मंसिर ११, सिडनी । विश्वको सबैभन्दा ठूलो कोइला बन्दरगाहमा नाकाबन्दी गरिएको छ । दुई दिने नाकाबन्दीमा संलग्न मजदुर मध्ये १०९ जनालाइ पक्राउ गरेका छन् । सयौं प्रदर्शनकारीले अष्ट्रेलियाको न्यूक्यासल बन्दरगाहको शिपिंग लेन कब्जा गरेका छन भने जलवायु निष्क्रियताको विरोध गरेका छन् । जुन अवरोधका कारण आधा मिलियन टन भन्दा बढी कोइला देशबाट हुने निर्यात रोकिएको छ। अष्ट्रेलिया विश्वको दोस्रो ठूलो कोइला निर्यातकर्ता हो । र, आफ्नै बिजुलीको आवश्यकताको लागि कोयल ईन्धनमा निर्भर रहेको छ। सिड्नीबाट लगभग १७० किमी टाढा रहेको न्यु क्यासल बन्दरगाह कोइला ढुवानीका लागि देशको सबैभन्दा महत्त्वपूर्ण टर्मिनल हो। अष्ट्रेलियाभरबाट अनुमानित ३० हजार मानिसहरूले यसको शिपिंग लेनमा ३०…
मंसिर ११, बेइजिङ । चीन पुनः रहस्यमय रोगको चपेटामा परेको छ । जसलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनले पनि चेतावनी दिएको छ । यससँगै डब्ल्यूएचओले यस रोगको बारेमा चिन्ता व्यक्त गर्दै चीनसँग सम्बन्धित जानकारी मागेको छ। यस्तो अवस्थामा चीनको स्वास्थ्य मन्त्रालयबाट विज्ञप्ति आएको छ । यसका अनुसार यो संक्रामक फोक्सोको रोगको पछाडि धेरै रोगजनक ब्याक्टेरिया छन्। यससँगै चीनको स्वास्थ्य मन्त्रालयले यसको पछाडि कुनै नयाँ भाइरल कारण हुन सक्ने बताएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले आइतबार एक पत्रकार सम्मेलनमा इन्फ्लुएन्जामा संक्रमण बढ्नुको प्रमुख कारण भएको बताए । उनले राइनोभाइरस, माइकोप्लाज्मा निमोनिया र रेस्पिरेटरी सिन्सिटियल भाइरस पनि फैलिरहेको…
मंसिर १०, गाजा । हमासले इजरायलले बन्धकहरूलाई रिहा गर्न ढिलाइको बीचमा सम्झौताका सर्तहरूको उल्लंघन गरेको आरोप लगाएको छ। शुक्रबारबाट दुई पक्षबीच चार दिने युद्धविराम सुरु भएको थियो । इजरायली बन्धकहरूसँग प्यालेस्टिनी कैदीहरूको आदानप्रदानका लागि इजरायल र हमासबीच सम्झौता भए अनुसार काम नभएको हमासको आरोप छ । टाइम्स अफ इजरायलका अनुसार हमास नेता इस्माइल हनियाहका वरिष्ठ राजनीतिक सल्लाहकार ताहेर अल नोनोले इजरायलले अस्थायी युद्धविरामको सर्तहरूको उल्लंघन गरेको आरोप लगाएका छन्। उनले मानवीय सहायता र प्यालेस्टिनी कैदीहरूको रिहाइसँग सम्बन्धित धाराहरू पालना नगरिएको दाबी गरे। अल नोनोका अनुसार इजरायलले उत्तरी गाजा पट्टीमा सहायता वितरणको पालना गरेका छैनन, जहाँ द्वन्द्व सबैभन्दा तीव्र छ। उनले प्यालेस्टिनी…
मंसिर ९, गाजा । इजरायलले बन्दी बनाएको प्यालेस्टाइनीको संख्या ३१ सय नाघेको छ । गत अक्टोबर ७ देखि कब्जा गरिएको वेस्ट बैंकमा ३१०० भन्दा बढी पक्राउ गरिएको कैदी अधिकार समूहले जनाएको छ । प्यालेस्टिनी कैदी समुहका अनुसार हिजो साँझदेखि आज बिहानसम्म मात्रै इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंकमा १७ प्यालेस्टाइनीहरूलाई पक्राउ गरेको छ। अधिकार समूहका अनुसार अक्टोबर ७ यता इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको कुल संख्या ३ हजार १ सय ६० पुगेको छ। इजरायल र हमासबीच भएको ४ दिने युद्धविराम सम्झौताको एक हिस्साको रूपमा शुक्रबार ३९ प्यालेस्टिनी बन्दी रिहा गरे पनि थप १७ जना पक्राउ परेको सो समुहले जनाएको छ…
काठमाडौँ, ८ मङ्सिर । चीनले बिभिन्न ६ देशका लागि भिसामुक्त यात्राको परीक्षण गरेको छ । चीनले फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड, स्पेन र मलेसियाका नागरिकलाई एक वर्षसम्म भिसामुक्त यात्राको परीक्षण गरिरहेको चीनको विदेश मन्त्रालयले जनाएको छ । यी देशका साधारण राहदानी धारकहरूले यहि डिसेम्बर देखि सन् २०२४ को नोभेम्बर सम्म सम्म १५ दिन सम्म भिसा बिना चीनमा व्यापार वा यात्रा गर्न सक्छन् । यसले चीनको उच्च गुणस्तरको विकास र खुलापनलाई प्रवर्द्धन गर्न मद्दत पु¥याउँने विदेश मन्त्रालयका प्रवक्ता माओ निङले शुक्रबार भनेका छन् । हाल, अधिकांश यात्रुहरूलाई चीन प्रवेश गर्न भिसा चाहिन्छ । सन् २०२० मा कोरोनाभाइरस महामारीलाई ध्यानमा राख्दै चीनले कडा…
कतार, ८ मङ्सिर । इजरायल र हमासबीचको युद्धबिच भएको सम्झौताअनुसार आजदेखि बन्धकहरूलाई रिहा गरिने भएको छ । जवाफमा गाजापट्टीमा इजरायली सेनाको आक्रमण केही समयमै रोकिने भएकाे छ । सो युद्ध विराम पछि बन्धकहरूको पहिलो समूह शुक्रवार साँझ इजरायललाई हस्तान्तरण गरिनेछ। सात हप्ताको युद्धपछि इजरायल र हमासबीच ४ दिने युद्ध विराम हुने भएको हो । कतारका अनुसार त्यसपछि गाजामा इन्धन र मानवीय आपूर्तिमा आज तीव्रता आउनेछ। कतारको विदेश मन्त्रालयका अनुसार युद्ध विराम नेपाली समय अनुसार बिहान १०ः३० बजे सुरु हुनेछ, जबकि बन्धकहरूको पहिलो समूहलाई हमासले युद्ध विरामको केही घण्टापछि भारतीय समय अनुसार साँझ ७ः ३० बजे रिहा गर्नेछ। बन्धकहरूको पहिलो समूहमा एकै…
प्योङयाङ, ७ मङ्सिर । उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप सेना र सैन्य उपकरणहरू लैजाने बताएको छ । प्योङयाङले सैन्य जासुस उपग्रहको प्रक्षेपणको प्रतिक्रियामा सियोलले सम्झौताका अंशहरू निलम्बन गरेपछि २०१८ संयुक्त सैन्य सम्झौतामा नबाँधिने पनि जनाएको छ । ‘उत्तर कोरिया सम्झौतामा कहिल्यै बाध्य हुनेछैन,’ राज्य मिडियाले बिहीबार रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ। उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका पूर्व राष्ट्रपति मुन जे इनबीचको २०१८ शिखर सम्मेलनमा व्यापक सैन्य सम्झौता प्रायद्वीपमा तनाव कम गर्न र दुई देशहरू बिच विश्वास निर्माण गर्ने प्रयासको रूपमा हस्ताक्षर गरिएको थियो। गत मे र अगस्टमा असफल भए पछि प्योङयाङले माल्लिग्योङ–१ लाई सफलतापूर्वक…
काठमाडौँ, ६ मङ्सिर । डेढ महिनादेखिको युद्धलाई रोक्दै इजरायलले आक्रमण रोक्ने र प्यालेस्टिनी लडाकु समूह हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति गरेका छन् । गत ७ अक्टोबरमा हमासले आक्रमणपछि चलेको युद्धलाई विराम गर्दै इजरायलले आक्रमण रोक्ने र हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति गरेका हुन् । इजरायलको मन्त्रिपरिषद्ले गाजामा बन्धक बनाइएका ५० जनालाई रिहा गर्न हमास सँगको सम्झौतालाई अनुमोदन गरेको छ । चार दिनको अस्थायी युद्ध विरामका क्रममा ती बन्धकलाई रिहा गरिने र रिहा हुनेमा महिला र बालबालिका हुने इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘इजरायल सरकार सबै बन्धकहरूलाई घर फर्काउन प्रतिबद्ध छ…
बार्सिलोना, ५ मङ्सिर । स्पेनमा पहिलो पटक एक समलिङ्गी जोडीले बच्चालाई जन्म दिएका छन् । युरोपको इतिहासमा समलिङ्गी जोडीले सन्तानलाई जन्म दिएको यो पहिलो पटक हो । मेट्रोको समाचार अनुसार डेरेक एलोय नामको बच्चा स्पेनको माजोर्काको पाल्मामा अक्टोबर ३० मा जन्मिएको थियो । त्यो बच्चा ३० वर्षकी एस्टेफानिया र २७ वर्षकी अजहाराको जोडीबाट जन्मिएका हुन । यस अवधिमा अजहाराले आफ्नो छोरालाई ९ महिनासम्म आफ्नो गर्भमा राखेकी थिइन् तर उनलाई जन्म दिने अण्डा भने एस्टेफानियाको कोखबाट भएको थियो । यो दम्पतीले स्पेनको प्रजनन क्लिनिकको सहयोगमा यस वर्ष मार्चमा अभिभावक बन्ने यात्रा सुरु गरेका थिए। उनीहरूले अभिभावक बन्न इन्भो सेल नामक प्रजनन…
मंसिर ५, वासिंगटन डिसी ।अमेरिकी नौसेनाको एउटा ठूलो विमान मरीन कोर्प्स बेस हवाईमा रनवे ओभरशुट गरेपछि कानोहे खाडीमा दुर्घटनाग्रस्त भएको छ । विमानमा नौ जना सवार रहेको र सबैजना सकुशल किनारमा पुगे पनि विमान भने समुन्द्रमा डुबेको छ । स्रोतका अनुसार घाइते सबैलाई सामान्य चोट लागेको छ । उनीहरु आफै पौडी खेलेर किनारमा पुगेका हुन् । यूएस मरीन कोर्प्सका प्रवक्ता गनरी सार्जेन्ट ओर्लान्डो पेरेजले समाचार एजेन्सी एसोसिएटेड प्रेसलाई भने कि यो सैन्य निगरानीको लागि प्रयोग गरिएको टोही विमान हो। उक्त विमानको नाम बोइङ पी८ पोसाइडन हो । पी-८ पोसाइडन प्रायः पनडुब्बीहरू निगरानी र आक्रमण गर्न प्रयोग गरिन्छ। यस बाहेक यो…