१७ मंसिर, काठमाडौं− विश्वासको मत लिने कार्यसूची रहेको बैठकमा सरकारका तर्फबाट कोही पनि उपस्थित नभएपछि उपसभामुख बबिता राउत ईसरले मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गर्न अनुमति दिएर बैठक स्थगित गरेकी छन्। जनकपुर, मुख्यमन्त्री सरोजकुमार यादवको अनुपस्थितिमै प्रदेशसभाको बैठक अगाडि बढाइएको छ । विश्वासको मत लिने कार्यसूची रहेको बैठकमा सरकारका तर्फबाट कोही पनि उपस्थित नभएपछि उपसभामुख बबिता राउत ईसरले मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गर्न अनुमति दिएर बैठक स्थगित गरेकी छन्। तर, मुख्यमन्त्री र सरकारको उपस्थिति नरहेकाले उपसभामुख राउतले बैठक आजै २ बजेसम्मका लागि स्थगित गरेकी छन् । यसअघि, विश्वासको मत लिन प्रदेशसभा सचिवालयले तोकेको समयमा…
६ माघ, सर्लाही–नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारको कार्यशैलीलाई तानाशाहीपूर्ण भन्दै आलोचना गरेका छन्। सर्लाही सदरमुकाम मलंगवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले गैरलोकतान्त्रिक आचरण अपनाएको आरोप लगाए। नेता नेपालका अनुसार, मुलुकको राजनीति सही दिशातर्फ उन्मुख हुन नसकेको र सरकार असफलताका दिशामा अघि बढिरहेको छ। उनले दुई ठूला दलहरूले संविधान संशोधनको नाममा सरकार बनाएर जनतालाई भ्रममा पार्न खोजेको टिप्पणी गरे। उनले भने, "जनताको चाहना पूरा हुन सकेको छैन। जनताले सुरक्षा र रोजगारी चाहेका छन्, तर सरकार अधिनायकवादी शासन थोपर्नमै व्यस्त छ।" विचाराधीन विधेयकहरू प्रक्रियाबिना अध्यादेशमार्फत अघि बढाउने सरकारको कदमलाई पनि उनले चर्को आलोचना गरे। अध्यक्ष नेपालले…
२६ पुस, काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधित्वका लागि आवश्यक न्यूनतम मत प्रतिशत (थ्रेसहोल्ड) बढाउने सरकारको तयारीप्रति मधेश केन्द्रित दलहरूले आपत्ति जनाएका छन्। उनीहरूले थ्रेसहोल्ड बढाए संघर्षमा उत्रने चेतावनी दिएका छन्। सरकारले समानुपातिक प्रणालीमा प्रतिनिधिसभाका लागि कम्तीमा ३ प्रतिशत र प्रदेशसभामा १.५ प्रतिशत मत ल्याउने दललाई मात्रै सिट पाउने प्रावधानलाई संशोधन गरी क्रमशः ५ प्रतिशत र ३ प्रतिशत पुर्याउने तयारी गरिरहेको छ। यस सम्बन्धमा निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदामा गृह मन्त्रालयले संशोधन गरिसकेको छ। गृहले गरेको संशोधनले कानुनी मान्यता पाए साना दलहरूको समानुपातिक प्रतिनिधित्वमा ठूलो बाधा पुग्नेछ। यस्तो अवस्थामा ठूला दलहरूले बढी फाइदा लिने र संसद्मा राष्ट्रिय मान्यता…
२० पुस, जनकपुरधाम – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले लोकतान्त्रिक गणतन्त्र र संघीयतालाई थप मजबुत बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन्। नेपाल पत्रकार महासङ्घको निर्वाचनमा मधेस प्रदेशबाट केन्द्र, प्रदेश तथा जिल्लामा निर्वाचित भएका पत्रकारहरूको सम्मानमा जनकपुरधाममा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै नेता निधीले संघीयता सुदृढ बनाउन प्रदेशमा निजामती कर्मचारी र प्रहरी समायोजन चाँडो हुनुपर्ने आवश्यकता औंल्याए। उनले भने, “संविधान संशोधनबिना संघीय प्रणालीलाई प्रभावकारी बनाउनु सम्भव छैन।” नेता निधीले राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक र औद्योगिक उन्नयनका लागि विशेष ध्यान दिनुपर्नेमा जोड दिए। कार्यक्रममा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव, पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रामकृष्ण यादव, मधेस प्रदेश सभा सदस्य…
२० पुस, महोत्तरी - उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सबै पक्षको सहमतिमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसका नेता सिंहले शनिबार बर्दिबासमा पार्टी कार्यकर्तासँगको भेटमा वर्तमान सरकार संविधान संशोधन गर्ने सहमतिका साथ गठन भएको उल्लेख गरे । संसद्मा प्रतिनिधित्व गर्ने सबै दलसँग संविधान संशोधनका बारेमा पर्याप्त छलफल र गृहकार्य गर्नुपर्नेमा उनले जोड दिए । उपप्रधानमन्त्री सिंहले स्थिर सरकारले नै मुलुकलाई विकास निर्माणको मार्गमा अग्रसर हुन योगदान गर्ने बताए । “यो सरकार प्रतिनिधिसभाको अर्को निर्वाचनसम्म रहनेछ,” उनले भने, “वर्तमान सरकार बनेयता आमजनमानसमा अब बीचमा सरकार ढाल्ने र बन्ने खेल नहुने आस जागेको छ ।” साथै, उनले पार्टी…
२४ मङ्सिर, पर्सा - सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि पर्सामा ल्याइएको छ । वीरगञ्जको सानो पाइला सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानका लागि आज लामिछानेलाई पोखराबाट हवाई उडानमार्फत पर्सामा ल्याइएको हो । प्रहरीले सभापति लामिछानेलाई आज पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सिमरा विमानस्थलसम्म हवाई उडानमार्फत ल्याएको हो । प्रहरीले लामिछानेलाई सिमराबाट भने सवारीसाधनमा राखेर पर्सा ल्याएको हो । गत मंसिर १९ गते पर्सा जिल्ला अदालतले सानो पाइला सहकारी ठगी प्रकरणमा सभापति लामिछानेसहित १४ जनाको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । सो पक्राउ पुर्जीको आधारमा थप…
१२ असोज, सुनसरी - निरन्तरको वर्षाका कारण सप्तकोशी ब्यारेजमा पानीको बहाव उच्च भएपछि ब्यारेजका सबै ५६ ढोका खोलिएको छ । लगातारको वर्षाका कारण पानीको बहाव बढेपछि सप्तकोसी नदीमा खतरा उत्पन्न भएको हो । पानीको बहाब बढेपछि कोशी ब्यारेजमा खतराको संकेत स्वरूप रातो बत्ती बालिएको छ । बाढीबाट हुने सम्भावित घटनालाई ध्यान दिँदै कोशी आसपासका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले अनुरोध गरेको छ । सप्तकोसी नदीमा पानीको बहाव प्रति सेकेन्ड ४ लाख ४९ हजार ६८० क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
२५ भदौ, सिरहा - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको सरकार दलाल र बिचौलियाहरूको अगुवाइमा बनेको आरोप लगाएका छन् । सिरहाको कर्जन्हामा मंगलबार बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । ‘ठूल्ठूला भ्रष्टाचारी र अत्याचारीहरू पक्राउ पर्न थालेपछि कांग्रेस र एमालेका नेताहरू आफू पनि पर्ने हो कि भनेर आतंकित भए,’ दाहालले भने, ‘अनि दलाल र बिचौलियाहरूले अँध्यारा कोठामा उनीहरूलाई मिलाइदिए ।’ दुई ठूला दल नै मिल्नु संसदीय व्यवस्थाका लागि अप्राकृतिक र अस्वभाविक रहेको पनि उनले बताए । यो सरकार बन्नुको पछाडि स्वार्थ रहेको र यसरी बनेका सरकारले मुलुक र जनताका हितमा काम गर्छ भन्ने…
२४ भदौ, सप्तरी - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सरकारबाट बाहिरिँदा बेदाग रहेर बाहिरिएको दाबी गरेका छन् । जनयुद्धको क्रममा सप्तरीमा सहिद भएका दुर्गाराज पौडेल ( सुरज ) र उपेन्द्र कोइराला (अर्जुन) को शालिकको सोमबार साँझ सुरुङ्गा नगरपालिका - २ रक्साहामा अनावरण गर्दै पूर्व प्रधानमन्त्री दाहालले देश र जनताको पक्षमा काम गरिरहँदा पनि सरकारबाट बाहिरिनु परेको बताए । भूमाफियाका विरुद्ध, नक्कली भुटानी शरनार्थी प्रकरण र सामाजिक न्यायको पक्षमा कार्य गरिरहँदा पनि सरकारबाट बाहिरिनु पर्ने अवस्था सिर्जना गरिएको उनले बताए । मधेशमा विकराल समस्याको रूपमा रहेको नागरिकता समस्या समाधान गर्न आफ्नो नेतृत्वको सरकारले बाटो खोलेको उनको दाबी थियो । कार्यक्रममा दाहालले…
२२ असार, काठमाडौं - मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । शनिबार बसेको मधेस प्रदेशसभाबाट उनले विश्वासको मत पाएका हुन् । प्रदेशसभा बैठकमा उपस्थित १०१ मध्ये मुख्यमन्त्री सिंहलाई ६७ सांसदले विश्वासको मत दिए । विपक्षमा ३४ मत परेको थियो । मुख्यमन्त्री सिंहलाई जनमत, नेकपा एमाले, काग्रेस, लोसपा, नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिएका हुन् । जसपा, माओवादी, नेकपा एस, नेपाल संघिय समाजवादी पार्टीका सांसदहरुले विपक्षमा मतदान गरेका हुन् । नयाँ गठबन्धन बनाएका कांग्रेस र एमालेले विश्वासको मत दिने भएपछि शनिबार बिहान मात्रै मुख्यमन्त्री सिंहले नेकपा माओवादी केन्द्रसहित चार दलका ६ जना मन्त्रीहरुलाई बर्खास्त गरेका थिए…