Skip to main content

Epost Nepal

Breaking News 1

पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्यसचिव सहित सबैले पाए सफाइ

पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्यसचिव सहित सबैले पाए सफाइ

१८ बैशाख, काठमाडौं - पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीसम्बन्धी घोटाला प्रकरणमा पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्यसचिव मिलनकुमार थापा, तत्कालीन सदस्यसचिव प्रदीप ढकाल र स्टोरकिपर अरुणकुमार श्रेष्ठलाई विशेष अदालतले सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार सफाइ दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १४ मा तत्कालीन कोषाध्यक्ष समेत रहेका सदस्यसचिव थापासहित ३ जनाविरुद्ध जनही एक करोड १७ लाख १ हजार ७ सय ८१ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको थियो ।
Read More
इलाम क्षेत्र नम्बर २ मा नेम्वाङ विजयी

इलाम क्षेत्र नम्बर २ मा नेम्वाङ विजयी

१८ बैशाख, काठमाडौं - इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् । अन्तिम मतपरिणामअनुसार नेम्वाङले २७ हजार ७ सय ७२ मत पाएर भने निकटतम प्रतिद्वन्द्वी खड्काले २१ हजार ९ सय ४२ मत पाए । निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत पाए । उपनिर्वाचनबाट नेकपा एमालेले प्रतिनिधिसभा र सुदूरपश्चिम प्रदेशसभामा एक/एक सिट थप्न सफल भएको छ ।
Read More
अध्यादेशमार्फत कानुन संशोधन गर्न लागेकामा नेपाली कांग्रेसले जनायो विरोध

अध्यादेशमार्फत कानुन संशोधन गर्न लागेकामा नेपाली कांग्रेसले जनायो विरोध

१५ बैशाख, काठमाडौं - सरकारले लगानी सहज बनाउन भन्दै अध्यादेशमार्फत ९ वटा कानुन संशोधन गर्न लागेकामा नेपाली कांग्रेसले विरोध जनाएको छ । लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो । शनिबार कांग्रेस संसदीय दलले एक विज्ञप्ति जारी गरी संसदको गत अधिवेशनमा कानुन ल्याउन पर्याप्त समय हुँदाहुँदै सरकारले कानुन नबनाई अध्यादेशको बाटो रोजेको आरोप लगाएको छ । संघीय संसदको अधिवेशन चलिरहेको अवस्थामा बाहेक तत्काल केही गर्न आवश्यक परेमा अध्यादेश जारी गर्न सक्ने संविधानको व्यवस्थाको अपव्याख्या गरी संघीय संसदको गत अधिवेशन भन्दा पनि महिनौं अगाडिदेखि तयारी प्रारम्भ भएको लगानी सम्मेलनलाई सम्बोधन…
Read More
कांग्रेसले कसैसँग पनि चुनावी गठबन्धन गर्दैन: विश्वप्रकाश शर्मा

कांग्रेसले कसैसँग पनि चुनावी गठबन्धन गर्दैन: विश्वप्रकाश शर्मा

८ बैशाख, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले कसैसँग पनि चुनावी गठबन्धन नगर्ने दाबी गरेका छन् । शनिवार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले निर्वाचन अघिको गठबन्धन गलत हुने अनुभव गरेर नै कांग्रेस अहिले एक्लै निर्वाचनमा भाग लिइरहेको बताए । इलामले अब परिवर्तन खोजेको भन्दै महामन्त्री शर्माले एउटाले अर्कोलाई गाली नगरी स्वस्थ आलोचना गरेर चुनावी प्रतिष्पर्धामा सामेल हुनु उचित हुने बताए । ‘इलामले अब परिवर्तन खोजेको छ । विकासका बाँकी काम गर्न इलामले काँध फेर्न खोजेको छ । अब सुवास नेम्वाङज्युको युगबाट नयाँ युगमा जाँदै गर्दा एउटा बलियो काँध लिएर हिजो सुवास नेम्वाङसँग केवल ११४ मात्रै मतले उपविजेता भएको उम्मेदवार…
Read More
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा ३ जनाको नाम सिफारिस

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा ३ जनाको नाम सिफारिस

७ बैशाख, काठमाडौं - मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा ३ जनाको नाम सिफारिस गरिएको छ । उपकुलपति छनोट गर्न गठन गरिएको सिफारिस समितिले दरखास्त माग गरी कार्ययोजना, सोचपत्र र अन्तर्वार्ताको आधारमा छनोट गरी सिफारिस गरेको हो । नाम सिफारिस भएकाहरूमा प्रा डा धुव्रकुमार गौतम, नन्दबहादुर सिंह र देवबहादुर खड्का छन् । गौतम त्रिवि योजना निर्देशनालयका निर्देशक, सिंह मध्यपश्चिमका पूर्वउपकुलपति र खड्का पूर्वडिन हुन् । उपकुलपति छनोट गर्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति गठन गरिएको थियो । शिक्षा सचिव सुरेश अधिकारी र राष्ट्रिय योजना आयोगका सदस्य रमेशचन्द्र पौडेल समिति सदस्य थिए । सिफारिस गरे मध्ये १ जनालाई प्रधानमन्त्री तथा कुलपतिले उपकुलपति नियुक्त…
Read More
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन

५ बैशाख, काठमाडौं - नेपाल विद्यार्थी संघले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसबाहिर नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका कार्यकर्ताहरुले गृहमन्त्रीको पुत्ला दहन गरेका हुन् । नेपाली कांग्रेसले सहकारी ठगीमा लामिछानेको नाम मुछिएको भन्दै छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । हालै नेपाल प्रहरीले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धान गर्दा उक्त सहकारीबाट गोर्खा मिडिया प्रालिमा करिब १४ करोड रुपैयाँ लगेको खुलेको थियो । जसमध्ये २ करोड रुपैयाँ रवि लामिछानेको नाममा झिकिएको देखिएको थियो ।
Read More
कांग्रेसले पार्टीगत नभई लाखौं सहकारी पीडित जनताका कुरा राख्दा सरकारले संसद नै बन्द गर्यो: शेरबहादुर देउवा

कांग्रेसले पार्टीगत नभई लाखौं सहकारी पीडित जनताका कुरा राख्दा सरकारले संसद नै बन्द गर्यो: शेरबहादुर देउवा

२ बैशाख , काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लाखौं सहकारी पीडितको अर्बौं बचत हिनामिनाको विषय छानबिन गरी बाहिर ल्याउन माग गर्दा सरकारले संसद नै बन्द गरेको बताएका छन्। आइतबार बसेको पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले कांग्रेसले पार्टीगत नभई लाखौं सहकारी पीडित जनताका कुरा सदनमा राख्दै आएको बताए। सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न विगत एक महिनादेखि माग गर्दै आएको थियो। कांग्रेसले संसदीय समिति गठनको अडान राखेपछि प्रतिनिधि सभा बैठक अवरोधसमेत भएको थियो । सरकारले गत शुक्रबार संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि कांग्रेसले जनताका सवालबाट…
Read More
गुणसार तथा अर्थमा गुणात्मक परिवर्तन हुन सकेन : पूर्व राजा ज्ञानेन्द्र शाह

गुणसार तथा अर्थमा गुणात्मक परिवर्तन हुन सकेन : पूर्व राजा ज्ञानेन्द्र शाह

३० चैत्र, काठमाडौं - पूर्व राजा ज्ञानेन्द्र शाहले विधि, व्यवस्था, शब्द र रूप जति बदलिए पनि गुणसार तथा अर्थमा गुणात्मक परिवर्तन हुन नसकेको बताएका छन् । उनले शुक्रवार नयाँ वर्ष २०८१ को शुभकामना दिँदै भनेका छन्, ‘नेपालको हालसालको इतिहासमा विधि, व्यवस्था, शब्द र रूप जति बदलिए पनि गुणसार तथा अर्थमा कुनै गुणात्मक परिवर्तन हुन सकेको छैन। आज आम नेपालीको चिन्ता यही विषयमा छ।’ ‘जान्ने बुझ्ने बुढापाकाहरू अतीतलाई सम्झेर दिक्दारीमा देखिन्छन् त नयाँ युवा पुस्ता देशमा आफ्ना सुनौलो भविष्य नदेखेर भौँतारिएका छन्’, पूर्व राजा शाहले भनेका छन्, ‘देशको बौद्धिक समाज उदासीन हुँदै जानु र होनहार युवा जनशक्ति पलायन हुँदै जानु, राष्ट्रको…
Read More
निर्वाचनअघि नै मतदाता साट्ने गरी गरिने गठबन्धन गलत छ : गगन थापा

निर्वाचनअघि नै मतदाता साट्ने गरी गरिने गठबन्धन गलत छ : गगन थापा

२९ चैत्र, इलाम - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०७९ सालको निर्वाचनमा नेकपा (माओवादी) लगायत दलसँग चुनावी गठबन्धन गरेको गलत भएको बताएका छन् । इलाम क्षेत्र-२ को आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनका लागि चुनावी प्रचारको क्रममा थापाले निर्वाचनअघि नै मतदाता साट्ने गरी गरिने गठबन्धनमा मतदाता निरीह बन्नुपरेको बताए । उनले एमाले–माओवादी गठबन्धनलाई लक्षित गर्दै भने, ‘एउटा पार्टीकाले अर्को पार्टीलाई मत हाल्नुपर्ने परिपाटी गलत छ।’ थापाले देशका ठूला विभिन्न काण्डमा मुछिएका सबै पार्टीका नेतालाई कानुनी दायरामा ल्याउनुपर्ने बताए। ‘संसद्मा अगाडि बढेको विषय कुनै आग्रह–पूर्वाग्रहले होइन,’ उनले भने, ‘ठूला काण्डमा मुछिएका जोसुकैले सजाय पाउनुपर्छ।’
Read More
मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स करिब एक किलोमिटरमाथि सार्न प्रस्ताव

मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स करिब एक किलोमिटरमाथि सार्न प्रस्ताव

२८ चैत्र, काठमाडौं - मेलम्ची खानेपानी आयोजनाको अहिले रहेको हेडवर्क्स करिब एक किलोमिटरमाथि सार्कस्थलीमा सार्ने गरी नयाँ स्थान प्रस्तावित गरिएको छ। सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजना सुधारको काम अगाडि बढाउँदा लागत बढी लाग्ने र विपत्को जोखिम बढी भएको भन्दै नयाँ स्थानमा हेडवर्क्स बनाउने तयारी गरिएको हो। खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनालाई दिगो बनाउँदै बाह्रै महिना उपत्यकावासीको धारामा खानेपानी उपलब्ध गराउन आयोजना सुधारको कार्य अगाडि बढाउन लागेको हो। आयोजनालाई दिगो बनाउनका लागि नयाँ स्थानमा आयोजनाको हेडवर्क्स सार्नुको विकल्प नभएको विकास समितिको ठहर छ। हेडवर्क्स बनाउने भनिएको नयाँ स्थान तुलनात्मकरूपमा सुरक्षित रहेको अध्ययन समिति तथा मेलम्ची खानेपानी विकास समितिको दाबी…
Read More