपछि…
१७ असार, काठमाडौं — सरकारले नेपाल–भारतबीच रहेका सीमा सम्बन्धी विवादहरू ऐतिहासिक सन्धि, नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न प्रतिबद्ध रहेको जनाएको छ। सरकारका अनुसार सन् १८१६ को सुगौली सन्धिअनुसार निर्धारण गरिएको नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा अझै प्राविधिक रूपमा नक्सांकन हुन बाँकी छ। बुधबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले हालै नेपाल सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त टोलीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ तथा भारतको पश्चिम चम्पारणस्थित रामपुर्वा सीमा क्षेत्रको संयुक्त अनुगमन गरेको जानकारी दिए। उनका अनुसार अनुगमनका क्रममा नारायणी नदी किनारमा सिँचाइ तथा जलस्रोत…
१४ असार, काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रतिनिधिसभामा प्रस्तुत गरेका छन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखको अनुमतिपछि अर्थमन्त्री वाग्लेले उक्त विधेयक सरकारी विधेयकका रूपमा सदनमा पेस गरेका हुन्। प्रतिनिधिसभा नियमावली, २०८३ को नियम १०५ अनुसार विधेयक प्रस्तुत गर्न अनुमति मागिएको प्रस्तावमा कुनै पनि सांसदले विरोधको सूचना नदिएपछि सभामुखले विधेयक पेस गर्न अनुमति दिएका थिए। विधेयकको आवश्यकताबारे जानकारी दिँदै अर्थमन्त्री वाग्लेले तस्करी, भन्सार छली, अन्तःशुल्क तथा करसम्बन्धी कसुर, धितोपत्र वा कमोडिटिज बजारमा हुने भित्री कारोबार (इन्साइडर ट्रेडिङ) तथा मार्केट म्यानुपुलेसनजस्ता अपराध नियन्त्रण गर्न कानुन संशोधन आवश्यक रहेको बताए। उनले मुद्रा, बैंकिङ,…
सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन्। उनी सामाजिक चिन्तक तथा प्रखर बौद्धिक नेता स्वर्गीय प्रदीप गिरीका सुपुत्र हुन्। उम्मेदवारी दर्तापछि लहानमा पत्रकारहरूसँग कुरा गर्दै गिरीले आफू मन्त्री बन्ने उद्देश्यले राजनीतिमा नआएको स्पष्ट पारे। “मलाई मन्त्री बन्नु छैन। राजनीतिले के हो भन्ने बुझाउन र यसलाई सुधार गर्ने उद्देश्यले उम्मेदवारी दिएको हुँ,” उनले भने। उनले एमाले, कांग्रेस, माओवादी र जसपाका केही नेताहरूले राजनीतिलाई कमाउने माध्यम र व्यापारको रूपमा प्रयोग गरेको देख्दा दुःख लागेको पनि बताए। उनले राजनीति व्यापार नभई सेवा र साधनाको मार्ग भएको उल्लेख गर्दै जनतासँग…
२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावकारी उपस्थिति रहने दाबी गरेका छन् । शुक्रबार आफ्नो मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खरेलले यस्तो अनुमान व्यक्त गरेका हुन् । फागुन २१ गते निर्वाचन हुने उल्लेख गर्दै उनले भने, “चुनावपछि एउटा कुरा स्पष्ट हुन्छ—अहिले सबै दलले युवाहरूका लागि कोटा तोकेका छन् । यही नै आशाको विषय हो । म आधारहीन कुरा गरिरहेको छैन । यसपटक संसद् वा सरकार जुनसुकै पार्टीबाट बने पनि युवाहरूको वर्चश्व रहने निश्चित छ ।” मन्त्री खरेलले तोकिएको मितिमै निर्वाचन सम्पन्न हुने र त्यसपछि…
२४ पुस, काठमाडौं — कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुस २७ र २८ गते काठमाडौंमा हुने दोस्रो विशेष महाधिवेशन पार्टी विभाजनका लागि नभई समयअनुसार पार्टीलाई पुनः ऊर्जावान बनाउँदै स्पष्ट दिशा दिन आयोजना गरिएको बताएका छन्। सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै शर्माले विशेष महाधिवेशन पूर्ण रूपमा वैधानिक, बाध्यकारी र वर्तमान परिस्थितिको आवश्यकता भएको उल्लेख गरेका छन्। विशेष महाधिवेशनको घोषणा भएसँगै पार्टीभित्र र बाहिर उठेका आशंकाप्रति प्रतिक्रिया दिँदै उनले यसले पार्टी फुटाउने होइन भन्ने स्पष्ट पारेका छन्। “विशेष महाधिवेशन हुन्छ, तर पार्टी विभाजित हुँदैन,” भन्दै शर्माले पार्टी विभाजनको अवस्था आए आफू सबैभन्दा पहिले अधिवेशन हलबाट बाहिर निस्केर पार्टी जोगाउन सबैसँगै उभिने बताएका छन्।…
२३ पुस, काठमाडौं — नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भत्काउने कामबाट मात्रै देश नबन्ने बताएका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् । हेटौंडामा सरकारले घर भत्काएको घटनाप्रति आपत्ति जनाउँदै ओलीले वर्तमान सरकारलाई भत्काउने काममै केन्द्रित भएको आरोप लगाए । उनका अनुसार सरकारले निर्वाचन गराउने र त्यसको वातावरण बनाउनेतर्फ ध्यान दिनुपर्नेमा घर भत्काउने कार्य गरिरहेको छ । ‘यो सरकारले के गर्यो ? हेटौंडामा घर भत्काउनु नै यसको काम हो ? चुनाव गराउनु पर्दैन ? चुनावको वातावरण बनाउनु पर्दैन ? हेटौंडामा घर भत्कायो,…
२२ पुस, काठमाडौं — नेकपा एमालेले राष्ट्रिय सभाका ७ सिटमा आफ्नो दाबी प्रस्तुत गरेको छ । सोमबार सम्पन्न पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव लेखराज भट्टले प्रत्येक प्रदेशबाट एक–एक जना पर्ने गरी ७ सिटमा एमालेको दाबी रहेको जानकारी दिए । तर, क्लस्टरका आधारमा उम्मेदवार तय गर्ने प्रक्रिया भने अझै बाँकी रहेको उनले बताए । उनका अनुसार, उम्मेदवार टुंग्याउने विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग थप छलफल गर्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा एमाले कांग्रेससँग गठबन्धन गरेर अघि बढ्ने सहमति भएको पनि उनले स्पष्ट पारे । ‘हरेक प्रदेशबाट एक…
२० पुस, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार राजनीतिक समायोजन घोषणा सभा आयोजना गर्ने भएको छ। समारोह काठमाडौंको राष्ट्रिय सभा गृहमा हुने तयारी छ। आजै मात्र नागरिक उन्मुक्ति पार्टी छोडेका रूपन्देही जिल्ला अध्यक्षसहितका नेताहरू रास्वपा प्रवेश गर्न लागेका छन्। त्यस्तै, अन्य थरूहट र थारूवान नेताहरू पनि रास्वपामा आबद्ध हुन तयारी गर्दैछन्। पार्टी प्रवक्ता मनिष झालेका अनुसार, ‘नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व, थरूहट–थारूवान/अभियन्ता र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको बृहत राजनीतिक समायोजन घोषणा सभा हुने छ।’ यसअघि रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र मन्त्री समेत रहेका उज्यालो नेपाल पार्टीका कुलमान घिसिङसँग पनि सम्झौता गरेको थियो।
२० पुस, काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेताहरुलाई बैठकका लागि बोलाएका छन्। देउवा निवास महाराजगञ्जमा आयोजित बैठकमा वर्तमान र पूर्व पदाधिकारीहरु छलफल गर्न उपस्थित हुनेछन्। देउवाका निकटका एक पूर्व पदाधिकारीका अनुसार, दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा पार्टीभित्रको विवादका विषयमा विचार-विमर्श हुने बताइएको छ। पार्टीभित्र विशेष महाधिवेशन गर्ने पक्ष र महाधिवेशन हुन नसक्ने पक्षबीच मतभेद छ। कार्यसम्पादन समितिले निर्वाचनपछि नियमित महाधिवेशन गर्ने तालिका पारित गरेको छ। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा भने विधानअनुसार विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन्। कार्यसम्पादन समितिले वैशाख २८ देखि ३१ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको छ। तर, विशेष…