Epost Nepal

स्पट फिक्सिङ र सट्टेबाजीमा संलग्न समूहमाथि प्रहरीको कडाइ, लगातार पक्राउ

१४ मंसिर, काठमाडौं − काठमाडौंमा चलिरहेको नेपाल प्रिमियर लिग (एनपीएल) ले दर्शकको उत्साह त बढाएको छ नै, त्यससँगै अनलाइन सट्टेबाजीमा संलग्न समूहहरूको सक्रियता पनि त्यत्तिकै देखिएको छ।

एनपीएलमा सट्टेबाजी तथा खेलाडीलाई स्पट फिक्सिङको प्रस्ताव गरेको आरोपमा प्रहरीले हालसम्म १० जनालाई पक्राउ गरिसकेको छ। अनुसन्धानका क्रममा केही खेलाडीलाई स्पट फिक्सिङका लागि एक करोड रुपैयाँसम्मको प्रस्ताव गरिएको तथ्यसमेत खुलेको छ। पक्राउ परेकामध्ये ९ जना भारतीय नागरिक रहेको र उनीहरू यसै उद्देश्यले भारतबाट नेपाल आएका थिए भन्ने पनि स्पष्ट भएको छ।

एनपीएलमा खेलाडीलाई प्रायोजन गर्ने बहानामा इन्स्टाग्राममार्फत सम्पर्क गरी अनुचित प्रभाव पार्न खोजेको आरोपमा मंसिर ३ गते प्रहरीले एक नेपाली र एक भारतीय नागरिकलाई पक्राउ गरेको थियो। खेलाडीलाई एक करोड रुपैयाँसम्मको स्पट फिक्सिङ प्रस्ताव गरेको प्रारम्भिक प्रमाण भेटिएपछि भारतको हरियाणाका दिलप्रीत सिंह र नेपाली युवती रेविका सिंह ठकुरीलाई नियन्त्रणमा लिइएको हो।

त्यसैगरी, प्रत्येक बलको आधारमा ‘बेटिङ’ सञ्चालन गरेको आरोपमा मंसिर ६ गते ८ जना भारतीय पक्राउ परे। पक्राउ परेकामा आन्ध्र प्रदेश निवासी तथा हाल काठमाडौंमा बस्दै आएका राजा यदुला, महेश बाबु, पण्डित श्रीनिवासुलु, सेख सोयब, नभिन मड्डेला, महमद रफी सेख, साईकुमार, र सेख चन्द बसल छन्।

उनीहरू कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानको प्यारापिटबाट पक्राउ परेका हुन्। ‘स्टेक डटकम’ र ‘बेटबुक डटकम’ जस्ता वेबसाइटमार्फत उनीहरूले झन्डै २ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए।

स्पट फिक्सिङमार्फत निश्चित समूहले सट्टेबाजीको नतिजा आफ्नै पक्षमा पार्न खोज्ने गतिविधिमाथि प्रशासन तथा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) दुवैले निगरानी गर्दै आएका छन्। नेपाल प्रहरीले पनि हालै यस्ता सञ्जालहरूलाई विशेष निगरानीमा राखेको जनाएको छ। तर पूर्वप्रहरी नायव महानिरीक्षक हेमन्त मल्ल ठकुरीका अनुसार प्राविधिक अपराध अनुसन्धानमा सरकारले अझै पर्याप्त लगानी गर्न सकेको छैन।

एनपीएल सुरु भएको पहिलो दिनमै खेलाडीलाई अवैध प्रस्ताव गरिएको र समूहगत रूपमा भारतबाट सट्टेबाजहरू नेपाल आएको तथ्य प्रहरी अनुसन्धानबाट पुष्टिको क्रममा छ। खेलाडीलाई प्रलोभनमा पारेर सट्टेबाजीका लागि प्रयोग गर्ने विभिन्न माध्यमबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search