Skip to main content

Epost Nepal

Breaking News 1

जेन–जी आन्दोलनबाट २६२ स्थानीय तहमा प्रभाव, पुनर्निर्माण खर्च ३६ अर्ब नाघ्ने अनुमान

जेन–जी आन्दोलनबाट २६२ स्थानीय तहमा प्रभाव, पुनर्निर्माण खर्च ३६ अर्ब नाघ्ने अनुमान

२६ मंसिर, काठमाडौं — सरकारले सार्वजनिक गरेको प्रारम्भिक क्षतिमूल्यांकन प्रतिवेदनले जेन–जी आन्दोलनका दुई दिनमा देशभर साढे ८४ अर्ब रुपैयाँभन्दा बढीको भौतिक नोक्सानी भएको पुष्टि गरेको छ। २३ भदौको प्रदर्शन र २४ भदौमा देखिएको तोडफोड, आगजनी र लुटपाटका घटनाले सार्वजनिक तथा निजी क्षेत्र जोड्दा कुल ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको क्षति पुगेको निष्कर्ष प्रतिवेदनले प्रस्तुत गरेको छ। राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थको संयोजकत्वमा गठन भएको सरकारी अध्ययन समितिले बिहीबार प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बुझाएको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा संयोजक पन्थले प्रतिवेदनको सारांश प्रस्तुत गरेका हुन्। समितिका अनुसार देशभर २ हजार १ सय ६८ सार्वजनिक निकाय,…
Read More
नयाँ भन्सार ऐनमा असहमति, एजेन्टहरूका १२ भन्दा बढी मागसहित वार्ता निरन्तर

नयाँ भन्सार ऐनमा असहमति, एजेन्टहरूका १२ भन्दा बढी मागसहित वार्ता निरन्तर

२४ मंसिर, काठमाडौं — नयाँ भन्सार ऐनका विभिन्न प्रावधानप्रति आपत्ति जनाउँदै देशभर पेनडाउन गर्दै आएका भन्सार एजेन्ट र भन्सार विभागबीच आज (बुधबार) पनि वार्ता हुने भएको छ। मंगलबार प्रारम्भिक छलफल भए पनि निष्कर्ष ननिस्केपछि वार्ता निरन्तर राखिएको हो। शनिबारदेखि लागू भएको नयाँ भन्सार ऐनमा दण्ड–जरिवाना अत्यधिक कडा हुनु, जाँचपाससम्बन्धी कागजात र प्रक्रिया व्यवहारिक नहुँदा एजेन्टहरूले मंगलबार बिहानदेखि सम्पूर्ण भन्सार कार्यालयमा काम ठप्प पारेका छन्। भन्सार एजेन्ट महासंघको आह्वानमा जाँचपास रोकिँदा आयात–निर्यात गतिविधि प्रभावित भएको छ। मंगलबार भएको छलफल टुंगोमा नपुगेकाले बुधबार पनि आयात–निर्यात ठप्प राखिएको एजेन्टहरूको भनाइ छ। विभागले विवादित प्रावधानका विषयमा उच्च तहमा छलफल आवश्यक रहेको बताएको छ। विभाग…
Read More
मलेसियामा व्यापक धरपकड: सेलायाङ बारुबाट नेपालीसहित ८४३ विदेशी श्रमिक पक्राउ

मलेसियामा व्यापक धरपकड: सेलायाङ बारुबाट नेपालीसहित ८४३ विदेशी श्रमिक पक्राउ

२३ मंसिर, काठमाडौं — मलेसियाले कागजातविहीन विदेशी श्रमिकविरुद्ध चलाउँदै आएको कारबाहीलाई तीव्र बनाउँदै सेलायाङ बारु क्षेत्रबाट ८४३ जनालाई पक्राउ गरेको छ। मलेसियन सञ्चारमाध्यमका अनुसार पक्राउ परेका मध्ये ८०८ पुरुष र ३५ महिला रहेका छन्। उनीहरूको उमेर २१ देखि ५३ वर्षसम्म छ। सेलाङ्गोर राज्यका मुख्यमन्त्री तथा राज्य सुरक्षा समिति अध्यक्ष आमिरुद्दीन शारीले विदेशी श्रमिकको अनियमित प्रवेश, कागजातविहीन बसोबास र सडक छेउमा गैरकानुनी व्यापार बढेपछि अभियान सुरू गरिएको बताए। उनका अनुसार यसअघि पनि सेरी मुडा, सेलाङ्गोर होलसेल मार्केटसहितका क्षेत्रमा यस्तै कारबाही चलाइएको थियो। पक्राउ परेकामध्ये नेपाल, इन्डोनेसिया, बंगलादेश, भारत, म्यानमार र पाकिस्तानका नागरिक छन्। समितिले देशगत विवरण सार्वजनिक गरेको छैन। इमिग्रेसन विभागका…
Read More
डडेल्धुरा नै अन्तिम राजनीतिक मैदान: देउवाको उम्मेदवारी पुष्टि

डडेल्धुरा नै अन्तिम राजनीतिक मैदान: देउवाको उम्मेदवारी पुष्टि

२३ मंसिर, काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फागुन २१ मा निर्धारित प्रतिनिधि सभा निर्वाचनमा आफू डडेल्धुराबाट उम्मेदवार बन्नेबारे पार्टीका कार्यकर्तालाई जानकारी गराउन थालेका छन्। गृहजिल्ला डडेल्धुराका युवा नेता तथा नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टसँग आज महाराजगञ्जस्थित निजी निवासमा भएको भेटमा पनि देउवाले आगामी चुनावमा डडेल्धुराबाट प्रत्यक्ष उम्मेदवार बन्ने आफ्नो निर्णय दोहोर्याएका छन्। ‘सभापतिज्यूसँग कुराकानी हुँदा उहाँले अन्तिम पटक डडेल्धुराबाट प्रतिनिधि सभा चुनाव लड्ने इच्छा व्यक्त गर्नुभयो,’ भट्टले बताए। भट्टका अनुसार उनले युवालाई अघि बढाउनुपर्ने कुरा सभापतिलाई राखेका थिए। यसमा देउवाले ‘चुनाव उठ्ने–नउठ्ने निर्णय म आफैं गर्छु’ भनेको भट्टले बताए। यसअघि देउवा अब चुनाव नलड्ने भन्ने अनुमानी विश्लेषण भइरहेका…
Read More
पूर्वाग्रही प्रस्तावका आधारमा शाक्य हटाइएः सर्वोच्चले निर्णय उल्टायो

पूर्वाग्रही प्रस्तावका आधारमा शाक्य हटाइएः सर्वोच्चले निर्णय उल्टायो

२२ मंसिर, काठमाडौं —  नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाउने विभागीय मन्त्रीको प्रस्ताव पूर्वाग्रही र प्रतिशोधपूर्ण रहेको सर्वोच्च अदालतले ठहर गरेको छ। सोमबार न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले मन्त्रिपरिषद्को निर्णय र त्यसका आधार बनेको प्रस्ताव खारेज गर्दै शाक्यलाई  प्राधिकरणको कार्यकारी निर्देशकमा पुन:स्थापित  गर्न आदेश दिएको हो। अदालतको फैसलामा मन्त्री कुलमान घिसिङले मन्त्रिपरिषद्मा पेश गरेको प्रस्ताव कानुनी आधारविना गरिएको स्पष्ट भएको उल्लेख छ। प्राधिकरणको सेवा सर्त तथा विनियमावली २०६१ मा तोकिएका प्रक्रिया नअपनाई शाक्यलाई पदबाट हटाइएको भन्दै अदालतले निर्णयलाई स्वेच्छाचारी, अन्यायपूर्ण र कानूनविपरीत ठहर गरेको छ। कार्यसम्पादन सम्झौतामा तोकिएका सूचक तथा प्रक्रियागत प्रावधान पनि बेवास्ता…
Read More
गोवाको नाइट क्लब आगलागीमा ४ नेपालीको ज्यान गयो

गोवाको नाइट क्लब आगलागीमा ४ नेपालीको ज्यान गयो

२२ मंसिर, काठमाडौं — भारतको गोवाको अरपोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार मध्यरात लागेको आगलागीमा चार नेपालीसहित २५ जनाको मृत्यु भएको खुलासा भएको छ। घटनामा ६ जना घाइते भएका छन्। मृत्यु हुनेमध्ये २० जना क्लबका कर्मचारी रहेको र तीमध्ये चार जना नेपाली नागरिक भएको विवरण गोवा सरकारले सार्वजनिक गरेको सूचीमा उल्लेख छ। हिन्दुस्तान टाइम्सका अनुसार आगलागीमा ज्यान गुमाउने नेपालीहरूमा चुर्णबहादुर पुन, विवेक कटवाल, सविन र सुदीप रहेका छन्। उनीहरू नेपालका नागरिक भए पनि ठेगाना खुलाइएको छैन। गोवा सरकारले शव नेपाल पठाउने व्यवस्था मिलाइने जनाएको छ। अधिकारीहरूको भनाइअनुसार क्लबमा नाचगान भइरहेको बेला इलेक्ट्रोनिक फायरक्राकर चलाउँदा आगो लागेको हो। साँघुरा बाटोका…
Read More
पोखरा अनियमितता: ५ मन्त्रीसमेत ५५ जनामाथि मुद्दा, मृतक बोगटी र बिरामी डा. महत पनि विपक्षी

पोखरा अनियमितता: ५ मन्त्रीसमेत ५५ जनामाथि मुद्दा, मृतक बोगटी र बिरामी डा. महत पनि विपक्षी

२१ मंसिर, काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा तत्कालीन पाँच मन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मुद्दामा विपक्षी बनाइएका मन्त्रीहरूमा डा. रामशरण महत, पोस्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्य छन्। मुद्दामा तत्कालीन १० सचिवसहित नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसमेत प्रतिवादी छन्। सरसापट करिब आठ अर्ब रूपैयाँ माग गरिएको मुद्दामा १२ वर्षअघि निधन भएका तत्कालीन मन्त्री पोस्टबहादुर बोगटीलाई समेत प्रतिवादी बनाइएको छ। बोगटीको २०७१ भदौ ३० गते हृदयघातका कारण मृत्यु भएको थियो। कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महत पनि प्रतिवादी सूचीमा छन्। नेपालको अर्थनीति रूपान्तरणमा महत्वपूर्ण भूमिका…
Read More
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार: पूर्वमन्त्रीसहित ५६ जनामाथि मुद्दा दायर हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार: पूर्वमन्त्रीसहित ५६ जनामाथि मुद्दा दायर हुने

२१ मंसिर, काठमाडौं — पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएका अनियमितता तथा भ्रष्टाचार प्रकरणमा पाँच पूर्वमन्त्रीसहित उच्च अधिकारीहरूविरुद्ध मुद्दा चलाउने तयारी भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अभियोग दायर गर्ने अन्तिम प्रक्रिया अघि बढाएको हो। स्रोतका अनुसार सचिव मधु मरासिनी, सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमनप्रसाद शर्मा र भेषराज शर्मा प्रतिवादीको सूचीमा छन्। यस्तै, सहसचिव रञ्जनकृष्ण अर्याल, मोहनकृष्ण सापकोटा, लोकबहादुर खत्री र सुरेश आचार्यसमेत मुद्दामा प्रतिवादी बनाउन लागिएको छ। सञ्चालक समिति सदस्य मनरुप शाही, नागरिक उड्डयन प्राधिकरणका सदस्य ज्योति अधिकारी, मनोज कार्की, फुर्वा छिरिङ शेर्पा, सदस्यसचिव मदन खरेल, मुक्तिनारायण पौडेल र सूर्यप्रसाद आचार्यसमेत विपक्षी बनाइनेछन्। पाँच पूर्वमन्त्री—भीम आचार्य, रामकुमार…
Read More
गृहजिल्ला पुगेका जनार्दन शर्मालाई युवाहरूको कालो झण्डा

गृहजिल्ला पुगेका जनार्दन शर्मालाई युवाहरूको कालो झण्डा

२१ मंसिर, काठमाडौं — नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मा ‘प्रभाकर’ गृहजिल्ला रुकुम पश्चिम पुगेसँगै विरोध प्रकट भएको छ। खलंगामा स्थानीय कार्यकर्ताहरूले शर्माविरुद्ध कालो झण्डा प्रदर्शन गरेका हुन्। सम्भावित तनाव रोक्न प्रहरीले सुरक्षा व्यवस्था थप कडा पारेको थियो। शर्मा आज बिहान काठमाडौंबाट नेपाल एयरलाइन्सको विमानमार्फत रुकुम पश्चिम पुगेका थिए। विमानस्थलबाट बाहिर निस्कने क्रममा केही युवाहरूले कालो झण्डा उठाएर उनको विरोध गरेका हुन्।
Read More
एमालेमा प्रतिनिधि छनोट विवाद : च्यासलमा कार्यकर्ताबीच झडप

एमालेमा प्रतिनिधि छनोट विवाद : च्यासलमा कार्यकर्ताबीच झडप

१९ मंसिर, काठमाडौं − नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार पार्टीका कार्यकर्ताबीच एकअर्कामाथि हात हालाहालसम्म पुग्ने तनावपूर्ण स्थिति उत्पन्न भयो। आदिवासी जनजाति लोकतान्त्रिक महासंघका केही सदस्य महाधिवेशन प्रतिनिधि छनोटप्रति असन्तुष्टि व्यक्त गर्न दिउँसो च्यासलस्थित केन्द्रीय कार्यालय पुगेका थिए। उनीहरूले संगठन विभाग प्रमुख काशीनाथ अधिकारी र स्थायी कमिटी सदस्य भानुभक्त ढकालसँग भेटेर आफ्ना गुनासो सुनाइरहेका बेला अर्को समूहसँग झडप भएको हो। एमालेको महाधिवेशन उद्घाटन मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा तय गरिएको छ र देशभरबाट प्रतिनिधि छनोट प्रक्रिया सकिएको छ। त्यसै प्रक्रियामा लोकतान्त्रिक विधि पूरा नभएको भन्दै असन्तुष्ट महासंघका नेताहरू च्यासल पुगेका थिए। भेटका क्रममा उनीहरूले डेढ वर्षसम्म प्रक्रिया मिलाइएन भन्दै कडा…
Read More