Skip to main content

Epost Nepal

Breaking News 1

नलिन्चोक हेलिप्याड विवादः प्राधिकरण डीजी अधिकारी पक्राउ

नलिन्चोक हेलिप्याड विवादः प्राधिकरण डीजी अधिकारी पक्राउ

१७ मंसिर, काठमाडौं — नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक (डीजी) प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोकस्थित हेलिप्याड निर्माणमा अनियमितता भएको आरोपमा उहाँलाई नियन्त्रणमा लिइएको हो। अख्तियारले नलिन्चोक हेलिप्याड निर्माणसम्बन्धी प्रकरणमा अधिकारीसहित अन्य सम्बन्धित व्यक्तिमाथि अनुसन्धान अघि बढाउँदै सोहि दिन विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। प्राधिकरणको स्वामित्वमा रहेको ३२ रोपनी जग्गामा हेलिप्याड निर्माण गर्नेसमयमा अनियमितता भएको भन्दै परेको उजुरीका आधारमा अनुसन्धान गरिएको हो। नलिन्चोकमा हेलिप्याड निर्माणको औचित्यमाथि पनि निरन्तर प्रश्न उठ्दै आएको छ। वातावरणीय प्रभाव मूल्यांकन (EIA) नगरी हेलिप्याड निर्माण गरिएको आरोप समेत उजुरीमा उल्लेख गरिएको थियो। यस हेलिप्याडको उद्घाटन ७ असार २०८१ मा…
Read More
एकै बैठकमा सरकारका बहुआयामिक निर्णय सार्वजनिक

एकै बैठकमा सरकारका बहुआयामिक निर्णय सार्वजनिक

१६ मंसिर, काठमाडौं−   सरकारले कार्बन व्यापार नियमावली, २०८२ स्वीकृत गरेको जानकारी मंगलवार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिएका छन्। उक्त निर्णय सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा पारित गरिएको हो। साथै, सरकारका प्रवक्ताका अनुसार सरकारले राष्ट्रिय आर्थिक गणना सञ्चालनसम्बन्धी प्रशासनिक तथा आर्थिक मापदण्ड, २०८२ पनि स्वीकृत गरेको छ। उनका जानकारीअनुसार २०८२ भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानमा भएको क्षति मूल्याङ्कन गर्न तथा सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न गठन गरिएको समितिको कार्यावधि थप ३० दिन पुर्‍याउने निर्णय पनि भएको छ। त्यस्तै, भूपाल बराललाई कर्मचारी सञ्चय कोषको…
Read More
नेतृत्व पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ : ओली

नेतृत्व पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ : ओली

१४ मंसिर, काठमाडौं − नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरण स्वभाविक विषय भएको बताएका छन्। उनका अनुसार, समयको मागअनुसार यस्तो प्रक्रिया स्वतः अघि बढ्ने भएकाले लगातार बल दिएर भन्नुपर्ने विषय होइन। आइतबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित लोगो सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले भने, “अधिवेशन हुँदा कमिटीमा केही साथी हट्छन्, नयाँहरू आउँछन्—यो सामान्य प्रक्रिया हो। पुनर्गठन हुन्छ, हस्तान्तरण र पुस्तान्तरण पनि हुन्छ। यो नहुने भनेर कसैले रोक्न पनि सक्दैन। आवश्यकताअनुसार नै यी सबै प्रक्रिया अघि बढ्छन्।” उनले अधिवेशनको आवश्यकता पनि यही कारणले पर्ने उल्लेख गरे। “अधिवेशन विधि–विधान, संगठनात्मक र नीतिगत विषय, राजनीतिक कार्यको समीक्षा तथा आगामी…
Read More

राष्ट्रपति पौडेल: लोकतन्त्र सुदृढ गर्न नयाँ जनादेश आवश्यक

३ असोज, काठमाण्डौं – राष्ट्रपति रामचन्द्र पौडेलले जेन-जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिमा प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय बाँकी नरहेको बताएका छन्। संविधान दिवसको अवसरमा शुक्रबार राष्ट्रपति कार्यालयले आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै उनले हालको अन्तरिम सरकार आम सहमतिका आधारमा गठन गरिएको बताएका हुन्। राष्ट्रपति पौडेलले भने, “प्रतिनिधिसभाबाट मन्त्रिमण्डल गठन गर्ने कुनै उपाय नभएकोले आम सहमतिबाट यो कदम चालिएको कुरा सबैले बुझौं। ६ महिनाभित्र प्रतिनिधिसभा ल्याउने चुनाव सम्पन्न गर्न सबै जागौं।” उनले नयाँ जनादेशले लोकतन्त्रलाई थप संस्थागत गर्ने विश्वास पनि व्यक्त गरे। उनले भने, “अहिले बनेको अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनर्निर्माण गर्दै ६ महिनामा निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई…
Read More

जेन–जी आन्दोलनपश्चात् निकास दिन राष्ट्रपतिको पहल उल्लेखनीय: प्रचण्ड

३ असोज, काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान रक्षाका लागि राष्ट्रपति रामचन्द्र पौडेलले अप्ठ्यारो परिस्थितिमा पनि देखाएको दृढताप्रति कृतज्ञता प्रकट गरेका छन्। संविधान दिवसको अवसरमा शुक्रबार पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले भदौ २३ र २४ गते जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिमा राष्ट्रपतिले निर्वाह गरेको भूमिकाको खुलेर प्रशंसा गरेका हुन् । “राष्ट्रपतिजी निकै अप्ठ्यारो अवस्थामा संविधान जोगाउन दृढतापूर्वक उभिनुभयो। उहाँ त्यस्तो कदम चाल्नु नभएको भए अहिलेको अवस्था अर्कै हुन्थ्यो,” प्रचण्डले भने, “त्यसैले उहाँलाई धन्यवाद छ।” जेन–जी आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार पतन भएको थियो। त्यसपछि अन्तरिम सरकार गठनको पहलस्वरूप राष्ट्रपतिले विभिन्न दल तथा आन्दोलन पक्षधरहरूसँग संवाद…
Read More
प्रचण्डको सरकारलाई निरंकुशता र आपराधिक क्रियाकलापमाथि कडा कारबाहीको आग्रह

प्रचण्डको सरकारलाई निरंकुशता र आपराधिक क्रियाकलापमाथि कडा कारबाहीको आग्रह

१६ चैत, काठमाडौं — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई निरंकुशतावादी र आपराधिक प्रवृत्तिमाथि कठोर कारबाही गर्नुपर्ने समय आएको बताएका छन्। शनिबार (चैत १६) काठमाडौंमा प्रेस सेन्टर नेपालको पाँचौँ महाधिवेशन उद्घाटन गर्दै उनले सरकारको कडा कदमलाई आफूहरूको पूर्ण समर्थन रहने बताए। "यो उपयुक्त समय हो," प्रचण्डले भने, "गणतन्त्रवादीहरूले निरंकुश प्रवृत्तिमाथि कडा कारबाही गरेर आफूलाई सुधार्ने र जनताको हितमा अघि बढ्ने अवसर यही हो। सरकारले यदि कठोर निर्णय लिन्छ भने हाम्रो साथ रहनेछ।" उनले भ्रष्टाचारविरुद्ध सरकार दृढ हुनुपर्नेमा जोड दिँदै सम्झौता र चलखेलले गणतन्त्रलाई कमजोर पार्ने चेतावनी दिए। समाजवादी मोर्चाको प्रदर्शनले सम्भावित दुर्घटना टारेको दाबी प्रचण्डले समाजवादी मोर्चाले शुक्रबार…
Read More
प्रधानमन्त्री ओलीको दाबी: “सरकार २०८४ सम्म टसमस हुँदैन”

प्रधानमन्त्री ओलीको दाबी: “सरकार २०८४ सम्म टसमस हुँदैन”

१८ माघ, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार २०८४ सालसम्म कुनै पनि हालतमा नढल्ने दाबी गरेका छन्। प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले विपक्षी दलहरूलाई ‘सरकार ढल्नै लाग्यो’ भन्ने हल्ला नगर्न आग्रह गरे। उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पछिल्लो अभिव्यक्तिको खण्डन गर्दै सरकार सुरक्षित रहेको स्पष्ट पारे। माओवादी अध्यक्ष दाहालले केही दिनयता सरकार छिट्टै ढल्ने दाबी गर्दै आइरहेका छन्। ‘हामीले केही नगरे पनि यो सरकार आफैं ढल्छ,’ भन्ने उनको भनाइलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले व्यंग्यात्मक प्रतिक्रिया दिए। ओलीले चर्चित गीत ‘म त ढलेँ ढलेँ...’ को सन्दर्भ उल्लेख गर्दै भने, “विपक्षी दलहरू निरर्थक रूपमा सरकार ढल्ने…
Read More
सरकार व्यापारी वा उद्योगपति बन्नुहुन्न: शेरबहादुर देउवा

सरकार व्यापारी वा उद्योगपति बन्नुहुन्न: शेरबहादुर देउवा

९ माघ, काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको मुख्य भूमिका व्यवस्थापक र संयोजकको हुनुपर्ने भन्दै व्यापार र उद्योगमा संलग्न नहुने स्पष्ट पारेका छन्। बुधबार सानेपामा आयोजित कांग्रेसको आर्थिक नीति तथा योजना विभागद्वारा आयोजित गोष्ठीमा बोल्दै देउवाले भने, “व्यापार गर्ने काम व्यापारीको हो, उद्योग खोल्ने जिम्मा उद्योगपतिको हो। सरकार व्यापार वा उद्योगमा प्रत्यक्ष रूपमा संलग्न हुनु उचित होइन। गिरिजाबाबुले निजीकरण गर्दा धेरै विरोध भयो, तर त्यो निर्णय सही थियो।” एमसिसी सम्झौता संसदबाट पारित गर्दा भएका विवादको स्मरण गर्दै देउवाले अहिले त्यसले नेपालको विकासमा सकारात्मक योगदान दिएको बताए। उनले भने, “एमसिसी पास गर्दा विरोध भयो, तर अहिले हेर्दा थाहा हुन्छ,…
Read More
प्रकाशशरण महतको दाबी: माओवादीको अस्थिरताले कांग्रेस-एमाले सहकार्य सम्भव

प्रकाशशरण महतको दाबी: माओवादीको अस्थिरताले कांग्रेस-एमाले सहकार्य सम्भव

६ माघ, काठमाडौं–नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले माओवादी केन्द्रको अस्थिर चरित्रका कारण कांग्रेस र एमालेबीच सहकार्य भएको बताएका छन्। उनका अनुसार, वर्तमान सरकारले आफ्नो कार्यकाल पूरा गर्नेछ, र आगामी चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन्। आइतबार दिल्लीमा नेपाली जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा महतले सात बुँदे सहमतिको आधारमा सरकारले काम गरिरहेको स्पष्ट पारे। "कांग्रेस र एमालेबीचको समझदारीले सरकारलाई प्रभावकारी बनाएको छ," उनले भने। भारतमा रहेका नेपालीहरूको योगदानको प्रशंसा गर्दै महतले प्रवासी नेपालीहरूले नेपालको राजनीतिमा अर्थपूर्ण भूमिका खेलेको उल्लेख गरे। उनले भने, "यहाँ रोजगारी र अन्य कारणले बसे पनि तपाईंहरूको भूमिका महत्वपूर्ण छ। निर्वाचनमा सहभागी हुन देश फर्किएर मतदान…
Read More
प्रचण्डद्वारा प्रधानमन्त्रीलाई नैतिकताका आधारमा राजीनामाको आग्रह

प्रचण्डद्वारा प्रधानमन्त्रीलाई नैतिकताका आधारमा राजीनामाको आग्रह

४ माघ, काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सुझाव दिएका छन्। शुक्रबार आयोजित विपक्षी दलको पत्रकार सम्मेलनमा उनले सत्ता गठबन्धन बनाउँदाका प्राथमिकताहरू कार्यान्वयनमा सरकार असफल भएको उल्लेख गर्दै सरकारले नैतिकता गुमाएको आरोप लगाए। “गठबन्धन बनाउँदा तय गरिएका योजनाहरू कुनै पनि अघि बढेका छैनन्। संविधान संशोधनको कुरा प्रधानमन्त्री स्वयंले २०८७ मा मात्रै सम्भव छ भनेका छन्। सुशासन र अन्य वाचा पनि ठिक विपरीत क्रियाकलाप भइरहेकाले सरकारमा टिकिरहने आधार छैन,” प्रचण्डले भने। उनका अनुसार सरकारको असक्षमता र गैरजिम्मेवार व्यवहारले संसद्को हिउँदे अधिवेशन आह्वान गर्ने विश्वासिलो कारण पनि देखिँदैन। विपक्षीहरूले विशेष अधिवेशन…
Read More