Skip to main content

Epost Nepal

Breaking News 1

समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटाले माओवादीको कारबाहीविरुद्ध दिए सर्वोच्चमा रिट

समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटाले माओवादीको कारबाहीविरुद्ध दिए सर्वोच्चमा रिट

६ असार, काठमाडौं - गण्डकी प्रदेशका मन्त्री तथा समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । ह्वीप उल्लंघन गरेको भन्दै माओवादी केन्द्रले गरेको कारबाहीविरुद्ध गण्डकी प्रदेशसभा सदस्य देवकोटाले सर्वोच्च अदालतमा रिट दिएका हुन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिँदा फ्लोर क्रस गरेको भन्दै माओवादीले कारबाही सिफारिस गरेपछि गण्डकी प्रदेशसभाका सभामुखले पत्र पढेर उनलाई पदमुक्त भएको घोषणा गरेका थिए । आफूमाथि भएको कारबाही गैरकानुनी भएको भन्दै उनले आफूलाई पदमुक्त गरेको प्रदेशसभाको जेठ ३२ को सूचना कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेका हुन् । उनले गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, प्रदेशसभा…
Read More
संघीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका कारण प्रतिनिधि सभाको बुधबारको बैठक प्रभावित

संघीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका कारण प्रतिनिधि सभाको बुधबारको बैठक प्रभावित

५ असार, काठमाडौं - संघीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका कारण प्रतिनिधि सभाको बुधबारको बैठक प्रभावित भएको छ । संघीय संसद्का कर्मचारीले अतिरिक्त समयमा काम गरेको सेवा सुविधा माग गर्दै गत जेठ २१ गतेदेखि आन्दोलनलाई जारी राखेकाले  बैठकको कामकारबाही अवरोध भएपछि स्थगित गरिएको हो । मन्त्रालयगत विनियोजनमाथि सांसदहरूले उठाएका प्रश्नको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले जवाफ दिएका थिए । त्यसपछि सांसदहरूले पूरक प्रश्न सोध्ने क्रम सुरु भएको थियो । पूरक प्रश्न सोधिरहेको बेला संसद्का कर्मचारीले आन्दोलन गरी सदनको प्रत्यक्ष प्रशारण गर्ने क्यामेरा सभामुख देवराज घिमिरेतिर मात्रै सोझ्याएका थिए । प्रश्न सोध्ने सांसदहरूलाई भने प्रत्यक्ष प्रशारणमा देखाइएको थिएन । लामो समय…
Read More
झापास्थित बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय

झापास्थित बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय

४ असार, काठमाडौं - झापास्थित बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगले निर्णय गरेको छ । आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मंगलबार बालुवाटारमा बसेको आयोगको १४औं बैठकले सर्वोच्च अदालतको आदेश अनुसार बीएण्डसीलाई चिकित्सा शिक्षा पढाउन सम्बन्धन दिने निर्णय गरेको हो । १२ चैत २०८० मा न्यायाधीशहरु कुमार चुडाल र सारंगा सुवेदीको इजलासले दुर्गा प्रसाईं सञ्चालक रहेको बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन आदेश दिएको थियो । गत १४ जेठमा सर्वोच्चले १५ दिनभित्र सम्बन्धन काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगका नाममा आदेश जारी गरेको थियो । उक्त परमादेशपछि काठमाडौं विश्वविद्यालय कार्यकारी समितिको २७ जेठको बैठकले चिकित्सा…
Read More
सरकारले विकासका काममा आवश्यक ध्यान दिन सकेन: एमाले अध्यक्ष केपी शर्मा ओली

सरकारले विकासका काममा आवश्यक ध्यान दिन सकेन: एमाले अध्यक्ष केपी शर्मा ओली

१ असार, काठमाडौं - प्रमुख सत्ता साझेदार एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विकासका काममा आवश्यक ध्यान दिन नसकेको बताएका छन् । शनिबार संसद् भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा बोल्दै उनले एमाले देशलाई गरिबीतिर जानबाट रोकेर विकास गर्न सरकारमा गएको तर विकास नै नभएपछि सन्तोष जनाउने ठाउँ नरहेको बताए । ‘बजेटको सन्दर्भमा भएको कति ठीक, कति बेठीक त्यो अलि छलफल गर्नुपर्ने हुन्छ । एक/दुई जनाको मुख हेरेर हामी सरकारमा छौं भनेर गरिबीतिर गए पनि के भयो र ? हामी सरकारमा छँदै छौं भनेर हुन्छ ?,' उनले भने, 'हामी सरकारमा किन भएको भन्दा देशलाई गरिबीतिर जानबाट रोकेर विकासतर्फ अगाडि…
Read More
आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित 

आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित 

१ असार, काठमाडौं - आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध  जित निकाल्नबाट नेपाल एक रनले चुकेको छ । शनिबार वेस्ट इन्डिजका सेन्ट भिन्सेन्टस्थित आर्नोस मैदानमा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ११६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रनमात्र बनाउन सक्यो । नेपाल पहिलो पटक टेस्ट राष्ट्रविरुद्ध जित नजिक पुगे पनि एक रनले निराश बनेपछि नतिजाबाट चुकेको हो । खेलको १७.२ ओभरमा ९९–३ को अवस्थाबाट १८.२ ओभरमा पुग्दा नेपालले ६ विकेट गुमाएपछि दबाब थपिएको थियो । १९औँ ओभरको चार बलसम्म एक विकेट गुमाए पनि नेपालले रन जोड्न सकेको थिएन । तर, पाँचौं बलमा सोमपाल कामीले…
Read More
कांग्रेसले गिरिबन्धु टि-स्टेटका बारेमा गलत प्रचार गर्‍यो: केपी शर्मा ओली

कांग्रेसले गिरिबन्धु टि-स्टेटका बारेमा गलत प्रचार गर्‍यो: केपी शर्मा ओली

३१ जेठ, काठमाडौं - प्रमुख सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टि-स्टेटका बारेमा गलत प्रचार गरेर कांग्रेसले स्यालहुइँया मच्चाइरहेको आरोप लगाएका छन् । कानुन, नियमबिना बलजफ्ती बिक्री गरेर गिरिबन्धु टि-स्टेटको जग्गा बेचेकाहरु अहिले खान नपाएको रिसले कराइरहेको उनको आरोप छ । बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमालेलाई देशका लागि काम गर्न नदिनका लागि कांग्रेसले एमालेमाथि आक्रमण गरिरहेको बताए । उनले पशुपतिमा एक सय ८ केजी सुन भनेर पित्तल चढाए, कम्बोडियामा ३ हजार करोढ टेलिकममा लगानी छ भन्नेहरु कता गए भन्दै प्रश्नसमेत गरे । ‘एउटा स्याल कराइसक्यो, अर्को स्याल निस्किएर कराउँछ । एउटा करायो, पशुपतिमा एक सय…
Read More
वित्तीय प्रणालीमा तरलता बढी भएपछि राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ झिक्दै

वित्तीय प्रणालीमा तरलता बढी भएपछि राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ झिक्दै

३१ जेठ, काठमाडौं - बैंक तथा वित्तीय प्रणालीमा तरलता बढी भएपछि बिहिवार फेरि राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको हो । केही दिनयता राष्ट्र बैंकले निरन्तर जसो बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा आज १४ दिनका लागि ३५ अर्ब रुपैयाँ झिक्न लागेको हो । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा…
Read More
राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्ड प्रस्थान

राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्ड प्रस्थान

२९ जेठ, काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्डको जेनेभा प्रस्थान गरेका छन् । राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनी भ्रमणका लागि मंगलबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् । उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस) को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार स्वीट्जरल्याण्डको भ्रमणपछि राष्ट्रपति पौडेल असार १ गते जेनेभाबाट  जर्मनीको बर्लिन प्रस्थान गर्नेछन् । राष्ट्रपति पौडेल संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टाईनमायेर निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् ।
Read More
सदन  चटकेले सडकमा  जस्तो बोल्न पाउने ठाउँ होइन : गगन थापा

सदन  चटकेले सडकमा  जस्तो बोल्न पाउने ठाउँ होइन : गगन थापा

२० जेठ, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशको सूचना बेच्ने मान्छेहरू सदनमै रहेको भन्दै दिएको अभिव्यक्तिबारे प्रधानमन्त्री पु्ष्पकमल दाहालको जवाफ मागेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै थापाले मन्त्री लामिछानेको उक्त अभिव्यक्ति कि त संसद्बाट हटाउन नभए त्यसको जिम्मेवारी लिई जवाफ दिन भनेका छन् । गृहमन्त्री बोलेको विषय सदनको गरिमासँग जोडिएको भन्दै कांग्रेस महामन्त्री थापाले सभामुख घिमिरेको पनि ध्यानाकर्षण गराए । विषयवस्तुलाई सदनबाट बराल्ने कार्य यसपटकदेखि भएको भन्दै थापाले गृहमन्त्रीले लगाएका आरोप पुष्टि गर्न वा गृहमन्त्रीले बोलेको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए । 'सूचना बेच्ने मान्छेहरू पनि सदनमा छन्…
Read More
देउवा निवासमा एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित मधेसी दलका शीर्ष नेताहरूबीच छलफल

देउवा निवासमा एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित मधेसी दलका शीर्ष नेताहरूबीच छलफल

१७ जेठ, काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित मधेसी दलका शीर्ष नेताहरूबीच पछिल्लो राजनीतिक अवस्था र सम्भावित समीकरणबारे छलफल भएको छ । बुधबारको बैठकमा अध्यक्ष नेपालसहित जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सहभागी थिए । देउवा निवासमा भएको बैठकमा सहभागी भएका एक नेताका अनुसार मधेश प्रदेशमा वैकल्पिक गठबन्धनको सरकार बनाउनेसहित समसामयिक राजनीतिक विषयहरुमा र अहिलेको पछिल्लो सम्पूर्ण राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको थियो । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि मधेशमा पनि मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा छन् । यादवले विश्वासको मत लिने तयारी गरिरहेका बेला…
Read More