Epost Nepal

सरकारको तर्फबाट शून्य उपस्थिति, प्रदेशसभा बैठक स्थगित

१७ मंसिर, काठमाडौं−   विश्वासको मत लिने कार्यसूची रहेको बैठकमा सरकारका तर्फबाट कोही पनि उपस्थित नभएपछि उपसभामुख बबिता राउत ईसरले मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गर्न अनुमति दिएर बैठक स्थगित गरेकी छन्।

जनकपुर, मुख्यमन्त्री सरोजकुमार यादवको अनुपस्थितिमै प्रदेशसभाको बैठक अगाडि बढाइएको छ । विश्वासको मत लिने कार्यसूची रहेको बैठकमा सरकारका तर्फबाट कोही पनि उपस्थित नभएपछि उपसभामुख बबिता राउत ईसरले मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गर्न अनुमति दिएर बैठक स्थगित गरेकी छन्।

तर, मुख्यमन्त्री र सरकारको उपस्थिति नरहेकाले उपसभामुख राउतले बैठक आजै २ बजेसम्मका लागि स्थगित गरेकी छन् ।

यसअघि, विश्वासको मत लिन प्रदेशसभा सचिवालयले तोकेको समयमा मुख्यमन्त्री यादव प्रदेशसभामा उपस्थिति भएन । उनी नपुग्दा समयमा बैठक बस्न सकेन । लोसपाका सांसद उपेन्द्र महतोका अनुसार विश्वासको मत प्रस्तुत गर्ने मुख्यमन्त्री यादव नै प्रदेशसभामा समयमा नआउँदा बैठकमा ढिलाइ भएको थियो ।

मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले दिएको परमादेशमा २४ घण्टाभित्र विश्वासको मत लिन भनिए पनि आफूले मंगलबार दिउँसो ३ बजे मात्र पत्र प्राप्त गरेकाले विश्वासको मतका लागि प्रदेशसभाको बैठक बुधवार दिउँसो २ बजे बोलाउन प्रदेशसभा सचिवालयलाई पत्र लेखेको थियो । तर, प्रदेशसभा सचिवालयले बुधवार विहान साढे ८ बजे नै विश्वासको मतका लागि प्रदेशसभा बैठकको समय तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search