१ पुष, काठमाडौं — काठमाडौंमा जारी नेकपा एमालेको एघारौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान तोकिएको समयभन्दा ढिलो हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले मतदानको समय मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म निर्धारण गरे पनि विद्युतीय मतदान मेसिनमा उम्मेदवारहरूको फोटोसहितको नामावली तयार गर्न ढिलाइ भएकाले मतदान समयमै सुरु हुन नसक्ने भएको प्राविधिकहरूले बताएका छन् । भोटिङ मेसिनका प्राविधिक लक्ष्मण रिमालका अनुसार अन्तिम नामावली राति १ बजे मात्रै प्राप्त भएको थियो । ‘अहिले उम्मेदवारहरूको फोटो मिलाउने काम भइरहेको छ, मतदान सुरु हुन सम्भवतः अपरान्ह ४ बज्न सक्छ,’ उनले बताए । उनका अनुसार उम्मेदवारको संख्या धेरै भएकाले एक मतदाताले मतदान…
२९ मंसिर, काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गरेका छन्। ११औँ महाधिवेशन जारी रहेको भृकुटीमण्डपस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर उनले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन्। यससँगै ओली तेस्रो पटक अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न लागेका छन्। उनी नवौँ र दशौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए।
२८ मंसिर, काठमाडौं — नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले आफू ७० वर्ष पुगेको भन्दै पार्टीको महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेका छन्। भृकुटीमण्डपमा आज बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले अब चुनाव नलड्ने स्पष्ट पारेका हुन्। ‘म ७० वर्ष पुगेँ, अब फेरि चुनाव उठ्दिनँ,’ उनले भने। उनले एमालेमा ७० वर्षे उमेरहद लागू हुनुपर्ने पक्षमा पनि आफ्नो धारणा राखेका छन्। यद्यपि उनले आफू एमालेमै सक्रिय रहने बताएका छन्।
२६ मंसिर, काठमाडौं — जेनजी आन्दोलनमा दमन गरेको आरोप खेपिरहेका सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु भएको छ । काठमाडौंको प्रमुख जिल्ला अधिकारी हुँदा रिजालले २३ भदौमा आन्दोलनको क्रममा गोली चलाउन आदेश दिएका थिए । सर्वोच्च अदालतमा पठाएको जवाफमा उनले त्यसलाई ‘राजनीतिक समन्वयमा गरिएको काम’ भनेका छन् । तिनै रिजाल काठमाडौंका प्रमुख जिल्ला अधिकारी हुनुभन्दा अघि गृह मन्त्रालयको प्रशासन महाशाखाको प्रमुख थिए । तत्कालीन गृहमन्त्रि रमेश लेखकसँगको पालामा प्रशासन महाशाखा प्रमुख रहेका उनीमाथि कर्मचारीहरूलाई अध्यागमन एवं आकर्षक कार्यालयहरूमा पठाउँदा ‘पेशागत आचरण विपरित काम गरेको’ आरोप छ । अख्तियारले विशेष अदालतमा पठाएको विवरणमा गृहमन्त्रालयका तत्कालीन प्रशासन महाशाखा प्रमुख रिजालमाथि…
२५ मंसिर, काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गृहमन्त्री रमेश लेखकविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपमा अनुसन्धान भइरहेको जनाएको छ। भिजिट भिसा प्रकरणमा विशेष अदालतमा दायर गरिएको अभियोगपत्रमा तत्कालीन गृहमन्त्री लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन महानिर्देशक तिर्थराज भट्टराई, शान्ति–सुरक्षा महाशाखा प्रमुख छवि रिजाल लगायतसँग गैरकानुनी रकम लेनदेन भएको हुनसक्ने तथा बदनियतपूर्ण सेटिङमार्फत व्यक्तिलाई भिजिट भिसामा विदेश पठाएको आशंकामा अनुसन्धान भइरहेको उल्लेख गरिएको छ। आयोगका अनुसार गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख, विभिन्न शाखा प्रमुख, गृहमन्त्रीका निजी तथा स्वकीय सचिव, गृहसचिवको सचिवालयका कर्मचारी लगायत अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान जारी छ। यससँगै, गृहमन्त्रीका निजी सचिव बद्रि तिवारी र स्वकीय सचिव जनक भट्टमाथि पनि छानबिन…
२४ मंसिर, काठमाडौं — नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतको आदेशपछि पदभार ग्रहण गरेका छन्। बुधबार बिहान १० बजे उनी प्राधिकरणको कार्यालय पुगेर औपचारिक रूपमा कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका हुन्। यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेसँगै असोज ५ गते कुलमान घिसिङले शाक्यलाई पदबाट हटाई मनोज सिलवाललाई कार्यकारी निर्देशक नियुक्त गरेका थिए। आफू पाँच वर्षका लागि नियुक्त भइसकेको र गैरकानुनी रूपमा हटाइएकै दाबी गर्दै शाक्यले घिसिङको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सोमबार न्यायाधीश नहकुल सुवेदी तथा श्रीकान्त पौडेलको इजलासले शाक्यलाई पुनः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा काम गर्न परमादेश जारी गरेको थियो।
२३ मंसिर, काठमाडौं — विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग पाँच लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको छ। मंसिर २३ गते न्यायाधीश सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले थुनछेक बहसपछि धरौटी तोकेको हो। धरौटी रकम मागिए पनि अधिकारी थुनामै रहनेछन्। यसअघि भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माण प्रकरणमा विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाइसकेको थियो। सोही आदेश कायम रहेको हुँदा नयाँ मुद्दामा धरौटी तोकिए पनि अधिकारीलाई रिहा हुँनेछैनन् । मुद्दामा संलग्न क्यानका पूर्वनिर्देशक मुरारी भण्डारीसँग पनि अदालतले एक लाख रुपैयाँ धरौटी मागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा…
२३ मंसिर, काठमाडौं — संरक्षित वन्यजन्तु हात्तीका दाह्रा अवैध रूपमा ओसारपसार तथा बिक्री–वितरणसम्बन्धी मुद्दामा फरार रहेका कैदी पक्राउ परेका छन्। गोरखा सिरानचोक–८ का २२ वर्षीय सविन गुरुङ, जो भदौ २४ गते केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धारामा सजाय भुक्तान गर्दै थिए, तीन महिनापछि प्रहरीले पक्राउ गरेको हो। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार सोमबार तार्केश्वर–मनमैजु क्षेत्रबाट गुरुङलाई पक्राउ गरिएको हो। उनी पछिल्लो समय यतै क्षेत्रमा बस्दै आएको प्रारम्भिक जानकारी छ। काठमाडौँ जिल्ला अदालतले २०८१ भदौ २८ गते उनलाई ६ वर्ष कैद सजाय सुनाएको थियो। पक्राउ परेका गुरुङलाई पुनः केन्द्रीय कारागार कार्यालय, सुन्धारामा पेस गरिएको सीआईबीले जनाएको…
२२ मंसिर, काठमाडौं — मुस्ताङको उत्तरी सिमानामा रहेको कोरला भन्सार नाका जाडो सुरु हुनासाथ फेरि सुनसान बन्दै गएको छ। कडाकेको चिसोका कारण यहाँको व्यापार–व्यवसाय लगभग पूर्ण रूपमा रोकिएको छ। यसको असर व्यापारीदेखि भन्सार कर्मचारीसम्म पर्दै गएको छ भने सरकारले अपेक्षा गरेको राजस्व संकलनमा पनि अनिश्चितता बढेको छ। चीनबाट सामान अर्डर गर्ने व्यापारी प्रायः लोमान्थाङमा बसेर काम गर्थे तर चिसो बढेपछि त्यहाँका होटल बन्द भएका छन्। स्थानीय व्यापारीहरू पोखरा र काठमाडौं झरेका छन्। मंसिरदेखि फागुनसम्म चिसो छल्न उनीहरू सहर जाने गर्छन्। चिसोका कारण मुस्ताङ भन्सार कार्यालयका कर्मचारी पनि बिरामी पर्न थालेका छन्। यो नाका समुद्री सतहदेखि करिब ४ हजार ६ सय…
२१ मंसिर, काठमाडौं – दार्चुलामा आज बिहान भूकम्प गएको छ। दार्चुलाको घुसा क्षेत्र केन्द्रविन्दु बनेर कम्पन महसुस गरिएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड मापन भएको छ। यसका धक्का दार्चुला सहित आसपासका जिल्लाहरूमा पनि अनुभूत गरिएको थियो। हालसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन।