२६ मंसिर, काठमाडौं — सरकारले सार्वजनिक गरेको प्रारम्भिक क्षतिमूल्यांकन प्रतिवेदनले जेन–जी आन्दोलनका दुई दिनमा देशभर साढे ८४ अर्ब रुपैयाँभन्दा बढीको भौतिक नोक्सानी भएको पुष्टि गरेको छ। २३ भदौको प्रदर्शन र २४ भदौमा देखिएको तोडफोड, आगजनी र लुटपाटका घटनाले सार्वजनिक तथा निजी क्षेत्र जोड्दा कुल ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको क्षति पुगेको निष्कर्ष प्रतिवेदनले प्रस्तुत गरेको छ। राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थको संयोजकत्वमा गठन भएको सरकारी अध्ययन समितिले बिहीबार प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बुझाएको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा संयोजक पन्थले प्रतिवेदनको सारांश प्रस्तुत गरेका हुन्। समितिका अनुसार देशभर २ हजार १ सय ६८ सार्वजनिक निकाय,…
२५ मंसिर, काठमाडौं — उत्कृष्ट बलिङ प्रदर्शन सहित लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको क्वालिफायर–२ मा लुम्बिनीले विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै उपाधि भिडन्त सुनिश्चित गरेको हो। टसपछि ब्याटिङ आमन्त्रण पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेटका क्षतिमा १३४ रन बनायो। जवाफमा आएको विराटनगर १७.५ ओभरमै ९४ रनमा समेटिँदै पराजित भयो। लगातार दोस्रो खेलमा विराटनगर १ सय रनमुनि अलआउट भएको हो। लुम्बिनीले अब शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयल्ससँग भिड्नेछ। लगातार पाँच खेलमा जित दर्ता गरेको लुम्बिनी इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई पराजित गरेर क्वालिफायर–२ पुगेको थियो, जबकि विराटनगर क्वालिफायर–१…
२५ मंसिर, काठमाडौं — भिजिट भिसा तस्करीमार्फत यात्रुबाट अवैध रूपमा रकम असुलेको आरोपमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले उनीहरूलाई प्रतिवादी बनाउँदै बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। यस प्रकरणमा सहसचिव भट्टराईलाई ७ जेठ २०८२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरिएको थियो। उनी पक्राउ पर्दा विमानस्थल अध्यागमन प्रमुखका रूपमा कार्यरत थिए। भिजिट भिसामा विदेश जाने नेपाली यात्रुबाट रकम असुलेको दाबीमा आयोगले लामो समयदेखि अनुसन्धान गरिरहेको थियो। आयोगले सहसचिव भट्टराईविरुद्ध करिब ७९ लाख रुपैयाँ बिगो दाबी गरेको छ भने शाखा अधिकृत अर्यालविरुद्ध ५ लाख…
२३ मंसिर, काठमाडौं — सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो सिजन फाइनलमा प्रवेश गरेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न क्वालिफायर–१ मा सुदूरपश्चिमले विराटनगर किंग्सलाई ७७ रनले हराउँदै फाइनल यात्रा सुरक्षित गरेको हो। गत सिजन पनि सुदूरपश्चिमले क्वालिफायर–वानमा जनकपुर बोल्ट्सलाई हराएर फाइनल पुगेको थियो । पराजित विराटनगरले भने अब क्वालिफायर–२ खेल्नेछ । त्यसमा उसको प्रतिद्वन्द्वी इलिमिनेटरको विजेता हुनेछ । इलिमिनेटरमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स बुधबार खेल्दैछन् । जितका लागि १ सय ५६ रनको लक्ष्य पाएको विराटनगर १४.१ ओभरमा ७८ रन बनाएर अलआउट भयो । यससँगै सुदूरपश्चिमले लिग चरणमा विराटनगरसँग बेहोरेको एक मात्र हारको बदला पनि लिएको छ । विराटनगरका फाफ…
२३ मंसिर, काठमाडौं — मलेसियाले कागजातविहीन विदेशी श्रमिकविरुद्ध चलाउँदै आएको कारबाहीलाई तीव्र बनाउँदै सेलायाङ बारु क्षेत्रबाट ८४३ जनालाई पक्राउ गरेको छ। मलेसियन सञ्चारमाध्यमका अनुसार पक्राउ परेका मध्ये ८०८ पुरुष र ३५ महिला रहेका छन्। उनीहरूको उमेर २१ देखि ५३ वर्षसम्म छ। सेलाङ्गोर राज्यका मुख्यमन्त्री तथा राज्य सुरक्षा समिति अध्यक्ष आमिरुद्दीन शारीले विदेशी श्रमिकको अनियमित प्रवेश, कागजातविहीन बसोबास र सडक छेउमा गैरकानुनी व्यापार बढेपछि अभियान सुरू गरिएको बताए। उनका अनुसार यसअघि पनि सेरी मुडा, सेलाङ्गोर होलसेल मार्केटसहितका क्षेत्रमा यस्तै कारबाही चलाइएको थियो। पक्राउ परेकामध्ये नेपाल, इन्डोनेसिया, बंगलादेश, भारत, म्यानमार र पाकिस्तानका नागरिक छन्। समितिले देशगत विवरण सार्वजनिक गरेको छैन। इमिग्रेसन विभागका…
२३ मंसिर, काठमाडौं — विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग पाँच लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको छ। मंसिर २३ गते न्यायाधीश सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले थुनछेक बहसपछि धरौटी तोकेको हो। धरौटी रकम मागिए पनि अधिकारी थुनामै रहनेछन्। यसअघि भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माण प्रकरणमा विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाइसकेको थियो। सोही आदेश कायम रहेको हुँदा नयाँ मुद्दामा धरौटी तोकिए पनि अधिकारीलाई रिहा हुँनेछैनन् । मुद्दामा संलग्न क्यानका पूर्वनिर्देशक मुरारी भण्डारीसँग पनि अदालतले एक लाख रुपैयाँ धरौटी मागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा…
२२ मंसिर, काठमाडौं — नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाउने विभागीय मन्त्रीको प्रस्ताव पूर्वाग्रही र प्रतिशोधपूर्ण रहेको सर्वोच्च अदालतले ठहर गरेको छ। सोमबार न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले मन्त्रिपरिषद्को निर्णय र त्यसका आधार बनेको प्रस्ताव खारेज गर्दै शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुन:स्थापित गर्न आदेश दिएको हो। अदालतको फैसलामा मन्त्री कुलमान घिसिङले मन्त्रिपरिषद्मा पेश गरेको प्रस्ताव कानुनी आधारविना गरिएको स्पष्ट भएको उल्लेख छ। प्राधिकरणको सेवा सर्त तथा विनियमावली २०६१ मा तोकिएका प्रक्रिया नअपनाई शाक्यलाई पदबाट हटाइएको भन्दै अदालतले निर्णयलाई स्वेच्छाचारी, अन्यायपूर्ण र कानूनविपरीत ठहर गरेको छ। कार्यसम्पादन सम्झौतामा तोकिएका सूचक तथा प्रक्रियागत प्रावधान पनि बेवास्ता…
३ असोज, काठमाण्डौं – राष्ट्रपति रामचन्द्र पौडेलले जेन-जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिमा प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय बाँकी नरहेको बताएका छन्। संविधान दिवसको अवसरमा शुक्रबार राष्ट्रपति कार्यालयले आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै उनले हालको अन्तरिम सरकार आम सहमतिका आधारमा गठन गरिएको बताएका हुन्। राष्ट्रपति पौडेलले भने, “प्रतिनिधिसभाबाट मन्त्रिमण्डल गठन गर्ने कुनै उपाय नभएकोले आम सहमतिबाट यो कदम चालिएको कुरा सबैले बुझौं। ६ महिनाभित्र प्रतिनिधिसभा ल्याउने चुनाव सम्पन्न गर्न सबै जागौं।” उनले नयाँ जनादेशले लोकतन्त्रलाई थप संस्थागत गर्ने विश्वास पनि व्यक्त गरे। उनले भने, “अहिले बनेको अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनर्निर्माण गर्दै ६ महिनामा निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई…
३ असोज, काठमाण्डौं –जेनजी आन्दोलनको क्रममा २४ भदौमा भएको कारागार तोडफोडपछि अझै ८ हजार ३७५ कैदीबन्दी फरार रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ। विभागका अनुसार यसमध्ये ७ हजार ७५३ कारागारतर्फ र ६२२ सुधारगृहतर्फका कैदीबन्दी अझै फरार रहेका छन्। देशभरका विभिन्न २८ वटा कारागार र ९ वटा बाल सुधार गृहबाट कुल १४ हजार ५५५ कैदीबन्दी भागेका थिए। यसमा १३ हजार ५९१ जना कारागारबाट र ९६४ जना बाल सुधार गृहबाट फरार भएका थिए। फरारमध्ये अहिलेसम्म ६ हजार १७९ जना फिर्ता भएका छन्। कारागारतर्फ ५ हजार ८३८ र बाल सुधार गृहतर्फ ३४१ जना फिर्ता आएको कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानले जानकारी दिए।…
३ असोज, काठमाडौं – जेन–जी आन्दोलनको क्रममा नेपाल प्रहरीका सवारी साधनहरूको ठूलो क्षति भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै प्रहरीका ३४६ सवारी साधन जलेको तथ्य सार्वजनिक भएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता तथा एसएसपी शेखर खनालका अनुसार जलेका सवारीमध्ये २४ वटा चार पांग्रे हेभी गाडी, १०४ वटा चार पांग्रे लाइट गाडी र २१८ वटा दुई पांग्रे सवारी साधन छन्। प्रहरीका अनुसार ठूलो मात्रामा सवारी जलेकोले दैनिक पुलिसिङ, ड्युटी र अन्य सुरक्षा कार्यहरूमा प्रभाव परेको छ।