Skip to main content

Epost Nepal

Breaking News 2

मृत्युपश्चात् मानव अंग दान गर्ने परिवारलाई दुई लाख रुपैयाँ दिने निर्णय

मृत्युपश्चात् मानव अंग दान गर्ने परिवारलाई दुई लाख रुपैयाँ दिने निर्णय

९ मङ्सिर, काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युपश्चात् मानव अंग दान गर्ने परिवारलाई दुई लाख रुपैयाँ दिने निर्णय गरेको छ । यसअघि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिने गरिएकामा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दाताका परिवारलाई एक लाख थप गरी दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका हुन् । अंग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० हजार रुपैयाँमा मन्त्रालयले २५ हजार थप गरेर ७५ हजार रुपैयाँ पुर्‍याएको छ । उक्त निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयले आन्तरिक स्रोतबाट व्यवस्थापन गर्नेगरी सहमति दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री पौडेल स्वयंले पनि यसअघि मृत्युपश्चात् अंग दान गर्ने घोषणा गरिसकेका छन् ।…
Read More
पहिले चीन भ्रमण गरेर अपरिपक्व काम गर्न लागेको भन्दै टिप्पणी गर्नेप्रति प्रधानमन्त्री केपी शर्मा ओली टिप्पणी: पहिले कहाँ जानुपर्‍थ्यो भन्ने कहाँ लेखको छ?

पहिले चीन भ्रमण गरेर अपरिपक्व काम गर्न लागेको भन्दै टिप्पणी गर्नेप्रति प्रधानमन्त्री केपी शर्मा ओली टिप्पणी: पहिले कहाँ जानुपर्‍थ्यो भन्ने कहाँ लेखको छ?

७ मङ्सिर, काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले भारत नभइ पहिले चीन भ्रमण गरेर अपरिपक्व काम गर्न लागेको भन्दै टिप्पणी गर्नेप्रति आपत्ति जनाउँदै त्यस्तालाई 'वाहियात' र 'कायर' को संज्ञा दिएका छन् । उनले काठमाडौंको दरबारमार्गमा एमालेको जनजागरण सभामा सम्बोधन गर्दै पहिले कहाँ जानुपर्‍थ्यो भन्ने कहाँ लेखको छ भन्दै प्रश्न गरेका छन् । 'कतिले के-के न व्यवसाय भेट्टाए जसो गरेर पहिले कता जानुपर्ने कता गयो, अपरिपक्व भयो भन्छन् । कस्तो हुन्छ परिपक्व भनेको ? पहिले कता जानुपर्ने ? धर्मशास्त्रमा लेखेको छ कि ? संविधानमा लेखेको छ कि ? संयुक्तराष्ट्रसंघको बडापत्रमा लेखेको छ ? कहाँ चाहि परिपक्वता भेट्नुभयो ?' प्रधानमन्त्री ओलीले भने,' यी वाहियात र कायर कुरा हुन् । हामी सबै छिमेकीहरूलाई…
Read More
नेपाली कांग्रेसले मुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्ने

नेपाली कांग्रेसले मुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्ने

६ मङ्सिर, काठमाडौं - नेपाली कांग्रेसले मुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्ने भएको छ । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा यही मंसिर ७ गते उक्त छलफल कार्यक्रम गर्न लागेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । शुक्रबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा हुने कार्यक्रममा पूर्वअर्थमन्त्री, रााष्ट्रिय योजना आयोगका पूर्वपदाधिकारी, निजी क्षेत्रका अर्थतन्त्रसँग जोडिएका संघ संस्थाका पदाधिकारी लगायतसँग छलफल गरिने प्रमुख श्यामकुमार घिमिरेले जानकारी दिए ।-रासस
Read More
सक्षम र पारदर्शी प्रशासन सञ्चालन गर्ने विषय सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री केपी शर्मा ओली

सक्षम र पारदर्शी प्रशासन सञ्चालन गर्ने विषय सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री केपी शर्मा ओली

३० कात्तिक, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जनगुनासोलाई सम्बोधन गर्दै चुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन सञ्चालन गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५३ औँ बैठकमा प्रधानमन्त्री ओलीले विकासका लागि सुशासन झनै आवश्यक भएकाले शासकीय सुधारलाई समितिबाट निर्णय गर्नुपर्ने कार्यसूचीको पहिलो नम्बरमा राखेको बताए । उनले वन वातावरण संरक्षण गर्दै यस क्षेत्रले विकासका आयोजनालाई सहजीकरण गर्नुपर्ने र विकासलाई अवरोध गर्ने गरी वनसम्बन्धी निकायले काम गर्न नहुने बताए । उनले अजरवैजानको बाकुमा भएको जलवायुसम्बन्धी सम्मेलनमा वन मन्त्रालयले आवश्यकताभन्दा बढी कर्मचारी पठाएको सन्दर्भ उल्लेख गर्दै यस्ता गलल प्रवृत्ति हुन नहुनेमा मन्त्री र…
Read More
हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो: राष्ट्रपति रामचन्द्र पौडेल

हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो: राष्ट्रपति रामचन्द्र पौडेल

२७ कात्तिक, काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आह्वान गरेका छन् । अजरबैजानको राजधानी बाकुमा मंगलबारबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औं सम्मेलन (कोप–२९) मा विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने,‘हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा सबैले ख्याल गरौं, पर्वतीय मुलुकका सेता हिमाल काला पहाडमा परिणत हुने क्रमले ती मुलुकमा मात्र होइन तल्लो तटीय मुलुकहरूलाई संकटमा पुर्‍याउँछ भन्ने विश्वले बिर्सन हुन्न ।’ उनले त्यसका लागि हिमालदेखि समुद्रसम्मको एकीकृत र समष्टिगत अनुकुलन अवधारणालाई औपचारिक संवादको विषय बनाउनसमेत कोप–२९ मा…
Read More
उद्योगधन्दा बन्द गर्न र मुलुकलाई टाट पल्टाउन दिइदैन: प्रधानमन्त्री केपी शर्मा ओली

उद्योगधन्दा बन्द गर्न र मुलुकलाई टाट पल्टाउन दिइदैन: प्रधानमन्त्री केपी शर्मा ओली

२६ कात्तिक, विराटनगर - प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगधन्दा बन्द गर्न र मुलुकलाई टाट पल्टाउन नदिने बताएका छन् । सोमबार साँझ विराटनगरस्थित होटल हृयारिसनमा आयोजित पत्रकार भेटघाटमा विद्युत प्राधिकरणलाई सरकारले दिएको निर्देशन अझै कार्यान्वयन नभएको भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री ओलीले सरकारले दिएको निर्देशन कार्यान्वयन गरिने बताए । उनले कुनै पनि बहानामा उद्योगधन्दा बन्द हुन दिन नहुने स्पष्ट पारे । प्रधानमन्त्री ओलीले १ वर्ष ८ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने र उनले निर्वाचन गराउने बताउँदै त्यसपछिको निर्वाचनले मुलुकको नेतृत्व चयन गर्ने स्पष्ट पारे । उनले प्रदेशले अधिकार माग्नेभन्दा पनि विकास निर्माण र सुशासनमा अघि बढ्नु पर्ने जिकिर गरे…
Read More
राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान

राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान

२५ कात्तिक, काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान गरेका छन् । बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिन राष्ट्रपति पौडेल आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । राष्ट्रपतिलाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरूले बिदाइ गरे । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकुका लागि प्रस्थान गरेका हुन् । राष्ट्रपति पौडेलले यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Read More
एमाले र कांग्रेस गठबन्धनको सरकारले १०० दिनमा सिन्को भाँचेका छैनन्, मैले गरेका जति काम आफूले गरेको बताए: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

एमाले र कांग्रेस गठबन्धनको सरकारले १०० दिनमा सिन्को भाँचेका छैनन्, मैले गरेका जति काम आफूले गरेको बताए: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

२४ कात्तिक, मकवानपुर - प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुराना संसदीय दलहरू कांग्रेस र एमालेले जालझेल गरेको तर काम भने नगरेको दाबी गरेका छन् । थाहा नगरपालिका, मकवानपुरमा शनिबार आयोजित पार्टीको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले वर्तमान सरकार काम गर्न असफल भएको भन्दै एमाले र कांग्रेस गठबन्धनको सरकारले १०० दिनमा जनतालाई राहत पुग्ने कुनै पनि काम नगरेको बताए । माओवादी केन्द्र नेतृत्वको सरकारले गरेका काम समेटेर प्रधानमन्त्री केपी शर्मा ओलीले १०० दिनको वक्तव्य दिएको दाहालको दाबी थियो । 'हामीले धेरै राम्रो काम गरे पनि जनतामा यो-यो राम्रो काम गर्‍यौं भन्ने स्थापित गर्न अलि सकेनौं । उनीहरूले नगरेका काम…
Read More
सत्ता नजिक भएकै आधारमा कानूनविपरीत गर्ने कसैले पनि उन्मुक्ति पाउनु हुँदैन: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा

सत्ता नजिक भएकै आधारमा कानूनविपरीत गर्ने कसैले पनि उन्मुक्ति पाउनु हुँदैन: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा

२४ कात्तिक, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता नजिक भएकै आधारमा कानूनविपरीत गर्ने कसैले पनि उन्मुक्ति पाउनु नहुने बताएका छन् । सत्ता साझेदार दलका नेताहरूलाई सहकारी ठगी र मानव तस्करी प्रकरणमा उन्मुक्ति दिन खोजिएको आरोप लागिरहेका बेला शनिबार स्वर्गीय गणेशमान सिंहको स्मृति दिवसमा श्रद्धाञ्जली अर्पण गर्दै महामन्त्री थापाले कानून सबैका लागि बराबर हुनुपर्ने बताएका हुन् । 'कोहीप्रति कुनै प्रकारको पूर्वाग्रह वा पक्षपात नगरी कानूनले स्वतन्त्र र निर्भीक रूपमा आफ्नो काम गर्न पाउनुपर्छ' कानुनी शासनको मान्यता यही हो। कानूनविपरीत कार्य गर्ने सबै जना कानूनी प्रक्रिया अनुसार अनुसन्धानको दायरामा आउनुपर्छ,' थापाले सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा राख्दै भनेका छन् । उनले गलत गर्ने…
Read More
बाढीपहिराबाट क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणका लागि जाइकाको प्राविधिक टोलीले गर्‍यो स्थलगत अवलोकन

बाढीपहिराबाट क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणका लागि जाइकाको प्राविधिक टोलीले गर्‍यो स्थलगत अवलोकन

२३ कात्तिक, काभ्रे - गत असोज दोस्रो साताको बाढीपहिराबाट क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक टोलीले स्थलगत अवलोकन सुरु गरेको छ । कात्तिक दोस्रो साता दुई दिन र बिहीबार गरी दुई पटक अवलोकन–निरीक्षण भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । यसअघि कार्यालय पनि क्षतिग्रस्त सडक पुनःनिर्माणबारे जाइकाको निर्णयको पर्खाइमा थियो । जाइकाको प्राविधिक टोलीद्वारा दुईपटक अवलोकन निरीक्षण भइसकेको र आगामी डिसेम्बर पहिलो हप्तासम्ममा प्रतिवेदनसहित निर्णय आउने कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए । उनका अनुसार जाइकाको निरीक्षण–प्रतिवेदनसँगै नेपाल सरकारले पनि पुनःनिर्माणको तयारी गरिरहेको छ । उक्त राजमार्ग पुनःनिर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज…
Read More