Skip to main content

Epost Nepal

प्रमुख समाचार

भोट माग्दै महाधिवेशन प्रतिनिधिमाझ पुगे गगन थापा

भोट माग्दै महाधिवेशन प्रतिनिधिमाझ पुगे गगन थापा

२३ असोज, काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार गगन थापाले महाधिवेशन प्रतिनिधिहरूसँग भेटघाट गर्दै मत मागेका छन्। थापाले प्रदर्शनीमार्ग र खुलामञ्चबाहिर मतदानका लागि लाइनमा बसेका प्रतिनिधिहरूसँग भेटेर आफूलाई मतदान गर्न आग्रह गरेका हुन्। सभापति पदका लागि थापा र काठमाडौं क्षेत्र नम्बर ६ का महाधिवेशन प्रतिनिधि श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा भइरहेको छ। निर्वाचन कार्यतालिकाअनुसार आज अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ।
Read More
‘सक्षम कांग्रेस निर्माण गर्ने हुटहुटीका साथ सभापतिमा उम्मेदवारी’ : खड्गी

‘सक्षम कांग्रेस निर्माण गर्ने हुटहुटीका साथ सभापतिमा उम्मेदवारी’ : खड्गी

२२ असोज, काठमाडौं — नेपाली कांग्रेसका सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गीले महाधिवेशन प्रतिनिधिहरूलाई कुनै दबाब वा प्रभावमा नपरी विवेक प्रयोग गरेर मतदान गर्न अपिल गरेका छन्। बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै खड्गीले पार्टीमा कोही पनि निर्विकल्प नहुने मान्यताका साथ आफू सभापति पदमा उम्मेदवार बनेको बताएका हुन्। उनले नेपाली कांग्रेस र लोकतन्त्रमाथि देखिएका चुनौतीको सामना गर्न सक्ने सक्षम कांग्रेस निर्माण गर्ने उद्देश्यसहित आफू महाधिवेशनको प्रतिस्पर्धामा रहेको उल्लेख गरेका छन्। ‘पार्टीमा निर्विकल्प कोही पनि हुँदैन भन्ने मान्यताका साथ तपाईं महाधिवेशन प्रतिनिधिसमक्ष उम्मेदवारको रूपमा खडा भएको छु,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘नेपाली कांग्रेस र लोकतन्त्रमाथि देखापरेका हरेक चुनौती सामना गर्न सक्षम कांग्रेस निर्माण…
Read More
मलेसिया प्रकरण : वैदेशिक रोजगार व्यवसायी संघमा चर्कियो विवाद, छुट्टै संघ खोल्ने तयारी

मलेसिया प्रकरण : वैदेशिक रोजगार व्यवसायी संघमा चर्कियो विवाद, छुट्टै संघ खोल्ने तयारी

२२ असोज, काठमाडौं — नेपाल वैदेशिक रोजगार व्यवसायी संघ विभाजनको सँघारमा पुगेको छ। मलेसियाले २७५ म्यानपावर व्यवसायीलाई ‘फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम’ (एफडब्लूसीएमएस) मा सूचीकृत गरेपछि उत्पन्न विवादले संघभित्र विभाजनको अवस्था सिर्जना भएको हो। उक्त सूचीमा परेका म्यानपावरमाथि संघले कारबाही गर्दै निलम्बन गरेको छ। वैदेशिक रोजगार विभागले समेत उनीहरूमाथि आवश्यक अनुसन्धान गरिरहेको छ भने उनीहरूको पूर्वस्वीकृति रोकिएको छ। एफडब्लूसीएमएसको सूचीमा परेका २५ म्यानपावरलाई संघले यसअघि नै निलम्बन गरेको थियो। त्यसपछि थप २५० म्यानपावरलाई समेत निलम्बन गर्दै स्पष्टीकरण मागिएको थियो। कारबाहीमा परेका व्यवसायीहरूले छुट्टै संघ खोल्ने तयारी गरेका छन्। एक म्यानपावर व्यवसायीका अनुसार संघले कारबाही गर्दै निष्कासन गरेपछि व्यवसायीको हकहितका लागि…
Read More
कांग्रेसको नयाँ नेतृत्व छान्न १ बजेदेखि मतदान हुने

कांग्रेसको नयाँ नेतृत्व छान्न १ बजेदेखि मतदान हुने

२२ असोज, काठमाडौं — नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहान १० बजे हुने भनिएको निर्वाचन दिउँसो १ बजेसम्मका लागि सारिएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले निर्वाचनको तयारी पूरा नभएकाले मतदानको समय दिउँसो १ बजेका लागि सारिएको जानकारी दिए। यसअघि बिहीबार बिहान ७ बजेदेखि मतदान गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो। तर वर्षा र केही प्राविधिक कारणले मतदान बिहान १० बजेदेखि सुरु गर्ने तयारी गरिएको थियो। तयारी पूरा नभएपछि पुनः समय सारिएको हो। महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन्। मतदानका लागि काठमाडौंका तीन स्थानमा सात मतदान केन्द्र तोकिएका छन्। प्रतिनिधिको…
Read More
कांग्रेसको बन्दसत्र ४ बजे, नेतृत्व चयनका लागि भोलि मतदान

कांग्रेसको बन्दसत्र ४ बजे, नेतृत्व चयनका लागि भोलि मतदान

२१ असोज, काठमाडौं — नेपाली कांग्रेसको बन्दसत्र अपराह्न चार बजे सुरु हुने भएको छ । नेपाली कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेशराज आचार्यले अपराह्न चार बजे बन्दसत्र सुरु हुने जानकारी दिए । बन्दसत्रले सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका चार प्रतिवेदन पास गर्ने छ । त्यसपछि नयाँ नेतृत्व चयनका लागि मतदानको काम बाँकी रहने छ । निर्वाचन कार्यतालिका अनुसार असोज २२ गते बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तयारी छ । यो महाधिवेशनबाट सभापति १, वरिष्ठ उपसभापति एक सहित चार उपसभापति, महामन्त्री ३, सहमहामन्त्री १५, कोषाध्यक्ष १ गरी २४ जना पदाधिकारी चयन हुँदैछन् । यस्तै, सहमहामन्त्रीमा चार…
Read More
विपद् व्यवस्थापनमा स्रोत साधन र जनशक्ति परिचालन गरिएको छ : प्रधानमन्त्री शाह

विपद् व्यवस्थापनमा स्रोत साधन र जनशक्ति परिचालन गरिएको छ : प्रधानमन्त्री शाह

१९ असोज, काठमाडौं — प्रधानमन्त्री बालेन शाहले भदौ १० गतेयता संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा विपद् व्यवस्थापनको काम निरन्तर भइरहेको बताएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा उनले कुनै पनि सम्झौता नगरी सरकार विपद् व्यवस्थापनमा निरन्तर खटिरहेको स्पष्ट पारे। बैठकमा गण्डकी, बाग्मती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूको पनि सहभागिता थियो। मुख्यमन्त्रीहरूलाई लक्षित गर्दै प्रधानमन्त्री शाहले भने, ‘हामीले उपलब्ध स्रोत साधन र जनशक्ति परिचालन गरी चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं, त्यसैले यस विषयलाई लिएर ढुक्क हुन आग्रह गर्दछु।’ भोटेकोशी–त्रिशूली, गण्डकीलगायत अन्य क्षेत्रमा आएको बाढीपहिरोबाट भएको क्षतिको अध्ययन गरी…
Read More
गगनको राजनीतिक प्रतिवेदन बन्दसत्रमा प्रस्तुत गरिँदै

गगनको राजनीतिक प्रतिवेदन बन्दसत्रमा प्रस्तुत गरिँदै

१९ असोज, काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन केन्द्रीय समिति बैठकले सर्वसम्मत रूपमा पारित गरेको छ। खुलामञ्चमा बसेको केन्द्रीय समिति बैठकले प्रतिवेदन सर्वसम्मत पारित गरेको सहमहामन्त्री कर्णबहादुर बुढाले जानकारी दिए। उक्त प्रतिवेदन आजैदेखि सुरु हुने बन्दसत्रमा प्रस्तुत गरिनेछ। आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा समेटिएको प्रतिवेदनमा विगतको आत्मसमीक्षा, सरकारलाई खबरदारी, निर्वाचनअघि गठबन्धन नगर्ने नीति, पार्टीको पुनर्संरचना, निजी क्षेत्रसँग सहकार्य, युवाको सहभागिता तथा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणालगायत विषय समेटिएका छन्। सहमहामन्त्री कर्णबहादुर बुढाका अनुसार खाना खानका लागि केन्द्रीय समिति बैठक अहिले स्थगित गरिएको छ। खाना खाइसकेपछि बैठक पुनः सञ्चालन हुने…
Read More
न्याय परिषद्को बैठक मंगलबार हुने तय

न्याय परिषद्को बैठक मंगलबार हुने तय

१९ असोज, काठमाडौं — प्रधानन्यायाधीश मनोजकुमार केसीले न्याय परिषद्को बैठक बोलाएका छन्। बैठक मंगलबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो। सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्नेलगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको स्रोतले जनाएको छ। हाल सर्वोच्च अदालतमा चार न्यायाधीशको पद रिक्त छ। प्रधानन्यायाधीश मनोजकुमार शर्मा अध्यक्ष रहेको न्याय परिषद्मा कानुन मन्त्री सोविता गौतम, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, महेशकुमार नेपाल र दामोदर खड्का सदस्य छन्।
Read More
कांग्रेस महाधिवेशन उद्घाटनका लागि खुलामञ्च तयार

कांग्रेस महाधिवेशन उद्घाटनका लागि खुलामञ्च तयार

१८ असोज, काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ। महाधिवेशनका लागि काठमाडौंको खुलामञ्च सजाइएको छ भने प्रतिनिधिहरू आउने क्रम जारी छ। उम्मेदवारी घोषणा गरेका नेताका समर्थक तथा प्रतिनिधिहरूले आफ्नो पक्षमा मत मागिरहेका छन्। महाधिवेशनको उद्घाटन सत्र दिउँसो २ बजे तय गरिएको छ। उद्घाटन समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दलका प्रमुख तथा विभिन्न देशका प्रतिनिधिहरू खुलामञ्च पुग्दैछन्। महाधिवेशन व्यवस्थापनका लागि ठूलो संख्यामा स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरिएको छ।
Read More
अस्ट्रेलियामा विद्यार्थी भिसा परिवर्तन र डिपेन्डेन्टमा कडाइ

अस्ट्रेलियामा विद्यार्थी भिसा परिवर्तन र डिपेन्डेन्टमा कडाइ

१८ असोज, काठमाडौं — अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा प्रणालीमा थप कडाइ गरेको छ। आप्रवासन नियन्त्रण र विद्यार्थी भिसाको दुरुपयोग रोक्ने उद्देश्यले अक्टोबर २ देखि नयाँ नियम लागू गरिएको हो। नयाँ व्यवस्थाअनुसार अस्ट्रेलियामा रहेका अधिकांश अस्थायी भिसावाहकले त्यहीँबाट विद्यार्थी भिसाका लागि आवेदन दिन पाउने छैनन्। उनीहरूले अस्ट्रेलियाबाहिरबाटै आवेदन दिनुपर्नेछ। एउटै तहका कोर्स पटक–पटक परिवर्तन गरेर लामो समय अस्ट्रेलियामा बस्ने प्रवृत्ति रोक्न पनि नियम कडा पारिएको छ। तर हालको कोर्स पूरा गरी उच्च तहको अध्ययनमा जाने विद्यार्थीलाई भने अस्ट्रेलियाभित्रैबाट अर्को भिसाका लागि आवेदन दिने सुविधा कायम राखिएको छ। यस्तै, कोर्स पूरा गर्न १२ महिना वा सोभन्दा कम समय बाँकी रहेका र…
Read More