२६ असार, काठमाडौं - एमाले र कांग्रेसबीच हुने आगामी सरकार संविधानको कुन व्यवस्थाअनुसार आह्वान गर्ने भन्ने विषय राष्ट्रपति रामचन्द्र पौडेलको विवेकमा भर पर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । माओवादी केन्द्रको संसदीय दलको बुधबार बसेको बैठकमा प्रधानमन्त्री दाहालले आफूले संसद्मा विश्वासको मत लिने र त्यसपछि संविधानको कुन व्यवस्थाअनुसार सरकार गठन हुने भन्नेमा विवाद रहेको बताए । 'संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार बन्ने कि संविधानको धारा ७६ को उपधारा २ अनुसार बन्ने भन्नेमा बहस छ, मत विभाजित छन्,' दाहालले भनेका थिए, 'अन्ततः राष्ट्रपतिको विवेकमा भर पर्छ ।' संविधानको धारा ७६ को उपधारा २ मा संसद्मा रहेका दुई वा दुईभन्दा बढी…
२५ असार, काठमाडौं - नक्कली लाइसेन्स वितरण गरेको आरोपमा यातायात व्यवस्था विभागका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर भएको छ। फर्जी विवरण राखेर ३ सयभन्दा बढी नक्कली लाइसेन्स वितरण गरेको आरोप उनीहरूलाई लागेको छ। नक्कली लाइसेन्स बाँडिएको समाचार बाहिरिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले अनुसन्धान गरेको थियो। सिआईबीले ६ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो। यस प्रकरणमा १५ जना संलग्न भएको अध्ययन प्रतिवेदन सिआईबीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाएको थियो। नक्कली लाइसेन्स प्रकरणका ९ जना फरार छन्। जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार काठमाडौं जिल्ला अदालतमा लिखतसम्बन्धी कसुरमा मुद्दा दायर गरेको छ। अभियोगपत्रमा यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय…
२४ असार, काठमाडौं - नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न पाँचबुँदे सुझाव प्रस्तुत गरेको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको सोमबारको बैठकमा गभर्नर महाप्रसाद अधिकारीले पाँच बुँदाका आधारमा अघि बढे सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सकिने सुझाव दिएका हुन् । गभर्नर अधिकारीले तीन चरणमा बचत फिर्ता गर्न सकिने योजना प्रस्तुत गरेका थिए । उनले पहिलो चरणमा एक लाखसम्म, दोस्रो चरणमा पाँच लाखसम्म र तेस्रो चरणमा पाँच लाखभन्दा बढी बचत हुने बचतकर्ताका रकम फिर्ता गर्न सकिने सुझाव दिएका थिए । समस्या समाधान गर्न ‘डेडिकेटेड’ समूह बनाउने, समस्याग्रस्त बैंकका समस्या समाधान गर्दा…
२३ असार, काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रलाई गति दिन नेपाली कांग्रेससँग नयाँ गठबन्धनको सरकार बनाउन लागिएको बताएका छन् । बानेश्वरस्थित संसद भवनमा आज एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले रोकिएका विकास निर्माणलाई अगाडि बढाउन र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न कांग्रेससँग मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउन लागिएको बताए । उनले मुलुकको सङ्कट समाधानका लागि कांग्रेससँग मिलेर सरकार बनाउन लागिएको उल्लेख गर्दै एमालेले कांग्रेससँगै मिलेर २०४६ सालको आन्दोलन र २०६२/०६३ सालको जनआन्दोलन गरेको स्मरण गरे । त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले अल्पमतमा परिसकेको वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि…
२२ असार, काठमाडौं - मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । शनिबार बसेको मधेस प्रदेशसभाबाट उनले विश्वासको मत पाएका हुन् । प्रदेशसभा बैठकमा उपस्थित १०१ मध्ये मुख्यमन्त्री सिंहलाई ६७ सांसदले विश्वासको मत दिए । विपक्षमा ३४ मत परेको थियो । मुख्यमन्त्री सिंहलाई जनमत, नेकपा एमाले, काग्रेस, लोसपा, नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिएका हुन् । जसपा, माओवादी, नेकपा एस, नेपाल संघिय समाजवादी पार्टीका सांसदहरुले विपक्षमा मतदान गरेका हुन् । नयाँ गठबन्धन बनाएका कांग्रेस र एमालेले विश्वासको मत दिने भएपछि शनिबार बिहान मात्रै मुख्यमन्त्री सिंहले नेकपा माओवादी केन्द्रसहित चार दलका ६ जना मन्त्रीहरुलाई बर्खास्त गरेका थिए…
२० असार, काठमाडौं - नेकपा (एमाले)ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/ नगराउन ध्यानाकर्षण गरेको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बिहीबार विज्ञप्ति जारी गरी प्रधानमन्त्री प्रचण्डलाई दीर्घकालीन असर हुने काम नगर्न आग्रह गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, 'संसद्का दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी भएको र वर्तमान सत्ता समीकरणको प्रमुख दल नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजिनामा समेत दिइसक्नुभएको अवस्थामा सरकार स्पष्टतः अल्पमतमा परेको अवस्था छ ।…
१७ असार, सर्लाही - आफूलाई तपश्वी दाबी गर्ने रामबहादुर बमजनले बाल यौन दुरूपयोग गरेको भन्दै अदालतले १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ । जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीकाे इजलासले साेमबार अभियुक्त बम्जन विरुद्ध त्यस्ताे फैसला गरेको हो । यस अघि गत असार १० गते भण्डारीकै इजलासले तपस्वी बम्जनलाई कसुरदार ठहर गरेकाे थियाे । आजकाे इजलासले पूर्ण फैसला गरेकाे हाे । अभियुक्त बम्जन विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मलंगवाले भने १२ देखि १४ वर्ष सम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागदाबीसहित अभियोग पत्र दायर गरेको थियाे । सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले…
१६ असार, काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा नरहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यथास्थितिमा देश अघि बढ्छ भनेर कसैले पनि जिद्दी गर्न नहुने बताए । अहिलेको आवश्यकता उद्यमशिलता र व्यवसायिकता भएको उल्लेख गर्दै ओलीले कृषिको आधुनिकीकरण गर्ने र कृषिको आधुनिकीकरणले रोजगारीका अवसर सिर्जना गर्नुपर्ने बताए । गरिबीबाट माथि उठ्न मसिनो चामल नभई आफ्नै देशमा फलेको मोटो चामलको भएपनि उत्पादन बढाउनुपर्ने उनले बताए । ‘यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा छैन । कसैले जिद्दी गर्नु हुँदैन । अहिलेको आवश्यकता उद्यमशिलता र व्यवसायिकता हो । उद्यमशिलता र…
१५ असार, काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा शनिबार दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म देउवा र ओलीबीच भेटवार्ता भएको हो । भेटमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी देउवा पत्नी आरजु राणा पनि सहभागी थिइन्। देउवा र ओलीबीच समसामयिक राजनीतिक घटनाक्रम लगायतका विभिन्न विषयमा छलफल भएको स्रोतले जनाएको छ। राजनीतिक स्थिरताका लागि कांग्रेस-एमाले नेतृत्वको सरकार बन्नुपर्ने बहस भइरहेका बेला देउवा र ओलीको भेटलाई अर्थपूर्णरूपमा हेर्न सकिन्छ ।
१४ असार, चितवन - नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हतारमा तत्काल वामपन्थी एकता र पार्टी एकता गर्ने पक्षमा नरहेको बताएका छन् । शुक्रबार चितवन पुगेका अध्यक्ष प्रचण्डले हतारमा पार्टी एकता गरेर बिगतमा जस्तो दुर्घटना नहोस् भन्ने सोचेर मात्र अघि बढ्ने बताए । 'पार्टी एकता वा वाम एकताभन्दा पनि राजनैतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिँदै जाने र राम्रो सहकार्य गरी अघि बढेर जनताले देख्ने गरी काम गछौँ', प्रधानमन्त्री दाहालले भने । पहिलाको जसरी दुर्घटना हुने गरी वाम एकता नहुने उल्लेख गर्दै उनले सतर्कताका साथ आफूहरु अगाडि बढेको बताए । प्रधानमन्त्री दाहालले अहिलेको परिस्थितिअनुसार सरकारले मेहनत…