Skip to main content

Epost Nepal

Breaking News 2

हतारमा तत्काल वामपन्थी एकता र पार्टी एकता गर्ने पक्षमा नरहेको प्रधानमन्त्री पुष्पकमल दाहालको भनाई

हतारमा तत्काल वामपन्थी एकता र पार्टी एकता गर्ने पक्षमा नरहेको प्रधानमन्त्री पुष्पकमल दाहालको भनाई

१४ असार, चितवन - नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हतारमा तत्काल वामपन्थी एकता र पार्टी एकता गर्ने पक्षमा नरहेको बताएका छन् । शुक्रबार चितवन पुगेका अध्‍यक्ष प्रचण्डले हतारमा पार्टी एकता गरेर बिगतमा जस्तो दुर्घटना नहोस् भन्ने सोचेर मात्र अघि बढ्ने बताए । 'पार्टी एकता वा वाम एकताभन्दा पनि राजनैतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिँदै जाने र राम्रो सहकार्य गरी अघि बढेर जनताले देख्ने गरी काम गछौँ', प्रधानमन्त्री दाहालले भने । पहिलाको जसरी दुर्घटना हुने गरी वाम एकता नहुने उल्लेख गर्दै उनले सतर्कताका साथ आफूहरु अगाडि बढेको बताए । प्रधानमन्त्री दाहालले अहिलेको परिस्थितिअनुसार सरकारले मेहनत…
Read More
संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति खोज्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलबीच छलफल

संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति खोज्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलबीच छलफल

१३ असार, काठमाडौं - संक्रमणकालीन न्याय (टीआरसी)सम्बन्धी विधेयकमा सहमति खोज्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष दल कांग्रेसबीच छलफल भएको छ । कांग्रेससहितको गठबन्धनकै बेला अघि बढाउन खोजिएको टीआरसी विधेयक त्यसबेला एमालेको असहमतिका कारण रोकिएको थियो । गत फागुनमा कांग्रेस नेतृत्वको गठबन्धनपछि बनेको एमालेसहितको समीकरण बने पनि टीआरसीसम्बन्धी विधेयक संसद्‌मा थन्किएको छ । दुबै गठबन्धनका प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने आफ्नो प्रमुख प्राथमिकतामा भएको बताए पनि अघि बढ्न सकेको छैन । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु टीआरसीमा सहमति खोज्ने प्रयासमा छन् । एमालेले पीडितलाई केन्द्रमा राखी टीआरी…
Read More
कोशी प्रदेश सरकार गठनविरुद्ध कांग्रेसका केदार कार्कीले दायर गरेको रिट खारेज

कोशी प्रदेश सरकार गठनविरुद्ध कांग्रेसका केदार कार्कीले दायर गरेको रिट खारेज

११ असार, काठमाडौं - कोशी प्रदेश सरकार गठनविरुद्ध कांग्रेसका केदार कार्कीले दायर गरेको रिट खारेज भएको छ । सर्वोच्च अदालतले एमाले-माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका हिक्मत कार्की नेतृत्वको प्रदेश सरकारविरुद्ध केदार कार्कीले दायर गरेको रिट खारेजको फैसला गरेको हो । सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अजीज मुसलमानको इजलासले केदार कार्कीले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको हो । कांग्रेसका केदार कार्कीले आफूलाई मुख्यमन्त्री बनाउन परमादेश माग्दै दायर गरेको रिटमाथि मंगलबार सुनुवाइ गर्दै रिट खारेजीको फैसला भएको हो । पूर्वमुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ, प्रदेश सभामुख अम्बरबहादुर विष्ट, एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मत कार्की,…
Read More
फणिन्द्र देवकोटालाई गण्डकी प्रदेश सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश

फणिन्द्र देवकोटालाई गण्डकी प्रदेश सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश

१० असार, काठमाडौं - सर्वोच्च अदालतले फणिन्द्र देवकोटालाई गण्डकी प्रदेश सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेको छ। गण्डकी प्रदेश सभाका सदस्य फणिन्द्र देवकोटाले सरकारलाई विश्वासको मत दिने क्रममा पार्टी ह्वीप उल्लंघन गरेको भनी माओवादी केन्द्रले गरेको कारबाही असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सोमबार अन्तरिम आदेश जारी गर्दै देवकोटालाई भएको कारबाही कार्यान्वयन नगर्नू/नगराउनू भनेको छ । सर्वोच्च अदालतले देवकोटा गण्डकी प्रदेश सभा सदस्य रहेको र नेपाल समाजवादी पार्टीसँग आवद्ध भएको तथ्य उल्लेख गरेको छ । 'निवेदक नेपाल समाजवादी पार्टीसँग आवद्ध रहेको र सो पार्टी निवेदकले त्याग…
Read More
मुख्यसचिव वैकुण्ठ अर्यालसहित ११ जना र एक कम्पनी गरी १२ विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

मुख्यसचिव वैकुण्ठ अर्यालसहित ११ जना र एक कम्पनी गरी १२ विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

९ असार, काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव वैकुण्ठ अर्यालसहित ११ जना र एक कम्पनी गरी १२ विरुद्ध विशेष अदालतमा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर गरेको छ । अन्तःशुल्क स्टिकर छपाई खरिद प्रक्रियामा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुख्यसचिव अर्यालसहितका अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । स्टिकर प्रकरणमा मुख्यसचिव अर्यालसहित सहसचिवद्वय रितेश शाक्य र  टंक पाण्डे, उपसचिव गणेशविक्रम शाही र शाखा अधिकृत रविन्द्र पौडेललाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । यस अघि नै भ्रष्टाचार मुद्दा दोषी ठहर र केही मुद्दामा विचाराधीन रहेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, सुरक्षण मुद्रणकै तत्कालीन लेखा अघिकृत…
Read More
नयाँ राजनीतिक दल आन्तरिक लोकतन्त्रको अभ्यास नै नगर्ने गरी आएको सांसद प्रदीप पौडेलको टिप्पणी

नयाँ राजनीतिक दल आन्तरिक लोकतन्त्रको अभ्यास नै नगर्ने गरी आएको सांसद प्रदीप पौडेलको टिप्पणी

८ असार, काठमाडौं - नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नयाँ राजनीतिक दलले आन्तरिक लोकतन्त्रको अभ्यास गर्न नसक्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आन्तरिक व्यवस्थाको सन्दर्भमा अरूसँग तुलना गर्दा कांग्रेस बढी लोकतान्त्रिक रहेको उनले जिकिर गरे । उनले नयाँ राजनीतिक दल आन्तरिक लोकतन्त्रको अभ्यास नै नगर्ने गरी आएको टिप्पणी गरे । नयाँ राजनीतिक दलमा पार्टीको नेतृत्वले गल्ती गरे पनि केही बोल्न नसक्ने अवस्था रहेको उनको भनाइ थियो । "नयाँ आएको राजनीतिक पार्टीमा त्यो पार्टीको नेतृत्वले गल्ती गरे तैँले गल्ती गरिस् भनेर भन्ने आँट कसैको पनि हुँदो रहेन छ,” उनले भने । सम्पूर्ण रूपमा लोकतन्त्रलाई कुण्ठित गरिएको नेतृत्वको पन्जाभित्र…
Read More
नेपालको १३४ मुलुकसँग व्यापार घाटा, सबैभन्दा बढी भारत र चीनसँग

नेपालको १३४ मुलुकसँग व्यापार घाटा, सबैभन्दा बढी भारत र चीनसँग

७ असार, काठमाडौं - भन्सार विभागका अनुसार नेपालको १३४ मुलुकसँग व्यापार घाटा रहेको छ । सबैभन्दा बढी व्यापार घाटा भारत र चीनसँग रहेको विभागले जनाएको छ । विभागका अनुसार भारतसँग ८ अर्ब १३ करोड ७८ लाख रुपैयाँले व्यापार घाटा छ । भारतबाट ९ खर्ब ८ अर्ब २९ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा ९४ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु नेपालले निर्यात गरेको विभागले जनाएको छ । विभागका अनुसार चीनसँग २ खर्ब ७० अर्ब ४० करोड रुपैयाँले व्यापार घाटा छ । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म चीनबाट २ खर्ब ७२ अर्ब ८१ करोड रुपैयाँ वस्तु आयात हुँदा नेपालबाट…
Read More
दुग्ध किसानहरूलाई भुक्तानी दिन विश्वप्रकाश शर्माको माग

दुग्ध किसानहरूलाई भुक्तानी दिन विश्वप्रकाश शर्माको माग

६ असार, काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले दुग्ध किसानहरूलाई भुक्तानी दिन माग गरेका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै ‘गएको फागुन १९ गते यो देशमा दुइटा सम्झौता हुँदै थियो। एउटा सम्झौता नयाँ गठबन्धनका लागि अर्को दूग्ध किसानको माग पूरा गर्न,’ उनले भने, ‘पहिलो सम्झौताचाहिँ पूरा भयो, दोस्रो सम्झौता पूरा नभएकोले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’ ६ लाखभन्दा बढी किसानले दूधको भुक्तानी नपाएको उनले बताए । किसानहरू भुक्तानी माग गर्दै काठमाडौंमा प्रदर्शन गरिरहेको उनले उल्लेख गरे । ‘६ लाखभन्दा बढी किसानले ७ महिनादेखि पाँच अर्ब रुपैयाँ भुक्तानी पाएका छैनन्,’ उनले भने, ‘दूग्ध किसानका मागलाई गम्भीरतापूर्वक…
Read More
खेलकुदमन्त्रीलाई देवेन्द्र पौडेलको सुझाव: राजीनामापत्र लेखेर निरुत्साहित हुनेभन्दा मन्त्रालयमा बजेट वृद्धि गर्न लाग्नूस्

खेलकुदमन्त्रीलाई देवेन्द्र पौडेलको सुझाव: राजीनामापत्र लेखेर निरुत्साहित हुनेभन्दा मन्त्रालयमा बजेट वृद्धि गर्न लाग्नूस्

५ असार, काठमाडौं - नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले राजीनामापत्र लेखेर निरुत्साहित हुनेभन्दा पनि मन्त्रालयमा बजेट वृद्धि गर्न लाग्न युवा तथा खेलकुदमन्त्रीलाई सुझाव दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजित बजेटको युवा तथा खेलकुद मन्त्रालयगत छलफलमा भाग लिँदै सचिव पौडेलले युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलाई यस्तो सुझाव दिएका हुन् । उनले युवा तथा खेलकुद मन्त्रालयमा कुल बजेटको ३ अर्ब ५० करोड बजेट प्रतिशतको हिसावले युवा तथा खेलकुद मन्त्रालयलाई थोरै भएको बताए । उनले थोरै बजेटलाई वृद्धि गर्न लाग्नुपर्ने मन्त्रीले राजीनामा लेखेर निरुत्साहित हुन नहुने बताए । पौडेलले खेलकुदमन्त्री आफैँ युवा भएकाले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि बजेट थप…
Read More
राजेन्द्र लिङ्देनले भौतिक मन्त्रालयको आगामी आर्थिक वर्षको विनियोजन पुस्तिका प्रतिनिधिसभाको रोष्ट्रममै च्याते

राजेन्द्र लिङ्देनले भौतिक मन्त्रालयको आगामी आर्थिक वर्षको विनियोजन पुस्तिका प्रतिनिधिसभाको रोष्ट्रममै च्याते

४ असार, काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आगामी आर्थिक वर्षको विनियोजन पुस्तिका प्रतिनिधिसभाको रोष्ट्रममै च्यातेका छन् । मंगलबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले मन्त्रालयगत बजेट विनियोजनमा अन्याय गरेको भन्दै पुस्तिका च्यातेका हुन् । ‘सामान्यतया म आफूलाई हेर्दा कम आक्रोश पोख्ने, कम रिसाउन मान्छे हो । रिस उठ्छ कहिलेकाहीँ तर एकछिनपछि सेलाउने र मन बुझाउने ठान्छु । तर, जब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यो पुस्तिका हातमा पर्‍यो त्यो दिनदेखि म यसरी तात्तिएको छु कि यो यसरी च्यातेर (विनियोजन पुस्तिका च्यात्दै) हुर्‍याउने मन छ तर, यो संसदीय मर्यादाविपरीत हुन्छ भनेर…
Read More