Skip to main content

Epost Nepal

Breaking News 1

अस्थिरता, अराजकता र भ्रष्टाचारविरूद्ध सचेत, संगठित र सक्रिय हुन कार्यकर्ताहरूलाई प्रधानमन्त्री एवंं एमालेका अध्यक्ष केपी शर्मा ओलीको आग्रह

अस्थिरता, अराजकता र भ्रष्टाचारविरूद्ध सचेत, संगठित र सक्रिय हुन कार्यकर्ताहरूलाई प्रधानमन्त्री एवंं एमालेका अध्यक्ष केपी शर्मा ओलीको आग्रह

२४ मङ्सिर, झापा - प्रधानमन्त्री एवंं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र भ्रष्टाचारविरूद्ध सचेत, संगठित र सक्रिय हुन कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । एमालेको झापा जिल्ला कमिटीले आज बिर्तामोडमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले झापा विद्रोहको गौरवशाली इतिहास बोकेको कम्युनिस्ट आन्दोलनमा लागेका कार्यकर्ताहरू शान्तिपूर्ण आन्दोलनका क्रममा पनि क्रान्तिकारीपनलाई छाड्न नहुनेमा जोड दिएका हुन् । पार्टीभित्र एकता र अनुशासन कायम गर्दै व्यक्तिगत रूपमा उच्च नैतिकता कायम गनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले भने, “हामी देशका लागि केही गर्छौँ, परिवर्तन गर्छौँ, गरिबी र पछ्यौटपन हटाएरै छाड्छौँ । परिवर्तन ल्याउन साना प्रयासले हुँदैन । ठूला प्रयास गर्नुपर्छ ।…
Read More
देश चलाउन सहकारी ठगेको जस्तो हुँदैन: प्रधानमन्त्री केपी शर्मा ओली

देश चलाउन सहकारी ठगेको जस्तो हुँदैन: प्रधानमन्त्री केपी शर्मा ओली

२३ मङ्सिर, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन सहकारी ठगेको जस्तो नहुने बताएका छन् । आइतबार झापाको दमकमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई लक्ष्य गर्दै देश चलाउन सहकारी ठगेको जस्तो नहुने टिप्पणी गरेका हुन् । 'देश चलाउन सिद्धान्त चाहिन्छ, नीति चाहिन्छ, संकल्प चाहिन्छ, अठोट चाहिन्छ, सहकारी ठगे जस्तो हुँदैन देश चलाउन भनेको,' उनले भने, 'अरूलाई बुरूक बुरूक्क उफ्रिएर मुख छोडे जस्तो हुँदैन, देश चलाउनलाई ।’ प्रधानमन्त्री ओलीले नयाँ राजनीतिक शक्तिहरूलाई बाँसको झ्याङमा उम्रिएको नर्कटको संकेत समेत गरे । केहीबेर चम्किने र छिटै सेलाउने भन्दै प्रधानमन्त्री ओलीले कोही पनि नयाँ शक्तिबाट देश बन्ने भ्रममा…
Read More
वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको ठहर, तत्कालीन अध्यक्ष, महाप्रबन्धकसहित ४ नेपाली र ७ विदेशीलाई  कैद सजाय

वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको ठहर, तत्कालीन अध्यक्ष, महाप्रबन्धकसहित ४ नेपाली र ७ विदेशीलाई  कैद सजाय

२१ मङ्सिर, काठमाडौं - विशेष अदालतले वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको ठहर गरेको छ । बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीश तेजनारायण सिंह राई र न्यायाधीश रितेन्द्र थापाको इजलासले तत्कालीन अध्यक्ष, महाप्रबन्धकसहित ४ नेपाली र ७ विदेशीलाई  कैद सजाय तोकेको छ । नेपाल वायुसेवा निगमका लागि ८ वर्षअघि दुईवटा वाइडबडी जहाज खरिद गर्दा १ अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ भ्रष्टाचार भएको विशेष अदालतले ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी खरिद प्रकरणमा १ अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित गत चैत २२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । भ्रष्टाचार रकममा अख्तियारको दाबीलाई…
Read More
चीनले नेपाललाई करिब नौ अर्ब रुपैयाँ अनुदान दिने घोषणा

चीनले नेपाललाई करिब नौ अर्ब रुपैयाँ अनुदान दिने घोषणा

१८ मङ्सिर, काठमाडौं  - चीनले नेपाललाई करिब नौ अर्ब रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङ बीचको भेटवार्ताका क्रममा सीले मंगलबार नेपाललाई ५०० मिलियन आरएमबी (करिब नौ अर्ब) रुपैयाँ दिने घोषणा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणमा मंगलबार हिमालयन एयरलाइन्सको चार्टर्ड विमानबाट बेइजिङ गएका थिए । चारदिने भ्रमणको सिलसिलामा प्रधानमन्त्री ओली चीनमा छन् ।
Read More
सामाजिक सञ्जालको गलत प्रयोग गरी द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति दिनेलाई कानुनी कारबाही हुने

सामाजिक सञ्जालको गलत प्रयोग गरी द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति दिनेलाई कानुनी कारबाही हुने

१४ मङ्सिर, काठमाडौं - गृह मन्त्रालयले सामाजिक सञ्जालको गलत प्रयोग गरी द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति दिनेलाई कानुनी कारबाही हुने स्पष्ट पारेको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुर्‍याउनेलाई कानुनी दायरामा ल्याइने जनाएको हो । पछिल्लो समयमा केही व्यक्तिले सामाजिक सञ्जाललगायत माध्यमको गलत प्रयोग गरी कानुनले निषेध गरेका द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्तिप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । मन्त्रालयले विभिन्न जातजाति, धर्म सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने, गाली बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवं सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने जस्ता घृणाजन्य अभिव्यक्ति दण्डनीय अपराधको रुपमा व्यवस्था गरेको…
Read More
सर्वसाधारणसम्म लाभ पुग्ने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

सर्वसाधारणसम्म लाभ पुग्ने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

१२ मङ्सिर, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान स्थितिमा परिवर्तन ल्याउने गरी प्रभावकारी काम गर्न मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन् । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम त्रैमासिकको समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले सोचे जति काम नभएकाले विद्यमान स्थितिमा परिवर्तन ल्याउनैपर्ने बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले स्रोतको सुनिश्चितताबिना अघिल्लो सरकारबाट प्रस्तुत बजेट आएकाले पनि काम गर्न सहज नभएको उल्लेख गर्दै बजेटको समीक्षा गर्न सकिने तर काम गर्नै शैलीमा भने आमूल परिवर्तन ल्याउनुपर्ने बताएका हुन् । उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सचिवहरूसहितको बैठकमा प्रधानमन्त्री ओलीले बजेट र कार्यक्रमका विसंगतिलाई…
Read More
एमाले जस लिनेभन्दा बढी काममा विश्वास गर्ने पार्टी हो: प्रधानमन्त्री केपी शर्मा ओली

एमाले जस लिनेभन्दा बढी काममा विश्वास गर्ने पार्टी हो: प्रधानमन्त्री केपी शर्मा ओली

११ मङ्सिर, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले जस लिनेभन्दा बढी काममा विश्वास गर्ने पार्टी भएको बताएका छन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले सातौं सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले एमाले गफ गर्ने भन्दा काममा विश्वास गर्ने पार्टी भएको बताए । नेकपा एमालेले नयाँ सोचका साथ आजको मागअनुसार पार्टीलाई अघि बढाउने नीति लिएको उनले उल्लेख गरे । जनताको बहुदलीय जनवादले सबैको अनुहारमा उज्यालो ल्याउने ओलीले बताए । प्रधानमन्त्री ओलीले सबैका लागि शिक्षा, स्वास्थ्य लगायतका कुरामा ध्यान दिनुपर्ने बताए । त्यसैले एमाले सरकारमा हुँदा वा नहुँदा जनताप्रति जिम्मेवार पार्टी रहेको बताए । नेकपा एमाले…
Read More
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक मन्त्रिपरिषदमा पेस

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक मन्त्रिपरिषदमा पेस

९ मङ्सिर, काठमाडौं - नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस भएको छ । गृहमन्त्री रमेश लेखकको सचिवालयका अनुसार गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि प्रहरी विधेयक मन्त्रिपरिषद्‍मा पेस गरेको हो । गृह मन्त्रालय कानुन महाशाखाका प्रमुख सहसचिव भरतमणि रिजालले प्रहरी ऐन, २०१२ मा व्यवस्था भएका कानुनी प्रावधानलाई समयसापेक्ष परिमार्जन एवं संशोधन गरी नयाँ प्रहरी ऐन तर्जुमा गर्न तथा सर्वोच्च अदालतबाट प्रहरी कर्मचारीको सेवा सर्त सम्बन्धमा विभिन्न मितिमा भएका फैसला कार्यान्वयन…
Read More
सहकारी ठगीमा दोषी देखिएका जोसुकै भएपनि कारवाही हुन्छ: प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली

सहकारी ठगीमा दोषी देखिएका जोसुकै भएपनि कारवाही हुन्छ: प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली

७ मङ्सिर, काठमाडौं - प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कानुन विपरीत क्रियाकलाप गर्ने जोसुकै भएपनि नछोड्ने बताएका छन् । शुक्रबार दरवार मार्गमा आयोजित पार्टीको  जागरण सभालाई  सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अराजकता ,सामाजिक विद्धेष र विकृतिका विरुद्ध , लोकतन्त्र ,सामाजिक सद्धभाव र राष्ट्रिय एकताका पक्षमा एमालेले जागरण सभा रहेको उनको भनाइ थियो । 'कसैले पनि कानुन विपरीत गर्न नहुने अपराधिक क्रियाकलाप गर्छ भने नेकपा एमालेले छोड्दैन । मैले नेतृत्व गरेको सरकारले पनि छोड्दैन । अहिले एमाले र कांग्रेसको मिलिजुली संयुक्त सरकार छ । यसले छोड्दैन,प्रधानमन्त्री ओलीले भने,' यो सरकार देशमा अनुशासन ल्याउनका निम्ति सोचविचार…
Read More
पहिलो चौमासिकको राजस्व संकलन गत आर्थिक वर्षको तुलनामा करिब १७ प्रतिशतले वृद्धि

पहिलो चौमासिकको राजस्व संकलन गत आर्थिक वर्षको तुलनामा करिब १७ प्रतिशतले वृद्धि

६ मङ्सिर, काठमाडौं -चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकको राजस्व संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बिहीबारको बैठकमा प्रस्तुत गरिएको विवरणअनुसार गत वर्ष यही अवधिमा दुई खर्ब ७६ अर्ब राजस्व संकलन भएको थियो । चालु आवको चार महिनामा तीन खर्ब २३ अर्ब २४ करोड राजस्व संक्लन भएको छ । सरकारले लक्ष्यअनुसार राजस्व उठाउन सकेको भने देखिँदैन । पछिल्लो पाँच वर्षको राजस्व परिचालनको तुलनात्मक अवस्थालाई हेर्दा आव २०७६/७७ मा ११ खर्ब १२ अर्ब तीन करोड लक्ष्य रहेकोमा ७१.३८ प्रतिशत प्रगति भएको थियो । आव २०७७/७८ मा १०…
Read More