Skip to main content

Epost Nepal

ताजा खबर

बाढी प्रभावित क्षेत्रमा पुगे चिनियाँ प्रधानमन्त्री, नेपालतर्फ १०० नागरिक बेपत्ता

बाढी प्रभावित क्षेत्रमा पुगे चिनियाँ प्रधानमन्त्री, नेपालतर्फ १०० नागरिक बेपत्ता

११ भदौ, काठमाडौं — चीनका प्रधानमन्त्री लि क्वाङ चीनतर्फको बाढी प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका छन् । नेपालस्थित चिनियाँ दूतावासका अनुसार उनी बिहीबार बाढी प्रभावित क्षेत्रमा पुगेका हुन् । चीनले बुधबार आएको विनाशकारी बाढीपहिरोपछि नेपालतर्फ मात्रै करिब १०० जना चिनियाँ नागरिक बेपत्ता भएको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बिहीबार नियमित पत्रकार सम्मेलनमा नेपालतर्फको विपद् प्रभावित क्षेत्रमा करिब १०० जना चिनियाँ नागरिक बेपत्ता रहेको जानकारी दिएका हुन् । यता, चीनतर्फ बिहीबार बिहान ८ बजेसम्म ३ जनाको मृत्यु भएको र ५५८ जना बेपत्ता रहेको जनाइएको छ । त्यस्तै, २ जना स्थानीय गाउँलेको उद्धार गरिएको थियो । चीनले बाढी प्रभावित…
Read More
बाढी प्रभावितको अवस्था बुझ्न विदुर पुगे प्रधानमन्त्री बालेन

बाढी प्रभावितको अवस्था बुझ्न विदुर पुगे प्रधानमन्त्री बालेन

११ भदौ, काठमाडौं — प्रधानमन्त्री बालेन शाहले नुवाकोट सदरमुकाम विदुर र आसपासका बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । निरीक्षणपछि उनी काठमाडौं फर्किएका छन् । भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्साल भने आफ्नो टोलीसहित नुवाकोटमै रहेका छन् । सरकारी स्रोतका अनुसार बिहीबार प्रधानमन्त्री बालेनको नुवाकोट भ्रमण पूर्वनिर्धारित थिएन । तर, अन्तिम समयमा प्रधानमन्त्री स्वयंले नुवाकोट पुगेर बाढी प्रभावितको अवस्था बुझ्ने इच्छा व्यक्त गरेपछि भ्रमण तय भएको हो । नुवाकोट पुगेपछि प्रधानमन्त्री बालेनले विभिन्न क्षेत्रका बाढीपीडित, स्थानीय तथा घाइतेसँग भेट गरी उनीहरूको अवस्था बुझेका थिए । प्रधानमन्त्री काठमाडौं फर्किए पनि भौतिकमन्त्री लम्साल नुवाकोटमै छन् । नेपाली सेनाले उद्धार तथा खोजी कार्यमा भइरहेको…
Read More
बाढीपछि चक्रदेवी अस्पतालमा इमर्जेन्सी सेवा, बिजुली नहुँदा उपचारमा समस्या

बाढीपछि चक्रदेवी अस्पतालमा इमर्जेन्सी सेवा, बिजुली नहुँदा उपचारमा समस्या

११ भदौ, काठमाडौं — रसुवाको भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका नागरिकको उपचारका लागि विदुरस्थित चक्रदेवी अस्पतालले ‘इमर्जेन्सी मोड’ मा सेवा दिइरहेको छ । अस्पतालले घाइतेहरूलाई प्राथमिक उपचार गरिरहेको छ भने गम्भीर अवस्थाका बिरामीलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइरहेको छ । चक्रदेवी अस्पतालका डा. राकेश परियारका अनुसार अस्पताल बाढी प्रभावित क्षेत्रबाट करिब एक किलोमिटरको दूरीमा रहेकाले उद्धार गरिएका घाइतेलाई उपचारका लागि अस्पतालमै ल्याउने गरिएको छ । बाढीले नुवाकोटका त्रिशूली बजार, बेत्रावती बजार, ढुंगे बजार र देवीघाट क्षेत्रका बस्तीमा ठूलो क्षति पुर्‍याएको छ । सडक तथा पुल बगाएपछि प्रमुख उपचार केन्द्र त्रिशूली जिल्ला अस्पतालसम्म पुग्ने बाटोसमेत प्रभावित भएको डा. परियारले बताए । ढुंगे…
Read More
भोटेकोशी–त्रिशूली बाढीको कहर : २७० जनाको मृत्यु

भोटेकोशी–त्रिशूली बाढीको कहर : २७० जनाको मृत्यु

११ भदौ, काठमाडौं — भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीमा परेर अहिलेसम्म २७० जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार बिहीबार दिउँसो साढे १ बजेसम्म २७० जनाको मृत्यु भएको विवरण प्राप्त भएको हो । प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ४ हजार ५० जना प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।
Read More
रसुवा बाढी : धादिङका विभिन्न स्थानमा ६ जनाको शव फेला

रसुवा बाढी : धादिङका विभिन्न स्थानमा ६ जनाको शव फेला

१० भदौ, काठमाडौं — रसुवामा आएको बाढीमा परेकामध्ये ६ जनाको शव धादिङमा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बुधबार दिउँसो ३ बजेसम्म जिल्लाका विभिन्न स्थानमा ६ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार गल्छी गाउँपालिका–स्थित महेश दोभानमा एक महिलाको शव भेटिएको छ । त्यस्तै, गल्छी गाउँपालिकाकै कोल्फु खोला पुलनजिकै दुई पुरुषको शव फेला परेको छ । सिद्धलेख गाउँपालिका–७ स्थित त्रिशूली नदीको किनारमा एक जनाको तथा बेनिघाट रोराङ गाउँपालिकाको बेनिघाट बजारनजिकै त्रिशूली नदी किनारमा दुई महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । धादिङ प्रहरीले अहिलेसम्म ७ जनाको उद्धार गरिएको जनाएको छ । उद्धार गरिएका घाइतेहरूलाई उपचारका…
Read More
नेपाल–चीन सीमावर्ती क्षेत्रमा बाढीपहिरो : बेपत्ताको खोजी गर्न सीको निर्देशन

नेपाल–चीन सीमावर्ती क्षेत्रमा बाढीपहिरो : बेपत्ताको खोजी गर्न सीको निर्देशन

१० भदौ, काठमाडौं — चीनका राष्ट्रपति सी जिनपिङले नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको बाढीपहिरोमा बेपत्ता भएका मानिसहरूको खोज तथा उद्धारलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएका छन् । समाचार एजेन्सी ग्लोबल टाइम्सले चिनियाँ समाचार एजेन्सी सिन्ह्वालाई उद्धृत गर्दै सीले बाढीपहिरोमा परेकाहरूको खोजी तथा उद्धारका लागि आवश्यक सबै प्रयास गर्न निर्देशन दिएको जनाएको छ ।
Read More
रसुवाको बाढीमा ३८४ पर्यटक सम्पर्कविहीन रहेको पर्यटन बोर्डको विवरण

रसुवाको बाढीमा ३८४ पर्यटक सम्पर्कविहीन रहेको पर्यटन बोर्डको विवरण

१० भदौ, काठमाडौं — रसुवामा आएको बाढीका कारण विभिन्न क्षेत्रमा ३ सय ८४ जना आन्तरिक तथा विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डले ट्राभल एजेन्सीहरूबाट प्राप्त विवरणका आधारमा झन्डै ४ सय पर्यटक सम्पर्कविहीन रहेको जनाएको छ । सम्पर्कविहीन हुनेमा २ सय ९१ जना विदेशी र ९३ जना नेपाली पर्यटक छन् । ट्राभल एजेन्सी, गाइड, स्थानीय तह तथा सुरक्षा निकायसँग विवरण पुष्टि गरेपछि पर्यटन बोर्डले उक्त तथ्यांक सार्वजनिक गरेको हो । बोर्डका अनुसार सम्राट टुर्स एन्ड ट्राभल्सबाट गएका ७१ जना सम्पर्कविहीन छन् । तीमध्ये ५९ भारतीय र १२ नेपाली छन् । त्यस्तै, काठमाडौं होलिडेजबाट गएका १७ जना सम्पर्कविहीन छन्,…
Read More
रसुवाको टिमुरेमा बाढीले ठूलो क्षति पुर्‍यायो

रसुवाको टिमुरेमा बाढीले ठूलो क्षति पुर्‍यायो

१० भदौ, काठमाडौं — तिब्बततर्फबाट आएको बाढीले रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बिहान करिब ९ बजे अचानक आएको ठूलो बाढीले टिमुरे बजारको बस्ती क्षेत्रमा क्षति पुर्‍याएको हो । बाढीबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
Read More
प्रचण्डसँग असन्तुष्ट सांसदको भेट : तीन मन्त्रालय र सभामुखमा नेकपाको दाबी

प्रचण्डसँग असन्तुष्ट सांसदको भेट : तीन मन्त्रालय र सभामुखमा नेकपाको दाबी

९ भदौ, काठमाडौं — बागमती प्रदेशमा सत्तारुढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र असन्तुष्ट रहेका सांसदहरूले मंगलबार काठमाडौंमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । भेटमा उनीहरूले सत्ता साझेदारी, मन्त्रालय बाँडफाँड, सरकार सञ्चालन र सरकारको स्थायित्वबारे छलफल गरेका छन् । नेकपा बागमती प्रदेश संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाल, गंगानारायण श्रेष्ठसहित ८ जना सांसदले प्रचण्डसँग भेट गरेका हुन् । उनीहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग सत्ता साझेदारी गरेर सरकार गठन गर्नुपर्ने अवस्था किन आयो, सरकार कसरी सञ्चालन गर्ने र त्यसको स्थायित्व कसरी सुनिश्चित गर्ने भन्ने विषयमा प्रश्न उठाएका थिए । प्रचण्डसँगको भेटपछि अनलाइनखबरसँग कुरा गर्दै उपनेता खनालले विगतमा सत्ता खेलमा लागेर…
Read More
आकाशे पुल प्रयोग गर्न सुझाउँदा प्रहरी जवानमाथि हातपात

आकाशे पुल प्रयोग गर्न सुझाउँदा प्रहरी जवानमाथि हातपात

९ भदौ, काठमाडौं — काठमाडौंको बानेश्वरमा एक पुरुषले ड्युटीमा रहेकी महिला प्रहरी जवानमाथि हातपात गरेका छन् । मंगलबार बिहान बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानले जथाभावी बाटो काट्न खोजिरहेका एक पुरुषलाई आकाशे पुल प्रयोग गर्न अनुरोध गरेकी थिइन् । त्यसक्रममा ती पुरुषले प्रहरी जवानमाथि हातपात गरेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार घटनामा संलग्न पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–१०, बानेश्वरमा बस्दै आएका २७ वर्षीय राज कठायत रहेका छन् । महिला प्रहरी जवानले बाटो काट्न रोक्दै आकाशे पुल प्रयोग गर्न आग्रह गरेपछि कठायतले उनीमाथि हातपात गरेको…
Read More