३ असोज, काठमाडौं – एमाले अध्यक्ष एवं हालका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामापछि सार्वजनिक तथा निजी सम्पत्तिलाई लक्षित गर्दै आगजनी गरिएको बताएका छन्। संविधान दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै उनले पदत्यागपश्चात् पहिलोपटक प्रत्यक्ष प्रतिक्रिया दिएका हुन्। संविधानलाई नियोजित रूपमा आक्रमण गर्ने प्रयास भइरहेको दाबी गर्दै ओलीले भने, “प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइयो, नेपालको नक्सा जलाइयो, देशको पहिचान मेटाउन खोजियो। राजनीतिक दलका कार्यालय, जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठानदेखि नेताकार्यकर्ताका घर र व्यक्तिगत सम्पत्ति समेत छानीछानी खरानी बनाइयो।” देश वास्तवमै निर्माणतर्फ गइरहेको थियो वा बिग्रँदै गएको भन्ने कुरा भविष्यमा नयाँ पुस्ताले आफैं आकलन गर्ने उनको भनाइ छ। उनले भने,…
१६ चैत, काठमाडौं — काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बन्दै जाँदा विभिन्न निजी तथा सार्वजनिक सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाटका घटनाहरू भएका छन्। प्रदर्शनका क्रममा मिडिया हाउस, सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय, सपिङ मल, सार्वजनिक सवारीसाधन तथा सर्वसाधारणका घरमा आक्रमण भएको छ। यस घटनाप्रति प्रमुख राजनीतिक दलहरूले आपत्ति जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। राजनीतिक दलहरूको एकस्वरमा भर्त्सना नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरूले विज्ञप्ति जारी गर्दै प्रदर्शनका नाममा भएको हिंसात्मक गतिविधिलाई गम्भीर रूपमा लिएका छन्। कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण प्रदर्शनको नाममा भएको हिंसा…
१६ चैत, काठमाण्डौं — शुक्रवारको दिन काठमाडौंको विभिन्न स्थानमा राजावादी समर्थकद्वारा आयोजित प्रदर्शनले हिंसात्मक रुप लिएको छ। प्रदर्शनका क्रममा १४ स्थानमा आगजनी र ९ वटा संस्था तथा कार्यालयमा तोडफोड गरिएको छ। यसैबीच, कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा ठूलो मात्रामा लुटपाट भएको पुष्टि भएको छ। पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकद्वारा काठमाण्डौको तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनका लागि पूर्वअनुमति लिइएको थियो। नवराज सुवेदीको नेतृत्व र दुर्गा प्रसाईको संयोजकत्वमा आयोजित यस प्रदर्शनको दौरान निजी सम्पत्ति, अस्पताल, संचारगृह, राजनीतिक दलका कार्यालय तथा व्यापारिक केन्द्रहरूमा हिंसात्मक गतिविधि र तोडफोडका घटना भएका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार यस किसिमका अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई कारबाही गर्ने प्रक्रिया जारी रहेको छ।…
१८ माघ, काठमाडौं – माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको आरोप लगाएका छन्। संसद्को हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्टाचार मुद्दाहरूमा ठोस छानबिन अघि नबढेको भन्दै सरकारको आलोचना गरे। "बाढीपहिरोको समयमा सरकारले प्रभावकारी भूमिका खेल्न सकेन। शान्ति प्रक्रियाका बाँकी काम अझै अधुरै छन्। बेपत्ता नागरिकका परिवारहरू अन्योलमा छन्। शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन आवश्यक कदम चाल्न सरकारलाई आग्रह गर्छु," उनले भने। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिने बताए पनि पछिल्ला भ्रष्टाचार प्रकरणहरूले सरकारलाई नै चुनौती दिएको पाण्डेको भनाइ छ। "प्रधानमन्त्रीले आफू भ्रष्टाचार गर्दिनँ, अरूलाई…
९ माघ, बिराटनगर–नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले सरकारले ल्याएको अध्यादेशको विषयवस्तु सकारात्मक रहेको बताएका छन्। बिराटनगरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले जारी गरेका अध्यादेशहरू ठिक र आवश्यक रहेको धारणा राखे। उनले भने, "अध्यादेशको भित्रका विषयवस्तुहरू खराब छैनन्। धेरै अध्यादेशहरू ठिकै छन्, राम्रै छन्। तर, यी अध्यादेश संसदबाट पास गर्नुपर्ने थियो। कांग्रेस र एमालेसँग बहुमत छ, बहुमतले ऐन पास गर्न सक्छ। दुई तिहाइ त चाहिँदैन।" हालै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा पाँचवटा अध्यादेश जारी गरेका थिए। त्यसैगरी, पार्टी महाधिवेशनको सन्दर्भमा कोइरालाले कांग्रेसको १५औं महाधिवेशन २०८२ साल मंसिरभित्रै सम्पन्न गर्नुपर्नेमा जोड दिए। "महाधिवेशन समयमै गर्नुपर्छ। अझै समय छ। २०८२…
६ माघ, सर्लाही–नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारको कार्यशैलीलाई तानाशाहीपूर्ण भन्दै आलोचना गरेका छन्। सर्लाही सदरमुकाम मलंगवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले गैरलोकतान्त्रिक आचरण अपनाएको आरोप लगाए। नेता नेपालका अनुसार, मुलुकको राजनीति सही दिशातर्फ उन्मुख हुन नसकेको र सरकार असफलताका दिशामा अघि बढिरहेको छ। उनले दुई ठूला दलहरूले संविधान संशोधनको नाममा सरकार बनाएर जनतालाई भ्रममा पार्न खोजेको टिप्पणी गरे। उनले भने, "जनताको चाहना पूरा हुन सकेको छैन। जनताले सुरक्षा र रोजगारी चाहेका छन्, तर सरकार अधिनायकवादी शासन थोपर्नमै व्यस्त छ।" विचाराधीन विधेयकहरू प्रक्रियाबिना अध्यादेशमार्फत अघि बढाउने सरकारको कदमलाई पनि उनले चर्को आलोचना गरे। अध्यक्ष नेपालले…
४ माघ, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलाम खानी र मल कारखानाजस्ता ठूला उद्योगहरू स्थापना हुँदै गरेको र बन्द भएका उद्योगहरूलाई पुनर्जीवित गर्न नयाँ ढाँचामा सञ्चालनको तयारी भइरहेको बताएका छन्। उनले उत्पादित ऊर्जाको खपतबारे कुनै चिन्ता लिनु नपर्ने स्पष्ट पारे। स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) को रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ऊर्जा खपतका क्षेत्रहरू स्वाभाविक रूपमा विकास हुने भएकाले ऊर्जा बिक्रीको विषयमा अनावश्यक चिन्ता गर्न नपर्ने धारणा राखे। उनका अनुसार सरकारले आगामी ११ वर्षभित्र २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने कार्ययोजना तयार गरेको छ। प्रधानमन्त्री ओलीले भने, "हामीसँग आठवटा औद्योगिक क्षेत्र छन्। धौबादीमा फलाम खानी र मल…
२९ पुस, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी कानुनलाई आवश्यक परे सच्याउन सकिने भए पनि कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो जिम्मेवारी नभएको स्पष्ट पारेका छन्। नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई आज बालुवाटारमा बधाई तथा शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनी गलत प्रचार भएकोमा चिन्ता व्यक्त गरे। उनले दल मिल्ने वा फुट्ने विषय ती दलको आन्तरिक मामिला भएको स्पष्ट गरे। प्रधानमन्त्री ओलीले विगतमा संविधानले दल विभाजनका लागि संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत समर्थन आवश्यक पर्ने व्यवस्था गर्दा कठिनाइ भएको स्मरण गरे। त्यसलाई संशोधन गरी कुनै एक पक्षमा…
२८ पुस, रुपन्देही – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य एनपी साउदले सरकारले अध्यादेशमार्फत कानुन निर्माण गर्नु सकारात्मक नभएको बताएका छन्। रिपोर्टर्स क्लब नेपाल, बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका साउदले संसद् चलाउन नसकेर अध्यादेशमार्फत कानुन निर्माण गर्दा सरकारमाथि चौतर्फी प्रश्न उठेको उल्लेख गरे। साक्षात्कारमा नेता साउदले ठूला दलहरू मिलेर सरकार गठन हुँदा पनि स्थिरता ग्यारेन्टी गर्न नसकिएको बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना अभिव्यक्तिमा संवेदनशील हुनुपर्नेमा जोड दिँदै भने, “सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओलीले आफ्ना अभिव्यक्तिमा संवेदनशील हुन जरुरी छ। सहमतिविपरीतका अभिव्यक्तिले गठबन्धनको जगलाई असर पुर्याउन सक्छ।” नेता साउदले केपी शर्मा ओली नेतृत्वको सरकारलाई नेपाली…
२७ पुस, काठमाडौं – नेपाली आईटी कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन नेपाल सरकारले ऐतिहासिक कदम चालेको छ। मन्त्रिपरिषद्को पुस २६ गते बसेको बैठकले ल्याएको नयाँ अध्यादेशअनुसार अब नेपाली आईटी कम्पनीहरूले विदेशमा शाखा कार्यालय खोल्न, लगानी गर्न र त्यहाँबाट आर्जित आम्दानी कानुनी रूपमा स्वदेश भित्र्याउन पाउने भएका छन्। यस निर्णयले लामो समयदेखि आईटी क्षेत्रमा क्रियाशील उद्यमीहरूको प्रमुख मागलाई सम्बोधन गरेको छ। सो निर्णयले नेपाली कम्पनीहरूको अन्तर्राष्ट्रिय पहुँच विस्तार हुने र मुलुकमा विदेशी मुद्राको आम्दानी बढ्ने अपेक्षा गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आफ्नो फेसबुक पोस्टमार्फत यसबारे प्रतिक्रिया जनाउँदै भनेका छन्, "नेपालमा आईटीको क्षेत्रमा काम गर्नेहरूका लागि केही कानुनी अप्ठ्याराहरू थिए।…