Skip to main content

Epost Nepal

दुग्ध किसानहरूलाई भुक्तानी दिन विश्वप्रकाश शर्माको माग

६ असार, काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले दुग्ध किसानहरूलाई भुक्तानी दिन माग गरेका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै ‘गएको फागुन १९ गते यो देशमा दुइटा सम्झौता हुँदै थियो। एउटा सम्झौता नयाँ गठबन्धनका लागि अर्को दूग्ध किसानको माग पूरा गर्न,’ उनले भने, ‘पहिलो सम्झौताचाहिँ पूरा भयो, दोस्रो सम्झौता पूरा नभएकोले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’

६ लाखभन्दा बढी किसानले दूधको भुक्तानी नपाएको उनले बताए । किसानहरू भुक्तानी माग गर्दै काठमाडौंमा प्रदर्शन गरिरहेको उनले उल्लेख गरे ।

‘६ लाखभन्दा बढी किसानले ७ महिनादेखि पाँच अर्ब रुपैयाँ भुक्तानी पाएका छैनन्,’ उनले भने, ‘दूग्ध किसानका मागलाई गम्भीरतापूर्वक लिएर प्रधानमन्त्रीले हल गर्नुपर्‍यो, न्याय गर्नुपर्‍यो। लाठी हान्ने काम बन्द गर्नुपर्‍यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *