Skip to main content

Epost Nepal

राजनीति

रास्वपा बैठकमा सांसदका प्रश्न, मन्त्रीले दिए जवाफ

रास्वपा बैठकमा सांसदका प्रश्न, मन्त्रीले दिए जवाफ

३ भदौ, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको संसदीय दलको बैठकमा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका समस्या तथा सरकारको कामकारबाहीबारे प्रश्न उठाएका छन्। सांसदहरूले राखेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले बैठकमै जवाफ दिएका छन्। बुधबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सभापति लामिछानेको आह्वानमा सांसद तथा मन्त्रीहरूको उपस्थितिमा बैठक बसेको हो। बैठकबारे जानकारी दिँदै रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले सांसदहरूले आफ्ना क्षेत्रका समस्या तथा आम जनताबाट आएका गुनासा बैठकमा राखेको बताए। उनका अनुसार सांसदहरूले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरूले पनि बैठकमै जवाफ दिएका थिए। संसदीय दलको कार्यालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै पराजुलीले भने, ‘माननीय मन्त्रीज्यूले सबै विषयमा यी लगायत सबै…
Read More
कोशीमा कांग्रेसको समर्थन फिर्ता, अब रचनात्मक प्रतिपक्षमा बस्ने

कोशीमा कांग्रेसको समर्थन फिर्ता, अब रचनात्मक प्रतिपक्षमा बस्ने

३ भदौ, काठमाडौं — नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। कांग्रेससँगको सहकार्य टुटेपछि अहिले कोशी प्रदेशमा नेकपा एमाले र नेकपाको सरकार छ। बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी दिए। उनका अनुसार कांग्रेसले अब प्रदेशसभामा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नेछ।
Read More
संसद् उपस्थितिमा कडाइ गरेको रास्वपाकै बैठक लम्बिँदा सदन प्रभावित

संसद् उपस्थितिमा कडाइ गरेको रास्वपाकै बैठक लम्बिँदा सदन प्रभावित

३ भदौ, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक लम्बिएपछि प्रतिनिधिसभाको बैठक प्रभावित भएको छ। रास्वपा सभापति रवि लामिछानेले पार्टीका सांसद तथा मन्त्रीहरूलाई एकै ठाउँमा राखेर संसदीय मर्यादा र शैलीबारे छलफल गरिरहेका छन्। सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बैठक जारी छ। संसदीय दलको बैठकमा रास्वपा संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन शाह भने सहभागी छैनन्। रास्वपाको बैठक जारी रहेकाले दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन। आजको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यस्तै, युवा,…
Read More
भदौ ५ मा रास्वपाको केन्द्रीय समिति बैठक

भदौ ५ मा रास्वपाको केन्द्रीय समिति बैठक

१ भदौ, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठक बोलाएका छन्। बैठक भदौ ५ गते पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने भएको छ। बैठकमा केही पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन गरी प्रस्ताव पेस गर्ने र त्यसलाई अनुमोदन गराउने तयारी गरिएको छ। रास्वपामा हाल एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष मनोनयन गर्न बाँकी छ। त्यस्तै, २७ जना सचिवालय सदस्य र ५१ जना केन्द्रीय सदस्य पनि मनोनयन गरिने तयारी छ। केन्द्रीय समिति बैठकमा सहभागी हुन सबै केन्द्रीय सदस्यलाई जानकारी गराइसकिएको रास्वपाले जनाएको छ। यसअघि साउन १३ गते बसेको रास्वपा…
Read More
देउवा पक्षको भेलाले गर्‍यो सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने निर्णय

देउवा पक्षको भेलाले गर्‍यो सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने निर्णय

१ भदौ, काठमाडौं — नेपाली कांग्रेसको संस्थापनइतर पक्षको तीनदिने भेला/सम्मेलनले सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने निर्णय गरेको छ। साउन २९ गतेदेखि सुरु भएको भेला आज सम्पन्न भएको हो। भेलाले विभिन्न पाँचवटा निर्णय गरेको छ। धर्मसम्बन्धी निर्णयमा नेपालको सनातनदेखि चलिआएको धर्म र संस्कृति राष्ट्रिय पहिचान भएको उल्लेख गरिएको छ। साथै, नेपालमा कायम रहेको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र प्रत्येक व्यक्ति तथा धार्मिक समुदायलाई आफ्नो धर्म मान्ने स्वतन्त्रताको सुनिश्चितता गर्दै हिन्दु, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। निर्णयमा भनिएको छ, ‘नेपालको सनातनदेखि चली आएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो। नेपालमा रही आएको धार्मिक…
Read More
राजनीतिक आग्रह–पूर्वाग्रहमा नलाग्न सरकारलाई देउवाको सुझाव

राजनीतिक आग्रह–पूर्वाग्रहमा नलाग्न सरकारलाई देउवाको सुझाव

२८ साउन, काठमाडौं — नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले जनताको मतको सम्मान गर्नुपर्ने बताएका छन्। सिंगापुरमा उपचार गराएर आजै स्वदेश फर्किएका देउवाले अपिल जारी गर्दै परिवर्तन सहज नहुने आफूले राम्रोसँग बुझेको बताएका छन्। उनले सरकारले आफ्नो दायित्व भुलेर राजनीतिक आग्रह–पूर्वाग्रहका आधारमा अघि बढे त्यसले मुलुकको हित नगर्ने बताएका हुन्। ‘परिवर्तन सजिलो हुँदैन भन्ने कुरा म राम्ररी जान्दछु। परिवर्तनको बाटो कहिल्यै समतल हुँदैन; यसले धैर्य, साहस र दृढताको परीक्षा लिन्छ। जनतामा अहिले परिवर्तनको ठूलो आकांक्षा देखिएको छ। त्यसलाई सम्बोधन गर्नुपर्ने वर्तमान सरकारको दायित्व हो,’ उनले भनेका छन्। देउवाले सरकार आफ्नो जिम्मेवारीबाट विमुख भएर राजनीतिक आग्रह–पूर्वाग्रहमा लागे…
Read More
ग्यास अभावबारे राष्ट्रिय सभा अध्यक्षलेद्वारा  सरकारको ध्यानाकर्षण

ग्यास अभावबारे राष्ट्रिय सभा अध्यक्षलेद्वारा सरकारको ध्यानाकर्षण

२७ साउन, काठमाडौं — राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव तत्काल समाधान गरी आपूर्ति व्यवस्था सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले बजारमा ग्यासको सहज आपूर्ति र बिक्री–वितरणका लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका हुन्। बैठकको शून्य तथा विशेष समयमा राष्ट्रिय सभा सदस्यहरूले बजारमा ग्यासको अभाव हुँदा सर्वसाधारणले समस्या भोग्नुपरेको विषय उठाएका थिए। जनस्तरबाट समेत ग्यास अभावबारे व्यापक गुनासो आइरहेको भन्दै अध्यक्ष दाहालले सरकारको ध्यानाकर्षण गराएका हुन्। ‘शून्य समय र विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नुपरेको समस्या उठाइरहनुभएको छ। साथै जनस्तरबाट पनि व्यापक गुनासो सुनिन आएकाले…
Read More
प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

२६ साउन, काठमाडौं — प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी)बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा सभामुख अर्यालले प्रधानमन्त्री बालेनसँग करिब ३५ मिनेट कुराकानी गरेका थिए। भेटपछि सभामुख अर्याल सिंहदरबारबाट बाहिरिएका छन्। आज प्रतिनिधिसभाको बैठक बस्दैछ।
Read More
प्रधानमन्त्रीलाई घेराबन्दी होइन, जवाफदेही बनाउन खोजेका हौँ : कांग्रेस

प्रधानमन्त्रीलाई घेराबन्दी होइन, जवाफदेही बनाउन खोजेका हौँ : कांग्रेस

२५ साउन, काठमाडौं — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेर संसद्मा जवाफ दिन बोलाउन सभामुख डोलप्रसाद अर्यालसँग माग गरेको छ। कांग्रेस सांसद रेनुका काउचाले सोमबार प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै संसद्मा उठिरहेका प्रश्नको जवाफ प्रधानमन्त्रीबाटै माग गरिएको बताइन्। यसबाट सभामुख र प्रधानमन्त्री पदको गरिमा कायम राख्न खोजिएको उनको भनाइ थियो। उनले सभामुखसँग आग्रह गर्दै भनिन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई रुलिङ गरेर सदनमा जवाफ दिन बोलाउनुहोस्। हामी तपाईंलाई घेराबन्दी गर्न होइन, जवाफदेही बनाउन चाहन्छौं। हामी सभामुख र प्रधानमन्त्री पदको गरिमा बचाउन खोजिरहेका छौं। हामी सरकारलाई सफल बनाउन खोजिरहेका छौं।’ काउचाले प्रधानमन्त्री शाह एक्लै नरहेको भन्दै राष्ट्रिय हितका विषयमा सरकार अघि…
Read More
प्रधानमन्त्री र भारतीय राजदूतबीच शिष्टाचार भेट

प्रधानमन्त्री र भारतीय राजदूतबीच शिष्टाचार भेट

२५ साउन, काठमाडौं — प्रधानमन्त्री बालेन शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार आइतबार मध्याह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच शिष्टाचार भेट भएको हो। प्रधानमन्त्री शाहलाई भेट्न भारतीय राजदूत श्रीवास्तव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए। भेटवार्तामा नेपाल–भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा आपसी सहकार्यका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटका क्रममा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै नेपाल र भारतबीचको आपसी सम्बन्ध तथा सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै दुवै देशको साझा हितका क्षेत्रमा सहकार्य…
Read More