१५ जेठ, काठमाडौं - अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गरेका छन् । आगामी आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । जसअनुसार चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब, वित्त व्यवस्थापनमा ३ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेटको लागि पाँच प्राथमिकता तय गरेको छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटको ५ प्राथमिकता तय गरिएको बताएका हुन् । …
१५ जेठ, काठमाडौं - सहकारीको रकम अपचलनबारे अध्ययन गर्न गठन हुने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लागेको छ । संसदीय छानबिन समितिको क्षेत्राधिकार तोक्न गठित कार्यदलले मंगलबार ४ बुँदे कार्यादेश तय गरेको हो । कार्यक्षेत्रको पहिलो बुँदामा 'सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने' उल्लेख छ । त्यस्तै दोस्रो बुँदामा 'समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढङ्गले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा अध्ययन गरी सिफारिस गर्ने' उल्लेख गरिएको छ ।…
१४ जेठ, काठमाडौं - सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्रीमा ४८ घन्टाभित्र कांग्रेस नेता सुरेन्द्रराज पाण्डेलाई नियुक्त गर्न परमादेश दिएको छ। सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले सोमबार उक्त परमादेश दिएको हो। आदेशमा संविधानको धारा १६८ उपधारा २ बमोजिम बनेको सरकारले सोही धाराको उपधारा ४ बमोजिम विश्वासको मत पाउन नसकेको भन्दै उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गर्न भनिएको छ। एमाले नेता खगराज अधिकारी संविधानको धारा १६८ उपधाार २ अनुसार दुई वा दुईभन्दा धेरै दल मिलेर मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई मुख्यमन्त्री नियुक्त गर्न एमालेका २२ जना, सभामुख कृष्णप्रसाद धितालसहित माओवादीका ८ जना र राजीव गुरूङ 'दीपक मनाङे' ले…
१४ जेठ, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले सदनको गतिरोध अन्त्यको प्रयासमा सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग आज गरेको छलफल निष्कर्षविहीन भएको छ । सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाइने संसदीय समितिको कार्यादेश (टीओआर) तय गर्न बालुवाटारमा बसेको बैठक बिनानिष्कर्ष सकिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले अलग अलग र संयुक्त छलफल गरेका थिए । तर सहमति नजुटेपछि आजै साँझ फेरि छलफल गर्ने भन्दै नेताहरु उठेका छन् । बैठकमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेताहरू रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, जीवन परियार सहभागी थिए । यस्तै, नेकपा (एमाले)का तर्फबाट कार्यदलका संयोजक…
७ जेठ, काठमाडौं - काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा बर्षा भइरहेको छ । आज कोशी, मधेश र बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावा हुरीसहित हल्का बर्षा भइरहेको छ । नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । सोमबार दिउँसो कोशी, बाग्मती, गण्डकी र कर्णालि प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली…
४ जेठ, काठमाडौं - सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नेसहित विभिन्न निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले शुक्रबार जानकारी गराएकी हुन् । उनका अनुसार सरकारले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा प्रा.डा. लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय भएको छ । श्रमजीवी पत्रकारहरूको न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा संगीता खड्कालाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ । उनी यसअघि पनि सोही पदमा थिइन् । बैठकले स्विजरल्यान्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई पठाउने प्रस्ताव पनि स्वीकृत गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका…
२८ बैशाख, काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीमा नागरिकहरूले बचत गरेको रकम ठगी भएकोले संसदीय छानबिन समिति गठन गर्नुपर्ने निर्णय गरेको छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शुक्रबार बिहान बसेको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठकले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएकोले संसदीय छानबिन समिति गठन गर्ने यसअघिकै निर्णय उचित ठहर गर्दै यसैलाई यथावत् राख्ने निर्णय गरेको हो । बैठकपछि प्रमुख सचेतक रमेश लेखकले सहकारीको बचत अपचलन, ठगी र हिनामिना अपराध गर्नेलाई सरकारले जोगाउन खोजेको आरोप लगाए। ‘सहकारीमा नागरिकहरूले गरेको बचत अपचलन, ठगी र हिनामिना अपराध गर्नेलाई जोगाउन सरकारले संवैधानिक निकाय दुरूपयोग गरेको छ,’ उनले भने,…
२४ बैशाख, बुटवल - बुटवलमा अनलाईन सट्टेबाजी खेलाउने कार्यमा संलग्न रहेको आशंकामा प्रहरीले १३ जना भारतीयलाई पक्राउ गरेको छ । बुटवल उपमहनगरपालिका–९ कालिकानगरको कालिकापथमा घर भाडामा लिएर अनलाइन गेम खेलाउने र सट्टेबाजी गराउनेलाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो । पक्राउ पर्ने भारतीयहरुका विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन । पक्राउपर्ने मध्ये अधिकांश युवा छन् । उनीहरुले फ्ल्याट भाडामा लिएर अबाञ्छित गतिविधि गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोलीले छापा मार्ने क्रममा १३ जना भारतीय युवाहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । पक्राउ परेका युवाबाट उनीहरुले प्रयोग गर्ने गरेको मोबाईल र सट्टेबाजीका…
२२ बैशाख, काठमाडौं - नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्र नै नरहे के का लागि राजनीति गर्ने भन्दै आफू र राजनीतिक दलभन्दा देश माथि छ भन्ने कुरालाई आत्मसात गर्ने समय आएको बताएका छन् । बाँकेको कोहलपुरमा आयोजित नेपाली कांग्रेस बाँके क्षेत्र नं- १ को सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले चौतर्फी रुपमा देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेकोले नेताहरुले देशको माटो र जनतालाई सम्झेर संवेदनशील र जिम्मेवार हुनुपर्ने बताए। निर्वाचन प्रणाली नै अहिलेको समस्याको मुल जड भएको बताउँदै कोइरालाले निर्वाचन प्रणाली परिवर्तन गरेर देशलाई निकास दिन संघीय संसदको पहिलो दल कांग्रेस र दोस्रो दल एमाले एक ठाउँमा उभिनुपर्ने समेत प्रष्ट पारे । २०६४ को…
१९ बैशाख, काठमाडौं - रोहित पौडेलको कप्तानीमा ट्वान्टी-२० विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले बुधबार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, अनिलकुमार साह, कुशल मल्ल, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी,प्रतिश जीसी, सन्दीप जोरा, अबिनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् । ट्वान्टी–२० विश्वकप आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजका विभिन्न सहरहरूमा आयोजना हुँदै छ । जुन २९ सम्म सञ्चानल हुने प्रतियोगिताको यस संस्करणमा नेपालसँगै कुल २० टिमको सहभागिता रहने छ ।