Skip to main content

Epost Nepal

उच्च नैतिकताका आधारमा राजीनामा दिन गृहमन्त्री रवि लामिछानेलाई कांग्रेसको आग्रह

२ चैत, काठमाडौं  –  नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद प्रदीप पौडेलले राजीनामा दिन आग्रह गरेका हुन् ।

पौडेलले आफूमाथि प्रश्न बोकेर गृहमन्त्री बन्न नहुने भन्दै “उच्च नैतिकताका आधारमा राजीनामा दिएर उदाहरण प्रस्तुत गर्नुस,” आग्रह गरे ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रश्नको जवाफ नदिएर भागी हिँडेको आरोप लगाए । प्रधानमन्त्रीले लामिछानेलाई मन्त्री बनाउन नहुने उनको भनाइ छ । “अहिलेका गृहमन्त्री प्रश्न गर्ने पेसाबाट आउनुभएको हो । राजनीतिमा प्रश्न गर्न मात्रै पाउनुपर्छ भन्न मिल्दैन । आफूमाथि प्रश्न बोकेर उहाँ गृहमन्त्री हुनुहँदैनथ्यो,” उनले भने, “सम्माननीय प्रधानमन्त्रीले उहाँलाई गृहमन्त्री बनाउनु हुँदैनथ्यो ।”

पौडेलले ३१ हजार सहकारीमा ७३ लाख बचतकर्ताको माग अनुसन्धानको घेराभित्र रहेको मानिसले पूरा गर्न नसक्ने बताए । “अनुसन्धानको मुख्य घेराभित्र रहेको व्यक्ति सरकारको मुख्य पदमा हुँदा सहकारी पीडितको माग कसरी पूरा हुन्छ ?,” उनको प्रश्न छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *