Epost Nepal

सुनौली–दिल्ली रुटको बसमा भीषण आगलागी, सवारमध्ये धेरैजसो नेपाली यात्रु

१६ मंसिर, काठमाडौं — भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा एक बसमा भीषण आगलागी भएको छ, जसमा परेर कम्तीमा तीनजनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

ट्रकले बसलाई ठक्कर दिएपछि आगलागी सुरु भएको बताइएको छ। ठक्करपछिको धक्काले बस करीब १०० मिटर घिस्रिँदै हाइ–टेन्सन लाइनको खम्बामा ठोक्किएको थियो, जसपछि खम्बा भाँचिएर बसमाथि खसेको थियो।

यूपी२२एटी ०२४५ नम्बरको उक्त बस भारत–नेपाल सीमा क्षेत्र सुनौलीबाट दिल्लीतर्फ जाँदै थियो। बसमा ४५ जना यात्रु सवार थिए, जसमा धेरैजसो नेपाली रहेको उल्लेख छ।

घटनापछि बस चालक र सहचालकको अवस्थाबारे हालसम्म कुनै जानकारी नआएको बताइन्छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search