Skip to main content

Epost Nepal

Breaking News 2

निर्वाचन आयोगको रिक्त आयुक्त पदमा कृष्णमान प्रधान सिफारिस

निर्वाचन आयोगको रिक्त आयुक्त पदमा कृष्णमान प्रधान सिफारिस

२ असार, काठमाडौं - निर्वाचन आयोगको रिक्त आयुक्त पदमा कृष्णमान प्रधान सिफारिस भएका छन् । संवैधानिक परिषद्को आइतबार बसेको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको हो । निर्वाचन आयुक्त सिफारिस भएका प्रधान नेपाल कानुन समाजका कार्यकारी निर्देशक हुन् । संवैधानिक परिषद्ले सिफारिस गरेका प्रधानको संसदीय सुनुवाइ हुनेछ । त्यसपछि मात्रै उनको नियुक्ति हुनेछ । नियुक्तिपछि प्रमुख निर्वाचन आयुक्तबाट आयुक्तले पद तथा गोपनियताको शपथ लिने व्यवस्था छ ।
Read More
प्रधानमन्त्री दाहाललाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा छैन: कांग्रेस महामन्त्री गगनकुमार थापा

प्रधानमन्त्री दाहाललाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा छैन: कांग्रेस महामन्त्री गगनकुमार थापा

१ असार, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा नभएको टिप्पणी गरेका छन् । शनिवार कांग्रेस नागार्जुन नगर कार्यसमितिले गरेको प्रशिक्षण कार्यक्रममा महामन्त्री थापाले प्रधानमन्त्री दाहाललाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा नभएको बताएका हुन् । थापाले देशको राष्ट्रिय अर्थतन्त्रको अवस्था बेहाल भएको बेला समेत प्रधानमन्त्री दाहालले प्रधानमन्त्री नै बन्नेबाहेक अन्य काममा कुनै सक्रियता नदेखाएको आरोप लगाए । उनले भने, ‘देशको अर्थतन्त्रको हिसाव किताव बिग्रँदै गर्दा त्यसले राजनीतिलाई भारी बोकाउँछ र आगामी दिनमा यो थप बढ्दै जानेवाला छ । हामी प्रतिपक्षमा छौँ । माओवादीको प्रमुख जो प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई प्रधानमन्त्री भएर के गर्ने भन्ने कुराको…
Read More
कांग्रेसमाथि चौतर्फी आक्रमण भइरहेकाले एकताबद्ध भएर अघि बढ्न डा शेखर कोइरालाको आग्रह

कांग्रेसमाथि चौतर्फी आक्रमण भइरहेकाले एकताबद्ध भएर अघि बढ्न डा शेखर कोइरालाको आग्रह

३२ जेठ, जनकपुर - नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई कमजोर पारेर मात्रै लोकतन्त्र समाप्त गर्न सकिन्छ भन्ने सोचबाट केही अतिवादी शक्तिहरु सक्रिय भएको बताएका छन् । शुक्रबार नेपाली कांग्रेस धनुषाले जनकपुरमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता कोइरालाले कांग्रेसमाथि चौतर्फी आक्रमण भइरहेकाले एकताबद्ध भएर अघि बढ्न पार्टीपंक्तिलाई आग्रह गरे । 'कांग्रेस जटिल मोडमा पुगेको छ । राष्ट्रियता र लोकतन्त्र बचाउन कांग्रेस मात्रै सक्षम छ भनेर सबैले बुझेका छन्,' उनले भने, 'लोकतन्त्र बचाउनका लागि भएपनि अब फेरि एकपटक बलियो कांग्रेस निर्माण गर्नुपर्ने बेला भएको छ ।' नेता कोइरालाले यतिबेला कांग्रेसको घर कमजोर भएको भन्दै घर छाडेका दाजुभाइहरुलाई घर फर्किएर सेवा…
Read More
ठूला पूर्वाधारको निर्माण सम्पन्न हुँदा आशाको सञ्चार प्रवाह गरेको प्रधानमन्त्रीको भनाई

ठूला पूर्वाधारको निर्माण सम्पन्न हुँदा आशाको सञ्चार प्रवाह गरेको प्रधानमन्त्रीको भनाई

३२ जेठ, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने नकारात्मक भाष्यले स्थान पाउन थालेको परिस्थितिमा ठूला पूर्वाधारको निर्माण सम्पन्न हुँदा आशाको सञ्चार प्रवाह गरेको बताएका छन् । हेटौंडा सबस्टेसन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ठुल्ठूला पूर्वाधार निर्माण सम्पन्न हुनुले देशमा मौलाएको गलत भाष्य र चर्चालाई तथ्य र तथ्याङ्कसहित निस्तेज तुल्याएको दाबी गरे । ‘तीन ठूला सबस्टेसन नेपालका नदी तथा खोलानालाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न, पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्न र नेपाल र भारतबीचको द्विदेशीय विद्युत् व्यापारका लागि मात्र नभएर उपक्षेत्रीय तथा क्षेत्रीय विद्युत् व्यापारका लागि सबस्टेसनहरू मेरुदण्ड (ब्याकबोन) का रूपमा रहनेछन्,’…
Read More
राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग

राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग

३२ जेठ, काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकको सुरुमै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथमा सहभागी भएका प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच दिनबितिसक्दा पनि कुनै जानकारी  नदिएको भन्दै प्रश्न गरे । उनले यही बीचमा राष्ट्रपति समेत विदेश भ्रमणमा रहेक कुरा आफूहरुले पत्रिका पढेर मात्र थाहा पाएको उल्लेख गर्दै यसले संसदीय अभ्यासको उल्लंघन र अपमान भएको बताए । आगामी  बैठकमा  दुवै भ्रमणमबारे जानकारी गराउनका लागि  प्रमुख सचेतक लेखकले सभामुखबाट रूलिङको माग गरे । 'प्रधानमन्त्री भारत भ्रमणबाट फर्केर आएको पनि पाँच दिन भइसकेको छ । नेपाली कांग्रेस…
Read More
जनता समाजवादी पार्टी नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

जनता समाजवादी पार्टी नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

३० जेठ, जनकपुर - जनता समाजवादी पार्टी नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । लामो समयदेखि जसपाको नेतृत्व गर्दै आएका यादव पुनः  निर्विरोध अध्यक्ष बनेका हुन् । जनकपुरधाममा सोमबारदेखि जारी पार्टीको तीन दिने प्रथम एकता महाधिवेशनअन्तर्गत आज अन्तिम दिन भएको उम्मेदवारी दर्तामा अध्यक्षमा यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । १८ वर्ष अगाडि यादवकै नेतृत्वमा मधेसी जनअधिकार फोरम नेपाल गठन भएर पटक-पटक पार्टीको नाम परिवर्तन भए पनि अध्यक्षमा यादवले नै नेतृत्व गरिरहेका छन्।
Read More
बागमती नगरपालिकाका मेयर  र उपमेयरहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बागमती नगरपालिकाका मेयर र उपमेयरहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२९ जेठ, काठमाडौं - सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको अभियोगमा सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतबहादुर थापा र उपमेयर लीलाकुमारी मोक्तानसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर थापा र उपमेयर मोक्तानसहित नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल, योजना प्रमुख इन्जिनियर सागर पौडेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध ३० करोड २९ लाख ३४ हजार ८ सय ९७ रुपैयाँ बिगो कायम गरी मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले आरोपित सबैलाई कायम भएको बिगो छुट्टाछुट्टै असुल गर्नुपर्ने मागदाबी लिएको छ । उनीहरुविरुद्ध भरत ताल निर्माणको आवरणमा सार्वजनिक…
Read More
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पाए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पाए विश्वासको मत

२८ जेठ, काठमाडौं - गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वास मत प्राप्त गरेका छन् । सोमबार अपराह्न बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाण्डेले संविधानको धारा १६८ को उपधारा ४ र प्रदेश सभा नियमावली २०८० को नियम १५० बमोजिम विश्वास मत प्रस्ताव राखेका थिए । विश्वासको मतको पक्षमा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा सहित कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र सांसद राजीव गुरूङ (दीपक मनाङे) गरी ३१ सांसदले मतदान गरेका छन् । ६० सदस्यीय संसदमा बहुमत सांसदले मतदान गरेपछि मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएका छन् । एमालेका २२ र माओवादीका ६ सांसदले विपक्षमा मतदान गरेका छन् । माओवादीले विश्वासको मतको विपक्षमा…
Read More
प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

२८ जेठ, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच नेपाल-भारतबीच विगतमा भएका सहमति र सम्झौता कार्यान्वयनमा तीव्रता दिनेबारे छलफल भएको छ । मोदीको शपथमा भाग लिन गएका प्रधानमन्त्री दाहालले  भारतीय प्रधानमन्त्री मोदीसँग आइतबार एकल भेटवार्ता गरेका हुन् । भेटका क्रममा प्रधानमन्त्री दाहालले छिमेकी देशहरूको भ्रमणको श्रंखला नेपालबाट सुरु गर्न भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो दिएका छन् । प्रधानमन्त्री दाहालले नेपाल भारतका सबै द्विपक्षीय संयन्त्रहरूलाई सक्रिय गराउनेबारे मोदीसँग कुरा गरेका थिए ।
Read More
जसपा विभाजनविरुद्ध दायर गरेको रिट पूर्ण इजलासमा पठाउने सर्वोच्चको आदेश

जसपा विभाजनविरुद्ध दायर गरेको रिट पूर्ण इजलासमा पठाउने सर्वोच्चको आदेश

२७ जेठ, काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध दायर गरेको रिट सर्वोच्चको पूर्ण इजलासमा पठाउने आदेश भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासले आइतबार बहस सुनेपछि दल विभाजनविरुद्ध दायर भएको मुद्दामा गम्भीर संवैधानिक व्याख्याको आवश्यकता देखिएको भन्दै पूर्ण इजलासमा पठाउने आदेश गरेको हो । जसपा नेपाल छाडेका अशोक राईसहितका नेताहरूले निर्वाचन आयोगमा अर्को दल दर्ता गर्न निवेदन दिएपछि आयोगले ऐन अभावमा नियमावलीमा टेकेर दल दर्ता गरिदिएको थियो । अध्यादेश जारी भएका बेलाको नियमावलीमा टेकेर मूल ऐन नै नभएका बेला दल दर्ता गरिदिएपछि यादवले दर्ता प्रक्रिया गैरकानुनी भएको जिकिर गर्दै सर्वोच्चमा…
Read More