Skip to main content

Epost Nepal

Breaking News 1

रवि लामिछाने बुधबारसम्म न्यायिक हिरासतमा रहने

रवि लामिछाने बुधबारसम्म न्यायिक हिरासतमा रहने

२९ पुस, काठमाडौं – स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहस नसकिएकाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने बुधबारसम्म न्यायिक हिरासतमा बस्नुपर्ने भएको छ। काठमाडौं जिल्ला अदालतमा सोमबार न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेविरुद्ध थुनछेक बहस सुरु भएको थियो। सरकारी वकिलको तर्फबाट बहस सकिए पनि लामिछानेका वकिलहरूले बहस नसकाएपछि अदालतले थुनछेक बहस बुधबारसम्मका लागि स्थगित गरेको हो। मंगलबार माघे संक्रान्ति र माघीको बिदा भएकाले अदालत बन्द हुनेछ। लामिछानेविरुद्ध काठमाडौं कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्दा दायर गरिएको छ। आइतबार बिहान अदालतमा उपस्थित भएका उनीविरुद्ध जाहेरवालाको तर्फबाट केही वकिलले बहस गरिसकेका छन् भने केही वकिलको बहस बाँकी छ। यसअघि…
Read More
महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन: ६८.२७ प्रतिशत सफलता दर

महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन: ६८.२७ प्रतिशत सफलता दर

२८ पुस, काठमाडौं – महान्यायाधिवक्ता कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा फैसला भएका मुद्दामध्ये ६८ दशमलव २७ प्रतिशत सफलता हासिल गरेको जनाएको छ। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गरेपछि आयोजित पत्रकार सम्मेलनमा यो तथ्यांक सार्वजनिक गरिएको हो। प्रतिवेदनअनुसार, उक्त आवमा सरकारी वकिल कार्यालयहरूले ७० हजार २८४ प्रतिवादीउपर ४५ हजार ९१ मुद्दा अभियोजन गरेका छन्। अनुसन्धान पूरा भएर रायसहित प्राप्त मुद्दामध्ये सात दशमलव ८८ प्रतिशत मुद्दा नचलाउने निर्णय भएको छ, जसमा गत वर्षको तुलनामा वृद्धि भएको छ। गत वर्ष मुद्दा चलाउने निर्णय भएका मुद्दाहरू ४४ हजार ८११ थिए भने प्रतिवादी संख्या ६९ हजार ६३५ रहेको प्रतिवेदनले देखाएको छ। महान्यायाधिवक्ता कार्यालय…
Read More
अध्यादेश ल्याउन पाउने सरकारको संवैधानिक अधिकार: मन्त्री गुरुङ

अध्यादेश ल्याउन पाउने सरकारको संवैधानिक अधिकार: मन्त्री गुरुङ

२७ पुस, काठमाडौं – सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले अध्यादेश ल्याउने निर्णय संविधानअनुसार भएको स्पष्ट पारेका छन्। शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकले तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। मन्त्री गुरुङका अनुसार संसद्‌मा विधेयक पेश गर्दा तत्काल पारित हुने सम्भावना नरहेकाले सरकारलाई अध्यादेशमार्फत कानुनी व्यवस्था गर्नुपर्ने बाध्यता सिर्जना भएको हो। संसद्को अधिवेशन माघ दोस्रो सातामा बोलाउने तयारी भइरहे पनि तत्कालका लागि कानुनी अड्चन हटाउन सरकारले संवैधानिक अधिकार प्रयोग गरेको उनले बताए। "अध्यादेश ल्याउन पाउनु सरकारको संवैधानिक अधिकार हो। राष्ट्रिय विपत्ति वा आर्थिक संकटको बेला कानुनी व्यवस्थाका लागि अध्यादेश आवश्यक हुन्छ," उनले भने। मन्त्री गुरुङले…
Read More
अध्यक्ष दाहालको दाबी: वर्तमान सरकार अघि बढ्न असमर्थ

अध्यक्ष दाहालको दाबी: वर्तमान सरकार अघि बढ्न असमर्थ

२६ पुस, काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार अब अघि बढ्न नसक्ने दाबी गरेका छन्। शुक्रबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले यस्तो बताएका हुन्। दाहालले अहिलेको सरकारलाई "अप्राकृतिक, अलोकतान्त्रिक र अपारदर्शी"को संज्ञा दिँदै यो सरकार धेरै समय टिक्न नसक्ने धारणा राखे। उनले भने, “यो गठबन्धन अप्राकृतिक, अलोकतान्त्रिक र अपारदर्शी छ। मैले यो कुरा संसद् र बाहिर पनि गम्भीरताका साथ भनेको छु। अप्राकृतिक गठबन्धन भएकाले अब यो सरकार अघि बढ्न सक्दैन।” समाजवादी मोर्चालाई पुनः सक्रिय बनाउने योजना दाहालले समाजवादी मोर्चालाई पुनः…
Read More
नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाको बेलायत भ्रमणमा: संसद् भवनको विशेष कार्यक्रममा सम्वोधन गर्ने

नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाको बेलायत भ्रमणमा: संसद् भवनको विशेष कार्यक्रममा सम्वोधन गर्ने

२६ पुस, काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला बेलायत पुगेका छन्। इन्डो प्यासिफिक हेर्ने बेलायती विदेश राज्यमन्त्री क्याथरिन वेष्ट र उद्योग वाणिज्य राज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा कोइराला लन्डन गएका हुन्। बिहीबार राति १०:३० बजे लन्डनको हिथ्रो विमानस्थलमा ओर्लिएका कोइरालालाई नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता र शुभेच्छुकहरूले स्वागत गरेका थिए। विमानस्थलमा उनले आफू एक सांसदको हैसियतमा बेलायत भ्रमणमा आएको र यस अवसरमा बेलायती सांसद तथा नेताहरूसँग भेटघाट गर्दै अनुभव आदानप्रदान गर्ने बताए। नेपाली समुदायलाई समृद्धिका लागि भूमिका खेल्न आग्रह कोइरालाले बेलायतस्थित नेपाली समुदायलाई नेपाल-युके सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्न अनुरोध गरे। उनले नेपाली समुदायलाई आफ्नो देशको समृद्धिमा साथ दिन…
Read More
अध्यक्ष दाहालद्वारा राजनीतिक स्वच्छता र संवादका लागि जोड

अध्यक्ष दाहालद्वारा राजनीतिक स्वच्छता र संवादका लागि जोड

२० पुस, काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको जटिल परिस्थितिलाई समाधान गर्न सबैभन्दा पहिले राजनीतिक तहमा स्वच्छता कायम गर्न जरुरी रहेको बताएका छन्। नेपाल राष्ट्रिय व्यवसायी महासंघको सातौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको वर्तमान स्थिति गम्भीर र जटिल रहेको बताउँदै राजनीतिक नेतृत्वले स्वच्छता, निष्ठा, र राम्रो नियतसहित काम नगरे सबैतिर नकारात्मक असर पर्ने चेतावनी दिए। "राजनीति सबै नीतिहरूको राजा हो। यदि राजनीति सफा भएन भने यसको प्रभाव हरेक क्षेत्रमा देखिन्छ," दाहालले भने, "राजनीतिक तहमा देखिएको समस्याको समाधानका लागि हामीले संवाद र स्वच्छता कायम गर्नैपर्छ।" उनले सत्ता र प्रतिपक्षबीच संवाद रोकिएको वर्तमान अवस्थाप्रति…
Read More
रास्वपाका सभापति रवि लामिछानेको सांसद पद निलम्बन गर्न कास्की प्रहरीले सभामुख देवराज घिमिरेलाई पठायो पत्र

रास्वपाका सभापति रवि लामिछानेको सांसद पद निलम्बन गर्न कास्की प्रहरीले सभामुख देवराज घिमिरेलाई पठायो पत्र

७ पुस, काठमाडौं - प्रतिनिधिसभाका सदस्यसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद निलम्बन गर्न कास्की प्रहरीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेको छ । लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनअनुसार अभियोगपत्र दर्ता भएकाले सांसद पद निलम्बनका लागि कास्की प्रहरीले सभामुखलाई पत्र लेखेको हो । अदालतमा अभियोगपत्र दायर भएपछि प्रहरीले त्यसको जानकारी सभामुखलाई दिनुपर्ने हुन्छ । पत्र प्राप्त भएपछि सभामुखले सांसद पद निलम्बन भएकोबारे प्रतिनिधिसभा बैठक चलिरहेको अवस्थामा सभामा जानकारी दिने र अधिवेशन नभएको अवस्थामा सूचना पाटीमा सूचना टाँस्नुपर्ने हुन्छ । लामिछानेको हकमा हाल प्रतिनिधिसभा अधिवेशन नरहेकाले सभामुखले सूचना पाटीमा सूचना टाँस्न लगाएसँगै सांसद पद निलम्बन हुनेछ । सम्पत्ति…
Read More
प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जनकपुर बोल्ट्सलाई

प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जनकपुर बोल्ट्सलाई

७ पुस, काठमाडौं - जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जितेको छ । लाहिरु मिलान्थाको ८७ रनमा जनकपुरले शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनलमा प्रमुख दाबेदार सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले स्तब्ध पारेको हो । जनकपुरले १ सय ८५ रनको लक्ष्य ४ बलअगाडि पूरा गरेको हो । पावर प्लेको ६ ओभरमा ७१ रन जोडेको जनकपुरले पहिलो १० ओभरमा १ सय ५ रन जोडेर लक्ष्यतिर लम्किएको थियो । मिलान्थाले ३१ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । मिलान्था ६५ रनमा भएको समयमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले कट एन्ड बोल्डको मौका गुमाएका थिए । मिलान्थाले ४९ बल खेली ९ चौका र ४ छक्का प्रहार…
Read More
प्रधानमन्त्री केपी ओलीलाई सन्तुलन नगुमाउन नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको आग्रह

प्रधानमन्त्री केपी ओलीलाई सन्तुलन नगुमाउन नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको आग्रह

२९ मङ्सिर, काठमाडौं - नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीलाई सन्तुलन नगुमाउन आग्रह गरेका छन् । ललितपुरको कोन्ज्योसोममा पार्टीको गाउँपालिका सम्मेलनको शनिबार उद्घाटन गर्दै पुनले प्रधानमन्त्री पदको मर्यादा कायम गर्न संयमित हुन ओलीलाई आग्रह गरे । ओलीमा असन्तुलन पैदा भएका कारण आफ्ना अध्यक्ष पुष्पकमल दाहालमाथि भ्रष्टचारीको आरोप लगाएको पुनको भनाइ थियो । ‘प्रधानमन्त्रीको ओहोदामा बसेर ओलीजी असन्तुलित अभिव्यक्ति दिँदै हिँड्नुभएको छ,’ पुनले भने, ‘ठूलो पार्टी आफ्नै, सत्ता उहाँकै, प्रहरी उहाँकै, सबै चिज आफ्नो हातमा भएको मान्छे हामीले प्रचार संयन्त्र दुरुपयोग गरेको भन्नुहुन्छ तर हाम्रो अध्यक्षमाथि ठूलो भ्रष्टाचारीको आरोप लगाएर उहाँले असन्तुलित अभिव्यक्ति दिनुभएको छ, यसको हामी निन्दा गर्छौं ।’ पुनले…
Read More
सहकारी संस्था ठगी प्रकरण: लेखा समिति सभापति पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर

सहकारी संस्था ठगी प्रकरण: लेखा समिति सभापति पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर

२८ मङ्सिर, मोरङ - मोरङको धनपालथान गाउँपालिका-३ स्थित उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालय मोरङले पोखरेलकी पत्नी कोइरालासहित २६ जनाविरुद्ध बिहीबार मुद्दा दायर गरेको हो । सहकारीका वर्तमान अध्यक्ष धनपालथान–४ घर भई विराटनगरको शान्ति चोकबस्दै आएका शम्भुप्रसाद रौनियार, सहकारीका उपाध्यक्ष कटहरी गाउँपालिका–२ का लक्ष्मण साह, सचिव धनपालथान–४ का आलम अन्सारी मियाँ र कोषाध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद सिंहविरुद्ध मुद्दा दायर भएको छ । यसैगरी सञ्चालक समिति सदस्य जहदा गाउँपालिका–४ का आमोद मण्डल, धनपालथान–४ का रोशन राजवंशी तथा धनपालथान–२ का जितमान ठाकुर,…
Read More