Epost Nepal

प्रमुख सचेतक पाण्डेको आरोप: ‘सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा असफल’

१८ माघ, काठमाडौं – माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको आरोप लगाएका छन्।

संसद्को हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्टाचार मुद्दाहरूमा ठोस छानबिन अघि नबढेको भन्दै सरकारको आलोचना गरे।

“बाढीपहिरोको समयमा सरकारले प्रभावकारी भूमिका खेल्न सकेन। शान्ति प्रक्रियाका बाँकी काम अझै अधुरै छन्। बेपत्ता नागरिकका परिवारहरू अन्योलमा छन्। शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन आवश्यक कदम चाल्न सरकारलाई आग्रह गर्छु,” उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिने बताए पनि पछिल्ला भ्रष्टाचार प्रकरणहरूले सरकारलाई नै चुनौती दिएको पाण्डेको भनाइ छ। “प्रधानमन्त्रीले आफू भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिँदिनँ भन्नु सकारात्मक कुरा हो। तर, भुटानी शरणार्थी प्रकरणजस्ता काण्डहरूले सरकारलाई गिज्याइरहेका छन्। सुशासनका सवालमा सरकारले प्रभावकारी काम गर्न सकेको छैन,” उनले टिप्पणी गरे।

त्यस्तै, प्रमुख सचेतक पाण्डेले सरकार सत्तापक्ष र प्रतिपक्षलाई विभेद गरिरहेको आरोप पनि लगाए। “सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीको आवाज नसुन्नु दुःखद विषय हो। चौथो ठूलो दलको कुरा सुनेर अघि बढ्नु आवश्यक थियो, तर त्यसो हुन सकेन,” उनले दुःख व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search