१६ भदौ, काठमाडौं — भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न सरकारले भदौ २२ गते राष्ट्रिय शोक घोषणा गर्ने तयारी गरेको छ। भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म १०१० जनाको मृत्यु भएको छ भने ३ हजार ९१६ जना बेपत्ता छन्। बाढी आएको १३ दिन पुग्ने दिन भदौ २२ गते राष्ट्रिय शोक घोषणा गर्ने र सार्वजनिक बिदा दिने सरकारको तयारी छ। प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको मंगलबार बसेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले सरकारले राष्ट्रिय शोक घोषणा गर्न लागेको जानकारी दिएका थिए। रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले पनि सरकारले राष्ट्रिय शोक घोषणा गर्न सक्ने…
१६ भदौ, काठमाडौं — प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएपछि संसदीय क्यालेन्डर प्रभावित भएको छ। क्यालेन्डरअनुसार प्रतिनिधिसभाको बैठक सोमबार र मंगलबार बस्नुपर्ने थियो। तर, बैठक अब कहिले बस्ने भन्ने टुंगो लागेको छैन। भदौ १० गते संघीय संसद् सचिवालयले सूचना जारी गर्दै प्रतिनिधिसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी दिएको थियो। संसदीय क्यालेन्डरअनुसार सोमबार बैठक बसेको भए कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने थियो। त्यसैगरी, शून्य समय सञ्चालन गर्ने र केही वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची पनि थियो। त्यस्तै, मंगलबारको बैठकमा संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका…
१६ भदौ, काठमाडौं — बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित नागरिकको उद्धार र राहत वितरणलाई पहिलो प्राथमिकतामा राखिएको बताएका छन्। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले बाढीबाट भएको क्षति अकल्पनीय रहेको बताए। उनले उद्धार, राहत तथा व्यवस्थापनका लागि सम्पूर्ण सरकारी संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गरिएको जानकारी दिए। विपद्को अवस्थामा आवश्यक जनशक्ति, उपकरण, खाद्यान्न, औषधि तथा अन्य राहत सामग्रीको अभाव हुन नदिन उनले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्। बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउन बैठकले विभिन्न निर्णयसमेत गरेको छ। पूर्वाधार मर्मत…
१५ भदौ, काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढीपछि राहतका लागि सरकारी कोषमा रकम जम्मा भए पनि बाढीपीडित नागरिकले अझै भोकै बस्नुपरेको बताएका छन्। सोमबार पार्टी कार्यालयमा एमाले बागमती र राजधानी प्रदेशले संकलन गरेको राहत रकम बुझ्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। राहत संकलन तथा वितरणमा सरकारको मात्र भर नपरी सबै पक्षसँग समन्वय गर्न एमालेले चाहेको ओलीले बताए। ‘केन्द्र सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन्, राहत पुग्न पाएको छैन’, ओलीले भने, ‘यो स्थितिलाई अन्त्य गरौँ भनेर प्रयास गरिरहेका छौँ।’
१५ भदौ, काठमाडौं — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीका कारण बेपत्ता भएका व्यक्तिको यकिन संख्या अझै पत्ता लाग्न नसकेको जनाएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतले बाढीमा बेपत्ता भएका व्यक्तिको वास्तविक संख्या निर्धारण गर्न कठिन भइरहेको बताइन्। उनका अनुसार स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय निकुञ्ज तथा हाइड्रो आयोजनालगायत सम्बन्धित निकायबाट विवरण संकलन भइरहेको छ। सोमबार बिहान ९ बजेसम्म आधिकारिक निकायबाट प्राप्त विवरणअनुसार ४ हजार २०२ जना बेपत्ता छन्। तर खोज तथा उद्धार कार्य जारी रहेकाले यो संख्या अझै घटबढ हुन सक्ने महतले बताइन्। ‘हामीलाई अहिले मिसिङको संख्या कति हो भनेर…
१५ भदौ, काठमाडौं — भारतका रक्षामन्त्री राजनाथ सिंह नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेका छन्। उनले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै सिंहले भारतीय सरकार र जनताको तर्फबाट नेपाल सरकार तथा नेपाली जनताप्रति हार्दिक समवेदना व्यक्त गरेका हुन्। भदौ १० गते आएको बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले प्राकृतिक विपत्तिबाट नेपाली नागरिकसँगै भारतीय तथा अन्य विदेशी नागरिक पनि प्रभावित भएको उल्लेख गरेका छन्। आफ्नो आधिकारिक सामाजिक सञ्जाल एक्समार्फत उनले विपत्तिमा ज्यान गुमाउनेका परिवारप्रति प्रार्थना र समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। नेपाल र भारतबीचको…
१४ भदौ, काठमाडौं — चीन सरकारले नेपालका बाढीपहिरो प्रभावितका लागि ५० टन आपत्कालीन राहत सामग्री पठाएको छ । आइतबार बिहान करिब ७ बजे चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुई वटा वाई–२० ठूला ट्रान्सपोर्ट विमान राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार राहत सामग्रीसँगै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ पनि आवश्यक उद्धार उपकरणसहित नेपाल आएका छन् । दूतावासका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा राहत सामग्री हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र प्रतिनिधिसभा सदस्य धर्म केसी उपस्थित थिए । सो…
१४ भदौ, काठमाडौं — अमेरिकाले नेपालका बाढी प्रभावितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयले आइतबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत सन्देश जारी गर्दै विपद्को यस घडीमा अमेरिका नेपाली जनताको साथमा रहेको जनाएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार उक्त सहयोगअन्तर्गत बाढीबाट प्रभावित १० हजार परिवारलाई तीन महिनासम्म पुग्ने आपत्कालीन खाद्यान्न उपलब्ध गराइनेछ । मन्त्रालयले अमेरिकी नागरिकहरूको सुरक्षा आफ्नो सर्वोच्च प्राथमिकता रहेको पनि जनाएको छ ।
१४ भदौ, काठमाडौं — भारतले नेपालका बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहतका लागि थप सहयोग पठाएको छ । भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले ११ टन राहत सामग्री र प्राविधिक टोलीसहितको चौथो विमान नेपालतर्फ प्रस्थान गरेको जानकारी दिएका छन् । आइतबार बिहान सामाजिक सञ्जालमार्फत विदेशमन्त्री जयशंकरले नेपालको राहत तथा उद्धार प्रयासमा भारतको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । काठमाडौंस्थित भारतीय दूतावासका अनुसार भारतीय वायुसेनाको सी–१३० विमानमार्फत विपद् व्यवस्थापन तथा खोजी–उद्धारका लागि आवश्यक उपकरणसहितको सुरुङ (टनेल) प्राविधिक टोली नेपाल आइपुगेको छ । त्यस्तै, डीएनए विश्लेषणका लागि आवश्यक उपकरणसहित फरेन्सिक विशेषज्ञहरूको टोली पनि नेपाल आएको छ ।…
१४ भदौ, काठमाडौं — बाढीका कारण काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध भएको छ । भोटेकोशी हुँदै आएको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि सडक अवरुद्ध भएको हो । धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)का अनुसार त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि कृष्णभीरमा सडक अवरुद्ध भएको हो । बाढीले कटान गरेपछि सडकको केही भाग भासिएको छ । आज बिहान केही समय अवरुद्ध भएर खुलेको सडक केहीबेरमै पुनः पूर्णरूपमा बन्द भएको हो । सडक अवरुद्ध भएपछि यात्रुहरू बाटोमै अलपत्र परेका छन् ।