Skip to main content

Epost Nepal

विपिन जोशीको रिहाइका लागि अवाश्यक पहल भइरहेको छ : पुष्पकमल दाहाल

९ बैशाख, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी विपिन जोशीको रिहाइका लागि अवाश्यक पहल भइरहेको बताएका छन् ।

विश्वविद्यालयको चौँथो दीक्षान्त समारोहमा उनले कतारी राजा अमिरको आसन्न नेपाल भ्रमणका क्रममा पनि यो विषयलाई प्राथमिकताका साथ उठाउने आश्वासन दिए ।

‘कतारका राजा अमिरको नेपाल भ्रमणमा विपिनको रिहाइका लागि आवश्यक पहल गरिदिन कतारी राजासमक्ष प्रमुख रुपमा कुरा राखिनेछ,’ आइतबार सुदूरपश्चिम विश्वविद्यालयको चौँथो दीक्षन्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘आजै बिहान कुवेतको एक टेलिभिजनलाई अन्तरवार्ता दिँदा पनि मैले विपिनको रिहाइका लागि कतारले खेल्न सक्ने भूमिकाबारे उल्लेख गरेको छु ।’

कतारका अमिर आगामी मंगलबार नेपाल भ्रमणमा आउँदैछन् । प्रधानमन्त्री दाहालले विद्रोही समूह हमासको नियन्त्रणमा रहेका जोशीलाई सकुशल स्वदेश फर्काउन आवश्यक कुटनीतिक पहल भइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *