८ कात्तिक, कास्की - कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछाने, पूर्व डीआईजी छविलाल जोशी र सोही प्रकरणमा पक्राउ परेकी लिला पछाईलाई आजैदेखि लागु हुने गरी थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । सहकारी ठगी प्रकरणमा लामिछाने गत शुक्रबार (कात्तिक २ गते) काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई सोही दिन राति स्थलमार्गबाट पोखरा लगिएको थियो । यसअघि, अदालतले लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीलाई ६ दिनको म्याद दिएको थियो । तर, रास्वपाले लामिछानेलाई पोखरा ल्याएर बयान नलिएको भन्दै आक्रोश व्यक्त गरेको छ । बिहान…
७ कात्तिक, काठमाडौं - प्रतिपक्ष दलहरूले कांग्रेस-एमाले बहुदलीय लोकतान्त्रिक व्यवस्थाविरुद्ध दुईदलीय व्यवस्थामा जान खोजेको भन्दै राष्ट्रपतिलाई ध्यानाकर्षण गराएका छन् । माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र आम जनता पार्टीका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई बुधबार भेटेर कांग्रेस-एमाले सरकार निरंकुश बाटोमा जान सक्ने जोखिम रहेको भन्दै ध्यानाकर्षण गराएका हुन् । माओवादी अध्यक्ष प्रचण्ड र उपमहासचिव शक्तिबहादुर बस्नेत, रास्वपा नेताहरू शिशिर खनाल र सुमना श्रेष्ठ, राप्रपा नेता बुद्धिमान तामाङ र हेमजङ्ग गुरूङ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे तथा आम जनता पार्टीका नेता तिलक थापा मगर सहितका नेताहरुले सरकारले दल फुटाउने अध्यादेश ल्याउने तयारी…
५ कात्तिक, कपिलवस्तु - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले साना पार्टी विभाजन गर्ने अध्यादेश ल्याउने जालझेल नगर्न सरकारलाई चेतावनी दिएका छन् । सोमबार पार्टीको लुम्बिनी प्रदेश स्तरीय विस्तारित बैठकलाई कपिलवस्तुको खरेन्द्रपुरमा सम्बोधन गर्दै अध्यक्ष नेपालले सरकारले अरू पार्टीलाई टुक्र्याउने दुस्साहस गरे त्यसको परिणाम नराम्रो हुने पनि चेतावनी दिए । ‘आफ्नो बाहेकको अस्तित्व नदेख्नेले अरूलाई सिध्याउँछु भनेर लाग्नेहरू आफैं समाप्त भएर गएको संसारको इतिहास छ,’ उनले भने, ‘संसारलाई समाप्त गर्छु भन्ने हिटलर मर्ने बेलामा एक्लो थियो ।’ विचार र मन मिल्नेसँग मोर्चा, सहकार्य र हातेमालो गरेर पार्टी अघि बढ्ने उनले बताए । तर, एकता भने नगर्ने उनले सुनाए । माओवादी र एमालेमा आफूहरू जान…
४ कात्तिक, काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनअनुसार सरकारले कारबाही अघि बढाएको बताएका छन् । आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री गुरुङले संसदीय समितिले बुझाएको प्रतिवेदनउपर सरकारले आवश्यक थप अनुसन्धानसँगै कारबाही अघि बढाएको बताएका हुन् । पछिल्लो पटक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका सांसद एवम् पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि उनका समर्थकहरूले सरकारले लामिछानेलाई प्रतिसोधका आधारमा पक्राउ गरेको आरोप लगाइरहेका बेला मन्त्री गुरुङले सरकारले सर्वदलीय संसदीय समितिको प्रतिवेदनले कारबाही गर भनेका व्यक्तिहरुलाई पक्राउ गरेर कारबाही थालिएको दाबी गरे ।
३ कात्तिक, ललितपुर - ललितपुरको सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बसमा अचानक आगलागी भएको छ । आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । तर बस भने पूर्णरुपमा जलेको छ । ललितपुर महानगरपालिका–१५ सातदोबाटो चोक नजिक शनिबार अपराह्न चक्रपथमा चल्ने महानगर यातायातको बा ४ ख १०६ नम्बरको बसमा आगलागी भएको ललितपुरका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बस ‘बस पाकेट’मा रोकेर राखिएको अवस्थामा अचानक तार ‘सट’ भई आगलागी भएको प्रहरीको भनाइ छ । बसमा आगलागी भएको खबर प्राप्त हुनासाथ प्रहरी टोली र ललितपुर महानगरपालिकाका दुईवटा दमकल प्रयोग गरेर आगो निभाइएको थियो । आगलागीबाट बस पूर्ण रूपमा क्षति भएको छ ।-रासस
२ कात्तिक, काठमाडौं - सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होबिन्द्र बोगटीको नेतृत्वको टोलीले उनलाई रास्वपाको पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरेको हो । उनलाई अहिले स्थलमार्गबाट पोखरा लगिँदैछ । जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न शुक्रबार अनुमति दिएको हो । लामिछानेमाथि अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले माग गरे अनुसार अदालतले पक्राउ पुर्जी जारी गरेको हो । अदालतबाट पक्राउको अनुमति पाएपछि कास्की प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्लाप्रहरी कार्यालय काठमाडौंलाई पक्राउ गरी पठाइदिन…
१ कात्तिक, काठमाडौं - प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३० गतेसम्म एक अर्ब ७४ करोड ४७ लाख २७ हजार सहयोग प्राप्त भएको छ । गत असोज २३ गतेसम्म एक अर्ब ७३ करोड ६ लाख ३२ हजार सहयोग प्राप्त भएको थियो । प्रधानमन्त्रीको सचिवालयका अनुसार गत असोज ३० गते साल्ट ट्रेडिङ कर्पोरेशनबाट रु ६० लाख, नन रेसिडेन्ट नेपाली एशोसिएशनबाट १० लाख, नेपाल प्रहरी श्रीमती सङ्घबाट पाँच लाख ५५ हजार ५५, विद्युत उत्पादन कम्पनीबाट नौ लाख ९६ हजार सात सय ४५ तथा राष्ट्रिय समाचार समिति (रासस) बाट तीन लाख २६ हजार ३८ सहयोग प्राप्त भएको थियो । त्यस्तै, सोही दिन स्वर्ग पवित्रा…
३० असोज, काठमाडौं - गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी संगठन सुदृढीकरण गर्न विद्यमान कानुनी व्यवस्थालाई प्रतिस्थापन गरी नयाँ ऐनको मस्यौदा तर्जुमा गरी आवश्यक प्रकृया अगाडी बढाएको बताएका छन् । ६९ औँ प्रहरी दिवसका अवसरमा बुधबार आयोजित समारोहमा गृहमन्त्री लेखकले उक्त विधेयकले कानुनी मान्यता प्राप्त गरेपश्चात नेपाल प्रहरीको वृहत्तर हित, प्रहरी कर्मचारीको वृत्ति विकास र सङ्गठनको जिम्मेवारी तथा कर्तव्यका नयाँ आयामहरू पहिचान हुनेविश्वास व्यक्त गरेका थिए । नेपाल प्रहरी एउटा जीवन्त संगठन भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता तथा स्वाधीनतालाई अक्षुण्ण राख्दै नागरिकको सार्वभौम अधिकारको रक्षाका लागि नेपाल प्रहरीले निष्ठापूर्ण योगदान गरेको बताए । राष्ट्रसेवामा नेपाल प्रहरीका पदचापहरूले…
३० असोज, काठमाडौं - डडेलधुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका हुन् । दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बताए । दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा, निजका छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको छ । प्रहरी निरीक्षक बमका अनुसार बसचालक वीरेन्द्र बोहरा गम्भीर घाइते भएका छन् । उनलाई उपचारका…
२६ असोज, काठमाडौं - यस वर्षको मनसुन शनिबारदेखि पूर्ण रूपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० देखि बाहिरिन सुरू गरेको मनसुन शनिबारबाट पूर्ण रूपमा बहिर्गमन भएको हो । शनिबार अपराह्न एक सूचना जारी गर्दै विभागले बाँकी रहेका बागमती, मधेस प्रदेश र कोशी प्रदेशबाट पनि बाहिरिएसँगै मनसुन देशबाटै बाहिरिएको हो । यसअघि असोज २० गते सुदूरपश्चिम तथा कर्णाली र लुम्बिनीका केही भागबाट तथा असोज २२ गते कर्णली, लुम्बिनी, गण्डकी र काठमाडौं उपत्यकाबाट पूर्ण रूपमा र बागमती र मधेस प्रदेशमा आंशिक रूपमा मनसुन बाहिरिएको थियो। शनिबार भने मधेस र बागमतीका बाँकी भाग र कोशीबाट समेत मनसुन बाहिरिएको हो ।…