९ माघ, बिराटनगर–नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले सरकारले ल्याएको अध्यादेशको विषयवस्तु सकारात्मक रहेको बताएका छन्। बिराटनगरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले जारी गरेका अध्यादेशहरू ठिक र आवश्यक रहेको धारणा राखे। उनले भने, "अध्यादेशको भित्रका विषयवस्तुहरू खराब छैनन्। धेरै अध्यादेशहरू ठिकै छन्, राम्रै छन्। तर, यी अध्यादेश संसदबाट पास गर्नुपर्ने थियो। कांग्रेस र एमालेसँग बहुमत छ, बहुमतले ऐन पास गर्न सक्छ। दुई तिहाइ त चाहिँदैन।" हालै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा पाँचवटा अध्यादेश जारी गरेका थिए। त्यसैगरी, पार्टी महाधिवेशनको सन्दर्भमा कोइरालाले कांग्रेसको १५औं महाधिवेशन २०८२ साल मंसिरभित्रै सम्पन्न गर्नुपर्नेमा जोड दिए। "महाधिवेशन समयमै गर्नुपर्छ। अझै समय छ। २०८२…
२८ पुस, काठमाडौं – नेपाल पत्रकार महासंघले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङका गतिविधिहरूले सामाजिक दूरी र द्वन्द्व बढाउने अवस्था सिर्जना गरेको ठहर गरेको छ। सुनसरीस्थित धरानका पत्रकार गोपाल दाहालसँग जोडिएको घटनाको स्थलगत अध्ययनपछि महासंघले यस्तो निष्कर्ष सार्वजनिक गरेको हो। पत्रकार महासंघले मेयर साम्पाङका क्रियाकलापले धरानका सञ्चारमाध्यम र प्रशासनिक प्रणालीमा गम्भीर चुनौती उत्पन्न गरेको ठहर गर्दै त्यसबारे विस्तृत प्रतिवेदन सार्वजनिक गरेको छ। महासंघको स्थलगत अध्ययन टोलीमा केन्द्रीय सदस्यद्वय कमल रिमाल र शंकर खरेल, कोशी प्रदेश समितिका अध्यक्ष भरतबहादुर खड्का, जिल्ला शाखा सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, र वरिष्ठ पत्रकार हर्ष सुब्बा सहभागी थिए। मेयर साम्पाङद्वारा पत्रकारमाथि धम्की पत्रकार गोपाल दाहालले खोज पत्रकारिता…
२० पुस, सोलुखुम्बु – प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च तापमानका कारण हिमाल क्षेत्रमा हिउँ पग्लने समस्या बढ्दै गएको भन्दै यसले जलवायु परिवर्तनको गम्भीर असरलाई उजागर गरेको बताएका छन् । लुक्लामुनि सुर्केसम्म पुगेको ङिमदोर्जी शेर्पा पर्यटन सडक उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको प्रभावले हिमाली क्षेत्र र त्यहाँ बसोबास गर्ने समुदायमा गहिरो प्रभाव पारेको उल्लेख गरे। उनले यस संवेदनशील विषयमा आफू नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाएको र जलवायु न्यायको माग गरेको जानकारी गराए। प्रधानमन्त्रीले नेपाल जस्तो देशले जलवायु परिवर्तनमा न्यून योगदान पुर्याएको भए पनि यसले सबभन्दा ठूलो असर भोग्नुपरेको बताउँदै जलवायु न्यायका लागि सबै राष्ट्रहरूको साझा प्रयास आवश्यक रहेकोमा जोड…
२८ मङ्सिर, मोरङ - मोरङको धनपालथान गाउँपालिका-३ स्थित उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालय मोरङले पोखरेलकी पत्नी कोइरालासहित २६ जनाविरुद्ध बिहीबार मुद्दा दायर गरेको हो । सहकारीका वर्तमान अध्यक्ष धनपालथान–४ घर भई विराटनगरको शान्ति चोकबस्दै आएका शम्भुप्रसाद रौनियार, सहकारीका उपाध्यक्ष कटहरी गाउँपालिका–२ का लक्ष्मण साह, सचिव धनपालथान–४ का आलम अन्सारी मियाँ र कोषाध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद सिंहविरुद्ध मुद्दा दायर भएको छ । यसैगरी सञ्चालक समिति सदस्य जहदा गाउँपालिका–४ का आमोद मण्डल, धनपालथान–४ का रोशन राजवंशी तथा धनपालथान–२ का जितमान ठाकुर,…
२४ मङ्सिर, झापा - प्रधानमन्त्री एवंं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र भ्रष्टाचारविरूद्ध सचेत, संगठित र सक्रिय हुन कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । एमालेको झापा जिल्ला कमिटीले आज बिर्तामोडमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले झापा विद्रोहको गौरवशाली इतिहास बोकेको कम्युनिस्ट आन्दोलनमा लागेका कार्यकर्ताहरू शान्तिपूर्ण आन्दोलनका क्रममा पनि क्रान्तिकारीपनलाई छाड्न नहुनेमा जोड दिएका हुन् । पार्टीभित्र एकता र अनुशासन कायम गर्दै व्यक्तिगत रूपमा उच्च नैतिकता कायम गनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले भने, “हामी देशका लागि केही गर्छौँ, परिवर्तन गर्छौँ, गरिबी र पछ्यौटपन हटाएरै छाड्छौँ । परिवर्तन ल्याउन साना प्रयासले हुँदैन । ठूला प्रयास गर्नुपर्छ ।…
२४ मङ्सिर, ताप्लेजुङ - ताप्लेजुङको धार्मिकस्थल पाथीभरामा पछिल्लो सात वर्षमा १३ लाखभन्दा बढी दर्शनार्थीले पूजापाठ गरेका छन् । विभिन्न क्षेत्रबाट सात वर्षको समय अवधिमा १३ लाख तीन हजार ९२ जना दर्शनार्थीले पूजापाठ गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिले आर्थिक वर्ष २०७४/७५ देखि २०८०/८१ सम्मको तथ्यांक १३ लाख तीन हजार ४९२ जनाले पाथीभरामा पुगेर पूजापाठ गरेको समितिले सार्वजनिक सूचनामा उल्लेख गरको छ । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार सात वर्षको अवधिमा कुल १३ लाख तीन हजार ४९२ जना दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेका छन् । यो तथ्यांक चालु आर्थिक वर्ष २०८१/८२ को समावेश नगरी तयार गरिएको हो…
२३ मङ्सिर, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन सहकारी ठगेको जस्तो नहुने बताएका छन् । आइतबार झापाको दमकमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई लक्ष्य गर्दै देश चलाउन सहकारी ठगेको जस्तो नहुने टिप्पणी गरेका हुन् । 'देश चलाउन सिद्धान्त चाहिन्छ, नीति चाहिन्छ, संकल्प चाहिन्छ, अठोट चाहिन्छ, सहकारी ठगे जस्तो हुँदैन देश चलाउन भनेको,' उनले भने, 'अरूलाई बुरूक बुरूक्क उफ्रिएर मुख छोडे जस्तो हुँदैन, देश चलाउनलाई ।’ प्रधानमन्त्री ओलीले नयाँ राजनीतिक शक्तिहरूलाई बाँसको झ्याङमा उम्रिएको नर्कटको संकेत समेत गरे । केहीबेर चम्किने र छिटै सेलाउने भन्दै प्रधानमन्त्री ओलीले कोही पनि नयाँ शक्तिबाट देश बन्ने भ्रममा…
१२ मङ्सिर, विराटनगर - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई ठूला दलको सातबुँदे सहमतिलाई संस्थागत गर्न नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच राजनीतिक संयन्त्र बनेको बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारसँगको भेटघाटमा उनले संविधान संशोधनको विषयमा पहिले नेपाली कांग्रेस र एमालेबीच साझा धारणा बन्ने र त्यसपछि अन्य दलहरूसँग छलफल गर्ने योजना रहेको बताए । उनले कसैले चाहेर पनि संविधानको मूलभूत विषयमा संशोधन नहुने तर्क गर्दै संविधान संशोधनका सन्दर्भमा जिम्मेवार सबै राजनीतिक दलसँग सौहार्दपूर्ण वातावरणमा छलफल गरी आवश्यक निर्णय लिइने स्पष्ट गरे । महामन्त्री थापाले भने, “नेपाली कांग्रेसले संविधानको मर्म र भावना एवं पञ्चशीलको सिद्धान्तअनुसार सबै राष्ट्रसँग मित्रवत्…
२६ कात्तिक, विराटनगर - प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगधन्दा बन्द गर्न र मुलुकलाई टाट पल्टाउन नदिने बताएका छन् । सोमबार साँझ विराटनगरस्थित होटल हृयारिसनमा आयोजित पत्रकार भेटघाटमा विद्युत प्राधिकरणलाई सरकारले दिएको निर्देशन अझै कार्यान्वयन नभएको भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री ओलीले सरकारले दिएको निर्देशन कार्यान्वयन गरिने बताए । उनले कुनै पनि बहानामा उद्योगधन्दा बन्द हुन दिन नहुने स्पष्ट पारे । प्रधानमन्त्री ओलीले १ वर्ष ८ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने र उनले निर्वाचन गराउने बताउँदै त्यसपछिको निर्वाचनले मुलुकको नेतृत्व चयन गर्ने स्पष्ट पारे । उनले प्रदेशले अधिकार माग्नेभन्दा पनि विकास निर्माण र सुशासनमा अघि बढ्नु पर्ने जिकिर गरे…
२५ कात्तिक, विराटनगर - कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । उनलाई पक्राउ गरेर विराटनगरबाट काठमाडौं ल्याइन लागेको प्रहरी स्रोतले जानकारी दिएको छ । मानव तस्कर गिरोहसँग मिलेमतो खुलिसक्दा पनि कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सांसद लीलाबल्लभ अधिकारीमाथि अससन्धान सुरू नभएको भन्दै गृह प्रशासनको आलोचना भइरहेको थियो । नक्कली परिचयपत्र बनाई संगठित गिरोहलाई मोटो रकम बुझाएर गत साता जापान पुगेका तीन युवा अध्यागमनबाट फिर्ता गरिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेर प्रहरी अनुसन्धानमा थिए । तर उनीहरूसँगै सेटिङमा जापान पुगेर फर्काइएका कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारी भने अझै अनुसन्धानको दायराबाहिरै थिए ।…