९ बैशाख, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी विपिन जोशीको रिहाइका लागि अवाश्यक पहल भइरहेको बताएका छन् । विश्वविद्यालयको चौँथो दीक्षान्त समारोहमा उनले कतारी राजा अमिरको आसन्न नेपाल भ्रमणका क्रममा पनि यो विषयलाई प्राथमिकताका साथ उठाउने आश्वासन दिए । ‘कतारका राजा अमिरको नेपाल भ्रमणमा विपिनको रिहाइका लागि आवश्यक पहल गरिदिन कतारी राजासमक्ष प्रमुख रुपमा कुरा राखिनेछ,’ आइतबार सुदूरपश्चिम विश्वविद्यालयको चौँथो दीक्षन्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘आजै बिहान कुवेतको एक टेलिभिजनलाई अन्तरवार्ता दिँदा पनि मैले विपिनको रिहाइका लागि कतारले खेल्न सक्ने भूमिकाबारे उल्लेख गरेको छु ।’ कतारका अमिर आगामी मंगलबार नेपाल भ्रमणमा आउँदैछन्…
९ बैशाख, काठमाडौं - नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियारले फेरि अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । पौडेलले सार्वजनिक पदको दुरुपयोग गरी श्रोत नखुलेको २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको अभियोग अख्तियारले लगाएको छ भने त्यति नै बिगो कायम गरी साेही बमोजिम जरिवाना असुल उपर गर्न माग दाबी पेश गरेको छ । अख्तियारले पौडेलविरुद्ध २०६१ जेठ २० देखि ०७९ फागुन ३० सम्मको सम्पत्ति छानविन गरेको उल्लेख गरेको छ। त्यसमध्ये २०६२ देखि ०६५ सम्मको अवधिमा उनी सार्वजनिक पदमा थिएनन् । बाँकी अवधिमा उनी विभिन्न मितिमा सार्वजनिक पदमा बहाल थिए ।…
८ बैशाख, काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका मुल विषयमा अस्पष्ट र असहमत रहनेहरूको संख्या निर्वाचनपछि प्रतिनिधिसभामा उल्लेख्य भएकाले मुलुकमा राजनीतिक अस्थिरता झनै बढेर गएको निष्कर्ष निकालेका छन् । सथै उनले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय र नेपाली कांग्रेसको शक्ति विस्तारलाई विवेचनायोग्य घटना भएको बताएका छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले यस्तो उल्लेख गरेका हुन् । अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रियतावादी शक्तिको रूपमा र नेपाली कांग्रेसलाई परम्परावादी दक्षिणपन्थी शक्तिको रूपमा उल्लेख गर्दै ती दुवै पार्टीको गत निर्वाचनमा भएको उदय र शक्ति विस्तार नयाँ…
७ बैशाख, रूपन्देही - सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन गर्ने ६ जनालाई रूपन्देही जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ । शुक्रबार सकिएको थुनछेक बहसपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्षका लागि जेल पठाउँदै अन्य ६ जनालाई धरौटीमा छोड्ने आदेश दिएको हो । न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशकुमार पुनलाइ ४ लाख, सहकारीको भैरहवा शाखा व्यवस्थापक दुर्गा पाण्डेय चापागाईंलाई १८ लाख, नवीन अछामीलाई १० लाख, नीता थापालाई २ लाख, दीपक न्यौपानेलाई ४ लाख ४५ हजार र रोशनी गुरुङसँग २ लाख रुपैंयाँ धरौटी माग गरेको छ अदालतले अध्यक्ष गुरुङलाई थुनामै राखेर थप अनुसन्धान गर्न भनेको छ ।…
७ बैशाख, काठमाडौं - नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा दुई हजार ४५४ प्रतिनिधि सहभागी हुने भएका छन् । शनिवारबाट सुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक र हिरक महोत्सव तयारीका सन्दर्भमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा एमालेले सो जानकारी गराएको हो । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सहभागीमध्ये २ हजार ७३ जना महाधिवेशन प्रतिनिधि परिषद् सदस्य र ३ सय ८१ जना आयोजक छन् । केन्द्रीय निकायमा मनोनयन गरिएका परिषद् सदस्यबाहेकका केन्द्रीय सदस्यलाई एमालेले आयोजक मानेको छ । परिषद् बैठक ८ र ९ बैसाखसम्म चल्नेछ भने १० बैशाखमालाई पार्टी स्थापनाको ७५ औं वर्ष प्रवेशलाई हिरक महोत्सवको रुपमा मनाउने एमालेको तयारी…
६ बैशाख, धनगढी - सुदूरपश्चिम प्रदेशका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसदहरूले घनश्याम चौधरी दलको नेता रहेको पत्र प्रदेश प्रमुख नजिर मियाँलाई बुझाएका छन् । नाउपाका पाँचजना सांसदहरू प्रदेश प्रमुखको कार्यालय पुगेर पत्र बुझाएका हुन् । पत्र बुझाउँनेमा लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी, इन्दिरा गिरी, रामेश्वर चौधरी, खुसीराम चौधरीले रहेका छन् । उनीहरूले एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको बताएका छन् ।
६ बैशाख, काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले डा. अन्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेका छन् । राष्ट्रपति कार्यालयबाट बिहिवार जारी विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेका हुन् । गत चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा. शाक्यलाई मनोनीत गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो । नेपालको संविधानको धारा ८६ को उपधारा २ (ख)मा राष्ट्रियसभामा सरकारको सिफारिसमा कम्तीमा एक महिलासहित तीन जना मनोनीत गर्ने व्यवस्था छ ।
५ बैशाख, काठमाडौं - गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले वैशाख ७ गते ३ बजेदेखि बैठक बस्ने गरी गण्डकी प्रदेश सभा अधिवेशन आह्वान गरेका छन् । ४ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख ७ गते विशेष अधिवेशन डाक्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । आफूविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि नै विश्वासको मत लिने तयारीमा नब नियुक्त्त मुख्यमन्त्री खगराज अधिकारी छन् । सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्रीमा दाबी गरेको र सोही दाबीका आधारमा मुख्यमन्त्री नियुक्त गरेको भन्दै नेपाली कांग्रेस २७ चैतमा सर्वोच्च पुगेको थियो । सोही रिटउपर सर्वोच्च अदालतले सर्वोच्चले २८ चैतमा मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन…
४ बैशाख , कञ्चनपुर - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई खोज्न संसदीय छानबिन आवश्यक रहेको बताएका छन् । संवाद यात्राका क्रममा मंगलबार कञ्चनपुरको पुनर्वासमा बोल्दै थापाले बुटवलको सुप्रिम सहकारी ठगीबारे प्रहरीले गरेको अनुसन्धानअनुसार सरकारी वकिलले मुद्दा अभियोजन गर्दा सहकारी ठगी गर्ने रवि लामिछाने र गृहमन्त्री रवि लामिछाने एउटै हो कि होइन भनेर प्रतिवादी नबनाएकाले त्यसले संसदीय छानबिनको आवश्यक थप बढेको बताए । “सरकारी वकिललाई प्रतिवेदन बुझाएको प्रहरीले सहकारीमा ठगी गर्ने रवि लामिछाने र अहिलेका गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् भन्ने कुरा थाहा नभएकाले मैले प्रतिवादी बनाएर प्रतिवेदन दिन सकिनँ भन्यो,” थापाले भने, “सहकारी ठग्ने रवि लामिछाने…
४ बैशाख , धनगढी - नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री नियुक्तिका लागि नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ। सत्तागठबन्धनबीच मंगलबार भएको छलफलमा नयाँ समझदारी बनेपछि समाजवादीले समर्थन फिर्ता लिएको हो। सत्ता गठबन्धनका नेताहरू बिच सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने समझदारी भएपछि यसअघि एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले पेस गरेको दाबीमा गरेको समर्थन फिर्ता लिइएको हो । आइतबार मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका दुई जना सांसदको दाबी पेस भएपछि प्रदेश प्रमुखले कानुनी परामर्श गर्ने भन्दै निर्णय दिएका थिएनन् । एकीकृत समाजवादीले सुदूरपश्चिममा चालेको कदमले केन्द्रीय सत्ता गठबन्धनमै हलचल आएको थियो । त्यसपछि सत्तारुढ दलका शीर्ष नेताहरूबीच सुदूरपश्चिममा…