१४ पुस, काठमाडौं — अहिलेको आधुनिक जीवनमा मोबाइल फोन केवल सञ्चारको साधन मात्र नभई दैनिक रहनसहनको आधारभूत उपकरण बनेको छ । विकसित देशमा मात्र होइन नेपाल जस्तो विकासोन्मुख र अन्य अल्प विकसित देशमा समेत मोबाइल फोनले जनजीवनलाई तीव्र रूपमा परिवर्तन गरेको छ । सहरदेखि गाउँसम्म मोबाइलको पहुँच विस्तार हुँदै जाँदा यसले सूचना, अभिव्यक्ति र हरेक जसो सामाजिक मुद्दाहरुमा आम जनसहभागिताको ढोका खोलेको छ । सन् २०२५ को सेप्टेम्बरमा नेपालले मोबाइल प्रयोगमार्फत् एक प्रकारको सामाजिक र राजनीतिक क्रान्ति अनुभव गर्यो। युवाहरूले मोबाइल फोनलाई केवल मनोरञ्जनको साधन मात्र नबनाई राजनैतिक असन्तुष्टि र विद्रोहको आवाज उठाउने शक्तिशाली माध्यमका रूपमा प्रयोग गरे । सामाजिक…
डिपफेक (Deepfake) भनेको "डीप लर्निङ" र "फेक" शब्दको संयोजनबाट बनेको शब्द हो, जसले कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence - AI) र मेशिन लर्निङ (Machine Learning) को सहायताले फोटो, भिडियो, वा अडियो सामग्रीलाई यथार्थजस्तो देखिने गरी परिवर्तन गर्ने प्रविधिलाई जनाउँछ। यसले प्रायः डीप न्यूरल नेटवर्क र जेनेरेटिभ एड्भर्सेरियल नेटवर्क (GANs) को सहायताले कार्य गर्दछ। डिपफेकको प्रयोगले मानिसहरूको पहिचानलाई नक्कली सामग्रीमा स्थानान्तरण गरेर अन्य व्यक्तिको अनुहार वा आवाजलाई वास्तविक झैं देखाउन सक्छ। डिपफेक (Deepfake) प्रविधिको इतिहास कृत्रिम बुद्धिमत्ता (AI) र मेशिन लर्निङ (Machine Learning) को विकाससँग गहिरो रूपमा जडित छ। यद्यपि डिपफेक शब्द २०१७ मा मात्र प्रचलित भयो, यसको आधारभूत प्रविधिहरू दशकौं अघिदेखि…
धेरै मानिसलाई राति सुत्नुअघि YouTube मा भिडियो हेर्ने वा गीत सुन्ने बानी हुन्छ। तर, यसबाट एउटा समस्या हुन्छ कि मानिस सुतेपछि पनि भिडियो अनै चलिरहन्छ। यसले फोनको ब्याट्री सकिन्छ, र कहिलेकाहीँ बिहानको अलार्म बज्दैन। YouTube को स्लीप टाइमर के हो? YouTube ले गत वर्ष अक्टोबरमा एउटा विशेष सुविधा 'स्लीप टाइमर' सार्वजनिक गर्यो। यो सुविधा विशेष गरी तिनीहरूका लागि उपयोगी छ, जो सुत्नुअघि भिडियो हेर्न मन पराउँछन्। Google द्वारा स्वामित्वमा रहेको YouTube को यो सुविधा प्रयोगकर्ताहरूलाई निश्चित समयपछि भिडियो स्वतः रोक्न टाइमर सेट गर्न अनुमति दिन्छ। यो सुविधा YouTube लाई स्लो मोसन, मेडिटेसन, वा ASMR सुन्नका लागि स्लीप एडको रूपमा प्रयोग…
२६ पुस, काठमाडौं – यदि तपाईंको गुगल ड्राइभको स्टोरेज भरिएको छ र तपाईं नयाँ फाइलहरू अपलोड गर्न सक्नुहुन्न भने, केही सरल उपायहरू अपनाएर तपाईं आफ्नो स्टोरेजमा ठाउँ खाली गर्न सक्नुहुन्छ। यसकोलागी तलका सुझावहरू पालना गर्नुहोस्: १. ठूला फाइलहरू हटाउनुहोस्: गुगल ड्राइभमा ठूला फाइलहरू पहिचान गर्न र तिनलाई हटाउनुस्। यसका लागि, ड्राइभमा 'Storage' सेक्सनमा जानुहोस् र फाइलहरू साइजअनुसार क्रमबद्ध गर्नुहोस्। आवश्यक नभएका ठूला फाइलहरू चयन गरी डिलिट गर्नुहोस्। २. ट्र्यास खाली गर्नुहोस्: फाइलहरू डिलिट गरेपछि, तिनीहरू ट्र्यासमा रहन्छन् र स्टोरेज ओगटिरहन्छन्। ट्र्यास खाली गर्न, ड्राइभको 'Trash' फोल्डरमा जानुहोस् र 'Empty Trash' बटनमा क्लिक गर्नुहोस्। ३. डुप्लिकेट फाइलहरू हटाउनुहोस्: ड्राइभमा दोहोरिएका फाइलहरू…
२६ पुस, काठमाडौं – यदि तपाईंले आफ्नो फोटो र भिडियोहरू गुगल फोटोजमा सुरक्षित राख्नुभएको छ र ती सबैलाई एकैपटकमा डाउनलोड गर्न चाहनुहुन्छ भने, यो सजिलै गर्न सकिन्छ। यसका लागि तपाईंले गुगलको 'टेकआउट' सेवा प्रयोग गर्नुपर्नेछ। तलका चरणहरू पालना गरेर तपाईं आफ्नो सम्पूर्ण फोटो र भिडियोहरू सजिलै डाउनलोड गर्न सक्नुहुन्छ: १. गुगल टेकआउटमा जानुहोस्: आफ्नो वेब ब्राउजरमा takeout.google.com खोल्नुहोस्। २. गुगल खातामा लगइन गर्नुहोस्: आफ्नो गुगल खातामा लगइन गर्नुहोस्। ३. सेवाहरू चयन गर्नुहोस्: उपलब्ध गुगल सेवाहरूको सूचीमा 'Google Photos' फेला पार्नुहोस् र त्यसलाई चयन गर्नुहोस्। अन्य सेवाहरू अनचेक गर्नुहोस्, यदि तपाईंले तिनको डेटा डाउनलोड गर्न चाहनुहुन्न भने। ४. एल्बमहरू चयन गर्नुहोस्:…
२६ पुस, काठमाडौं – WhatsApp ले आफ्नो प्रयोगकर्ताहरूलाई थप सुविधा दिन निरन्तर नयाँ-नयाँ फिचरहरू विकास गरिरहेको छ। हालै, एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि एक नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्यारेक्टर सिर्जना गर्ने सुविधाको परीक्षण भइरहेको छ, जसले प्रयोगकर्ताहरूलाई एपभित्रै व्यक्तिगत एआई क्यारेक्टरहरू बनाउन सक्षम बनाउनेछ। WABetaInfo का अनुसार, यो सुविधा एन्ड्रोइडको २.२५.१.२६ संस्करणको बीटा अपडेटमा देखिएको छ। यद्यपि, यो सुविधा हाल विकास चरणमा रहेकोले बीटा परीक्षकहरूका लागि उपलब्ध छैन। यस सुविधाले प्रयोगकर्ताहरूलाई नयाँ एआई क्यारेक्टरहरू सिर्जना गर्न वा पूर्वनिर्धारित टेम्पलेटहरूको आधारमा क्यारेक्टरहरू बनाउन मद्दत गर्नेछ। साझा गरिएका स्क्रिनसटहरूका आधारमा, प्रयोगकर्ताहरूले आफ्नो व्यक्तिगत च्याटबोटको विशेषता र फोकस क्षेत्रहरू वर्णन गर्न १,००० अक्षरसम्म टाइप गर्न…
८ जेठ, काठमाडौं - सुरक्षण मुद्रण प्रकरणमा तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार आरोपमा दोषी ठहर भएका छन् । विशेष अदालतले मंगलबार पौडेललाई दुई वर्ष कैद सजाय, २५ करोड विगो र त्यति नै जरिवाना भराउने फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले यस्तो फैसला गरेको हो। सुरक्षण प्रेसको सफ्टवेयर तथा अन्य उपकरण खरिदको लागि बोलपत्र आह्वान गर्दा सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुन विपरित केही सीमित व्यक्ति विशेष वा कम्पनीसँग मिलेर सरकारको सम्पत्ति गैरकानुनी तवरले हानिनोक्सानी गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले पौडेलसहित छ जनाविरुद्ध ४० करोड ८५ लाख ७४ हजार ७४० रुपैयाँ विगोसहित…
८ जेठ, काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरणको स्वतन्त्र कर्मचारी युनियनले समग्र दूरसञ्चार क्षेत्रको अवस्था भयावह भएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरण आफ्नो भूमिकाबाट विमुख भएको उल्लेख गरेको छ । प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनले यही जेठ १ गते प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीलाई पत्र लेख्दै दूरसञ्चार क्षेत्र धराशायी भइरहँदा प्राधिकरण मूकदर्शक बनेकाे आरोप लगाएको हो । युनियनले बुझाएको ध्यानाकर्षण पत्रमा ८ बुँदे माग पेश गर्दै प्राधिकरण नेतृत्व कमजोर भएको र हरेक विषयमा मन्त्रालयसँग राय माग्ने अवस्थामा पुगेको र यसले गर्दा सङ्गठनको कार्य सम्पादन कमजोर भएको प्रति गम्भीर ध्यानाकर्षण गराएको छ । “दूरसञ्चार ऐन, २०५३ को दफा (१३) बमोजिम प्राधिकरणलाई प्रदान गरिएको काम कर्तव्य…
३० बैशाख, काठमाडौं - इन्टरनेट सेवाप्रदायकले मर्मत सम्भारमा पनि ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) र रोयल्टी दस्तुर तिर्नुपर्ने भएको छ । सर्वोच्च अदालतले वर्ल्डलिङ्क कम्युनिकेसन्सले दायर गरेका आठ ओटै रिट आइतवार खारेज गरेसँगै अब मर्मत सम्भारमा पनि दूरसञ्चार कर लाग्ने भएको हो । फैसलासँगै सरकारलाई दूरसञ्चार सेवाप्रदायकबाट रोयल्टी राजश्व तथा ग्रामीण दूरसञ्चार विकास शुल्क असुलीको बाटो खुलेको छ । आफूहरुले लिएको मर्मतसम्भार शुल्कमा कर नलाग्ने दाबी गर्दै वर्ल्डलिङ्कले दायर गरेको रिट निवेदनमाथि आइतवार सुनुवाइ गर्दै न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र डा. नहकुल सुवेदीको संयुक्त इजलासले वर्ल्डलिंकको माग दावी नै अस्वीकार गरिदिएको छ । सरकारले मर्मतसम्भार शुल्कमा पनि कर तिर्नुपर्ने निर्णय गरेपछि आईएसपीहरूले लामो समयदेखि विरोध जनाउँदै…
२१ बैशाख, काठमाडौं - भरपर्दो एवं गुणस्तरीय सेवाको सुनिश्चितता गरी उपभोक्तालाई निर्वाध रूपमा इन्टरनेट सेवा उपलब्ध गराउन नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सम्बन्धित सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्राधिकरणले अत्यावश्यक सेवाअन्तर्गत पर्ने इन्टरनेट सेवा अवरुद्ध गरे कानुन बमोजिम हदैसम्मको कारबाही गर्ने चेतावनी दिएको छ । बिहीबार (बैशाख २०) मा केही इन्टरनेट सेवाप्रदायकको इन्टरनेट सेवा अवरुद्ध भएपछि आफूले समन्वय गरी केही समयभित्रै इन्टरनेट सेवा सुचारु गराएको प्राधिकरणको भनाइ छ । साथै इन्टरनेट सेवा अवरुद्ध भएको सम्बन्धमा प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ, 'सेवा प्रदायकहरूले सेवा प्रदान गरे बापत दूरसञ्चार ऐन, २०५३…