१७ मंसिर, काठमाडौं− विश्वासको मत लिने कार्यसूची रहेको बैठकमा सरकारका तर्फबाट कोही पनि उपस्थित नभएपछि उपसभामुख बबिता राउत ईसरले मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गर्न अनुमति दिएर बैठक स्थगित गरेकी छन्। जनकपुर, मुख्यमन्त्री सरोजकुमार यादवको अनुपस्थितिमै प्रदेशसभाको बैठक अगाडि बढाइएको छ । विश्वासको मत लिने कार्यसूची रहेको बैठकमा सरकारका तर्फबाट कोही पनि उपस्थित नभएपछि उपसभामुख बबिता राउत ईसरले मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गर्न अनुमति दिएर बैठक स्थगित गरेकी छन्। तर, मुख्यमन्त्री र सरकारको उपस्थिति नरहेकाले उपसभामुख राउतले बैठक आजै २ बजेसम्मका लागि स्थगित गरेकी छन् । यसअघि, विश्वासको मत लिन प्रदेशसभा सचिवालयले तोकेको समयमा…
१६ मंसिर, काठमाडौं — भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा एक बसमा भीषण आगलागी भएको छ, जसमा परेर कम्तीमा तीनजनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। ट्रकले बसलाई ठक्कर दिएपछि आगलागी सुरु भएको बताइएको छ। ठक्करपछिको धक्काले बस करीब १०० मिटर घिस्रिँदै हाइ–टेन्सन लाइनको खम्बामा ठोक्किएको थियो, जसपछि खम्बा भाँचिएर बसमाथि खसेको थियो। यूपी२२एटी ०२४५ नम्बरको उक्त बस भारत–नेपाल सीमा क्षेत्र सुनौलीबाट दिल्लीतर्फ जाँदै थियो। बसमा ४५ जना यात्रु सवार थिए, जसमा धेरैजसो नेपाली रहेको उल्लेख छ। घटनापछि बस चालक र सहचालकको अवस्थाबारे हालसम्म कुनै जानकारी नआएको बताइन्छ।
१५ मंसिर, काठमाडौं − गाजामा जारी इसराइली आक्रमणका कारण मृत्यु हुनेको संख्या ७० हजार नाघेको छ। गाजाको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार मृतकमध्ये संख्या ७० हजार १ सय पुगेको छ। रोयटर्सका अनुसार, इसराइलले गरेको हवाई हमलाबाट ध्वस्त बनेका संरचनाहरूको भग्नावशेषबाट पछिल्ला तीन दिनमै ३०० भन्दा बढी शव फेला परेका छन्। अझै पनि धेरै शव भग्नावशेषभित्र रहेको अनुमान गरिएको छ। युद्धविराम लागू भए पनि इसराइलले विभिन्न आरोपका आधारमा गाजामा आक्रमण जारी राखेको बताइएको छ। हमासले युद्धविराम सम्झौतामाथि उल्लंघन गरेको र नियन्त्रण रेखामा इसराइली सैनिकको हत्या गरिएको आरोप लगाउँदै इसराइलले हमासमाथि लक्षित आक्रमण गरिरहेको थियो। दुई वर्षदेखिको युद्धमा गाजामा भएका कुल मृत्युका…
१४ मंसिर, काठमाडौं − काठमाडौंमा चलिरहेको नेपाल प्रिमियर लिग (एनपीएल) ले दर्शकको उत्साह त बढाएको छ नै, त्यससँगै अनलाइन सट्टेबाजीमा संलग्न समूहहरूको सक्रियता पनि त्यत्तिकै देखिएको छ। एनपीएलमा सट्टेबाजी तथा खेलाडीलाई स्पट फिक्सिङको प्रस्ताव गरेको आरोपमा प्रहरीले हालसम्म १० जनालाई पक्राउ गरिसकेको छ। अनुसन्धानका क्रममा केही खेलाडीलाई स्पट फिक्सिङका लागि एक करोड रुपैयाँसम्मको प्रस्ताव गरिएको तथ्यसमेत खुलेको छ। पक्राउ परेकामध्ये ९ जना भारतीय नागरिक रहेको र उनीहरू यसै उद्देश्यले भारतबाट नेपाल आएका थिए भन्ने पनि स्पष्ट भएको छ। एनपीएलमा खेलाडीलाई प्रायोजन गर्ने बहानामा इन्स्टाग्राममार्फत सम्पर्क गरी अनुचित प्रभाव पार्न खोजेको आरोपमा मंसिर ३ गते प्रहरीले एक नेपाली र एक भारतीय…
३ असोज, काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले संविधान दिवसको अवसरमा आयोजित समारोहमा कुनै शासकीय आकांक्षा वा पदको लालसा लिएर आफू प्रधानमन्त्री नभएको स्पष्ट पारेकी छन्। टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले भनिन्, “देश संकटमा रहेको बेलामा परिवर्तनगामी युवा पुस्ताको अनुरोधअनुसार चुप लागेर बस्न नसकी संक्रमण व्यवस्थापन गर्दै नेपालको संविधानअनुसार ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचनमार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवार हस्तान्तरण गर्ने उद्देश्यले वर्तमान अन्तरिम सरकारको प्रधानमन्त्री भएको हुँ।” प्रधानमन्त्री कार्कीले नागरिकको अपेक्षाअनुसार काम गर्न सरकार प्रतिवद्ध रहेको पनि बताइन्। उनले थपिन्, “अन्तर्राष्ट्रिय स्तरमा देखिएको नागरिकमैत्री शासन प्रणाली, खुला सरकार र भर्चुअल शासनका विषयमा जानकार युवापुस्ताले उठाएका रोजगारीका अवसर, गुणस्तरीय जीवनस्तर, सरकारका कामकाजमा पारदर्शिता,…
३ असोज, काठमाडौं – एमाले अध्यक्ष एवं हालका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामापछि सार्वजनिक तथा निजी सम्पत्तिलाई लक्षित गर्दै आगजनी गरिएको बताएका छन्। संविधान दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै उनले पदत्यागपश्चात् पहिलोपटक प्रत्यक्ष प्रतिक्रिया दिएका हुन्। संविधानलाई नियोजित रूपमा आक्रमण गर्ने प्रयास भइरहेको दाबी गर्दै ओलीले भने, “प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइयो, नेपालको नक्सा जलाइयो, देशको पहिचान मेटाउन खोजियो। राजनीतिक दलका कार्यालय, जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठानदेखि नेताकार्यकर्ताका घर र व्यक्तिगत सम्पत्ति समेत छानीछानी खरानी बनाइयो।” देश वास्तवमै निर्माणतर्फ गइरहेको थियो वा बिग्रँदै गएको भन्ने कुरा भविष्यमा नयाँ पुस्ताले आफैं आकलन गर्ने उनको भनाइ छ। उनले भने,…
१६ चैत, काठमाडौं — काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बन्दै जाँदा विभिन्न निजी तथा सार्वजनिक सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाटका घटनाहरू भएका छन्। प्रदर्शनका क्रममा मिडिया हाउस, सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय, सपिङ मल, सार्वजनिक सवारीसाधन तथा सर्वसाधारणका घरमा आक्रमण भएको छ। यस घटनाप्रति प्रमुख राजनीतिक दलहरूले आपत्ति जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। राजनीतिक दलहरूको एकस्वरमा भर्त्सना नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरूले विज्ञप्ति जारी गर्दै प्रदर्शनका नाममा भएको हिंसात्मक गतिविधिलाई गम्भीर रूपमा लिएका छन्। कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण प्रदर्शनको नाममा भएको हिंसा…
१६ चैत, काठमाण्डौं — शुक्रवारको दिन काठमाडौंको विभिन्न स्थानमा राजावादी समर्थकद्वारा आयोजित प्रदर्शनले हिंसात्मक रुप लिएको छ। प्रदर्शनका क्रममा १४ स्थानमा आगजनी र ९ वटा संस्था तथा कार्यालयमा तोडफोड गरिएको छ। यसैबीच, कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा ठूलो मात्रामा लुटपाट भएको पुष्टि भएको छ। पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकद्वारा काठमाण्डौको तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनका लागि पूर्वअनुमति लिइएको थियो। नवराज सुवेदीको नेतृत्व र दुर्गा प्रसाईको संयोजकत्वमा आयोजित यस प्रदर्शनको दौरान निजी सम्पत्ति, अस्पताल, संचारगृह, राजनीतिक दलका कार्यालय तथा व्यापारिक केन्द्रहरूमा हिंसात्मक गतिविधि र तोडफोडका घटना भएका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार यस किसिमका अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई कारबाही गर्ने प्रक्रिया जारी रहेको छ।…
१८ माघ, काठमाडौं – माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको आरोप लगाएका छन्। संसद्को हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्टाचार मुद्दाहरूमा ठोस छानबिन अघि नबढेको भन्दै सरकारको आलोचना गरे। "बाढीपहिरोको समयमा सरकारले प्रभावकारी भूमिका खेल्न सकेन। शान्ति प्रक्रियाका बाँकी काम अझै अधुरै छन्। बेपत्ता नागरिकका परिवारहरू अन्योलमा छन्। शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन आवश्यक कदम चाल्न सरकारलाई आग्रह गर्छु," उनले भने। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिने बताए पनि पछिल्ला भ्रष्टाचार प्रकरणहरूले सरकारलाई नै चुनौती दिएको पाण्डेको भनाइ छ। "प्रधानमन्त्रीले आफू भ्रष्टाचार गर्दिनँ, अरूलाई…
९ माघ, बिराटनगर–नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले सरकारले ल्याएको अध्यादेशको विषयवस्तु सकारात्मक रहेको बताएका छन्। बिराटनगरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले जारी गरेका अध्यादेशहरू ठिक र आवश्यक रहेको धारणा राखे। उनले भने, "अध्यादेशको भित्रका विषयवस्तुहरू खराब छैनन्। धेरै अध्यादेशहरू ठिकै छन्, राम्रै छन्। तर, यी अध्यादेश संसदबाट पास गर्नुपर्ने थियो। कांग्रेस र एमालेसँग बहुमत छ, बहुमतले ऐन पास गर्न सक्छ। दुई तिहाइ त चाहिँदैन।" हालै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा पाँचवटा अध्यादेश जारी गरेका थिए। त्यसैगरी, पार्टी महाधिवेशनको सन्दर्भमा कोइरालाले कांग्रेसको १५औं महाधिवेशन २०८२ साल मंसिरभित्रै सम्पन्न गर्नुपर्नेमा जोड दिए। "महाधिवेशन समयमै गर्नुपर्छ। अझै समय छ। २०८२…