Skip to main content

Epost Nepal

Breaking News 2

बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर १ सय ४८ को मृत्यु, ५५ जना बेपत्ता

बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर १ सय ४८ को मृत्यु, ५५ जना बेपत्ता

१३ असोज, काठमाडौं - बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ४८ को मृत्यु भएको छ भने ५५ जना बेपत्ता भएका छन् । विपद्‌मा परी एक सय एकजना घाइते भएका छन् । बाढी, पहिरोमा परी धादिङमा ३८, ललितपुरमा २२, काठमाडौंमा १६, काभ्रे २९, मकवानपुर सात, सिन्धुपाल्चोक छ, सोलुखुम्बु पाँचथर र भक्तपुरमा पाँच/पाँच जनाले ज्यान गुमाएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । उनकानुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा दुई, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार…
Read More
धादिङको झ्याप्लेखोला पहिरो: अहिलेसम्म २४ जनाको मृत्यु

धादिङको झ्याप्लेखोला पहिरो: अहिलेसम्म २४ जनाको मृत्यु

१३ असोज, काठमाडौं - पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा ३ वटा गाडी पुरिँदा अहिलेसम्म २४ जनाको मृत्यु भएको पुष्टि भएको छ । सशस्त्र प्रहरी बल, नेपालका अनुसार उक्त पहिरो एउटा बस र दुइटा माइक्रोबस पुरिएको अवस्थामा भेटिएका छन् । चितवनबाट काठमाडौंका लागि आएको माइक्रोबस आइतबार बिहान पुरिएको अवस्थामा भेटिएको छ । उक्त माइक्रो बसबाट ७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ । सशस्त्र प्रहरी बलका अनुसार चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बस पहिरोमा पुरिएको हो । उक्त माइक्रो बसबाट २ महिला र ५ पुरुषको शव निकालिएको छ । पहिरोमा अन्य गाडीहरू पनि पुरिएको आशंकामा खोजी कार्य जारी…
Read More
प्राकृतिक प्रकोपबाट प्रभावितलाई आवश्यक राहत क्षतिपूर्ति दिने र घाइते भएकाहरूको निशुल्क उपचार गर्ने सरकारको निर्णय

प्राकृतिक प्रकोपबाट प्रभावितलाई आवश्यक राहत क्षतिपूर्ति दिने र घाइते भएकाहरूको निशुल्क उपचार गर्ने सरकारको निर्णय

१२ असोज, काठमाडौं - सरकारले प्राकृतिक प्रकोपबाट प्रभावितलाई आवश्यक राहत क्षतिपूर्ति दिने र घाइते भएकाहरूको निशुल्क उपचार गर्ने निर्णय गरेको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शनिबार बसेको बैठकले अविरल वर्षाका कारण प्राकृतिक प्रकोपमा परेको नागरिकको उद्धार र राहतमा कुनै कमी हुन नदिने निर्णय पनि गरेको छ । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बाढी, पहिरो र डुबानमा परेर घाइते भएकाहरूलाई निशुल्क उपचार गर्ने निर्णय भएको जानकारी दिए । त्यस्तै, अवरुद्ध सडक तत्काल खोल्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल लिने निर्णय गरेको छ । खानेपानी, विद्युतलगायतका सेवा सुचारु गर्नेबारे पनि सम्नब्धित मन्त्रालयले समन्वय गरी काम थाल्ने सरकारले निर्णय…
Read More
हाल जारी सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

हाल जारी सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

१२ असोज, काठमाडौं - सरकारले हाल जारी सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । अविरल वर्षाका कारण बाढी, डुबान र पहिरोका कारण विद्यार्थीको आवत-जावत प्रभावित भएकाले हाल जारी सबै परीक्षाहरू स्थगित गर्ने निर्णय भएको हो । प्रधानमन्त्री कार्यालयमा शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले हाल जारी परीक्षा स्थगित गर्ने निर्णय लिएको हो । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले परीक्षा स्थगित गर्ने निर्णय लिएको जानकारी दिए । 'हाल भइरहेका परीक्षा स्थगित गर्ने निर्णय भएको छ,' गुरुङले भने । विद्यालय भवन डुबानमा परेको, सडक अवरुद्ध भएको लगायतका रिपोर्ट आएपछि सरकारले परीक्षा स्थगित गर्ने निर्णय लिएको हो । कुन-कुन परीक्षा संचालनमा थिए र स्थगित गरिएको भन्ने…
Read More
तीन दिनदेखि परिरहेको अविरल वर्षा शनिबार बेलुकादेखि मत्थर हुँदै जाने

तीन दिनदेखि परिरहेको अविरल वर्षा शनिबार बेलुकादेखि मत्थर हुँदै जाने

१२ असोज, काठमाडौं - तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि मत्थर हुँदै जाने अनुमान गरिएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि विस्तारै कम हुँदै जाने जानकारी दिए । ‘आज बेलुकादेखि नै वर्षा केही मथ्थर हुन सुरु हुन्छ, तर ठ्याक्कै रोकिने होइन, भोलिसम्मै रहन सक्छ, जुन ‘इन्टेन्सिटी’मा वर्षा भइरहेको छ त्यो अब हट्दै जान्छ’, उनले भने । भोलिदेखि अहिलेको मौसमी प्रणाली कमजोर हुँदै जाने उनको भनाइ छ । ‘बादल फाट्न चै केही दिन लाग्छ, भोलिदेखि केही क्षेत्रमा मौसमी अवस्थामा सुधार आउन सक्छ, कहीँ छिटफुट वर्षा हुन सक्छ’, पराजुलीले भने, ‘पूर्व झापादेखि…
Read More
देशका धेरै स्थानमा वर्षा, शनिबार  दिउँसो पनि देशभर पानी पर्ने

देशका धेरै स्थानमा वर्षा, शनिबार दिउँसो पनि देशभर पानी पर्ने

१२ असोज, काठमाडौं - देशका धेरै स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर मनसुनी वायुका साथै  भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेकोले अधिकांश स्थानमा मेघ गर्जन/चट्याङ्गसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर पानी पर्ने महाशाखाको बिहानी बुलेटिनमा उल्लेख छ । त्यस्तै कोशी,मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा हुने र यी प्रदेशका थोरै स्थानमा मुसलधारे पानी पर्ने महाशाखाले जनाएको छ । आज देशको तराई क्षेत्रमा हावाहुरी आउने जनाइएको छ । आज राती पनि देशैभर वर्षा हुने जनाइएको छ । बागमती, गण्डकी, लुम्बिनी,…
Read More
आम उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न तीनै तहका सरकार र सम्बद्ध सबै पक्षलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

आम उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न तीनै तहका सरकार र सम्बद्ध सबै पक्षलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

११ असोज, काठमाडौं - राष्ट्रिय मानव अधिकार आयोगले चाडपर्वमा आम उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न तीनै तहका सरकार, स्थानीय प्रशासन, सुरक्षा निकायलगायत सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । दसैँ, तिहार र छठ पर्व नजिकिँदै जाँदा दैनिक उपभोग्य खाद्यान्न तथा अन्य वस्तुको बिक्री वितरणको अवस्था र उपलब्धता, सार्वजनिक यातायातको व्यवस्थापनलगायतका विषयमा आयोगले अनुगमन गरिरहेको उल्लेख गर्दै आयोगले सो आग्रह गरेको हो । 'आम उपभोक्ताको अधिकार संरक्षणार्थ चाडपर्वको समयमा सर्वसाधारणको आवतजावतलाई सहज, सुलभ, मर्यादित, सुरक्षित र मानव अधिकारमैत्री बनाउन जरुरी छ', आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेका छन्, 'सवारी साधनमा गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बिरामीलाई…
Read More
अतिभारी मनसुनी वर्षा हुने प्रक्षेपण गर्दै शुक्रबार र शनिबार रात्रीकालीन बस नचलाउन अपिल

अतिभारी मनसुनी वर्षा हुने प्रक्षेपण गर्दै शुक्रबार र शनिबार रात्रीकालीन बस नचलाउन अपिल

१० असोज, काठमाडौं - राष्ट्रिय विपद् जोखिम न्यूनीकरण  तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार रात्रीकालीन बस नचलाउन अपिल गरेको छ । बिहीबारदेखि आउँदो आइतबारसम्म चार दिन भारी एवं अतिभारी मनसुनी वर्षा हुने प्रक्षेपण गर्दै उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लाहरूमा  शुक्रबार र शनिबार रात्रीकालीन बस नचलाउन अपिल गरेको हो । प्राधिकरणले बिहीबार सूचना जारी गर्दै यो समयमा धान नकाट्ने, काटिसकेको भए तत्काल थन्काउने, तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्ने, पहिरोको जोखिम भएका स्थानमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउने दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजाने उल्लेख गरेको छ । खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा…
Read More
लामिछानेमाथि लागेको आरोपको अनुसन्धान रोक्न भइरहेका गतिविधि कानुनी राज्यमाथिको उपहास: एमालेका महासचिव शङ्कर पोखरेल

लामिछानेमाथि लागेको आरोपको अनुसन्धान रोक्न भइरहेका गतिविधि कानुनी राज्यमाथिको उपहास: एमालेका महासचिव शङ्कर पोखरेल

९ असोज, कैलाली - नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला उनीविरुद्ध सामाजिक सञ्जालमार्फत भइरहेका गतिविधि देशहित विपरीत र खेदजनक रहेको बताएका छन् । कैलालीको धनगढीमा बुधबार प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले अमेरिका भ्रमणमा रहेका  प्रधानमन्त्री ओलीविरुद्ध त्यहाँ कुनै प्रकारको विरोध प्रदर्शन नभएको र उनको भ्रमण अत्यन्त सफल ढंगले भइरहेको बताए । उनले भने, ‘प्रधानमन्त्री ओलीसँग संवाद गर्न अमेरिकाको बौद्धिक वर्ग लालायित देखिएको छ ।’ महासचिव पोखरेलले सहकारी प्रकरणका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का  सभापति रवि लामिछानेमाथि लागेको आरोपको अनुसन्धान रोक्न भइरहेका गतिविधि कानुनी राज्यमाथिको उपहास भएको बताए ।…
Read More
असोज १२ गते शनिबारदेखि दसैंको लागि अग्रिम टिकट बुकिङ खुल्ने

असोज १२ गते शनिबारदेखि दसैंको लागि अग्रिम टिकट बुकिङ खुल्ने

८ असोज, काठमाडौं - असोज १२ गते शनिबारदेखि दसैंको लागि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । सरोकारवाला निकायबीच मंगलबार भएको छलफलमा शनिबारदेखि चाडपर्व लक्षित गरी अग्रिम बुकिङ खुला गर्ने निर्णय भएको हो । यातायात व्यवस्थापनमा सहजता ल्याउनका लागि यातायात सेवा प्रदायकहरूले मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातमा अग्रिम बुकिङ खुला गर्ने निर्णय भएको हो । यसैगरी यातायात विभागले अनलाइनमार्फत बुकिङ गर्ने व्यवस्था मिलाउन निर्देशनसमेत दिएको छ । त्यस्तै चाडपर्वका बेला चल्ने सवारीसाधनमा प्रभावकारी अनुगमन गर्ने, यात्रुले टिकट लिएरमात्रै यात्रा गर्ने, काउन्टरमा यात्रुको परिचय खुल्ने विवरण राख्नुपर्ने, अनाधिकृत काउन्टरबाट टिकट बिक्री नगर्ने निर्णय गरिएको छ । त्यस्तै घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू…
Read More