२३ असोज, काठमाडौं - नेपाल राष्ट्र बैंकले दसैंतिहारलाई लक्षित गरी यस वर्ष नयाँ नोट मुद्रण नगर्दा नोट सटहीको चाप ह्वात्तै घटेको छ । गत वर्ष राष्ट्र बैंकले काठमाडौं उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो । यस वर्ष करिब चार अर्बमा सिमित रहेको छ । यो झण्डै २५ अर्बले कम हो । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक बासुदेव भट्टराईका अनुसार यस वर्ष राष्ट्र बैंक मातहतका कार्यालयबाट करिब दुई अर्ब र अन्य बैंकबाट पनि सोही बराबरीको नोट सटही भएको अनुमान छ । नयाँ नोट मुद्रण नहुँदा त्यसका लागि हुने खर्च जोगिएको छभने सटहीका लागि…
२२ असोज, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका काममा सामान्य सुधार नभई आमूल परिवर्तनकै शैलीबाट काम हुनुपर्ने बताएका छन् । लगानी बोर्डको ५९औं बैठकमा बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले काम रोकिने, ढिलाइ हुने, कानुनी र व्यवहारिक जटिलता हुने स्थितिको अन्त्य गरी प्रभावकारीरूपमा काम गर्न आग्रह गरे । 'हामीले सामान्य सुधार (रिफर्म) होइन, रुपान्तरण (प्याराड्याम सिफ्ट) नै गर्नुपर्छ । पुराना पुराना कानुन संशोधन र टालटुल गरेर अब चल्दैन । बोर्डलाई विज्ञ, युवा र ऊर्जावान् जनशक्तिसहित सबलीकरण गर्नुपर्छ,' उनले भने, 'यताबाट उता फाइल पठाउने र अध्ययन/विमर्शकै समय बित्ने अवस्था रहनु हुँदैन । कुनै पनि पक्षको अनुचित दबाब नसही देशको हितमा…
२१ असोज, काठमाडौं - असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढी पहिरोमा परेर सोमबारसम्म मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुगेका छन् । सोमबार साँझसम्म एक सय ७८ घाइते भएका छन् भने १८ जना बेपत्ता रहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । उनकाअनुसार कूल १७ हजार एक सय ७४ को उद्धार गरिएको छ । सबैभन्दा ठूलो जनधनको क्षति बागमती प्रदेशमा भएको र त्यसमा पनि काठमाडौँ उपत्यकामा धेरै क्षति भएको छ । बागमतीमा मात्रै एक सय ३९ जनाको मृत्यु भएको छ । एक सय ७६ आश्रित परिवारलाई ‘विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड, २०७७’ बमोजिम राहत रकम उपलब्ध गराइएको…
२० असोज, काठमाडौं - नेपाली कांग्रेसले भारी वर्षाका कारण देशभर भएको ठूलो जनधनको क्षति, पीडितहरूको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका सम्बन्धमा सरकारलाई ३४ बुँदे सुझाव तथा ध्यानाकर्षण पत्र बुझाएको छ । आइतबार कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको नेताहरूको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सुझाव तथा ध्यानाकर्षण पत्र बुझाएको हो । कांग्रेसले एकताको नेपाली संस्कारअनुरुप सरकारले विस्तृत कार्ययोजना निर्माण गरी संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल समेतको ऐक्यबद्धता र साझा प्रयासमा अहिलेको प्राकृतिक विपद् सामना गर्न आग्रह गरेको छ । त्यस्तै, तिनै तहका सरकार र निजी क्षेत्र, नागरिक समाज, स्वदेशी तथा विदेशी गैरसरकारी संघ-संस्था, गैर आवासीय नेपाली समुदायसंग समन्वय र परिचालन गरेर…
१९ असोज, काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने बताएका छन् । दोलखा-काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार गरेको भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन् । विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान नै कमजोर हुन पुगेको उनको भनाइ छ । दाहालले अब देशब्यापीरुपमा एकल प्रतिष्पर्धामा जाने गरी पार्टीले तयारी थालेको र त्यसको सुरुवात आगामी मंसिरमा हुने उपनिर्वाचनबाट गरिने बताए । आफ्नो पार्टीले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियान र त्यसकै कारण सरकारबाट हटाइएकाले…
१८ असोज, काठमाडौं - प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले क्षतिग्रस्त राजमार्ग तथा सडकहरुको यथाशिघ्र मर्मतसम्भार गरी यातायात सुचारु गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले बाढी पहिरोबाट क्षतिग्रस्त राजमार्गहरुको यथाशिघ्र मर्मतसम्भार गर्न सरकारलाई निर्देशन दिएको हो । त्यसैगरी मौजुदा सार्वजनिक खरिद कानूनको व्यवस्थाले खर्च गर्न नसक्ने भएको भन्दै विपद् क्षेत्रहरुमा फास्ट ट्रयाकमार्फत सडक पुनःनिर्माण, बेलिब्रिज जडान लगायतका काम गर्न सरकारलाई निर्देशन दिइएको छ । त्यस्तै, बीपी राजमार्गमा अलपत्र परेका यातायात मजदुर र सर्वसाधारणको तत्काल उद्धार गर्न समितिले निर्देशन दिएको छ । समितिले मृतक तथा बेपत्ता व्यक्तिका परिवारलाई सरकारद्वारा प्रदान गर्ने राहत र क्षतिपूर्ति दशैँ अगाडि नै प्रदान गर्न सरकारलाई भनेको…
१७ असोज, काठमाडौं - असोज ११ र १२ गतेको भारी वर्षाका कारण देशभरमा ३४ वटा राजमार्गहरूका ८ सय ५ स्थानमा पहिरो गएर सडक अवरुद्ध भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध सडक मध्ये ७ सय ७४ स्थानको पहिरो हटाई २९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्रउपकरण र जनशक्ति प्रयोग गरी यातायात सुचारु गरिसकिएको जानकारी दिए । हाल ५ वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात सञ्चालन गर्ने प्रयास जारी राखिएको सचिव शर्माले बताए । हालसम्मको प्रारम्भिक अनुमानअनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न…
१६ असोज, काठमाडौं - संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन गरेको छ । सिंहदरबारमा बुधबार बसेको सुनुवाइ समितिको बैठकले राउतको नाम सर्वसम्मत अनुमोदन गरेको हो । संवैधानिक परिषद्को गत भदौ ३१ गतेको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश राउतलाई भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । प्रधानन्यायाधीशका लागि सुनुवाइ समितिबाट अनुमोदन भएका राउत २०७१ साउन १७ मा सर्वोच्चमा न्यायाधीश नियुक्त भएका थिए । उदयपुरमा जन्मिएका राउत २०६३ मा नेपाल बार एसोसिएसनका अध्यक्ष थिए । अब राष्ट्रपतिले राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन् । प्रधानन्यायाधीश नियुक्त भएपछि राउतले १८ महिना सर्वोच्च अदालतको नेतृत्व गर्नेछन् । वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको आगामी असोज १९ गते पदावधि…
१५ असोज, काठमाडौं - नेपाली कांग्रेसले राहत तथा उद्धारलाई तीव्रता दिन सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ । संसद भवन नयाँ बानेश्वरमा मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्राकृतिक विपद्का घटनाप्रति दुख व्यक्त गर्दै राहत तथा उद्धारलाई तीव्रता दिन सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको कांग्रेस मुख्य सचेतक श्याम घिमिरेले जानकारी दिए । बैठकले बेपत्ता नागरिकको खोजी कार्यलाई तीव्रता दिन आग्रह गर्दै राजमार्ग अवरुद्ध हुँदा अलपत्र परेका नागरिकको उद्दार गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । प्राकृतिक विपदमा परी घाइते भएकाको स्वास्थ्य उपचार तीव्र बनाउन सरकारलाई आग्रह गर्दै बैठकले मृत्यु भएका र बेपत्ता व्यक्तिलाई राहत दिन अनुरोध गर्ने निर्णय गरिएको उनले…
१४ असोज, काठमाडौं - ठूलो वर्षापछि आएको बाढी पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २०५ पुगेको छ । सोमबार साँझसम्म बाढी, पहिरो लगायतका विपद्मा परी २०५ जनाको मृत्यु भइसकेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार काठमाडौं उपत्यकामा ५६ जना, कोशी प्रदेशमा १७ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १ सय २५ जना र लुम्बिनी प्रदेशमा २ जनाको ज्यान गएको हो । बाढी पहिरोमा परी २४ जना बेपत्ता भएका छन् भने बेपत्ताको खोजी कार्य जारी छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा २४ जना, कोशी प्रदेशमा १३ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ८५ जना…