Epost Nepal

राजावादी प्रदर्शन हिंसात्मक: काठमाडौंका विभिन्न स्थानमा आगजनी र तोडफोड

१६ चैत, काठमाण्डौं — शुक्रवारको दिन काठमाडौंको विभिन्न स्थानमा राजावादी समर्थकद्वारा आयोजित प्रदर्शनले हिंसात्मक रुप लिएको छ। प्रदर्शनका क्रममा १४ स्थानमा आगजनी र ९ वटा संस्था तथा कार्यालयमा तोडफोड गरिएको छ। यसैबीच, कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा ठूलो मात्रामा लुटपाट भएको पुष्टि भएको छ।

पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकद्वारा काठमाण्डौको तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनका लागि पूर्वअनुमति लिइएको थियो। नवराज सुवेदीको नेतृत्व र दुर्गा प्रसाईको संयोजकत्वमा आयोजित यस प्रदर्शनको दौरान निजी सम्पत्ति, अस्पताल, संचारगृह, राजनीतिक दलका कार्यालय तथा व्यापारिक केन्द्रहरूमा हिंसात्मक गतिविधि र तोडफोडका घटना भएका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार यस किसिमका अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई कारबाही गर्ने प्रक्रिया जारी रहेको छ। प्रहरीले घटनामा संलग्न ५१ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्न थालेको जानकारी दिएको छ।

अहिलेसम्मको विवरणअनुसार, ५३ जना नेपाल प्रहरी, २२ जना सशस्त्र प्रहरी र ३५ प्रदर्शनकारी घाइते भएका छन्। साथै, प्रदर्शनका क्रममा २ जनाको मृत्यु भएको छ। ९ वटा सरकारी सवारी साधन र ६ वटा अन्य सवारी साधन तोडफोड गरिएको छ, र १४ निजी संस्था र भवनमा आगजनी गरिएको छ।

प्रहरीका अनुसार आगजनी र तोडफोडका घटनाहरू अन्नपूर्ण कम्प्लेक्स, तीनकुने, मार्वल हाउस, कोटेश्वर महादेवस्थान, भाटभटेनी, बानेश्वर पुल लगायत विभिन्न स्थानमा भएका छन्। सिनामंगल, एयरपोर्ट क्षेत्र, समाजवादी पार्टीको कार्यालय र अन्य महत्वपूर्ण स्थानहरूमा पनि आगजनी र तोडफोडको घटना भएको छ।

प्रहरीले यस घटनामा संलग्न व्यक्तिहरुका विरुद्ध कडा कारबाही गर्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search