९ माघ, बिराटनगर–नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले सरकारले ल्याएको अध्यादेशको विषयवस्तु सकारात्मक रहेको बताएका छन्। बिराटनगरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले जारी गरेका अध्यादेशहरू ठिक र आवश्यक रहेको धारणा राखे। उनले भने, "अध्यादेशको भित्रका विषयवस्तुहरू खराब छैनन्। धेरै अध्यादेशहरू ठिकै छन्, राम्रै छन्। तर, यी अध्यादेश संसदबाट पास गर्नुपर्ने थियो। कांग्रेस र एमालेसँग बहुमत छ, बहुमतले ऐन पास गर्न सक्छ। दुई तिहाइ त चाहिँदैन।" हालै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा पाँचवटा अध्यादेश जारी गरेका थिए। त्यसैगरी, पार्टी महाधिवेशनको सन्दर्भमा कोइरालाले कांग्रेसको १५औं महाधिवेशन २०८२ साल मंसिरभित्रै सम्पन्न गर्नुपर्नेमा जोड दिए। "महाधिवेशन समयमै गर्नुपर्छ। अझै समय छ। २०८२…
६ माघ, काठमाडौं–नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले माओवादी केन्द्रको अस्थिर चरित्रका कारण कांग्रेस र एमालेबीच सहकार्य भएको बताएका छन्। उनका अनुसार, वर्तमान सरकारले आफ्नो कार्यकाल पूरा गर्नेछ, र आगामी चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन्। आइतबार दिल्लीमा नेपाली जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा महतले सात बुँदे सहमतिको आधारमा सरकारले काम गरिरहेको स्पष्ट पारे। "कांग्रेस र एमालेबीचको समझदारीले सरकारलाई प्रभावकारी बनाएको छ," उनले भने। भारतमा रहेका नेपालीहरूको योगदानको प्रशंसा गर्दै महतले प्रवासी नेपालीहरूले नेपालको राजनीतिमा अर्थपूर्ण भूमिका खेलेको उल्लेख गरे। उनले भने, "यहाँ रोजगारी र अन्य कारणले बसे पनि तपाईंहरूको भूमिका महत्वपूर्ण छ। निर्वाचनमा सहभागी हुन देश फर्किएर मतदान…
६ माघ, रूपन्देही– सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा रवि लामिछाने, छविलाल जोशी, र लक्ष्मी पौडेलसहित ४२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। रवि, छवि र लक्ष्मीविरुद्ध सहकारी ठगी र संगठित अपराधमा १० करोड १९ लाख ३६ हजार रुपैयाँ बिगो मागसहित आइतबार पूरक अभियोग दर्ता गरिएको हो। यसअघि दर्ता भएका २८ प्रतिवादीमध्ये १७ जनाविरुद्ध थप कसुर र बिगोको दाबी गरिएको छ। सरकारी वकिल कार्यालयका अनुसार, गितेन्द्रबाबु राईविरुद्ध ५१ करोड १ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ बिगो माग गरिएको छ। संचालक दिनेश रोकालाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा मुछिएको छ। प्रहरी अनुसन्धानले सुप्रिम सहकारीका १०…
६ माघ, सर्लाही–नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारको कार्यशैलीलाई तानाशाहीपूर्ण भन्दै आलोचना गरेका छन्। सर्लाही सदरमुकाम मलंगवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले गैरलोकतान्त्रिक आचरण अपनाएको आरोप लगाए। नेता नेपालका अनुसार, मुलुकको राजनीति सही दिशातर्फ उन्मुख हुन नसकेको र सरकार असफलताका दिशामा अघि बढिरहेको छ। उनले दुई ठूला दलहरूले संविधान संशोधनको नाममा सरकार बनाएर जनतालाई भ्रममा पार्न खोजेको टिप्पणी गरे। उनले भने, "जनताको चाहना पूरा हुन सकेको छैन। जनताले सुरक्षा र रोजगारी चाहेका छन्, तर सरकार अधिनायकवादी शासन थोपर्नमै व्यस्त छ।" विचाराधीन विधेयकहरू प्रक्रियाबिना अध्यादेशमार्फत अघि बढाउने सरकारको कदमलाई पनि उनले चर्को आलोचना गरे। अध्यक्ष नेपालले…
डिपफेक (Deepfake) भनेको "डीप लर्निङ" र "फेक" शब्दको संयोजनबाट बनेको शब्द हो, जसले कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence - AI) र मेशिन लर्निङ (Machine Learning) को सहायताले फोटो, भिडियो, वा अडियो सामग्रीलाई यथार्थजस्तो देखिने गरी परिवर्तन गर्ने प्रविधिलाई जनाउँछ। यसले प्रायः डीप न्यूरल नेटवर्क र जेनेरेटिभ एड्भर्सेरियल नेटवर्क (GANs) को सहायताले कार्य गर्दछ। डिपफेकको प्रयोगले मानिसहरूको पहिचानलाई नक्कली सामग्रीमा स्थानान्तरण गरेर अन्य व्यक्तिको अनुहार वा आवाजलाई वास्तविक झैं देखाउन सक्छ। डिपफेक (Deepfake) प्रविधिको इतिहास कृत्रिम बुद्धिमत्ता (AI) र मेशिन लर्निङ (Machine Learning) को विकाससँग गहिरो रूपमा जडित छ। यद्यपि डिपफेक शब्द २०१७ मा मात्र प्रचलित भयो, यसको आधारभूत प्रविधिहरू दशकौं अघिदेखि…
धेरै मानिसलाई राति सुत्नुअघि YouTube मा भिडियो हेर्ने वा गीत सुन्ने बानी हुन्छ। तर, यसबाट एउटा समस्या हुन्छ कि मानिस सुतेपछि पनि भिडियो अनै चलिरहन्छ। यसले फोनको ब्याट्री सकिन्छ, र कहिलेकाहीँ बिहानको अलार्म बज्दैन। YouTube को स्लीप टाइमर के हो? YouTube ले गत वर्ष अक्टोबरमा एउटा विशेष सुविधा 'स्लीप टाइमर' सार्वजनिक गर्यो। यो सुविधा विशेष गरी तिनीहरूका लागि उपयोगी छ, जो सुत्नुअघि भिडियो हेर्न मन पराउँछन्। Google द्वारा स्वामित्वमा रहेको YouTube को यो सुविधा प्रयोगकर्ताहरूलाई निश्चित समयपछि भिडियो स्वतः रोक्न टाइमर सेट गर्न अनुमति दिन्छ। यो सुविधा YouTube लाई स्लो मोसन, मेडिटेसन, वा ASMR सुन्नका लागि स्लीप एडको रूपमा प्रयोग…
४ माघ, काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सुझाव दिएका छन्। शुक्रबार आयोजित विपक्षी दलको पत्रकार सम्मेलनमा उनले सत्ता गठबन्धन बनाउँदाका प्राथमिकताहरू कार्यान्वयनमा सरकार असफल भएको उल्लेख गर्दै सरकारले नैतिकता गुमाएको आरोप लगाए। “गठबन्धन बनाउँदा तय गरिएका योजनाहरू कुनै पनि अघि बढेका छैनन्। संविधान संशोधनको कुरा प्रधानमन्त्री स्वयंले २०८७ मा मात्रै सम्भव छ भनेका छन्। सुशासन र अन्य वाचा पनि ठिक विपरीत क्रियाकलाप भइरहेकाले सरकारमा टिकिरहने आधार छैन,” प्रचण्डले भने। उनका अनुसार सरकारको असक्षमता र गैरजिम्मेवार व्यवहारले संसद्को हिउँदे अधिवेशन आह्वान गर्ने विश्वासिलो कारण पनि देखिँदैन। विपक्षीहरूले विशेष अधिवेशन…
४ माघ, काठमाडौं – संघीय संसद्मा रहेका सात विपक्षी दलले सरकारले नियमित हिउँदे अधिवेशन नबोलाएर गम्भीर प्रकृतिका कानुनहरू अध्यादेशमार्फत् जारी गर्ने कदमप्रति कडा आपत्ति जनाएका छन्। उनीहरूले संसद्को गरिमा कायम राख्न तत्काल हिउँदे अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेका छन्। विपक्षी दलहरूको संयुक्त विज्ञप्तिमा सरकारले बहुमतको दुरुपयोग गर्दै संसदलाई छल्ने र राज्यका निकायहरूलाई आफ्नो स्वार्थअनुकूल प्रयोग गरिरहेको आरोप लगाइएको छ। विज्ञप्तिमा भनिएको छ, "संसद्लाई पन्छाउँदै सरकारका राजनीतिक निर्णय र काम कारबाहीहरू पूर्वाग्रही र स्वेच्छाचारी छन्, जसले लोकतन्त्र र विधिको शासनमाथि गम्भीर संकट निम्त्याउन सक्छ।" विपक्षी नेताहरूले संसद्को नियमित अधिवेशन आह्वान नगरे सरकारको कदमलाई निरंकुशता र स्वेच्छाचारिता ठहर गर्दै विशेष अधिवेशन…
४ माघ, काठमाडौं – प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार आफ्नो औचित्य गुमाउँदै गएको दाबी गरेका छन्। संसद् भवन नयाँ बानेश्वरमा आज आयोजित विपक्षी दलको पत्रकार सम्मेलनमा उनले सरकारका गतिविधिले जनतामा निराशा र असन्तुष्टि मात्रै बढाएको टिप्पणी गरे। दाहालले कांग्रेस-एमाले गठबन्धनलाई अप्राकृतिक भन्दै यसको गठन नै संविधानको मर्म र भावनाविपरीत रहेको आरोप लगाए। "सरकारका क्रियाकलापले आम निराशा उत्पन्न गरेको छ। यो सरकार अपारदर्शी र अप्राकृतिक तरिकाले बनेको छ," दाहालले भने। उनले सरकारका गलत निर्णय र क्रियाकलापका कारण विपक्षी दलहरू एकजुट भएर विरोधमा उभिन बाध्य भएको स्पष्ट पारे। "देशको वर्तमान अवस्थाप्रति गम्भीर चिन्तासहित हामीले विरोध…
४ माघ, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलाम खानी र मल कारखानाजस्ता ठूला उद्योगहरू स्थापना हुँदै गरेको र बन्द भएका उद्योगहरूलाई पुनर्जीवित गर्न नयाँ ढाँचामा सञ्चालनको तयारी भइरहेको बताएका छन्। उनले उत्पादित ऊर्जाको खपतबारे कुनै चिन्ता लिनु नपर्ने स्पष्ट पारे। स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) को रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ऊर्जा खपतका क्षेत्रहरू स्वाभाविक रूपमा विकास हुने भएकाले ऊर्जा बिक्रीको विषयमा अनावश्यक चिन्ता गर्न नपर्ने धारणा राखे। उनका अनुसार सरकारले आगामी ११ वर्षभित्र २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने कार्ययोजना तयार गरेको छ। प्रधानमन्त्री ओलीले भने, "हामीसँग आठवटा औद्योगिक क्षेत्र छन्। धौबादीमा फलाम खानी र मल…