Skip to main content

Epost Nepal

epostnp

292 Posts
नेप्से ६.७४ अंकले बढेर २६०१ मा, कारोबार रकमभने घट्यो

नेप्से ६.७४ अंकले बढेर २६०१ मा, कारोबार रकमभने घट्यो

२९ मंसिर, काठमाडौं — सोमबार सेयर बजारको परिसूचक नेप्से ६.७४ अंकले बढेको छ। यससँगै नेप्से २६०१ अंकमा पुगेको छ। तर कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ४ अर्बको कारोबार भएकोमा आज ३ अर्ब ४४ करोडमा सीमित भएको हो। आज १५५ कम्पनीको सेयर मूल्य बढ्यो भने ९४ कम्पनीको घट्यो र १० कम्पनीको मूल्य स्थिर रह्यो। नेप्से वृद्धिमा बैंकिङ समूहले मुख्य भूमिका खेलेको छ। यद्यपि सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कममै सीमित रह्यो। बैंकिङ ०.७२, विकास बैंक ०.३३, फाइनान्स ०.९०, हाइड्रोपावर ०.०६, जीवन बीमा ०.३०, उत्पादन तथा प्रशोधन ०.५७, निर्जीवन बीमा ०.०७ र व्यापार समूह ०.२७ प्रतिशतले बढेका छन्। होटल…
Read More
भृकुटीमण्डपमा ओलीले गरे अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता

भृकुटीमण्डपमा ओलीले गरे अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता

२९ मंसिर, काठमाडौं —  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गरेका छन्। ११औँ महाधिवेशन जारी रहेको भृकुटीमण्डपस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर उनले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन्। यससँगै ओली तेस्रो पटक अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न लागेका छन्। उनी नवौँ र दशौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए।
Read More
चार महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स भित्रियो

चार महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स भित्रियो

२९ मंसिर, काठमाडौं — चालु आर्थिक वर्षको पहिलो चार महिना (साउन–कात्तिक) मा ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स मुलुकमा भित्रिएको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.४ प्रतिशतले बढी हो। गत वर्ष पहिलो चार महिनामा रेमिट्यान्स आप्रवाह ९.४ प्रतिशतले बढेको थियो। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार ०८२ कात्तिक महिनामा मात्रै १ खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत आर्थिक वर्षको कात्तिकमा १ खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो। राष्ट्र बैंकको चार महिनाको मासिक प्रतिवेदनमा भनिएको छ, ‘गएको चार महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ४ अर्ब…
Read More
विवादपछि महान्यायाधिवक्ता भण्डारी, ट्रान्सपरेन्सी इन्टरनेशनलबाट निलम्बित

विवादपछि महान्यायाधिवक्ता भण्डारी, ट्रान्सपरेन्सी इन्टरनेशनलबाट निलम्बित

२८ मंसिर, काठमाडौं — ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई साधारण सदस्यबाट निलम्बन गरेको छ। उनी सार्वजनिक पदमा पुगेपछि विभिन्न विवादमा जोडिएपछि ट्रान्सपरेन्सीको कार्यसमितिले यस्तो निर्णय गरेको हो। कार्यसमितिका एक सदस्यले भने, ‘हाम्रो संस्थाका आफ्नै मूल्यमान्यता र विश्वास छन्। कतिपय अवस्थामा संस्था र त्यसका पदाधिकारीहरूमाथि सार्वजनिक रूपमा प्रश्न उठेपछि त्यसको सम्बोधन हुनुपर्छ भन्ने हाम्रो धारणा हो। त्यसैले अहिलेलाई अस्थायी रूपमा उहाँबारे यस्तो निर्णय लिएका हौं।’ उनका अनुसार विवाद सुरु भएदेखि नै भण्डारी बराललाई राजीनामा दिएर सहजीकरण गर्न सुझाव दिइएको थियो, तर उनले त्यसलाई अस्वीकार गरेकी थिइन्। तर विषयवस्तु स्पष्ट भएमा निलम्बनबारे पुनः विचार गर्न सकिने उनले बताए। उनका अनुसार…
Read More
एमाले उपाध्यक्ष युवराज ज्ञवालीको घोषणा: ‘७० वर्ष पुगेँ, महाधिवेशन लड्दिनँ’

एमाले उपाध्यक्ष युवराज ज्ञवालीको घोषणा: ‘७० वर्ष पुगेँ, महाधिवेशन लड्दिनँ’

२८ मंसिर, काठमाडौं — नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले आफू ७० वर्ष पुगेको भन्दै पार्टीको महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेका छन्। भृकुटीमण्डपमा आज बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले अब चुनाव नलड्ने स्पष्ट पारेका हुन्। ‘म ७० वर्ष पुगेँ, अब फेरि चुनाव उठ्दिनँ,’ उनले भने। उनले एमालेमा ७० वर्षे उमेरहद लागू हुनुपर्ने पक्षमा पनि आफ्नो धारणा राखेका छन्। यद्यपि उनले आफू एमालेमै सक्रिय रहने बताएका छन्।
Read More
एमालेको ११औँ महाधिवेशनको बन्द सत्र आज, ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने

एमालेको ११औँ महाधिवेशनको बन्द सत्र आज, ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने

२८ मंसिर, काठमाडौं — नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत बन्द सत्र आज अपरान्हदेखि सुरु हुने भएको छ। बिहानैदेखि सुरु गर्ने तयारी गरिएको बन्द सत्र समय सर्दै अन्ततः दिउँसो १ बजेका लागि तय गरिएको हो। महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा गरिएको भए पनि बन्द सत्र काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ। बन्द सत्र सुरु हुनुअघि अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। यो बैठक वर्तमान कार्यकालको अन्तिम केन्द्रीय कमिटी बैठक हो। केन्द्रीय कमिटीको बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक अवस्था तथा बन्द सत्रका कार्यक्रमबारे छलफल हुने नेता महेश बस्नेतले जानकारी दिए। बैठकपछि बन्द सत्र सुरु हुने कार्यक्रम छ। बन्द सत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन…
Read More
कुलमानप्रति प्रचण्डको टिप्पणी: ‘जुन थालमा खाए, त्यहीँ छेद’

कुलमानप्रति प्रचण्डको टिप्पणी: ‘जुन थालमा खाए, त्यहीँ छेद’

२८ मंसिर, काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुलमान घिसिङले गुन बिर्सिएको टिप्पणी गरेका छन्। कुलमानले ‘जुन थालमा खायो, त्यही थालमा छेद हाल्न खोजेको’ भन्दै प्रचण्डले त्यसो नगर्न चेतावनी  पनि दिएका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अहिले कुलमानले गुन बिर्सिएर जुन थालमा खाए त्यही थालमा छेद हाल्न खोज्याछन्। तिनले त्यसो नगरुन् भन्न चाहान्छु। कुलमानको बुद्धि फिरोस्।’ नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ जेनजी आन्दोलनपछि बनेको अन्तरिम चुनावी सरकारमा ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री छन्। मन्त्री पदमा रहँदै उनले उज्यालो नेपाल पार्टीमार्फत राजनीतिमा प्रवेश गरेका…
Read More
पाल्पामा जिप दुर्घटना: ३ जनाको मृत्यु, ८ जना घाइते

पाल्पामा जिप दुर्घटना: ३ जनाको मृत्यु, ८ जना घाइते

मंसिर २६, काठमाडौं — पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा आठ जना घाइते भएका छन्। निस्दीको मित्यालीस्थित अरुणखोलाबाट रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप शुक्रबार दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार जिपमा सवार तीन जनाको मृत्यु भएको छ। मृतकहरूको पहिचान भने खुल्न बाँकी छ। दुर्घटनामा घाइते आठ जनालाई उद्धार गरी उपचारका लागि पूर्वी नवलपरासीस्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको चौधरीले जानकारी दिए। दुर्घटनाको कारण भने अझै पुष्टि भएको छैन।
Read More
नेपाली सेनाले ३८८ वटा  पदमा दरखास्त माग्यो

नेपाली सेनाले ३८८ वटा पदमा दरखास्त माग्यो

मंसिर २६, काठमाडौं — नेपाली सेनामा ३ सय ८८ जनाका लागि रोजगार अवसर खुलेको छ। सेनाले शुक्रबार सूचना जारी गर्दै प्राविधिक, हवाई तथा विविध सेवाबाट रिक्त पदहरू खुला प्रतिस्पर्धाबाट भर्न दरखास्त माग गरेको छ। खुला कोटाबाट २ सय ५, महिलाबाट ३१, आदिवासी जनजातिबाट ५३, मधेसी ४४, दलित २८ र पिछडिएको क्षेत्रबाट ७ जना माग गरिएको छ। मंसिर २६ गतेदेखि पुस २६ गतेसम्म, र दोब्बर दस्तुर तिरेर पुस २७ गतेदेखि माघ ३ गतेसम्म आवेदन दिन सकिने सेनाले जनाएको छ। दरखास्त शुल्क प्रा.सुका लागि ४ हजार, प्रा.जम. र लेखाका लागि ३ हजार, र पण्डित सु–द्धा बै ट्रेडका प्रा.अम. तथा अमल्दार पदका लागि…
Read More
जेन-जी आन्दोलनमा दमनको आरोपपछि तत्कालीन सीडीओ रिजालमाथि भ्रष्टाचार मुद्धामा  छानबिन

जेन-जी आन्दोलनमा दमनको आरोपपछि तत्कालीन सीडीओ रिजालमाथि भ्रष्टाचार मुद्धामा छानबिन

२६ मंसिर, काठमाडौं — जेनजी आन्दोलनमा दमन गरेको आरोप खेपिरहेका सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु भएको छ । काठमाडौंको प्रमुख जिल्ला अधिकारी हुँदा रिजालले २३ भदौमा आन्दोलनको क्रममा गोली चलाउन आदेश दिएका थिए । सर्वोच्च अदालतमा पठाएको जवाफमा उनले त्यसलाई ‘राजनीतिक समन्वयमा गरिएको काम’ भनेका छन् । तिनै रिजाल काठमाडौंका प्रमुख जिल्ला अधिकारी हुनुभन्दा अघि गृह मन्त्रालयको प्रशासन महाशाखाको प्रमुख थिए । तत्कालीन गृहमन्त्रि रमेश लेखकसँगको पालामा प्रशासन महाशाखा प्रमुख रहेका उनीमाथि कर्मचारीहरूलाई अध्यागमन एवं आकर्षक कार्यालयहरूमा पठाउँदा ‘पेशागत आचरण विपरित काम गरेको’ आरोप छ । अख्तियारले विशेष अदालतमा पठाएको विवरणमा गृहमन्त्रालयका तत्कालीन प्रशासन महाशाखा प्रमुख रिजालमाथि…
Read More