Epost Nepal

अध्यादेश ठिकै छ, तर संसदबाट पास गर्नुपर्ने थियो: शेखर कोइराला

९ माघ, बिराटनगर–नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले सरकारले ल्याएको अध्यादेशको विषयवस्तु सकारात्मक रहेको बताएका छन्।

बिराटनगरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले जारी गरेका अध्यादेशहरू ठिक र आवश्यक रहेको धारणा राखे। उनले भने, “अध्यादेशको भित्रका विषयवस्तुहरू खराब छैनन्। धेरै अध्यादेशहरू ठिकै छन्, राम्रै छन्। तर, यी अध्यादेश संसदबाट पास गर्नुपर्ने थियो। कांग्रेस र एमालेसँग बहुमत छ, बहुमतले ऐन पास गर्न सक्छ। दुई तिहाइ त चाहिँदैन।”

हालै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा पाँचवटा अध्यादेश जारी गरेका थिए।

त्यसैगरी, पार्टी महाधिवेशनको सन्दर्भमा कोइरालाले कांग्रेसको १५औं महाधिवेशन २०८२ साल मंसिरभित्रै सम्पन्न गर्नुपर्नेमा जोड दिए। “महाधिवेशन समयमै गर्नुपर्छ। अझै समय छ। २०८२ मंसिर हाम्रो अन्तिम समयसीमा हो,” उनले स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search