Skip to main content

Epost Nepal

Breaking News 1

बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई अनावश्यक दुःख र टर्चर दिएको गुनासो आएको छ: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी

बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई अनावश्यक दुःख र टर्चर दिएको गुनासो आएको छ: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी

३० कात्तिक, काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई अनावश्यक दुःख र टर्चर दिएको गुनासो आएको बताएका छन् । नेपाल बैंकको ८८औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा गभर्नर अधिकारीले बैंकले ग्राहकलाई गरेको व्यवहारको राष्ट्र बैंकले अनुगमन गर्ने प्रणाली विकास गरेको बताएका हुन् । “नेपाल राष्ट्र बैंकले ग्राहक व्यवस्थापनको लागि छुट्टै प्रणाली बनाइरहेको छ । उपभोक्ता संरक्षणसम्बन्धी छुट्टै डिभिजन छ । जसले प्रोडिन्सियल सुपरभिजनका साथै मार्केट कन्डक्ट सुपर भिजन गर्न सुरु गरेका छौँ,” अधिकारीले भने, “बैंकहरूले ग्राहकहरूलाई नचाहिँदो दुःख हुने किसिमको टर्चर दिएको सुनिन्छ । बैंक तथा वित्तीय संस्थाका कार्यालयहरूलाई मार्केट कन्डक्ट सुपर भिजनको सचेतना आवश्यक…
Read More
दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु

दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु

३० कात्तिक, काठमाडौं - दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप शुक्रबार बिहान ४ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाकाका अनुसार ६ जनाको मृत्यु भएको छ । जिपमा सवार अन्य ७ जना घाइते भएका छन् । मृतकको पहिचान खुलिसकेको छैन । प्रहरीका अनुसार स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बोकेको जिप दुर्घटनामा परेको हो ।
Read More
ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ

ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ

२७ कात्तिक, काठमाडौं - ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ)पक्राउ परेका छन् । मनाङबाट स्वतन्त्र प्रदेशसभा सदस्य निर्वाचित भएका मनाङेलाई प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो । २०६१ सालमा मिलन गुरुङ (चक्रे)माथि खुकुरी प्रहार भएको मुद्दामा यही कात्तिक २० गते सर्वोच्च अदालतले उच्च अदालत पाटनबाट भएको उनको पाँच वर्ष कैद सजायको फैसला सदर गरेको थियो । उनलाई ०६० सालमा अर्का गुन्डा नाइके मिलन गुरुङ (चक्रे) हात छिनालेको अभियोगमा दोषी ठहर गरिएको थियो । मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरिएको हो । ०६९ सालमा उच्च अदालत पाटनले उनलाई पाँच वर्ष जेल सजाय सुनाएको…
Read More
विद्युत् लाइन काटिएका उद्योगमा सोमबार दिउँसो १२ बजेभित्र  लाइन जोड्न निर्देशन, १५ दिनभित्र उद्योगहरुले खपत गरेको विद्युत्‌को वक्यौता रकम बिलअनुसार असुलउपर गरिने

विद्युत् लाइन काटिएका उद्योगमा सोमबार दिउँसो १२ बजेभित्र  लाइन जोड्न निर्देशन, १५ दिनभित्र उद्योगहरुले खपत गरेको विद्युत्‌को वक्यौता रकम बिलअनुसार असुलउपर गरिने

२५ कात्तिक, काठमाडौं - सरकारले विद्युत् लाइन काटिएका उद्योगमा सोमबार दिउँसो १२ बजेभित्र  लाइन जोड्न निर्देशन दिएको छ । बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योगमा विद्युत् आपूर्ति बन्द हुँदा उत्पादन घटेको, राजस्व संकलनमा असर पुगेको, रोजगारीमा प्रभाव परेको र यसबाट अर्थतन्त्रमा प्रत्यक्ष असर परेकोले लाइन जोड्ने व्यवस्था गर्न उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । यससँगै मन्त्रिपरिषद बैठकले डेडिकेटेड र ट्रंक लाइन विवादमा १५ दिनभित्र टीओडी मिटरका आधारमा उद्योगीहरुसँग विवादित बक्यौता अशुल गर्ने निर्णय पनि गरेको छ । त्यस्तै बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश दिनेशचन्द्र लालको संयोजकत्वमा डेडिकेटेड…
Read More
कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी  पक्राउ

कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

२५ कात्तिक, विराटनगर - कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । उनलाई पक्राउ गरेर विराटनगरबाट काठमाडौं ल्याइन लागेको प्रहरी स्रोतले जानकारी दिएको छ । मानव तस्कर गिरोहसँग मिलेमतो खुलिसक्दा पनि कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सांसद लीलाबल्लभ अधिकारीमाथि अससन्धान सुरू नभएको भन्दै गृह प्रशासनको आलोचना भइरहेको थियो । नक्कली परिचयपत्र बनाई संगठित गिरोहलाई मोटो रकम बुझाएर गत साता जापान पुगेका तीन युवा अध्यागमनबाट फिर्ता गरिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेर प्रहरी अनुसन्धानमा थिए । तर उनीहरूसँगै सेटिङमा जापान पुगेर फर्काइएका कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारी भने अझै अनुसन्धानको दायराबाहिरै थिए ।…
Read More
प्रत्येक प्रदेशका सहकारीको अवस्था अनुगमनका लागि विज्ञ टोली खटाइने

प्रत्येक प्रदेशका सहकारीको अवस्था अनुगमनका लागि विज्ञ टोली खटाइने

२१ कात्तिक, काठमाडौं - बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको स्थलगत अनुगमन गर्न विज्ञ टोली गठन गरिने भएको छ । बुधबार मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रत्येक प्रदेशका सहकारीको अवस्था अनुगमनका लागि विज्ञ टोली खटाइने निर्णय गरेको हो । टोलीले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको कारोबारको यथार्थ वस्तुस्थिति र जोखिमसमेत आकलन गरी सहकारी विभागमा प्रतिवेदन पेस गर्ने छ । टोली गठन गरी निश्चित कार्यादेशसहित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कर्मचारी खटाउनुपर्ने छ । यसका लागि आवश्यक वित्तीय क्षेत्रमा काम गरेका जनशक्ति अर्थ मन्त्रालयले र अन्य जनशक्ति संघीय मामिला तथा सामान्य प्रशासन…
Read More
गण्डकी प्रदेशका सांसद राजीव गुरुङ ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोषी ठहर

गण्डकी प्रदेशका सांसद राजीव गुरुङ ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोषी ठहर

२० कात्तिक, काठमाडौं - गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोषी ठहर भएका छन् । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले मंगलबार मनाङेलाई दोषी ठहर गर्दै ५ वर्ष कैदको फैसलासमेत सुनाएको हो । उच्च अदालत पाटनले ५ वर्षको कैद सजाय सुनाएपछि उक्त फैसलाविरुद्ध मनाङे सर्वोच्च पुगेका थिए । २०६१ मा मनाङेले चक्रे मिलनमाथि तरबार आक्रमण गरेका थिए । सोही घटनामा प्रहरीले काठमाडौं जिल्ला अदालतमा मनाङेविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । काठमाडौं जिल्ला अदालतले कुटपिटको मुद्दा ठहर गरी मनाङेलाई २ वर्ष जेल सजाय सुनाएपछि सरकारी वकिलको कार्यालयले…
Read More
विपक्षीबाट आएका आलोचनालाई गम्भीरताका साथ लिएर अहिलेको सरकारले परिणाममुखी काम गरेर देखाउनु पर्दछ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

विपक्षीबाट आएका आलोचनालाई गम्भीरताका साथ लिएर अहिलेको सरकारले परिणाममुखी काम गरेर देखाउनु पर्दछ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

१७ कात्तिक, भक्तपुर - नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक सय दिनमा राम्रो काम गरेको बताएका छन् । शनिबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको शुभकामना आदानप्रदान तथा जय नेपाल भक्तपुर स्मारिका लोकार्पणका अवसरमा उनले सरकारलाई पार्टीको तर्फबाट कुनै किसिमको अवरोध नहुने समेत उल्लेख गरे । उनले भने, ‘केपी शर्मा ओलीको नेतृत्वको संयुक्त सरकारले राम्रो काम गरिरहेको छ, हामी सरकार भएको कारण मात्रै भनेको होइन, प्रधानमन्त्री ओलीले साच्चै राम्रो काम गर्नुभएको छ । मलाई विश्वास छ, आगामी दिनमा पनि यस्तै राम्रा काम गर्दै जानु हुनेछ ।’ प्रधानमन्त्री ओलीलाई आफूले पनि सल्लाह,…
Read More
प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशी, विदेशी प्रतिक्रियावादीहरुले एक्ल्याउने र पदबाट हटाउने अभियान नै सञ्चालन गरिरहेका छन्: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ

प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशी, विदेशी प्रतिक्रियावादीहरुले एक्ल्याउने र पदबाट हटाउने अभियान नै सञ्चालन गरिरहेका छन्: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ

१५ कात्तिक, काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र जनताका लागि निःश्वार्थ भावका साथ काम गरिरहेको व्यक्ति भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशी, विदेशी प्रतिक्रियावादीहरुले एक्ल्याउने र पदबाट हटाउने अभियान नै सञ्चालन गरिरहेको बताएका छन् । बिहीबार काठमाडौंमा नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीद्वारा आयोजित देउसी–भैलो कार्यक्रममा बोल्दै उनले ओलीलाई एक्ल्याउने षड्यन्त्रविरुद्ध प्रतिवाद गर्न पनि एमाले, नेता कार्यकर्तालाई सचेत गराए । उनले ओलीमाथिको आक्रमण सिंगो नेपाल र नेपालीमाथिको आक्रमण भएकाले एमाले नेता, कार्यकर्ताले त्यसको प्रतिवादका लागि फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालको अधिक प्रयोग गर्नुपर्ने बताए । एमाले उपमहासचिव समेत रहेका सञ्चामन्त्री गुरुङले प्रधानमन्त्री ओलीमाथि ठूलो षड्यन्त्र हुँदा पनि पार्टी पंक्ति…
Read More
अन्तःशुल्क स्टिकर छपाइसम्बन्धी भ्रष्टाचार मुद्दामा तत्कालीन मुख्य सचिव वैकुण्ठ अर्यालले पाए सफाइ

अन्तःशुल्क स्टिकर छपाइसम्बन्धी भ्रष्टाचार मुद्दामा तत्कालीन मुख्य सचिव वैकुण्ठ अर्यालले पाए सफाइ

१४ कात्तिक, काठमाडौं - सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्क स्टिकर छपाइसम्बन्धी भ्रष्टाचार मुद्दामा तत्कालीन मुख्य सचिव वैकुण्ठ अर्यालले सफाइ पाएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू खुशीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले बुधबार अर्याललाई सफाइ दिएको हो । यो मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई भने विशेष अदालतले दोषी ठहर गरेको छ । उनीहरुलाई सजाय निर्धारण भने २५ मंसिरमा हुने छ । सुरक्षण मुद्रण केन्द्रबाट निजी क्षेत्रलाई अन्तशुल्क स्टिकर छाप्न ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अन्तशुल्क स्टिकर छपाईमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ असार, २०८१ मा मुख्यसचिव डा.…
Read More