Skip to main content

Epost Nepal

सचिवहरूको सरुवा: गृहमा अर्याल यथावत्, अर्थमा घिमिरे

१४ साउन, काठमाडौं – सरकारले सचिवहरूको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका सचिवहरूको सरुवा गरेको मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दियो ।

गृह मन्त्रालयका सचिव एकनारायण अर्याललाई भने यथावत् राखिएको छ। स्रोतका अनुसार गृहबाहेक अधिकांश मन्त्रालयका सचिव सरुवा भएका छन् ।

सरकारले नारायणप्रसाद दुवाडीलाई राष्ट्रपति कार्यालय, रामकृष्ण सुवेदीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय, मधुसुदन बुर्लकोटीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, भरतमणि सुवेदीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राधिका अर्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, रामप्रसाद घिमिरेलाई अर्थ मन्त्रालय, मुकुन्द निरौलालाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, रामेश्वर दंगाललाई रक्षा मन्त्रालय, दिनेश घिमिरे राजस्व सचिव र अख्तियारमा घनश्याम उपाध्यायलगायतलाई सरुवा गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *