८ पुस, काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन्। जेनजी आन्दोलनपछि तीनवटै दलका शीर्ष नेतृत्वसँग राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको यो पहिलो भेटवार्ता हो। शीतलनिवासमा जारी छलफलमा पछिल्लो राजनीतिक अवस्थाका साथै आगामी फागुन २१ गते हुने निर्वाचनका विषयमा केन्द्रित भएर कुराकानी भइरहेको स्रोतले जनाएको छ।
७ पुस, काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। ओली महासचिव शंकर पोखरेललाई साथमा लिएर महाराजगञ्ज पुगेका हुन्, जहाँ भएको भेटमा देउवाकी पत्नी आरजु राणा देउवा पनि उपस्थित थिइन्। कांग्रेस सभापति देउवासँग भेट गर्न ओली महाराजगञ्ज पुगेका हुन्। यसअघि पनि मंसिर १० गते ओली पत्नी राधिका शाक्यसहित देउवालाई भेट्न गएका थिए। देउवा–ओली भेटपछि कांग्रेसका आठ जना पूर्वसांसदको तर्फबाट विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो। त्यसअघि नै एमाले सोही विषयमा रिट लिएर अदालत पुगेको थियो। भदौमा भएको जेनजी आन्दोलनयता देउवा र ओलीबीच यो दोस्रो भेट…
७ पुस, काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन्। काठमाडौं–४ का नेता तथा कार्यकर्तासँगको छलफलका क्रममा महामन्त्री थापाले सभापतिमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेका हुन्। उनले आफू पार्टी सभापति बन्ने दाबी पनि गरे। ‘म १५औं महाधिवेशनका लागि पार्टी सभापतिको उम्मेदवार हुँ। म सभापति बन्न चाहन्छु र बन्छु,’ उनले भने। महाधिवेशन केवल नेतृत्व परिवर्तनका लागि मात्र नभई पार्टीलाई नयाँ दिशामा लैजाने अवसर भएको उल्लेख गर्दै उनले क्रियाशील सदस्यता सम्बन्धी काम ढिलाइ भएकोप्रति असन्तुष्टि व्यक्त गरे। महाधिवेशन तोकिएकै समयमा हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ। महामन्त्रीको भूमिकामा रहँदै आफूले पार्टी सभापति शेरबहादुर…
६ पुस, काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरूले प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेनन। निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङसहित केही सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्। उक्त रिटमा पक्ष कायम गर्न कांग्रेसका अन्य सांसदहरूले पनि हस्ताक्षर गर्दै आएका छन्। संसदीय कार्यालय स्रोतका अनुसार कांग्रेसका निवर्तमान ८८ सांसदमध्ये आइतबार दिउँसोसम्म ६६ जनाले हस्ताक्षर गरिसकेका छन्। तर सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइरालासहित केही निवर्तमान सांसदहरूले भने हस्ताक्षर गरेका छैनन्। ‘निवर्तमान सांसद रहेका सभापति, कार्यवाहक सभापति र महामन्त्रीसहित शीर्ष…
३ पुस, काठमाडौं — नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरिएको छ। १९ सदस्यीय पदाधिकारी चयनका लागि भएको निर्वाचनमा केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार अध्यक्ष केपी शर्मा ओली पक्षका उम्मेदवारहरूको स्पष्ट वर्चस्व देखिएको छ। अध्यक्ष पदमा केपी शर्मा ओलीसँग ईश्वर पोखरेल प्रतिस्पर्धामा रहेका थिए। निर्वाचनमा दुई फरक–फरक प्यानल बनाएर उम्मेदवारी दिइएको थियो भने अधिकांश पदमा ओली प्यानलकै उम्मेदवारहरू निर्वाचित भएका छन्। पोखरेल प्यानलबाट भने उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई मात्रै विजयी भएका छन्। सचिव पदमा सबै उम्मेदवारहरू ओली प्यानलकै निर्वाचित भएका छन्। अन्तिम रूपमा चयन भएको पदाधिकारी टोली यस प्रकार छः…
३ पुस, काठमाडौं − सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै राजनीतिक दलहरू निर्वाचनको तयारीमा जुटिसकेको बताएका छन्। बिहीबार काठमाडौंमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपाल को ६१ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खरेलले राजनीतिक दलहरू चुनावी गतिविधिमा सक्रिय भइसकेको बताएका हुन्। उनले राजनीतिक दलहरूले उम्मेदवार सिफारिस गर्न थालिसकेको उल्लेख गर्दै निर्वाचनको तयारीस्वरूप गाउँदेखि शहरसम्म अभियान सञ्चालन भइरहेको बताए। ‘कतिपय राजनितिक दल महाधिवेशन गर्दै हुनुहुन्छ, गर्नेवाला हुुनुहुन्छ, गाउँदेखी शहरसम्म अभियान चलाउनुभएको छ । यहाँहरूलाई जानकारी गराउँ, उम्मेद्वारको नाम सिफारिस भइरहेको छ । समानुपातिकमा नाम सिफारिस भइरहेको छ,’ मन्त्री खरेलले भने, ‘भनेपछि राजनितिक दलहरू चुनावमा होमिनु भइसकेको छ…
१ पुष, काठमाडौं — नेकपा एमालेको ११औँ महाधिवेशनमा उपमहासचिव पदका लागि उम्मेदवारी दिएका राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। फेसबुकमार्फत जानकारी दिँदै उनले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्। उनले उल्लेख गरेका छन्, ‘पार्टीको ११औँ महाधिवेशनको आज चौथो दिन हो। राष्ट्रिय संकट र चौतर्फी घेराबन्दीको अवस्थाबीच सम्पन्न भइरहेको यस महाधिवेशनमा जनताबाट प्राप्त व्यापक सहभागिता र समर्थनप्रति हार्दिक सम्मान व्यक्त गर्दै, केपी शर्मा ओली नेतृत्वको सम्पूर्ण टिमलाई विजय गराउने उद्देश्यले पार्टी नेतृत्वको सुझाव र सल्लाहअनुसार उपमहासचिव पदको उम्मेदवारी फिर्ता लिएको छु। यसपटक पार्टीले तय गरेको खुला केन्द्रीय सदस्यमा अमूल्य मत प्राप्त हुने विश्वास लिएको छु। धन्यवाद।
२९ मंसिर, काठमाडौं — चालु आर्थिक वर्षको पहिलो चार महिना (साउन–कात्तिक) मा ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स मुलुकमा भित्रिएको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.४ प्रतिशतले बढी हो। गत वर्ष पहिलो चार महिनामा रेमिट्यान्स आप्रवाह ९.४ प्रतिशतले बढेको थियो। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार ०८२ कात्तिक महिनामा मात्रै १ खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत आर्थिक वर्षको कात्तिकमा १ खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो। राष्ट्र बैंकको चार महिनाको मासिक प्रतिवेदनमा भनिएको छ, ‘गएको चार महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ४ अर्ब…
२८ मंसिर, काठमाडौं — ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई साधारण सदस्यबाट निलम्बन गरेको छ। उनी सार्वजनिक पदमा पुगेपछि विभिन्न विवादमा जोडिएपछि ट्रान्सपरेन्सीको कार्यसमितिले यस्तो निर्णय गरेको हो। कार्यसमितिका एक सदस्यले भने, ‘हाम्रो संस्थाका आफ्नै मूल्यमान्यता र विश्वास छन्। कतिपय अवस्थामा संस्था र त्यसका पदाधिकारीहरूमाथि सार्वजनिक रूपमा प्रश्न उठेपछि त्यसको सम्बोधन हुनुपर्छ भन्ने हाम्रो धारणा हो। त्यसैले अहिलेलाई अस्थायी रूपमा उहाँबारे यस्तो निर्णय लिएका हौं।’ उनका अनुसार विवाद सुरु भएदेखि नै भण्डारी बराललाई राजीनामा दिएर सहजीकरण गर्न सुझाव दिइएको थियो, तर उनले त्यसलाई अस्वीकार गरेकी थिइन्। तर विषयवस्तु स्पष्ट भएमा निलम्बनबारे पुनः विचार गर्न सकिने उनले बताए। उनका अनुसार…
२८ मंसिर, काठमाडौं — नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत बन्द सत्र आज अपरान्हदेखि सुरु हुने भएको छ। बिहानैदेखि सुरु गर्ने तयारी गरिएको बन्द सत्र समय सर्दै अन्ततः दिउँसो १ बजेका लागि तय गरिएको हो। महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा गरिएको भए पनि बन्द सत्र काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ। बन्द सत्र सुरु हुनुअघि अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। यो बैठक वर्तमान कार्यकालको अन्तिम केन्द्रीय कमिटी बैठक हो। केन्द्रीय कमिटीको बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक अवस्था तथा बन्द सत्रका कार्यक्रमबारे छलफल हुने नेता महेश बस्नेतले जानकारी दिए। बैठकपछि बन्द सत्र सुरु हुने कार्यक्रम छ। बन्द सत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन…