Skip to main content

Epost Nepal

अन्तर्राष्ट्रिय

बेलायतमा आउँदो जुलाई ४ मा आम निर्वाचन

बेलायतमा आउँदो जुलाई ४ मा आम निर्वाचन

१० जेठ, लन्डन - बेलायतमा आउँदो जुलाई ४ मा आम निर्वाचन हुने भएको छ । प्रधानमन्त्री ऋषि सुनकले बुधबार उक्त निर्वाचन घोषणा गरेका हुन् । आउँदो शरद ऋतुमा आम निर्वाचन हुने आमअपेक्षा विपरीत प्रधानमन्त्रीले चाँडै निर्वाचन गराउन लागेका हुन् । निर्वाचन घोषणा भएकाले अब बेलायतको संसद भोलि (शुक्रबार)देखि नै निलम्बनमा पर्नेछ । यद्यपि, संसद्को औपचारिक अन्त्य भने आउँदो बिहीबारबाट हुनेछ । संसद अन्त्यपछि करिब ५ हप्ता बेलायतमा आम निर्वाचनमा दलहरू होमिनेछन् । अहिले विपक्षी लेबर पार्टीले बेलायतमा निर्वाचन जित्ने ओपिनियन पोलहरूले देखाइरहेका छन् । हालै भएको स्थानीय तहको निर्वाचनमा सत्तारुढ कन्जरभेटिभ पार्टीले पराजय भोगेको थियो । बुधबार साँझ निर्वाचन घोषणा…
Read More
मस्को क्रोकसमा हतियारधारीको अन्धाधुन्ध आक्रमण: मृत्यु हुनेहरुको संख्या  १ सय ३३

मस्को क्रोकसमा हतियारधारीको अन्धाधुन्ध आक्रमण: मृत्यु हुनेहरुको संख्या १ सय ३३

११ चैत्र, काठमाडौं - मस्को क्रोकसमा शुक्रबार आयोजित सांगीतिक कार्यक्रममा सहभागी भएकाहरूमाथि हतियारधारीले अन्धाधुन्ध आक्रमण गर्दा मृत्यु हुनेहरुको संख्या १ सय ३३ पुगेको छ । शनिबार साँझसम्मको रिपोर्टअनुसार घटनामा सख्त घाइते हुनेको संख्या १ सय ४० भन्दा बढी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणमा प्रत्यक्ष संलग्न चारसहित ११ जनालाई नियन्त्रणमा लिएको रुसको अनुसन्धान समिति (आईसीआर) ले जानकारी दिएको छ । कट्टरपन्थी समूह आईएसआईएससँग सम्बन्धित आईएसआईएस–केले सामाजिक सञ्जाल टेलिग्राममार्फत यो आक्रमणको जिम्मेवारी लिएको छ । यद्यपि, रुसी अधिकारीले घटनामा कसको संलग्नता थियो भन्ने अझै खुलाइसकेका छैनन् । इस्लामिक स्टेट खोरसान प्रान्त (आईएसआईएस–के) अफगानिस्तान तथा इरानमा सक्रिय समूह हो । यसअघि यो समूहले काबुलस्थित रुसी दूतावासमा पनि…
Read More
मस्कोस्थित एक कन्सर्ट हलमा आक्रमण हुँदा ६० जनाको मृत्यु

मस्कोस्थित एक कन्सर्ट हलमा आक्रमण हुँदा ६० जनाको मृत्यु

१० चैत्र, काठमाडौं - रूसको मस्कोस्थित एक कन्सर्ट हलमा आक्रमण हुँदा ६० जनाको मृत्यु भएको छ। मस्कोको उत्तरपश्चिम सहर क्रास्नोगोर्स्कस्थित क्रोकस सिटी हलमा गएराति नकाब लगाएका बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा ६० जनाको मृत्यु भएको हो। उक्त कन्सर्टमा ६ हजारभन्दा बढी मानसिहरू उपस्थित थिए। त्यसक्रममा चार जना बन्दुकधारीहरू प्रवेश गरी गोली चलाएका थिए। गोली चलेपछि त्यहाँ भागदौड मच्चिएको थियो। मानिसहरू हलभित्र समेत प्रवेश गरेका थिए। शनिबार बिहानसम्म हलबाट १०० जना भन्दा बढीलाई उद्दार गरी अस्पताल पठाइएको बताइएको छ। गोलीबारीपछि उक्त भवनमा आगलागी समेत भएको थियो। आगलागी ६ घन्टापछि नियन्त्रणमा लिइएको बिबिसीले उल्लेख गरेको छ। घटनापछि ७० वटाभन्दा बढी एम्बुलेन्सबाट घाइतेहरूलाई अस्पताल पुर्‍याइएको…
Read More
जापान एयरलाइन्सको विमान अवतरणका क्रममा रनवेमै विमानसँग ठोक्किएपछि आगलागी

जापान एयरलाइन्सको विमान अवतरणका क्रममा रनवेमै विमानसँग ठोक्किएपछि आगलागी

१७ पौष, काठमाण्डौं  - जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थलमा अवतरण गर्ने क्रममा जापान एयरलाइन्सको एक यात्रुवाहक विमानमा स्थानीय समय अनुसार साँझ ६ बजे आगलागी भएको छ । एयरलाइनले दिएको पछिल्लो जानकारी अनुसार विमानमा सवार रहेका सबै ३६७ यात्रु र १२ चालक दलका सदस्यहरूलाई विमानबाट बाहिर निकालिएको छ । जापान एयरलाइन्सको उक्त विमानमा अवतरणका क्रममा रनवेमै जापान कोस्ट गार्डको विमानसँग ठोक्किएपछि आगलागी भएको समाचार एजेन्सी एनएचकेले बताएको छ । फिक्स्ड-विंग कोस्ट गार्ड विमानको चालक दलका एक सदस्य सो विमानबाट बाहिर निस्किन सफल भएपनि अन्य पाँच जना भने सम्पर्कविहिन रहेको बताइएको छ । एनएचकेले प्रसारित गरेको फुटेजमा जापान एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएर आगो लागेको देखाइएको छ ।…
Read More
इजरायल र हमासबीच लगातार संघर्ष हुँदा मृत्यु हुने प्यालेस्टिनीको संख्या २० हजार नाघ्यो

इजरायल र हमासबीच लगातार संघर्ष हुँदा मृत्यु हुने प्यालेस्टिनीको संख्या २० हजार नाघ्यो

५ पुस, काठमाण्डौं  - इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या २० हजार पुगेको छ  । अक्टोबर ७ यता ५२ हजार ५८६ अन्य घाइते भएका छन् । प्यालेस्टिनी अधिकारीहरूका अनुसार मृत्यु हुनेमा कम्तीमा ८ हजार बालबालिका र ६ हजार २ सय महिला रहेका छन् ।  यसैबीच वेस्टब्यांकमा इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३०१ र घाइतेको संख्या ३ हजार ३६५ पुगेको प्यालेस्टाइनले जनाएको छ । गाजामा गत २४ घण्टामा इजरायलको आक्रमणमा २१४ प्यालेस्टिनीको मृत्यु भएको छ भने अन्य ३ सय जना घाइते भएका छन् । अक्टोबर ७ देखि इजरायलले दक्षिणी इजरायलमा हमासको आक्रमणपछि गाजापट्टीमा हमासविरुद्ध युद्ध सुरु गरेको थियो । अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा…
Read More
इमरान खान समर्थकले गरे ‘भर्चुअल’ शक्ति प्रदर्शन

इमरान खान समर्थकले गरे ‘भर्चुअल’ शक्ति प्रदर्शन

२ पुस, काठमाण्डौं - आइतबार पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरूले भर्चुअल जलसा (र्‍याली) आयोजना गरेका छन् । पाकिस्तान सरकारले फेसबुक, इन्स्टाग्राम, एक्स (ट्विटर) र युट्युबजस्ता सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनुका साथै इन्टरनेट सेवा बन्द गरिदिए पनि आइतबार एसिया, युरोप र अमेरिकासहित विश्वभरका समर्थकहरूले भर्चुअल जलसा (र्‍याली) आयोजना गरेका हुन् । खानको पार्टी पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई) ले आसन्न चुनावसम्बन्धी सार्वजनिक भेलामा सरकारले आफ्ना कार्यकर्तालाई अवरोध पुर्‍याएको विरोधमा  ‘भर्चुअल पावर शो’  आयोजना गरेको जनाएको छ ।   डिजिटल अधिकार, साइबर सुरक्षा र सुशासन प्रवर्द्धन गर्दै आएको अन्तर्राष्ट्रिय इन्टरनेट नियमन संस्था, नेटब्लक्सले पाकिस्तानको इन्टरनेट सेवा अवरुद्ध भएकोबारे पुष्टि गरेको छ । स्थानीय प्रयोगकर्ताहरूले पनि लाहोर, कराची र इस्लामाबादमा…
Read More
दक्षिण कोरियामा विदेशी बासिन्दाको सङ्ख्या १० प्रतिशतले वृद्धि

दक्षिण कोरियामा विदेशी बासिन्दाको सङ्ख्या १० प्रतिशतले वृद्धि

२ पुस, सोल - सन् २०२३ मा दक्षिण कोरियामा विदेशी बासिन्दाहरूको सङ्ख्या लगभग १० प्रतिशतले बढेको सोमबार तथ्याङ्क कार्यालयले देखाएको छ । कार्यालयका अनुसार दक्षिण कोरियामा कम्तीमा ९१ दिन बसेका १५ वर्षमाथिका विदेशी नागरिकको सङ्ख्या सन् २०२३ मा १४ लाख ३० हजार पुगेको छ । यो एक वर्षअघिको तुलनामा नौ दशमलव नौ प्रतिशतले बढी हो । यो सन् २०१७ मा सान्दर्भिक तथ्याङक सार्वजनिक गर्न थालेपछिको सबैभन्दा धेरै हो । दक्षिण कोरियामा बसोबास गर्ने चिनियाँ नागरिकको सङ्ख्या यस वर्ष तीन दशमलव छ प्रतिशतले बढेर एक लाख ३५ हजार पुगेको छ । यसैगरी भियतनामी नागरिकको सङ्ख्या १९ दशमलव एक प्रतिशतले बढेर दुई…
Read More
गाजामा १८ हजार ४०० प्यालेस्टाइनीको मृत्यु

गाजामा १८ हजार ४०० प्यालेस्टाइनीको मृत्यु

गाजा, २७  मङ्सिर । इजरायल–हमासबीचको युद्धका कारण गाजामा मृत्यु हुने प्यालेस्टाइनीहरुको सङ्ख्या १८ हजार ४०० पुगेको छ । गत ७ अक्टोबरदेखि सुरु भएको हमास–इजरायल युद्धले गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या १८ हजार ४०० नाघेको हो । पछिल्लो पटक मङ्गलवार वेस्ट बैङ्कको जेनिन सहरमा इजरायली ड्रोन आक्रमणमा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ ।
Read More
आजको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव रहने

आजको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव रहने

काठमाडौँ, २८मङ्सिर । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। राती भने देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यसैले  वर्षा, हिमपात तथा चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
Read More
कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम

कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम

१२ मङ्सिर,  गाजा । कतारले इजरायल र हमाससँग मिलेर चार दिने युद्धविराम लम्ब्याएको छ । सफलतापूर्वक एक सम्झौता वार्ता पिछ दोहाको विदेश मन्त्रालयका प्रवक्ताले उनीहरुबीच थप दुई दिन युद्बबिराम लम्बाउने सहमति भएको जानकारी दिएका छन । ‘कतार राज्य यो घोषणा गर्दछ कि हाल चलिरहेको युद्दको मध्यस्थताको एक भागको रूपमा गाजा पट्टीमा मानवीय युद्धविराम थप दुई दिनको लागी लम्ब्याउन एक सम्झौता भएको छ,’ प्रवक्ता माजिद अल अन्सारी ट्विटरमा पोस्ट गर्दै भनेका छन । जसको मतलब कम्तिमा पनि १० इजरायली बन्धकहरूलाई मंगलबार र अर्को १० लाई बुधबार रिहा गरिनेछ। यससँगै इजरायलले हरेक दिन ३० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने टाइम्स अफ इजरायलले उल्लेख…
Read More