७ पुस, काठमाडौं - सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्थाबारे मूल्यांकन र सुधारको भावी कार्यदिशाबारे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शीर्ष राजनीतिक नेतृत्व, उच्च प्रशासनिक नेतृत्व र सम्बन्धित निकायका प्रतिनिधिबीच उच्चस्तरीय छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार भएको छलफलमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्रीहरू, मन्त्री, राजनीतिक संयन्त्रमा रहेका नेताहरू नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, कांग्रेसका महामन्त्री गगनकुमार थापालगायत सहभागी बैठकमा सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्थाबारे प्रस्तुतीकरण गरिएको थियो । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आमविनाशका हातहतियार निर्माण र विस्तारमा वित्तीय लगानीजस्ता गैह्रकानुनी क्रियाकलाप निवारण…
२९ मङ्सिर, काभ्रेपलाञ्चोक - प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाका माध्यमबाट मुलुक आत्मनिर्भरतातर्फ अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू)को ३०औँ दीक्षान्त समारोहमा शनिबार उनले रोजगारी सिर्जना गर्ने आत्मनिर्भरतामा आधारित शिक्षा दिने ढंगले सरकार अघि बढ्ने बताए । “अब जब दिने शिक्षा दिने हैन, जब सिर्जना गर्ने खालको शिक्षा, आत्मनिर्भर ढंगले जब दिने शिक्षातर्फ अघि बढेका छौँ । यसका निम्ति केयूलगायत विश्वविद्यालय नमुनाका रूपमा अघि बढिरहेका छन्,” केयूका कुलपति समेत रहेका ओलीले भने । विद्यार्थीलाई पढाइसँगै रोजागरीमा जोड्दै आत्मनिर्भर बनाउन देशका ‘नमुना’ विश्वविद्यालयसँग सहकार्य र समन्वय गर्दै जाने उनले उल्लेख गरे । प्रधानमन्त्री ओलीले प्रमाणपत्रले मात्र…
२८ मङ्सिर, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नराम्रो कामको नेतृत्व गरिरहेको बताएका छन् । शुक्रबार आदिवासी जनजाती महिलाहरूको प्रथम राष्ट्रिय भेलामा उनले कूप्रचारको नेतृत्व माओवादीले गरिरहेको आरोप लगाए । “यो माओवादी जुन दिन देशमा पलायो, त्यहाँबाट जाली फटाह, झुट, बेइमान, मुद्दा हाल्ने के गर्ने, मान्छेहरूलाई दुःख दिने, कूप्रचार गर्ने सबै काम माओवादीको नेतृत्वमा भइरहेको छ । ओलीले प्रचण्ड नेतृत्वमा एमाले र त्यसका अध्यक्षविरुद्धको कूप्रचारमा सक्रिय रहेको जिकिर गरे । “प्रचण्ड महोदयले नराम्रा कामको नेतृत्व गरिरहनुभएको छ । उहाँको गिरोह सक्रिय छ । अरू होइन, एमाले र मेराविरुद्ध सक्रिय छ,” ओलीको दाबी छ । उनले आफूमाथि…
२४ मङ्सिर, ताप्लेजुङ - ताप्लेजुङको धार्मिकस्थल पाथीभरामा पछिल्लो सात वर्षमा १३ लाखभन्दा बढी दर्शनार्थीले पूजापाठ गरेका छन् । विभिन्न क्षेत्रबाट सात वर्षको समय अवधिमा १३ लाख तीन हजार ९२ जना दर्शनार्थीले पूजापाठ गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिले आर्थिक वर्ष २०७४/७५ देखि २०८०/८१ सम्मको तथ्यांक १३ लाख तीन हजार ४९२ जनाले पाथीभरामा पुगेर पूजापाठ गरेको समितिले सार्वजनिक सूचनामा उल्लेख गरको छ । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार सात वर्षको अवधिमा कुल १३ लाख तीन हजार ४९२ जना दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेका छन् । यो तथ्यांक चालु आर्थिक वर्ष २०८१/८२ को समावेश नगरी तयार गरिएको हो…
२२ मङ्सिर, काठमाडौं - परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सरकार र चीनबीच हालै सम्पन्न बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) फ्रेमवर्क सम्झौतामा ऋण लिने विषय कतै उल्लेख नभएको स्पष्ट गरेकि छन् । नेपाल सरकार र चीनबीच हालै भएको सो सम्झौताका बारेमा गहिरो अध्ययन नगरी हलुकारुपमा टिकाटिप्पणी भइरहेको उनको भनाइ थियो । इन्टरनेसनल कोर्ट अफ जस्टिस् (आइसिजे) मा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा नेपालका तर्फबाट धारणा राख्न नेदरल्याण्ड्स् प्रस्थान गर्नुअघि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले भनिन्, ‘हामीले बीआरआईअन्तर्गत सहयोगमा आधारित परियोजनामा हस्ताक्षर गरेका हौँ, ऋण लिने भन्ने कुरा कतै छैन ।’ सो सम्झौताका बारेमा बुझ्दै नबुझी टिप्पणी भएको उनको भनाइ थियो ।…
२० मङ्सिर, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा चीन सरकारसँग ऋणसम्बन्धी कुनै सम्झौता नगरेको बताएका छन् । चार दिने औपचारिक चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै चीन भ्रमणका क्रममा ऋण सम्झौता नभएको बताएका हुन् । चीन भ्रमणपूर्व नै कुनै पनि ऋण नलिने भनिसकेको र ऋणको बारेमा चीन भ्रमणमा कुनै सम्झौता नभएको ओलीको भनाइ थियो । ‘अस्तिदेखि मैले हामी कुनै ऋण लिन जाँदै छैनौँ, ऋण लिनेबारे कुनै कुरा पनि चलेन । मैले यहाँ बोलेकै थिएँ, छलफल पनि भएन । हामीले यसपल्ट बीआरआईअन्तर्गत विभिन्न परियोजनाहरूको कुरा गरेका छौँ । हरेक परियोजनाअन्तर्गत हामी छुट्टै…
१८ मङ्सिर, काठमाडौं - चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनपिङबीच बेइजिङमा भेटवार्ता भएको छ । भेटघाटका क्रममा उनीहरूबीच आपसी सहकार्य,दुई देशबीचको सम्बन्धलगायत विषयमा छलफल भएको थियो । भेटका क्रममा सीले प्रधानमन्त्री ओलीसँग नेपालको पछिल्लो राजनीतिक,आर्थिक र सामाजिक अवस्थाका बारेमा चासो राखेका थिए । प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणमा मंगलबार हिमालयन एयरलाइन्सको चार्टर्ड विमानबाट बेइजिङ गएका थिए ।
१४ मङ्सिर, काठमाडौं - निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनमा मतगणनाको अद्यावधिक परिणाम बेवसाइटमार्फत हेर्न सकिने व्यवस्था मिलाएको छ । मतगणना परिणामबारे सहज पहुँच तथा जानकारीका लागि www.result.election.gov.np लगइन गरी ‘अपडेट’ लिन सकिने आयोगका प्रवक्ता सहसचिव नीता पोखरेल अर्यालले जानकारी दिइन् । यही मंसिर १६ गते आइतबार नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार तथा वडा अध्यक्ष ३३ गरी जम्मा ४१ पदका लागि उपनिर्वाचन हुँदैछ । आइतबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म तोकिएका केन्द्रमा मतदान हुनेछ । मतदान कार्य सम्पन्न भई सबै मतपेटिका तोकिएको मतगणनास्थलमा सङ्कलन भएपछि मतगणना कार्य प्रारम्भ हुने आयोगले जनाएको छ ।-रासस
१२ मङ्सिर, काठमाडौं - नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवाहरूलाई विदेशिनबाट रोक्न एसियाली मुलुकहरूको साझा अवधारणासहितको व्यवस्थापनको खाँचो रहेको औँल्याएका छन् । काठमाडौंमा बुधबारदेखि सुरू छैटौँ एसियाली जनसंख्या सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले युवाको विदेश पलायन रोक्नु नै चुनौतीको विषय भएको भन्दै यसतर्फ साझा व्यवस्थापनको खाँचो रहेको बताएका हुन् । सभापति देउवाले भने, 'नेपालको सवालमा ठूलो सङ्ख्यामा युवा अवसरको खोजीमा अन्यत्र सर्नेक्रम देखिएको छ । हामी एक्लैलेमात्र उनीहरूको ऊर्जा, उत्पादनशीलता, नवप्रवर्तन र उद्यमशीलतालाई व्यवस्थापन गर्नसक्ने अवस्थामा छैनौँ । युवापुस्ता राम्रो आम्दानीको स्रोतको खोजीमा बाहिर बसाइँ सर्दैछन् । त्यसैले एसियाको धेरै खालको विकासको अवधारणामा साझा व्यवस्थापनको खाँचो रहेको छ ।' उनले युवालाई…
११ मङ्सिर, धुलिखेल - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटभ (बीआरआई) अन्तर्गत सरकारले ऋण नलिने स्पष्ट पारेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी साता हुने चीन भ्रमणका क्रममा सरकारले ऋण नलिने तर, अनुदान सम्झौता गर्नसक्ने सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङले बताए । मंगलबार धुलिखेलमा आयोजित एक कार्यक्रममा सञ्चारमन्त्री गुरुङले यस्ताे बताएका हुन् । “बीआरआई लागु गर्ने वा नगर्नेबारे दुई कोणबाट विचार आइरहेको छ, तर सरकार बीआरआई सम्झौता गरिहाल्नुपर्छ भन्नेमा छैन, एमओयू गरेकाले कार्यान्वयन गर्नुपर्छ,” मन्त्री गुरुङले भने । उनले सरकारको नीति जहाँबाट पायो त्यहाँबाट ऋण लिने नभएको दोहोर्याए । सञ्चारमन्त्रीले गुरुङले भने,…