Skip to main content

Epost Nepal

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक शनिवारबाट

७ बैशाख, काठमाडौं – नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा दुई हजार ४५४ प्रतिनिधि सहभागी हुने भएका छन् ।

शनिवारबाट सुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक र हिरक महोत्सव तयारीका सन्दर्भमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा एमालेले सो जानकारी गराएको हो ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सहभागीमध्ये २ हजार ७३ जना महाधिवेशन प्रतिनिधि परिषद् सदस्य र ३ सय ८१ जना आयोजक छन् । केन्द्रीय निकायमा मनोनयन गरिएका परिषद् सदस्यबाहेकका केन्द्रीय सदस्यलाई एमालेले आयोजक मानेको छ ।

परिषद् बैठक ८ र ९ बैसाखसम्म चल्नेछ भने १० बैशाखमालाई पार्टी स्थापनाको ७५ औं वर्ष प्रवेशलाई हिरक महोत्सवको रुपमा मनाउने एमालेको तयारी छ । ललितपुरको गोदावरीस्थित सनराइज सभा हलमा बैठक र महोत्सव आयोजना हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *