Skip to main content

Epost Nepal

Breaking News 2

काठमाडौं उपत्यकामा १४ जनामा हैजा पुष्टि

काठमाडौं उपत्यकामा १४ जनामा हैजा पुष्टि

१६ साउन, काठमाडौं - केही साता यता देशभरमा २२ जना हैजाका बिरामी देखिएको छ । काठमाडौं उपत्यकामा ललितपुरको गोदावरी तथा इमाडोल क्षेत्रमा गरी १४ जनामा हैजा पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बुधबार एक विज्ञप्ति जारी गर्दै हैजा अति संक्रामक तथा शिघ्र फैलने भएकाले सबैलाई सजग रहन आग्रह गरेका छन् । यसका साथै काठमाडौंको टोखा तथा कैलालीको धनगडीमा पनि हैजा संक्रमित भेटिएका छन् । खुला दिसाको अभ्यास घट्नुका साथै सरसफाईमा प्राय सबै सजग रहेपनि बर्खायाममा पानीको स्रोतमा ढल मिसिने तथा पहिरोले पानीको पूर्वधारलाई हानी पुर्‍याउँदा हैजाको संक्रमण नेपालमा हरेक वर्ष देखिने गरेको छ । 'भिब्रियो कोलेरा' नामक ब्याक्टेरियाबाट संक्रमित भएकाहरूमा…
Read More
कर्मचारीहरूले ढुक्कले ठीक काम गर्नुस्, सरकारले त्यसको उत्तरदायित्व लिन्छ: प्रधानमन्त्री केपी शर्मा ओली

कर्मचारीहरूले ढुक्कले ठीक काम गर्नुस्, सरकारले त्यसको उत्तरदायित्व लिन्छ: प्रधानमन्त्री केपी शर्मा ओली

१५ साउन, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई जसरी पनि सफल बनाउनुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले  मुलुक गम्भीर परिस्थितिबाट गुज्रिरहेका बेला दुई प्रमुख दलको सहकार्यमा वर्तमान सरकार गठन भएकाले यसलाई असफल बनाउने छुट कसैलाई नभएको बताएका हुन् । अघिल्लो सरकारबाट काम हुन नसकेको र जनतामा निराशा छाएको बताउँदै उनले दुई प्रमुख पार्टीको अगुवाइमा सरकार परिवर्तन गर्नुपरेको आफूले सदनमा विश्वासको मत माग्ने क्रममा स्पष्ट पारिसकेको स्मरण गराए। ‘यी दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रूपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन् । राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलनमा जितेर आएका यी पार्टीको मुलुकको विकास र परिवर्तनका…
Read More
सचिवहरूको सरुवा: गृहमा अर्याल यथावत्, अर्थमा घिमिरे

सचिवहरूको सरुवा: गृहमा अर्याल यथावत्, अर्थमा घिमिरे

१४ साउन, काठमाडौं - सरकारले सचिवहरूको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका सचिवहरूको सरुवा गरेको मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दियो । गृह मन्त्रालयका सचिव एकनारायण अर्याललाई भने यथावत् राखिएको छ। स्रोतका अनुसार गृहबाहेक अधिकांश मन्त्रालयका सचिव सरुवा भएका छन् । सरकारले नारायणप्रसाद दुवाडीलाई राष्ट्रपति कार्यालय, रामकृष्ण सुवेदीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय, मधुसुदन बुर्लकोटीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, भरतमणि सुवेदीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राधिका अर्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, रामप्रसाद घिमिरेलाई अर्थ मन्त्रालय, मुकुन्द निरौलालाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, रामेश्वर दंगाललाई रक्षा मन्त्रालय, दिनेश घिमिरे राजस्व सचिव र अख्तियारमा घनश्याम उपाध्यायलगायतलाई…
Read More
पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

१३ साउन, काठमाडौं - सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । भ्रष्टाचार मुद्दा दर्ता भएको १२ वर्षपछि सर्वोच्चले उनलाई ६९ लाख १५ हजार जरिवाना र ९ महिना कैद तोकेको हो । सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ सकिएपछि साउन १३ गते फैसला सुनाउने समय तोकिएको थियो । मुद्दामा ४८औं पेसीपछि आइतबार फैसला भएको हो । यसअघि विशेष अदालतले उनलाई गैरकानूनी रुपमा सम्पत्तिआर्जन गरी भ्रष्टाचार गरेको ठहर सहित डेढ वर्ष कैद र २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । जोशीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०५९ सालमा अनुसन्धान थालेको…
Read More
पछिल्लो तीन वर्षमा उपत्यकामा दुर्घटना र त्यसबाट हुने मानवीय क्षति घट्दो क्रममा

पछिल्लो तीन वर्षमा उपत्यकामा दुर्घटना र त्यसबाट हुने मानवीय क्षति घट्दो क्रममा

१२ साउन, काठमाडौं - काठमाडौँ उपत्यकामा सवारी दुर्घटना र मानवीय क्षति घटेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा उपत्यकामा दुर्घटना र त्यसबाट हुने मानवीय क्षति घट्दो क्रममा रहेको देखिएको हो । आर्थिक वर्ष २०७८/७९ मा १० हजार सात सय ३३ सवारी दुर्घटना हुँदा एक सय ९१ जनाको मृत्यु भएको थियो । आव २०७९/८० मा १० हजार छ सय ७५ दुर्घटना हुँदा एक सय ८७ को मृत्यु र गत आवमा आठ हजार आठ सय ८१ सवारी दुर्घटना हुँदा एक सय ७७ जनाको मृत्यु भएको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । उनका अनुसार गत आवमा एक सय २९…
Read More
चिकित्सकहरुलाई कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक र मेडिकलमा काम नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको निर्देशन

चिकित्सकहरुलाई कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक र मेडिकलमा काम नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको निर्देशन

११ साउन, काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले ठूला अस्पतालका वरिष्ठ चिकित्सकहरु नै अस्पताल समयमा उपस्थित नहुने र कार्यालय समयसम्म नबस्ने प्रवृत्ति देखिएको भन्दै कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक र मेडिकलमा काम नगर्न निर्देशन दिएका छन् । मन्त्री पौडेलले आफ्ना मातहतका सबै प्रतिष्ठान, विभाग, अस्पताल तथा स्वास्थ्य केन्द्रसँग शुक्रबार जुम मिटिङ गरी यस्तो निर्देशन दिएका हुन् । मिटिङमा वीर, टिचिङ, पाटनलगायत मुलुकभरका ठूला अस्पतालका निर्देशकहरु सहभागी भएका थिए । मन्त्री पौडेलले सामान्य शल्यक्रिया गराउन पनि एक वर्षसम्म पालो कुनुपर्ने भन्दै सबै मिलेर अस्पताल सुधारमा लाग्न आग्रह गरेका छन् । मिटिङमा सबै अस्पतालका निर्देशकहरुले आ–आफ्नो क्षेत्रबाट अस्पताल सुधार गर्न पहल…
Read More
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्राध्यापक डा. शिवराज अधिकारीलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्राध्यापक डा. शिवराज अधिकारीलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

१० साउन, काठमाडौं - मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्राध्यापक डा. शिवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले पाल्पाका डा. अधिकारीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । अधिकारी यसअघि योजना आयोगका सदस्य थिए । अधिकारीले त्रिवि अर्थशास्त्र विभागको प्रमुखको रुपमा पनि जिम्मेवारी सम्हालिसकेका छन् । यसैगरी  बैठकले आयोगका सदस्यहहरूमा डा. आरपी बिछार, डा .रमेशप्रसाद सिंह, डा .प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीलाई नियुक्त गरेको छ ।
Read More
सौर्य जहाज दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

सौर्य जहाज दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

९ साउन, काठमाडौं - सौर्य जहाज दुर्घटना छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्‌को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको संयोजकत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको समितिमा नेपाल एयरलाइन्सका क्याप्टेन दिपु ज्वारचन, श्री एयरलाइन्सका इन्जिनियर सञ्जय अधिकारी, पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक सुदीप भट्टराई र पर्यटन मन्त्रालयका प्राविधिक अधिकृत मुकेश डंगोल रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मर्मतका लागि पोखरा उडान भरेको सौर्य एयरलाइन्सको ९एन-एएमई कलसाइनको जहाज बिहान ११:११ मा विमानस्थलमै दुर्घटना भएको थियो । दुर्घटनामा १८ जनाको निधन भएको छ भने पाइलट मनिषरत्न शाक्यको केएमसी अस्पताल सिनामंगलमा उपचार…
Read More
बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुरसिंह लामा तामाङ नियुक्त

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुरसिंह लामा तामाङ नियुक्त

८ साउन, काठमाडौं - नेपाली कांग्रेस संसदीय दल नेता बहादुरसिंह लामा तामाङ बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेस र नेकपा (एमाले)का ६४ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित लामाले आजै प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा निकट लामाले प्रदेशसभामा निर्वाचित भएको पहिलो पटकमै ०७९ चैत २६ मा सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।
Read More
इजरायलले दुई हजार नेपाली श्रमिकलाई केयर गिभरका रूपमा रोजगारी दिने

इजरायलले दुई हजार नेपाली श्रमिकलाई केयर गिभरका रूपमा रोजगारी दिने

७ साउन, काठमाडौं - इजरायलले दुई हजार नेपाली श्रमिकलाई केयर गिभरका रूपमा रोजगारी दिन सहमति जनाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग सोमबार नेपालका लागि इजरायली राजदूत हनान गोदारले गरेको शिष्टाचार भेटमा इजरायल नेपाली श्रमिकको संख्या वृद्धि गर्न सहमत भएको हो। हाल छनोटका चरणमा रहेका पाँच सयजना मुख्य उम्मेदवार र तीन सय वैकल्पिक उम्मेदवार गरी कुल आठ सय नेपाली श्रमिक इजरायल लैजाने भनिएकामा सो संख्या बढाएर एक हजार मुख्य उम्मेदवार र एक हजार वैकल्पिक उम्मेदवार गरी कुल दुई हजारसम्म नेपाली लैजान सकिने  गरी सहमति भएको मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिए। भेटमा द्विपक्षीय श्रम सम्बन्धमा विविध पक्षका साथै ‘जिटुजी’ प्रक्रियाअन्तर्गत…
Read More