Skip to main content

Epost Nepal

माओवादीका नेता सुनले पहेँलपुर भएका छन् : नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवाल

२ चैत, काठमाडौं  –   नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले सत्तारुढ नेकपा (माओवादी केन्द्र) का नेता सुनले पहेँलपुर भएको बताएकी छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सुन प्रकरणमा अर्थमन्त्री वर्षमान पुनको पनि नाम जोडिएको बताइन् । “सत्ता नेतृत्व गरिरहेका दल माओवादी केन्द्रका थुप्रै नेता र उनका परिवारका सदस्यमाथि सुनका जलप लगाइसकेको छ । उहाँहरू सुनले पहेँलपुर भइसक्नुभएको छ,” उनले भनिन्, “हुँदा हुदाँ माननीय अर्थमन्त्रीज्यूको नाम सुन प्रकरणमा जोडिएको छ ।”

उनले सहकारी ठगीको आरोप लागेकालाई मुख्य जिम्मेवारी दिइएको पनि बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *