९ माघ, काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैदेशिक सहायता नीतिमा राष्ट्रिय सहमति निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। बुधबार नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागद्वारा सानेपामा आयोजित गोष्ठीमा बोल्दै थापाले वैदेशिक सहयोगको नीति सरकार बदलिए पनि स्थिर रहनुपर्ने आवश्यकता औंल्याए। उनले भने, “वैदेशिक सहायता नीति जुनसुकै सरकार आए पनि स्थिर रहनुपर्छ। यो नेपालको राष्ट्रिय स्वार्थसँग जोडिएको विषय हो। यदि राजनीतिक दलहरूबीच यसबारे एउटै धारणा बनाउन सक्यौं भने यो नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिन्छ। तर, त्यसो गर्न नसक्ने हो भने हरेक नयाँ सरकार डराउने स्थिति सिर्जना हुन्छ।” थापाले वैदेशिक सहायता परिचालनमा राजनीतिक प्रभावलाई न्यून गरी विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा…
६ माघ, रूपन्देही– सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा रवि लामिछाने, छविलाल जोशी, र लक्ष्मी पौडेलसहित ४२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। रवि, छवि र लक्ष्मीविरुद्ध सहकारी ठगी र संगठित अपराधमा १० करोड १९ लाख ३६ हजार रुपैयाँ बिगो मागसहित आइतबार पूरक अभियोग दर्ता गरिएको हो। यसअघि दर्ता भएका २८ प्रतिवादीमध्ये १७ जनाविरुद्ध थप कसुर र बिगोको दाबी गरिएको छ। सरकारी वकिल कार्यालयका अनुसार, गितेन्द्रबाबु राईविरुद्ध ५१ करोड १ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ बिगो माग गरिएको छ। संचालक दिनेश रोकालाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा मुछिएको छ। प्रहरी अनुसन्धानले सुप्रिम सहकारीका १०…
४ माघ, काठमाडौं – संघीय संसद्मा रहेका सात विपक्षी दलले सरकारले नियमित हिउँदे अधिवेशन नबोलाएर गम्भीर प्रकृतिका कानुनहरू अध्यादेशमार्फत् जारी गर्ने कदमप्रति कडा आपत्ति जनाएका छन्। उनीहरूले संसद्को गरिमा कायम राख्न तत्काल हिउँदे अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेका छन्। विपक्षी दलहरूको संयुक्त विज्ञप्तिमा सरकारले बहुमतको दुरुपयोग गर्दै संसदलाई छल्ने र राज्यका निकायहरूलाई आफ्नो स्वार्थअनुकूल प्रयोग गरिरहेको आरोप लगाइएको छ। विज्ञप्तिमा भनिएको छ, "संसद्लाई पन्छाउँदै सरकारका राजनीतिक निर्णय र काम कारबाहीहरू पूर्वाग्रही र स्वेच्छाचारी छन्, जसले लोकतन्त्र र विधिको शासनमाथि गम्भीर संकट निम्त्याउन सक्छ।" विपक्षी नेताहरूले संसद्को नियमित अधिवेशन आह्वान नगरे सरकारको कदमलाई निरंकुशता र स्वेच्छाचारिता ठहर गर्दै विशेष अधिवेशन…
४ माघ, काठमाडौं – प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार आफ्नो औचित्य गुमाउँदै गएको दाबी गरेका छन्। संसद् भवन नयाँ बानेश्वरमा आज आयोजित विपक्षी दलको पत्रकार सम्मेलनमा उनले सरकारका गतिविधिले जनतामा निराशा र असन्तुष्टि मात्रै बढाएको टिप्पणी गरे। दाहालले कांग्रेस-एमाले गठबन्धनलाई अप्राकृतिक भन्दै यसको गठन नै संविधानको मर्म र भावनाविपरीत रहेको आरोप लगाए। "सरकारका क्रियाकलापले आम निराशा उत्पन्न गरेको छ। यो सरकार अपारदर्शी र अप्राकृतिक तरिकाले बनेको छ," दाहालले भने। उनले सरकारका गलत निर्णय र क्रियाकलापका कारण विपक्षी दलहरू एकजुट भएर विरोधमा उभिन बाध्य भएको स्पष्ट पारे। "देशको वर्तमान अवस्थाप्रति गम्भीर चिन्तासहित हामीले विरोध…
२९ पुस, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा गरिएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौतामा ऋण भन्ने शब्द नै नरहेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले स्पष्ट पारेकी छन्। प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबारको बैठकमा मन्त्री राणाले बीआरआई सम्झौतामा हस्ताक्षर गर्दा अनिवार्य रूपमा ऋण लिनुपर्ने कुनै बाध्यात्मक अवस्था नरहेको बताइन्। कांग्रेसका केही सांसदहरूले बीआरआई सम्झौतामा ऋण लिने शर्तसहित हस्ताक्षर गरिएको दाबी गर्दै संसदीय समितिमा प्रश्न उठाएका थिए। उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय समितिमा बोलाएर बीआरआई सम्झौताबारे स्पष्ट पार्नुपर्ने र सम्झौताको आधिकारिक कागजात प्रस्तुत गर्नुपर्ने माग गरेका थिए। यसप्रति प्रतिक्रिया दिँदै मन्त्री राणाले बीआरआई सम्झौता विस्तृत…
२८ पुस, काठमाडौं – सरकारी कर्मचारीमा ट्रेड युनियन हुनैपर्ने विषयमा राष्ट्रिय समावेशी आयोगका सदस्य हरिदत्त जोशीले बारम्बार अभिव्यक्ति दिएपछि सांसदहरूले आपत्ति जनाएका छन्। प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा निजामती कर्मचारी विधेयकमा संवैधानिक आयोगका विषयमा धारणा मागिएको थियो। बैठकमा आयोगका सदस्य जोशीले सरकारी कर्मचारीलाई संगठित हुने अधिकार रहेको र कानुनमा यसको प्रावधान राख्नुपर्ने धारणा व्यक्त गरे। जोशीले नेपालले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का ११ वटा सन्धि अनुमोदन गरिसकेको उल्लेख गर्दै ट्रेड युनियनका अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए। "नेपालले सामाजिक सुरक्षा र संगठित हुने अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाइसकेको छ। यसैले ट्रेड युनियनको अधिकार ऐनमा समावेश गरिनुपर्छ," उनले भने। उनले…
२७ पुस, काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियता र जनजीविकाका मुद्दाहरूलाई प्राथमिकतामा राखेर राज्यलाई दबाब दिने गरी आन्दोलनको तयारी भइरहेको बताएका छन्। शनिबार ललितपुरमा आयोजित समाजवादी ललितपुर जिल्ला कमिटीको आठौँ अधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष नेपालले वामपन्थी र कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध गर्ने प्रयास तीव्र भइरहेको उल्लेख गरे। उनले राष्ट्रियता र जनजीविकाका जस्ता महत्त्वपूर्ण विषयहरूलाई उचित ढंगले अघि बढाउनका लागि समाजवादी मोर्चालाई सक्रिय बनाउने र राज्यलाई दबाब दिने स्पष्ट पारे। उनले आफ्नो पार्टीको नेपालको राजनीतिमा विशेष महत्त्व रहेको भन्दै कार्यकर्ताहरूलाई निराश नहुन र महत्त्वपूर्ण भूमिका निर्वाह गर्न प्रतिबद्धताका साथ लाग्न निर्देशन दिए। अध्यक्ष नेपालले वामपन्थी शक्तिहरूलाई एकजुट गर्दै…
२६ पुस, काठमाडौं – नेपालमा विदेशी मुद्रा सञ्चितिले नयाँ रेकर्ड कायम गरेको छ। गत मंसिर मसान्तसम्ममा विदेशी मुद्रा सञ्चिति २२ खर्ब ७३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो। यसअघि असार मसान्तमा कुल सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको थियो। राष्ट्र बैंकको तथ्यांकअनुसार, विदेशी मुद्रा सञ्चिति असारको तुलनामा करिब ११.५ प्रतिशतले वृद्धि भएको हो। अमेरिकी डलरको आधारमा हेर्दा, २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेको सञ्चिति मंसिर मसान्तसम्ममा ९.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ७६ करोड पुगेको छ। राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मासिक प्रतिवेदनमा यो तथ्यांक उल्लेख गरिएको छ। १७.६ महिनाको आयात…
२६ पुस, काठमाडौं – पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, र संगठित अपराध मुद्दामा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री, तथा रास्वपा सभापति रवि लामिछाने ६५ लाख धरौटी बुझाएर हिरासतमुक्त भएका छन्। जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार उक्त धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। लामिछाने ८४ दिन हिरासतमा बसेका थिए। कास्की अदालतको आदेशपछि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ। काठमाडौं जिल्ला अदालतमा पनि सहकारी ठगीसम्बन्धी मुद्दा दायर भएकाले शुक्रबार स्वयम् उपस्थित हुने कागज गर्दै उनलाई छोडिएको हो। अन्य आरोपीहरू पनि धरौटीमा रिहा उक्त प्रकरणमा संलग्न अन्य व्यक्तिहरूलाई पनि धरौटीमा रिहा गरिएको छ। अदालतले…
२० पुस, सोलुखुम्बु – प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च तापमानका कारण हिमाल क्षेत्रमा हिउँ पग्लने समस्या बढ्दै गएको भन्दै यसले जलवायु परिवर्तनको गम्भीर असरलाई उजागर गरेको बताएका छन् । लुक्लामुनि सुर्केसम्म पुगेको ङिमदोर्जी शेर्पा पर्यटन सडक उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको प्रभावले हिमाली क्षेत्र र त्यहाँ बसोबास गर्ने समुदायमा गहिरो प्रभाव पारेको उल्लेख गरे। उनले यस संवेदनशील विषयमा आफू नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाएको र जलवायु न्यायको माग गरेको जानकारी गराए। प्रधानमन्त्रीले नेपाल जस्तो देशले जलवायु परिवर्तनमा न्यून योगदान पुर्याएको भए पनि यसले सबभन्दा ठूलो असर भोग्नुपरेको बताउँदै जलवायु न्यायका लागि सबै राष्ट्रहरूको साझा प्रयास आवश्यक रहेकोमा जोड…