Skip to main content

Epost Nepal

Breaking News 3

नेपाली आईटी कम्पनीहरूले अब विदेशमा लगानी गर्न पाउने

नेपाली आईटी कम्पनीहरूले अब विदेशमा लगानी गर्न पाउने

२७ पुस, काठमाडौं – नेपाली आईटी कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन नेपाल सरकारले ऐतिहासिक कदम चालेको छ। मन्त्रिपरिषद्को पुस २६ गते बसेको बैठकले ल्याएको नयाँ अध्यादेशअनुसार अब नेपाली आईटी कम्पनीहरूले विदेशमा शाखा कार्यालय खोल्न, लगानी गर्न र त्यहाँबाट आर्जित आम्दानी कानुनी रूपमा स्वदेश भित्र्याउन पाउने भएका छन्। यस निर्णयले लामो समयदेखि आईटी क्षेत्रमा क्रियाशील उद्यमीहरूको प्रमुख मागलाई सम्बोधन गरेको छ। सो निर्णयले नेपाली कम्पनीहरूको अन्तर्राष्ट्रिय पहुँच विस्तार हुने र मुलुकमा विदेशी मुद्राको आम्दानी बढ्ने अपेक्षा गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आफ्नो फेसबुक पोस्टमार्फत यसबारे प्रतिक्रिया जनाउँदै भनेका छन्, "नेपालमा आईटीको क्षेत्रमा काम गर्नेहरूका लागि केही कानुनी अप्ठ्याराहरू थिए।…
Read More
एकीकृत समाजवादी अध्यक्ष नेपालद्वारा प्रधानमन्त्री ओलीमाथि ०८७ सम्म सत्ता टिकाउने चाहना रहेको आशंका

एकीकृत समाजवादी अध्यक्ष नेपालद्वारा प्रधानमन्त्री ओलीमाथि ०८७ सम्म सत्ता टिकाउने चाहना रहेको आशंका

२६ पुस, काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भंग गरेर २०८७ सम्म सरकारमा बस्ने योजना बनाएको हुनसक्ने आशंका व्यक्त गरेका छन्। सिंहदरबारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले यस्तो धारणा व्यक्त गरेका हुन्। अध्यक्ष नेपालले संविधान संशोधनसम्बन्धी विषयलाई लिएर प्रधानमन्त्री ओली पछाडि हटेको भन्ने कुरा सुनेको जनाउँदै, जनताको सुविधाहरूलाई सहज बनाउनेतर्फ ध्यान दिन संविधान संशोधन आवश्यक भएको बताए। “संविधान संशोधनको कुराबाट प्रधानमन्त्री पछि हट्नुभएको भन्ने सुनिएको छ। उहाँको २०८७ सम्म सरकारमा बस्ने चाहना हुन सक्छ। संसद् नै भंग गरेर त्यसैलाई आधार बनाउँदै थप ६…
Read More
निर्वाचन थ्रेसहोल्ड बढाउने सरकारको तयारीप्रति मधेसी दलको आपत्ति, संघर्षको चेतावनी

निर्वाचन थ्रेसहोल्ड बढाउने सरकारको तयारीप्रति मधेसी दलको आपत्ति, संघर्षको चेतावनी

२६ पुस, काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधित्वका लागि आवश्यक न्यूनतम मत प्रतिशत (थ्रेसहोल्ड) बढाउने सरकारको तयारीप्रति मधेश केन्द्रित दलहरूले आपत्ति जनाएका छन्। उनीहरूले थ्रेसहोल्ड बढाए संघर्षमा उत्रने चेतावनी दिएका छन्। सरकारले समानुपातिक प्रणालीमा प्रतिनिधिसभाका लागि कम्तीमा ३ प्रतिशत र प्रदेशसभामा १.५ प्रतिशत मत ल्याउने दललाई मात्रै सिट पाउने प्रावधानलाई संशोधन गरी क्रमशः ५ प्रतिशत र ३ प्रतिशत पुर्‍याउने तयारी गरिरहेको छ। यस सम्बन्धमा निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदामा गृह मन्त्रालयले संशोधन गरिसकेको छ। गृहले गरेको संशोधनले कानुनी मान्यता पाए साना दलहरूको समानुपातिक प्रतिनिधित्वमा ठूलो बाधा पुग्नेछ। यस्तो अवस्थामा ठूला दलहरूले बढी फाइदा लिने र संसद्मा राष्ट्रिय मान्यता…
Read More
प्रधानमन्त्री ओलीको सचिवहरूप्रति असन्तुष्टि: “कानुनी अड्चनको बहाना गरेर काम रोक्न मिल्दैन”

प्रधानमन्त्री ओलीको सचिवहरूप्रति असन्तुष्टि: “कानुनी अड्चनको बहाना गरेर काम रोक्न मिल्दैन”

२० पुस, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरूको कार्यसम्पादन शैली र सरकारको काम गर्ने गति चित्तबुझ्दो नभएको भन्दै सचिवहरूप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार साँझ जावलाखेलस्थित स्टाफ कलेजमा ५० भन्दा बढी सचिवहरूसँग आयोजित छलफलमा उनले यो असन्तोष व्यक्त गरेका हुन् । सचिवहरूले आफूले अह्राएको काम गर्न कानुनी अड्चन देखाएका कारण ‘स्पिरिट’ नमिलेको मन्त्रिपरिषद् बैठकमै गुनासो गर्न थालेपछि ओलीले आफ्ना दुई सल्लाहकारसहितको टिमसँग करिब साढे चार घण्टा छलफल गरेका हुन् । छलफलका क्रममा सचिवहरूले राजनीतिक दबाबमा काम गर्दा ‘ओभर साइट एजेन्सी’ (जस्तै अख्तियार) हरूको कारबाहीको केन्द्रविन्दु कर्मचारी मात्रै पर्ने गरेको आशयको अभिव्यक्ति दिएका थिए । हरेक निर्णयमा कर्मचारीमाथि मुद्दा चल्ने तर…
Read More
केही सहकारी संस्थाका कारण समग्र सहकारी क्षेत्र नै बदनाम भइरहेको छ: सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ

केही सहकारी संस्थाका कारण समग्र सहकारी क्षेत्र नै बदनाम भइरहेको छ: सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ

२० पुस, काठमाडौं - सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले केही सहकारी संस्थाका कारण समग्र सहकारी क्षेत्र नै बदनाम भइरहेको उल्लेख गर्दै सहकारीलाई व्यवस्थित गर्न सरकार क्रियाशील रहेको बताएका छन् । दिगो पर्यटन सहकारी संस्थाको १४औँ साधारणसभामा मन्त्री गुरुङले सहकारीहरुलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न हालै सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको बताए । उनले सहकारीलाई नियमन गर्न बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थालाई पारदर्शी एवं प्रभावकारी बनाउन राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्ने व्यवस्था समेत अध्यादेशमा भएको जानकारी दिए । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले अब एक व्यक्ति एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थामा सदस्य…
Read More
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता

७ पुस, कास्की - जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध ३ वटा कसुरमा मुद्दा दर्ता भएको हो । लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङविरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो । कास्की जिल्ला अदालतका निमित्त श्रेस्तेदार ख्यामनारायण लामिछानेका अनुसार विभिन्न ८ वटा कम्पनीविरुद्ध पनि मुद्दा दर्ता भएको छ । त्यस्तै ५ जनाको सम्पत्ति जफत गर्नुपर्ने सरकारी वकिलको कार्यालयको राय छ । समग्रमा ४४ व्यक्ति र कम्पनीलाई प्रतिवादी बनाइएको निमित्त श्रेस्तेदार लामिछानेले…
Read More
नेतृत्वविरुद्ध हमला र भ्रमपूर्ण प्रचार भइरहँदा त्यसविरुद्ध एमालेपंक्ति खरो रूपमा उत्रनुपर्नेमा प्रतिरक्षा कमजोर भइरहेको छ: एमालेका महासचिव शंकर पोखरेल

नेतृत्वविरुद्ध हमला र भ्रमपूर्ण प्रचार भइरहँदा त्यसविरुद्ध एमालेपंक्ति खरो रूपमा उत्रनुपर्नेमा प्रतिरक्षा कमजोर भइरहेको छ: एमालेका महासचिव शंकर पोखरेल

२९ मङ्सिर, काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी जीवनमा समस्या देखिएको औँल्याएका छन् । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुईदिने कार्यशालाको शनिबार उद्घाटन गर्दै उनले पार्टीको नीति जनतासम्म पुर्‍याउन तथा वैचारिक राजनीतिक संघर्षमा जनतासँग संवाद गर्नुपर्ने पक्षमा कमी रहेको बताए । हाल पार्टीको जुन ढंगले काम भइरहेको छ, यसरी एमालेलाई राष्ट्रिय शक्ति निर्माण गर्न कठिन हुने उनले बताए । उनले हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनको मत परिणामले विगतको तुलनामा उपलब्धि देखिए पनि परिणाम उत्साहित हुनुपर्ने खालको नभएको बताए । महासचिव पोखरेलले स्थानीय तहका जनप्रतिनिधिले पार्टी निर्माणमा सहयोग…
Read More
नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोका रूपमा रहेको छ : प्रधानमन्त्री केपी शर्मा ओली

नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोका रूपमा रहेको छ : प्रधानमन्त्री केपी शर्मा ओली

२८ मङ्सिर, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोका रूपमा रहेको बताएका छन् । नवौँ नानहाई बौद्ध सम्मेलनको काठमाडौँ फोरमलाई शुक्रबार सम्बोधन गर्दै उनले उक्त धागोले हाम्रा दुई राष्ट्रहरूको आध्यात्मिक र सांस्कृतिक कपडालाई एकसाथ बुन्ने तथा सद्भाव र समझदारीको दिगो बन्धनलाई बढावा दिने बताए । 'नेपाल चीन केवल सीमाभन्दा बढी धेरै विषय आदानप्रदान गर्छन् । हामी हाम्रो इतिहासको अविष्मरणीय कालखण्ड, हाम्रा पहाडहरूको भव्य आलिंगन, हाम्रा नदीहरूको जीवनदायी प्रवाह र हाम्रा संस्कृतिहरूको गहिरो र समृद्धिको बन्धनमा बाँधिएका छौँ,' प्रधानमन्त्री ओलीले भने, 'नेपाल र चीनबीच इतिहासदेखि नै असल मित्रता रहिआएको छ । यो सम्मेलनले मैत्रीको बन्धनलाई गहिरो…
Read More
रवि लामिछानेलाई बयानका लागि पर्सामा ल्याइयो

रवि लामिछानेलाई बयानका लागि पर्सामा ल्याइयो

२४ मङ्सिर, पर्सा - सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि पर्सामा ल्याइएको छ । वीरगञ्जको सानो पाइला सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानका लागि आज लामिछानेलाई पोखराबाट हवाई उडानमार्फत पर्सामा ल्याइएको हो । प्रहरीले सभापति लामिछानेलाई आज पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सिमरा विमानस्थलसम्म हवाई उडानमार्फत ल्याएको हो । प्रहरीले लामिछानेलाई सिमराबाट भने सवारीसाधनमा राखेर पर्सा ल्याएको हो । गत मंसिर १९ गते पर्सा जिल्ला अदालतले सानो पाइला सहकारी ठगी प्रकरणमा सभापति लामिछानेसहित १४ जनाको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । सो पक्राउ पुर्जीको आधारमा थप…
Read More
शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक छ: पुष्पकमल दाहाल

शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक छ: पुष्पकमल दाहाल

२२ मङ्सिर, काठमाडौं - प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक समाजबीच एकता घोषणा समारोह तथा प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै दाहालले विगतमा शान्ति प्रक्रिया बहुमतबाट टुंगोमा पुर्‍याउन दायाँ र बायाँ कोणबाट प्रस्ताव आए पनि आफूले सहमतिमै जोड दिएका कारण केही ढिलोगरी भए पनि यो राष्ट्रिय सहमतिबाट पूरा हुने बताए । एकथरि शक्तिमा यो माओवादी र कांग्रेसको मात्रै समस्या हो जस्तो देखाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै अध्यक्ष दाहालले राष्ट्रिय समहतिबाटै टुंगोमा शान्ति प्रक्रियाका बाँकी काम अन्तिम चरणमा पुगेको बताए ।
Read More